विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले क्रिकेटका महिला खेलाडीहरूलाई पोसाक वितरण गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी खेलाडीहरूलाई पोसाक वितरण गरेको हो ।जिल्ला क्रिकेट सङ्घ मोरङको समन्वयमा १४ जना महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले पोसाक वितरण गरेका थिए । खेलप्रति अभिरुचि बढाउनुको साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई पोसाक वितरण गरिएको न्यूरो अस्पतालले जनाएको छ ।कार्यक्रममा जिल्ला क्रिकेट सङ्घ मोरङका अध्यक्ष नवीन घिमि
शनिबार सम्पन्न १० औं धरान रन नेवा च्यारिटी १० किमीका खुल्ला पुरुष र महिला तर्फ क्रमशः दुर्गाबहादुर बुढा र पुष्पा भण्डारी प्रथम भएका छन् । जुम्लाको कर्णाली स्पोर्टस् क्लबबाट सहभागी भारतीय सेनामा कार्यरत बुढाले ३१ मिनेट ३ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका हुन् । ३१ मिने ४ सेकेण्डमा दौड पुरा गरेका बाग्लुङका अनिश थापा, ३१ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका काठमाण्डौंका मुकेश पल क्रमशः देस्राे र तेस्राे भएका छन् । महिला तर्फकी बिजेता एपिएफकी खेलाडी भण्डारीले ३५ मिनेट २६ सेकेण्डमा दुरी पार गरेकी थिन् भने ३८ मिनेट ४० सेकेण्ड
मूलपानी मैदानमा जारी पाँचपोखरी टि २० जिल्लास्तरीय प्रतियोगिताको अन्तिम चरणको खेलमा आज पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टोली भिड्ने भएका छन् ।उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो । प्रतियोगितामा सात टोली सहभागी थिए । अन्तिम चरणको खेल आज हुने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकार
विराटनगर । प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर क्रिकेट प्रतियोगिता हुन लागेको हो । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना र मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फागुन २१ देखि २४ गतेसम्म विराटनगर १९ मा रहेको वैजनाथपुर क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्लाका महिला खेलाडीहरुले भाग लिने फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले बताए । लिगको आधारमा खेल हुनेछ । खेल टि–२० फर्माटमा खेल
विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामा आउँदो चैत १२ देखि १९ गतेसम्म मिल्स गोल्डकप हुने भएको हो ।‘रानी मिल्स एरियाको एतिहासिक पहिचान गराऔ । अत्तित्त देखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं’ भन्ने मुल नाराको साथ मिल्स गोल्डकप हुन लागेको ट्रस्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । भब्य र सम्भ तरिकाले दोस्रो संस्करणको मिल्स गोल्डकप सफल बनाउन लागि परेको ट्रस्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए । ‘२९ माघमा बसेको बैठकले मिल्स गोल्डकपलाई निरन्तरता दिने निर्णाय भएको थियो । त्यही अनुसार अहिले गोल्डकप ट्रष्टको सचिवालय पनि स्
धरान । धरानको एसडी (सगरमाथा) कलेजको आयोजनामा बिहीबारदेखि सुरु भएको खेलकुद सप्ताहअन्तर्गत फुटसलको उपाधि कलेजको शिक्षकको टिमले जितेको छ । आमन्त्रित दुई टिमसहित ६ टिमबीच भएको प्रतिस्र्धामा कलेजको शिक्षकको टिमले व्यवस्थापन सङ्काय कक्षा १२ को टिमलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै छात्रमा भने कक्षा १० को टिमले जितेको छ । विजेता टिमलाई कलेजका प्राचार्य सन्तोष राई, सहप्राचार्य देवराज रेग्मीलगायतले पुरस्कार वितरण गरे । त्यस्तै शुक्रबारबाट दुई दिनसम्म इनडोर खेलहरू हुनेछन् । कलेजका संयोजक विशाल राईका अनुसार शुक्रबारबाट ब्याडमिन्टन, चेस, क्यारमबोर्ड, बास्केटबल खेल हुने छ । खेलकुद सप्ताहको
धरान । दशौं धरान रन नेवा च्यारिटी १० किमी रनमा पहिलो पटक ह्वीलचेयर रेस आकर्षणका रूपमा रहेको छ । आउँदो शनिबार हुने प्रतियोगितामा जनचेतनामूलक कार्यक्रमका लागि पहिलो पटक ह्वीलचेयर रेस गराउन लागिएको हो । आयोजक धरान रन समूहले तयारी पूरा भएको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा ४ हजार प्रतिस्पर्धीले भिडन्त गर्न लागेका छन् । त्यस्तै यसपटक रनमा नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वभर नेपाललाई चिनाउने अभियानकर्ता लक्ष्मीनारायण शिल्पकारको पनि उपस्थिति रहने समूहका अध्यक्ष रमु राईले बताए । त्यस्तै भारत जलपागुडीका सुन्दर जयसवालले भने खाली खुट्टा नै दौडिने भएका छन् । उनले पनि भारतीय झण्डा बोक
धरान । तेइसौं टुबोर्ग बूढासुब्बा गोल्डकप यस वर्ष चैतको अन्तिममा हुने भएको छ । २०५५ सालदेखि अविराम हुँदै आएको प्रतियोगिता गत वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । प्रतियोगिताका लागि धरान उपमहानगरपालिकाले यसपटक विजेता र उपविजेता टिमको नगद पुरस्कार दिने वचनवद्धता जनाएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगितामा मोफसलका दुई, आयोजक, भारतका दुई र सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट तीन टिम सहभागी बन्ने अध्यक्ष राईले जानकारी दिए । प्रतियोगितामा विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र दिइनेछ । त्यस्तै व्यक्तिगत
कोभिड–१९ को जोखिम केही कमी आएसँगै झापामा खेलकूदका गतिविधि हुन थालेका छन् । जिल्लाको मुख्य सहर तथा गाउँगाउँमा खेलकूदका गतिविधि हुन थालेका पाइएको छ ।दमकमा दुई ठूला प्रतियोगिताको आयोजना गरिएका छन् भने बिर्तामोडमा राष्ट्रियस्तरको गोल्डकप हुँदै छ । त्यसैगरी कमल गाउँँपालिकामा भने अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर दमकमा प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७८ तयारी तीव्र पारिएको दमक नगरपालिकाले जनाएको छ ।नगर खेलकूद विकास समिति, दमक भलिबल विकास उपसमिति र दमक कराते खेल उपसमितिको संयुक्त आयोजनामा यही फागुन २१ देखि २४ गतेसम्म प्रतिय
नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन् । गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस वर्ष यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ । विर्तामोड नगरपालिकामा रहेको डोमालाल रङ्गशालामा हुने खेल १० हजार दर्शकले हेर्न सक्ने गरी बाँसको प्यारापिट निर्माण गरिएको छ । खेलमैदानको घाँस काटेर र सरसफाइ गरेर चिटिक्क बनाइएको छ । खेलेको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजक संस्थाले जनाएको छ । उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुने गोल्ड कप समितिका महासचिव गजेन्द्र पौडेलले बताए । दोस्रो खेल फागुन २२ गते नेप
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved