राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएका छन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी उनि उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उहाँले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेलनेछिन् । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ ।“प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसरसमेत हो”, उहाँले भन्नुभयो । उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि सहभागी छन् । उनले गोकुलम केरेला क्लबबाट खेल्ने छन् । प्रतियोगितामा गोकु
क्यानबेरा(अष्ट्रेलिया) अष्ट्रेलियाको क्यानबेरास्थित डिक्सन डिष्ट्रिक खेल मैदानमा आगामी अगष्ट २८ मा एक दिवसीय टी १० क्रिकेट च्याम्पियनशिप प्रतियोगिता हुने भएको छ । एभरेष्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको मुख्य प्रायोजनमा बुद्ध नेप्लिज क्रिकेट क्लबको आयोजनमा हुने सो प्रतियोगिता एभरेष्ट कप २०२२ को नामले प्रतिष्पर्धा हुने कुरा आयोजकले बताएको छ । सो प्रतियोगितामा बंगलादेशी, श्रीलंकन, पाकिस्तानी, नेपाली, सिड्नी लगायतका ८ क्रिकेट क्लबहरु सहभागी हुने भएकोले अत्यन्तै रोमाञ्चकारी खेल हुने बताइएको छ । एभरेष्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मुख्य प्रायोजकका रुपमा रही खेल जगतलाई हौसला दिएको बुद्ध नेप्लि
धरान । डिपो स्कुलको आयोजना आइतबारदेखि प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ कप सुरु भएको छ ।उद्घाटनको दिन सगरमाथा स्कुल, चिल्ड्रेन एकेडेमी, टावर टेम्पल स्कुल बिर्तामोड र कार्मेल हाईस्कुल विजयी भएका छन् । सगरमाथा स्कुलले युएन स्कुललाई २४–२२, चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ३४–१४, टावर टेम्पल स्कुल बिर्तामोडले धरानको सुनाखरी स्कुललाई ३९–२ र कार्मेल स्कुलले दिल्ली पब्लिक स्कुललाई २६–१५ अंकले हराएको छ । कार्यक्रमको उद्घाटन धरान नगरका प्रमुख हर्क साम्पाङ र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्ययवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्वूले संयु
विराटनगर । विराटनगर – १६ मा सितेरीयो कराँते प्रशिक्षण सुरु भएको छ । विराटनगर १६ रानीस्थित रानी युवा क्लबमा कराँतेको प्रशिक्षण सुरु भएको हो । करातेका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले शनिवार एक कार्यक्रम आयोजना सितेरीयो कराँते प्रशिक्षणको उद्घाटन विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेलले गरेका छन् । कराँतेको प्रशिक्षण प्रत्येक दिन झास ६ बजेदेखि ७ बजेसम्म एक घण्टासम्म रानी युवा क्लबमा हुनेछ । कराँतेको प्रशिक्षण प्रशिक्षक चौथो डान रीना श्रेष्ठ र सहायक प्रशिक्षक दोस्रो डान ज्योति कुमारी महतोले दिनेछन् । विराटनगर क्षेत्रमा करातेमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य अनुसार कराँतेको प्रशिक्ष
डिपो आदर्श बहुमुखी क्याम्पसले प्रदेश १ स्तरीय मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०७९’ आयोजना गर्ने भएको छ ।डिपो विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष दिवङ्गत लिम्बुको स्मृतिमा श्रावण १५ गते देखि १९ गते सम्म प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराए ।धरान बास्केटबल संघको प्राविधिक सहयोगमा हुने विद्यालय स्तरीय प्रतियोगितामा यसै वर्ष एसईई दिएका विद्यार्थी खेलाडीहरूले सहभागी हुन पाउने डिपो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुले पत्रकार सम्मेलनमा बताए। डिपो स्कुल यहाँ सम्म आइपुग्न दिवङ्गत मेजर श्रवणकुमारको ठुलो य
बिर्तामोड । चेक बाउन्स प्रकरणमा झापाबाट पूर्व फुटबलर पक्राउ परेका छन् । प्रहरीको फरार सूचीमा रहेका झापा सुरुङ्गाका दिलकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान ७ बजे सुरुङ्गा बजारबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुुर जिम्बाको टोलीले कार्कीलाई पक्राउ गरेको हो । कार्की पूर्व राष्ट्रिय फुुटबल खेलाडीसमेत हुन् । फुटबलका गतिविधिमै सक्रिय रहेका कार्र्कीले आफ्नै खर्चमा खेलाडीलाई तालिम, खेल सामग्री खरिद र खेल खेल्न प्रायोजनसमेत गर्दै आएका थिए । उनलाई बैङ्कमा रकम नभएको चेक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । अदालतले कार्कीलाई चेक बाउन्सको मुुद्दामा एक व
धरान । धरान मेघा थ्री बाई थ्री एसईई स्तरीय खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि चिल्डे«न एकेडेमीले जितेको छ ।बुधबार सम्पन्न फाइनलमा होलिल्यान्ड स्कुललाई १२–१० झिनो अंकको अन्तरले पारजित गरेको हो । विजेताले नगद ६ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । होलिल्यान्डले नगद तीन हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । कार्यक्रमका अतिथि सियोन स्कुलका अध्यक्ष खड्क थापा मगरले विजेता, उपविजेताले थप एक–एक हजार रुपैयाँ दिएका थिए । आयोजकले भने ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद दिने घोषणा गरेको थियो ।धरान बास्केटवल संघको आयोजना प्रतियोगिता भएको हो । धरानको मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन
धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा आयोजित धरान मेघा थी्र वाइ थी्र एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिताको उपाधि चिल्डे्रन एकेडेमिले चुमेको छ ।वुधवार भएको अत्यन्त्य प्रतिश्पर्धात्मक फाइनल खेलमा चिल्डे्रनले होलिल्याण्ड स्कुललाई १२–१० अंकको अन्तरले पराजित गर्दै उपाधि माथि कव्जा जमाएको हो । उपाधि संगै चिल्ड्रेन स्कुलले नगद ६ हजार रुपैया ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । दोस्रो हुने होलिल्याण्ड स्कुलले नगद तिन हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । आयोजकले विजेतालाई नगद पाच हजार र उपविजेतालाई दुई हजार ५ सय नगद पुरस्कार तोके पनि कार्यक्रमका अतिथि सिय
दिक्तेलमा आयोजित १३औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा दिक्तेल डोजो प्रथम भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले आयोजना गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १३ कास्य पदकसहित दिक्तेल डोजोले प्रथम भएको हो ।जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा छ स्वर्ण, आठ रजत र १५ कास्यसहित हलेसी डोजो दोस्रो भएको छ । यस्तै तीन स्वर्ण, तीन रतज र १६ कास्य पदकसहित जालपा डोजोले तेस्रो स्थान प्राप्त गरेको सङ्घका अध्यक्ष सञ्जयकुमार राईले बताए ।कूल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगिताका वितेजालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथि
विराटनगर । एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ । सभ्य कला समाजको आयोजनामा विराटनगरमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उदघाटन खेलमा सुनसरीको महेन्द्र मेमोरिल बोर्डिङ स्कुल दुहबी विजयी भएको छ । सगरमाथा बोर्डिङ स्कूललाई २– १ गोलले हराउँदै महेन्द्र बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको हो । मेहन्द्रकोतर्फबाट तोयाज गौतम र आशिष कुमार शाहले गोल गरि टिमको जित सुनिश्चत गरे । सगरमाथाका कास्बिन मगरले सान्तवना गोल फर्काए । प्रतियोगितमा मोरङ र सुनसरीका २३ वटा विद्यालयको सहभागि रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए । प्रतियोगिताको उदघाट
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved