ब्लाष्टखबर । इंग्लिस प्रिमियर लिगकाे १९ खेलमा ३४ अंक जाेड्दै पाँचाै स्थानमा पुगेकाे लिभरपुलसंग आज टोटेनहम भिड्दै छ । १८ खेलमा ३३ अंक जोडेर छैटौं स्थानमा रहेको टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजेबाट शुरु हुनेछ । लिभरपुललाई हराएर शीर्ष पाँच भित्र उक्लने दाउमा रहेकाे टोटेनहम र लिभरपुल दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदै छन् ।
बराहक्षेत्र । प्रदेश १ सुनसरी दुहवी नगरपालिकामा पहिलो पल्ट प्रथम उपप्रमुख भलिबल प्रतियोगिता २०७७ मा बराहक्षेत्र नगरपालिकाले उपाधी संगै २५ हजार ट्रफि हात पारेको छ ।बुधबार भएको फाइनल खेलमा बराहक्षेत्र नगरपालिका र दुहबी नगरपालिका बीच भएको खेलमा बराहक्षेत्र नगरपालिकाले सोझो तरिकाले ०–३ को अन्तरालमा अन्तिममा १७–२५ अंक अन्तरले सरासर तीन खेल उछिन्दै फाइनल जितेको बराहक्षेत्रको खेलकुद व्यवस्थापक तथा बराहक्षेत्र नपाका प्रशासन कम्प्युटर अपरेटर दुर्गा वस्नेतले बताए ।यो जितले बाराहक्षेत्र नगरको शिर उच्च गरेको छ । अव हराहक्षेत्र नगरले महिला खेलडीहरुको ला
धरान । वडास्तरीय टुबोर्ग गोधुली रनिङ कपको २१ औं संस्करण फागुनको तेस्रो सातादेखि हुने भएको छ । आयोजक गोधुली क्लबका अनुसार फागुन २२ गतेदेखि प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगितामा विगत वर्षझैं २० वटै वडाका टिम सहभागी बन्ने आयोजकले जनाएको छ । २० औं संस्करणमा २० टिमहरू सहभागी बनेका थिए । २०५० सालदेखि सुरु हुँदै आएको प्रतियोगिताको विजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित रनिङ शिल्ड प्राप्त गर्ने आयोजक क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । उनका अनुसार व्यक्तिगततर्फ पनि पुरस्कार प्रदान गरिनेछ । धरान रङ्गशालामा हुने प्रतियोगिताको फा
धरान/अनिवार्य अवकाश पाएका सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कुमारप्रसाद पोखरेललाई बिदाइ गरिएको छ । नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ सुनसरीले सोमबार २६ वर्षे लामो कार्यकाल पूरा गरेका पोखरेललाई बिदाइ गरेको हो । सङ्घका अध्यक्ष गोपाल राई, धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालगायतले बिदाइ गरे । त्यसक्रममा पोखरेललाई सङ्घले अभिनन्दनसहित सम्मान पत्र प्रदान गरेको सङ्घका उपाध्यक्ष विकासकुमार गुभाजुले बताए । बिदाइ भएका पोखरेलले धरानमा मात्रै आफूले १४ वर्ष कार्यकाल बिताएको बताए । आफ्नो कार्यकालमा सबैको साथसहयोग रहेको उल्लेख गरे । उनले भने, ‘धेरै साथीहरू
पथरी। मोरङको पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ‘पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित शरणार्थी’ फुटबल च्यालेन्जकपको शनिबार भएको खेलमा दुधे फुट्बल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।बिन्ध्यावासिनी फुटबल क्लब विराटनगरलाई सडन डेथमा हराउँर्दै दुधे फुट्बल क्लव सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ को बराबरीमा खेल टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बरबरी भएपछि खेलको छिनोफानो सडन डेथ मार्फत भएको थियो ।दुवै टिमले पहिलो हाफमागोल रहित बराबरी खेले । खेलको ४३ औँ मिनेटमा बिराटनगरका आशिस चौधरीले गरेको उत्कृष्ट प्रहारले जाली चुमेको थियो । त्यसैगरी खेलको ६६ औँ म
पथरी । मोरङको कानेपोखरी–७, आइतबारेमा स्थापितमितेरी युवाक्बलको आयोजनामा ‘मितेरी च्यालेन्जकप–२०७७’ फुटबल प्रतियोगिताहुने भएको छ ।क्लबले आइतबारेमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी माघ २४ गते देखि च्यालेन्जकपको प्रतियोगिताहुनेबताएको हो । फागुन १ गते फाइनल खेल हुर्दै प्रतियोगिता सम्पन्नहुने खेल संयोजकविकल राजसिंह गुरुङले बताए ।खेलमामितेरी युवाक्लबकानेपोखरी, सतनयुवाक्लब इटहरी, डाँगिहाट फुटबल क्लब बेलबारी, शैनिक फुटबल क्बल झापा, गाईघाट फुटबल क्लबगाईघाट, एपिएफपकली, धरान फुटबल क्लब धरान र ब्वाइज युनाइटेड काठ्माडौं सहभागीहुने क्लबकाअध्यक्षनविन सुब्बाले पत्रकार सम्मेलनमाजानकारी दिएका छन् । प्रतियो
इटहरी । इटहरी १९ तरहरामा भएको कडकनाथ भाले (कालो कुखुरा)ब्याडमिन्टन प्रतियोगीतामा दिपक राई र बलबहादुर राईको टिम विजयी भएका छन । शारिरीक व्यायम गरौ स्वास्थ्य बनौ भन्ने मुल नारा सहित स्थानीय अगुवाहरुले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगीतामा दिपक र बलबहादुरको टोली प्रथम भएका हुन । भारतिय भूपू शैनिक सुवेदार मेजर हनेरी क्याप्टेन पदम बहादुर राईको टिमलाई पराजित गर्दै दिपक र बलबहादुरको टिम विजयी भएको हो ।मङ्लबार भएको प्रतियोगितामा ८ टिमले सहभागीता जनाएका थिए । आफ्नै टोलमा रमाईलोको लागि गरेको प्रतियोगिता उत्कृष्ट भएको भारतिय भूपू शैनिक सुवेदार मेजर हनेरी क्याप्टेन दिलप्रसाद राईले बताए । उनले
बिर्तामाड । नेपाल खेलकुद पत्रकार मञ्च झापाले ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ फागुन २८ गते आयोजना गर्ने भएको छ ।मञ्चले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७४ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो चौथो संस्करण हो । बिर्तामोडमा आयोजना हुने अवार्ड २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए ।स्वर्गीय फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा झापामा अवार्ड आयोजना हुँदै आएको छ । प्रदेश नम्बर १ मै चौथोपटक मञ्चको झापा समन्वय शाखाले अवार्ड क
विजयपुर/सञ्जीवनी पुनस्र्थापना केन्द्रको आयोजनामा बिहीबारबाट प्रथम खुला सञ्जीवनी फुटसल प्रतियोगिता सुरु भएको छ । धरान–१० स्थित धरान फुटसलमा सुरु भएको प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका ३२ टिम सहभागी छन् । प्रतियोगिताको उद्घाटन नेपाल तरुण दलका जिल्ला सभापति सिजन गुरुङले गरे । प्रतियोगितामा झापा, मोरङ, सुनसरीका विभिन्न क्षेत्रका टिमहरू सहभागी रहेको केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिए । आज (शुक्रबार)सम्म चल्ने प्रतियोगितामा विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र म्यान अफ दी म्याच खेलाडी
धरान । घाइते बनेका प्रदेश १ बास्केटबल खेलाडी प्रदीप गुरुङको उपचारको लागि धरानको सन्जिवनी पुनस्र्थापना केन्द्रले आर्थिक सहयोग गरेको छ ।गुरुङ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । मंगलबार केन्द्रका पदाधिकारीहरूले भेटेर नगद १० हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकारी दिए । गुरुङ प्रशिक्षणको क्रममा कात्तिक १९ गते घाइते बनेका थिए । सामान्य परिवारका गुरुङको उपचारका लागि धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघले सहयोगको अभियान चलाएको थियो । अभियानको क्रममा करिब २ लाख ५० हजारभन्दा बढी रकम संकलन भएको प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए । सञ्जीवनीले
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved