साहित्य

    Showing ४१-५० of ३४८ items.
  • सायनलाई २ लाखको पद्यश्री पुरस्कार

    पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेका साहित्यकार रमेश सायनलाई २ लाख रुपैयाँ राशीको पद्यश्री साहित्य पुरस्कार प्रदान हुने भएको छ । खेललाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान रत्ननगर चितवनले ०७५ सालको पद्यश्री साहित्य पुरस्कार सायनको निवन्धकृति ‘छुटेका अनुहारलाई प्रदान गर्ने भएको हो । युवा साहित्यकार सायनले आफैंले भेटेर छुटेका अनुहार र तिनीहरुको मनोवृत्ति गहिराईसम्म पुगेर कलात्मक हिसावले सुक्ष्म चित्रण गरेका छन् । पथरीशनिश्चरे ४ का उनको पहिलो पुस्तक कृति कविता संग्रह ‘भागेर भूगोलभरि’ ०७० मा प्रकाशित भएको छ । नेपाल मेडिकल साहित्य परिवारले सो कृतिका लागि सोही वर्ष साहित्य पर

    • प्रकाशित मितिः भदौ १२, २०७६
    • २९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कर्ण दास र मीरा राणाले भावुक बनाए

    जिन्दगीको के भरोसा ... यो गीत डेढ दशकअगाडि निकै लोकप्रिय गीत हो । गायक कर्णदासले बिहीबार सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा उक्त गाउँदा दर्शकहरू निकै भावुक बने । त्यसैगरी मीरा राणाको ‘तिमीलाई रुवाउने मेरो धोको होइन’ गीतले पनि दर्शकहरूलाई थप भावुक बनायो । मोरङको सुन्दरहरैंचामा आयोजित नझरेका फूलहरू पलेटी साँझ कार्यक्रममा गायक कर्ण दास र गायिका मीरा राणाले विभिन्न गीत गाए । पलेटी साँझको १५ औं शृङ्खला अन्तर्गत कार्यक्रमको आयोजना गरिएको थियो । ‘साहित्य, कला र सङ्गीतको संरक्षण तथा सम्बद्र्धनका लागि स्रष्टा सम्मान’ भन्ने नाराका साथ कार्यक्रम गरिएको थियो । कार्यक्रममा गाय

    • प्रकाशित मितिः भदौ ७, २०७६
    • ३४० पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपालीभाषी २ साहित्यकारलाई शताब्दी सम्मान

    पथरीशनिश्चरे । भारतको विहार हिन्दी साहित्य सम्मेलनले सिक्किमेली दुई युवा साहित्यकारलाई ‘शताब्दी सम्मान’ प्रदान गरेको छ ।अभियान साहित्य समिति राङ्काका अध्यक्ष एवम् हिन्दी साहित्य सेवा समिति सिक्किमका कोषाध्यक्ष अर्जुन ‘यावा’ र हिन्दी साहित्य सेवा समिति सिक्किमकी साहित्य सचिव एवम् मानव संसाधन विभागकी डा. छुकी लेप्चालाई ‘शताब्दी सम्मान’ द्वारा सम्मानित गरिएको हो । यावा स्थानीय सक्रिय पत्रकारसमेत हुन् । केन्द्रीय विधि मन्त्री रविशङ्कर प्रसादको प्रमुख आतिथ्य तथा चाणक्य राष्ट्रिय विधि विश्वविद्यालयकी कुलपति मृदुला मिश्र, विश्वविद्यालय सेवा आयोग विहारका पूर्वाध्यक

    • प्रकाशित मितिः भदौ ७, २०७६
    • २२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मूर्तिले जोडेको सम्बन्ध

    दमक । अगाडि एक हल गोरु नारिएको छ । गोरुगाडामा राखिएको बोरामाथि बसेर एक जना तराईमूलका मानिसजस्ता देखिने गाडा जोडले हाँकिरहेका छन् । अर्कोतिर भयङ्कर ठूलो हात्ती लम्किरहेको छ । हात्तीको नजिकै डाइनोसर ठूलो मुख बाएर हेरिरहेको छ । भित्र उफ्रिन लागेको भ्यागुतो र दौडन लागेको कङ्गारु । सिकारको लागि झम्टन लागेको सिंहको मूर्र्ति पनि छ । झापाको कमल गाउँपालिका–५ स्थित सीतापुरीमा रहेको गोल सिमल मूर्र्तिशालामा निर्माण सम्पन्न भएका बिम्ब, मूर्र्ति, प्रतीमा हेर्दा लाग्छ, कुनै भयङ्कर ठूलो जङ्गलभित्रका जङ्गली जनावरसँग नजिकबाट अचानक हाम्रो जम्काभेट भएको छ । यहाँ पाँचजना मूर्र्तिकारले निर्माण गरेका मूर्र्त

    • प्रकाशित मितिः श्रावण ३२, २०७६
    • २३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वरिष्ठ साहित्यकार मदनमणि दीक्षित रहेनन

      काठमाडाैं / वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस

    • प्रकाशित मितिः श्रावण ३०, २०७६
    • २२३ पटक पढिएको
    • रासस
  • बिनाको ‘आफ्नै धरा आफ्नै आकाश’ पुस्तक विमोचित

    धरान । धरानकी बिना घलेको तेस्रो कृति ‘आफ्नै धरा आफ्नै आकाश’ विमोचन भएको छ ।अमेरिकाको सियाटल वाशिङ्गटनमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र २०१९ की मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले संयुक्तरूपमा विमोचन गरेका हुन् । अमेरिका बसाइलाई यात्रानुभूतिको रूपमा लेखेको पुस्तकमा नयाँ पुस्तामा अमेरिकी सपना र उनीहरूका अभिभावकको मनोभावनालाई सुन्दररूपमा समेटेका छन् । सियाटलको सेरोफेरोमा बसोबास गरिरहेको तीनसय भन्दा बढी नेपालीहरूको उपस्थितिमा नेपाल सियाटल सोसाइटीद्वारा आयोजित वार्षिक समारोहमा विमोचित पुस्तककाबारेमा राजदूत कार्कीले भने, ‘हामी धेरै ठाउँमा पुग्छौं, देख्छौं तर

    • प्रकाशित मितिः श्रावण १८, २०७६
    • २४२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चर्चामा कृष्ण पाख्रिनका कविता

    धरान/कवि कुन्ता शर्मा शनिबार कवि कृष्ण पाख्रिनका वैयक्तिक कुरा गर्दै पछिल्लो कृति ‘कविताहरू’ को एउटा कवितामार्फत् स्टेजमा खुलिन् । ‘छोरा नम्बर–१’ कविता वाचन गर्दै पाख्रिनलाई सालीन, भद्र कविका रूपमा आफूले चिनेको प्रसङ्ग कोट्याइन् । अरूलाई नबिझाउने अत्यन्तै सरल पाख्रिनका कविताहरू भने निकै शक्तिशाली रहेको तर्क गरिन् । उनको कुरा सुनिरहँदा होटल रत्नाइनको हल शान्त र पाख्रिन झैँ शालीन थियो । कलरव धरानले शनिबार ‘चर्चामा कृष्ण पाख्रिनका कविताहरू’ कार्यक्रम भइरहँदा ९ कविले पाख्रिनका कविताहरू वाचन गर्दै परिचर्चा गरे । पाख्रिनका ३ वटा सङ्ग्रहमा सङ्ग्रहित कविताह

    • प्रकाशित मितिः श्रावण ११, २०७६
    • ३१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ललितकलाको गुरु योजना निमार्ण गर्न प्रदेश सरकारलाई प्रतिबेदन पेश

    देउराली । ललितकला अन्तरर्गतका विभिन्न विधाहरुको विकास , प्रर्वधन तथा संरक्षणका लागी भन्दै प्रदेश एक सरकारको सामाजिक विकास मन्त्रालयले ललितकलाका सम्वद्ध व्यक्तीहरुको सुझाव संकलन गर्न गठित कार्यदलले सोमबार प्रतिबेदन बुझएको छ । प्रदेश १ का १४ वटै जिल्लाका ललितकलाका सम्पूर्ण विधामा आवद्ध भएका प्रतिनिधि कलाकारहरुबाट सुझाव संकलन गरी कार्यदलले सोमबार प्रतिबेदन बुझाएको हो । प्रतिबेदनमा प्रदेश १ मा ललितकलाका विभिन्न विधाहरुका छुट्टाछ्टै प्रज्ञा प्रतिष्ठान वा विधासंग सम्वन्धीत संरचना बन्नेगरी कानुन निमार्ण गरीनु पर्ने कुरा सुझाएका छन् । कलाकारहरुको विकाश वृद्धीकालागी औपचारीक शिक्षको व्यावस्था गरी

    • प्रकाशित मितिः असार ३१, २०७६
    • २५९ पटक पढिएको
    • डम्बर कार्की
  • एक दर्जन स्रष्टा सम्मानित

    विराटनगर/ प्रदेश नम्बर १ सरकारले मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक भाषा–साहित्य र कला क्षेत्रमा योगदान पुर्याउने एक दर्जन स्रष्टाहरूलाई नगदसहित सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसर पारेर सामाजिक विकास मन्त्रालयले भाषा–साहित्य र कला क्षेत्रमा विशेष योगदान पुर्याउने स्रष्टाहरूलाई आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । ‘बालकृष्ण पोखरेल भाषा–साहित्य–कला सम्मान’ यस वर्ष भाषाशास्त्री एवम् साहित्यकार प्रा.डा.टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । न्यौपानेलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोसल्ला ओढाएर नगद १ ल

    • प्रकाशित मितिः असार ३०, २०७६
    • २३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • व्याकुल माइला अभिनन्दित

    इनरुवा । राष्ट्र गानका रचयिता ब्याकुल माइलालाई इनरुवामा नागरिक अभिनन्दन गरिएको छ ।हाम्रो सञ्जाल इनरुवाले प्रदीपकुमार राई (ब्याकुल माइला) लाई एक विशेष कार्यक्रमका बीच अभिनन्दन गरेको हो । ओखलढुङ्गाको मानेभञज्याङ हिलेपानीमा जन्मिएका माइला प्रदेश एकको गहना भएको भन्दै इनरुवामा नागरिकस्तरबाट पहिलो पटक अभिनन्दन गरिएको छ । ब्याकुल माइलालाई सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल, राखेप सदस्य शम्भु आचार्यलगायतले अभिनन्दित गरे । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सितोष पोखरेल संस्थाका पदाधिकारीहरू झलक खड्का, दीपक कार्की, सरिता

    • प्रकाशित मितिः असार २७, २०७६
    • ३७० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved