साहित्य

    Showing ३१-४० of ३७५ items.
  • मुर्तिकार मितेरी सम्मानित

    मधुमल्ला । मोरङको उर्लाबारी नगरपालीकाका चर्चित मुर्तीकार मञ्जुल मितेरी सम्मानित भएका छन् । शुक्रबार यु युथ अफ उर्लाबारीले मुर्तिकार मितेरीलाई सम्मान गरेको हो । उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यता एंब यु युथका अध्यक्ष प्रेम शर्माको सभापत्विमा मुर्तिकार मितेरीलाई सम्मान पत्र, दोसल्ला र नेपाली टोपी लगाएर सम्मान गरिएको छ । १ हजार राष्ट्रलाई विश्व प्रसिद्ध ब्यक्तिका मुर्तिहरु उपहार स्वरुप दिने घोषणा गरेका मुर्तिकार मितेरी हाल जापानमा विश्वकै ठूलो बुद्धकाे ढुंगाको मुर्ति निर्माण गरिरहेका छन् । छुट्टिमा घर आएका मितेरी पुनः सोही ठाउँमा केही दिनमा प्रस्थान गर्

    • प्रकाशित मितिः माघ ३, २०७६
    • १५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आमा तिमीलाई के भनुँ

    संघर्षको मैदान लडेर आए,वेदना र थकान कसलाई सुनाउआमा,तिम्रै अघि पोखिदिन्छु ।विदेशी भूमिमा दोैडिरहेछु म,याद आउदा तिम्रो,पाइला टक्क त्यही रोकिदिन्छु ।एक हातले आँसु पुस्छुतिम्रै ढाडसले हिम्मतिला भएकायात्रा पुनः अघि लम्किदिन्छु ।आमा तिमीलाई के भनुँ १आमा तिमीलाई के भनुँ,लाग्छ, सक्छु अझै ततिम्रै माया पाएका यी हातहरुले सगर नै म थेगिदिन्छु ।भन मात्र तिमी,म एक हातले सगर बोकिदिन्छु । आफ्नो रोग, आफ्नै पीडा भुलेर तिमी मेरो सुस्वास्थलाईछिन्ताङ्ग देवी भाखिदिन्छोै ।कहिलेकाँहि वचनमा म फेल हुदा,बहाना बनाउनु अघि नैकोमल तिम्रो प्रेमले उत्तर आफै खोजिदिन्छोै ।आमा तिमीलाई के भनुँ १आमा तिमीलाई के भनुँ,एउटा पापड पोली

    • प्रकाशित मितिः माघ २, २०७६
    • ११५ पटक पढिएको
    • डा. सूरज निरौला
  • पर्यटन कवितामा पराजुली प्रथम

    धरान/ नेपाल पर्यटन वर्ष २०२० सँगै कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जयन्तीको अवसरमा धरानस्थित कवि शिरोमणि साहित्य साधना समाजद्वारा शनिबार आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा इटहरीका योगेन्द्र पराजुलीको ‘धन’ शीर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गरेको छ । पराजुलीले नगद ११ हजार र प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा पर्वत जिल्लास्थित विहादी बस्ने तारानाथ पराजुली द्वितीय हुँदै ‘मेरो देश’ शीर्षक कवितामार्फत् नगद ७ हजार हात पारे । स्याङ्जाका सत्कार रेग्मीले ‘स्वर्गसरी मेरो देश’ कविता सुनाउँदै तृतीय भई नगद ५ हजार पाए भने महेन्द्रनगर कञ्चनपुरका

    • प्रकाशित मितिः पुष २७, २०७६
    • ४३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मुन्धुमी सम्पदा अतिक्रमण रोक्न युमा साम्योको माग

    धरान / युमा साम्यो महासभाले धरानमा शुक्रबार पत्रकार सम्मेलन गर्दै याक्थुङ लिम्बू जातिको मुन्धुमी सम्पदामाथि अतिक्रमण रोक्न माग गरेको छ । महसभाले याक्थुङ समुदायको आस्था र विश्वास मुन्धुमी (सामाजिक इतिहास) सम्पदाहरूसँग जोडिएकाले इतिहास, भाषा, संस्कार–संस्कृति आजसम्म प्रतिबिम्बित भएको जनाउँदै धर्म र पापको नाममा भएको धार्मिक अतिक्रमण र विकासको नाममा आएको भौतिक संरचना निर्माणले मुन्धुमी सम्पदाहरू जताततै जोखिममा परेको जनाएको छ । महासभाले लिम्बू जातिको माटो, पानी र वनसँगको अक्षुण्ण सम्बन्धलाई टुक्र्याउने सिलसिला जारी रहेको भन्दै लिम्बूहरूलाई आफ्नो पुख्र्यौली भूमिबाट लखेट्ने दुस्साहस भइरहेकोमा

    • प्रकाशित मितिः पुष २६, २०७६
    • ३४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चुलाचुलीमा १७ साहित्यकारको प्रस्तुति

    पथरीशनिश्चरे । दक्षिणी इलामको चुलाचुलीमा सोमबार प्रदेश नम्वर १ का प्रतिनिधिमुलक १७ जना साहित्यकारको रचना प्रस्तुति भएको छ । चुलाचुली २ स्थित जनता माविको स्वर्ण महोत्सवका अवसरमा सर्जकहरु देवान किराती, मुनाराज शेर्मा, भूपेन्द्रराज तिम्सिना, टीका आत्रेय, रोहित पराई, अभागी थेगुवा, तीला लेकाली, विष्णु न्यौपानेले रचना वाचन गरे । साथै एकु घिमिरे, कृष्ण उदासी, राजकुमार सुब्बा अनिश्चित, विराट किराती, डिल्लीराम परदेशी, रीता पोखरेल, कमल मिश्र, मौसम साम्पाङ र दिनेश साम्पाङको पनि प्रस्तुति रहेको संयोजकहरु विवशवलिभद्र कोइराला र विन्दु दहाल मुकदर्शकले जनाए । कविता, गजल प्रस्तुत गरेका उनीहरुलाई कार्यक्रमा प्

    • प्रकाशित मितिः पुष २१, २०७६
    • २३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सम्झेर एक गीतकार साथीलाई

    सूचना र प्रविधिले ल्याएको यो चमत्कारले संसार ‘ग्लोबल भिलेज’भएर ‘भर्चुअल रिलेसन’सम्म अहिले हामीले सुविधाभोग गरिरहेका छौं । यसै सिलसिलामा नेपाली मुलकी हाल ‘क्यालीफोर्निया, यु.एस.ए. बस्दै गीत, कविता लेखेर नेपाली साहित्यलाई श्रीवृद्धि गर्न लागि परेकी एक स्थापित नाम राखी गौचनसित मेरो सामाजिक सञ्जालमा मित्रता बन्यो र यो मित्रता आत्मिय बनेर झाँगी रहेछ । मानवीय मूल्यहरू अर्थपूर्ण दृष्टिले खोतल्ने जमर्काे गरिरहेछु र यो क्रमजारी छ । अब प्रश्न उठ्छ, राखी गौचन कस्ता गीत लेखिन्छन् त ? त्यतातिर फूलबुट्टा भर्नु भन्दा पनि गीतका अनुरागी र पारखीले नै साक्षी स्वरूप यहाँ प्रस्तुत ग

    • प्रकाशित मितिः पुष १, २०७६
    • ५३३ पटक पढिएको
    • सन्तोष थेबे
  • एक पहाडीफूल ‘हङकङभित्र’

    क्रान्ति सुब्बाको नियात्रा संग्रह ‘हङकङभित्र’ हालसालै बजारमा आएको छ । यो संग्रह हाटबजार भर्नेहरुको आँखामा कति लोभिएर रहन सकेको छ ? या छैन ? अहिले नै हतारिएर मुख खोल्नु गाह्रो छ । हाटबजारको आफ्नै खाले विशेषता हुन्छ र हाट भर्नेहरुको मनोस्थिति कस्तो छ भन्ने कुराले पनि बजारको सौन्दर्य चेत प्रस्ट्याउँछ । लेखकले किन लेख्छ ? कसका लागि लेख्छ ? अथवा लेखक र पाठकबीचको संचार कस्तो हुनुपर्छ आदि इत्यादि भन्ने कुरा जहिल्यै सोचनीय बिषय हुन्छ, हर कसैको लागि । नियात्रा लेखनका सम्बन्धमा भीष्म उप्रेती भन्नुहुन्छ ( “नियात्राकारको पहिलो काम यात्रा गर्नु हो । त्यसपछि यात्रामा भेटिएका र देखिएका मान

    • प्रकाशित मितिः मंसिर १८, २०७६
    • १६६ पटक पढिएको
    • सन्तोष थेवे
  • जीवनका सम्बन्ध सूत्रहरु

    सुनको थालआलिशान महलअनिँदो सपना ।पाना पल्टाउँदा सवभन्दा पहिले आँखा प¥यो सङ्खुवासभाका कृष्ण जिमी भरतको यो हाइकुमा । शहरीकृत हुन रमाउने तर मनभरी विविध पीर बोकेर बस्नेहरुको पीडा उतारेको हाइकु । बेलबारीकी सर्जक तीला लेकालीले संयुक्त हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ हातमा दिनुभएपछि हेर्दा सवभन्दा पहिले पल्टिएको पानो थियो त्यो । सन्दर्भ थियो पथरीशनिश्चरेस्थित एभरेष्ट आर्ट फ्यूजनको ‘सृजना चौतारी’ अभियानको १४ औं श्रृङ्खला । त्यस क्रममा पुराना साहित्यिक मित्रहरुसँग भेटघाट भयो । आपसमा सृजनात्मक खुसी साटासाट भयो । मेरो सृजनायात्राका सवैभन्दा घनिष्ट साथी प्रकाश आङ्देम्बेका साथै रो

    • प्रकाशित मितिः मंसिर १४, २०७६
    • २०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • के म नाजायज छोरी हूँ ?

    अमरपुर नवमीडाँडा नजिकैको बुढो बर पीपलको फेदमा फलैंचा छ । त्यही मुन्तिर पुरानो कम्बल ओछ्याएर केही हप्तादेखि एउटा अधबैंसे जस्तो लाग्ने मानिस निस्फिक्री लडिरहेको छ । शिशिरयाम भएर होला सायद शरीरमा काँडा पलाइरहेको छ । च्याङ्लो सत्र ठाउँ भ्वाङ पेरको कम्बल आधा आङ छोप्ने गरी ओडेको छ । फागुन चैत्रको महिना भएकोले दिउँसो पारिलो घाम उसको मनभरि लाग्दछ । यसो उठेर तर्याङ मर्याङ गर्छ । अब केही दिनसम्म चाँहि बाँच्छु होला सोच्छ । मझौला जिऊडाल, मैलो र थोत्रो स्विटर, घुँडा फाटेको जिन्सको पइन्ट, कपालहरु दुम्सिकाँडा जस्तो लिसोदार जिङग्रीङ्ङ परेको कोइलो दाह्री जुँगा झ्याप्प आएको यो को हो ठम्याउनै नसकिने । विद्यालय

    • प्रकाशित मितिः मंसिर ७, २०७६
    • २६९ पटक पढिएको
    • सेलिङ केसी
  • सङ्गीतकी अथक योद्धा मथुरा

    मथुरा प्रधान श्रेष्ठको छाया युवापुस्ताको मानसपटलमा सायदै होला । तर, जब ‘यो जीवनको परिधिभित्र, बाँधिएर कति बाँचिदिनु’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जिन्छ, ६० का दशकसम्मका युवापुस्तालाई मथुरा श्रेष्ठ चिनाइरहनु पर्दैन । २०३९ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । हो, यही गीतकी स्रष्टा जो हाल वेलायतमा बसिरहेकी छन् । गायिका मथुरालाई कालजयी बनाउने गीतहरूमध्येको यो एउटा गीतले पनि त्यो बेला मथुरालाई चिनाइरह्यो । कलिलै उमेरमा सङ्गीतको नसाले उनलाई चाप्यो । पाँचथरको यासोकमा जन्मिएकी मथुरालाई सङ्गीतमा डोर्याउनमा भने काका विष्णुकुमार प्रधान जो त्यो बेलाका प्रख्यात व्यक्ति थिए । उनैल

    • प्रकाशित मितिः मंसिर ४, २०७६
    • ५२४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved