साहित्य

    Showing १०१-११० of ३७५ items.
  • ‘बुद्धिचाल बादशाह’ बटुवा र गधा

    एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनी बुद्धिचाल खेलमा यति निपुण थिए कि उनको गाउँ र वरिपरिका गाउँलगायत शहर बजारसम्म उनको प्रसिद्धि फैलिएको थियो । आफ्नो इलाकामा कसैले पनि उनलाई सो खेलमा परास्त गर्न सक्दैनथे र यसै कारण उनमा घमण्ड पनि पलाएको थियो । आफूलाई सो खेलको पारङ्गत ठानेर र घमण्डले चुर भएर उनले आफ्नो घरको ढोकामा समेत ‘बुद्धिचाल बादशाह’ भनेर लेखेर राखेछन् । एक दिन सो गाउँमा एकजना अर्को गाउँका कुनै अपरिचित बटुवा एउटा लङ्गडो गधा डो¥याउँदै त्यहाँ आइपुगे । अध्याँरो हुनै लाग्दा ती बटुवा सो ‘बुद्धिचाल बादशाह’ को घरमा पुगेछन्

    • प्रकाशित मितिः बैशाख ७, २०७६
    • ३०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विमर्शमा ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’

    धरान/ कवि विमला तुम्खेवाको नयाँ कविता सङ्ग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ माथि धरानका कवि, साहित्यकारले विमर्श गरेका छन् ।   शनिबार धरानको बुद्धचोकस्थित विमल स्मृति पुस्तकालयमा आयोजित पुस्तक विमर्श कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका अध्यापक डा. इन्दिरा मिश्र, उप–प्राध्यापक तथा कवि राजेश विद्रोही र कवि सन्तोष थेबेले तुम्खेवाका कवितामाथि चर्चा गरे । कवि चेवन राईले सहजीकरण गरेको पुस्तक विमर्श कार्यक्रममा कवि तुम्खेवा र वक्ताहरूले ‘झरी र तिमी’, ‘पालो’, ‘सच्याऊ यो इतिहास’, ‘नेपालको नक्सामा किनिमाको तिउन’, &lsquo

    • प्रकाशित मितिः बैशाख १, २०७६
    • २८६ पटक पढिएको
    • परम रार्इ
  • बगैंचालाइनमा वडा कार्यालयले फोहोर अलपत्र छाडिँदा दुर्गन्धले समस्या

    धरान । धरान उपमहानगरपालिका–९ को पूर्णपथ, गौतमपथ र बगैंचालाइनमा वडा कार्यालयले नाली सफा गर्न निकालेको फोहोर अलपत्र छाडिँदिँदा दुर्गन्ध फैलिएको स्थानीयले गुनासो गरेका छन् ।पाँच दिनअघि निकालिएको फोहोर सडकभरी छाडिएको छ । फोहोरका कारण पसल सञ्चालन गर्ने र बाटो हिड्ने पैदलयात्रीलाई समेत समस्या भएको पूर्णपथमा व्यापारी यज्ञबहादुर वनले बताए । उनी भन्छन्, ‘पसल अगाडि सडकैभरी फोहोर थुपारिदिएका छन् । ग्राहकहरू दुर्गन्धले मुख छोपेर हिड्छन् । हामी व्यापारीले यही फोहोरले बिरामी पर्न थालेका छौं ।’ पूर्णपथको नाली ६ वर्षदेखि सफा गरिएको थिएन । सफा गरिएपछि ट्याक्टरमा उठाएर लैजान आग्रह गर्दा पनि ट

    • प्रकाशित मितिः चैत्र ३०, २०७५
    • ३८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सत्र बुँदे घोषणापत्र जारी गर्दै त्रिदिवसीय वाङ्मय संगोष्ठी सम्पन्न

    दमक  / आइतबारदेखि दमकमा जारी एक नं प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै मङ्गलबार सकिएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, सम्वद्धन र प्रर्वधन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका तथा दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीको प्रदेश नं एकका प्रमुख डा. गोविन्द तुम्याहाङले समापन गरे । प्रमुख तुम्याहाङले वाङ्मय संगोष्ठीले प्रदेशको आत्मा झल्काएको बताए । ‘स्रष्टाहरूका सिर्जनाले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने’ उनको भनाई थियो । नेपाल प्रज्ञा&nd

    • प्रकाशित मितिः चैत्र २०, २०७५
    • २९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्व रङ्गमञ्च दिवसको उपादेयता

    चैत्र १३ अर्थात् मार्च २७ का दिन धराने रङ्गकर्मी तथा रङ्गप्रेमीहरूले धरानको होटल रत्न इनमा भव्यरूपमा ५९ औं विश्व रङ्गमञ्च दिवस मनाए । धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न विश्व रङ्गमञ्च दिवस कार्यक्रममा आरम्भ नाट्य डबलीको सहकार्यमा ‘समसामयिक राजनीतिक तथा सामाजिक विकृति–विसङ्गतिहरूप्रति व्यङ्ग्य प्रहार गरिएको’ हास्यव्यङ्ग्यात्मक नाटक ‘न्याय हराएको देश’ पनि मञ्चन भयो । कार्यक्रममा धरानका बुद्धिजीवी, साहित्यकार तथा रङ्गकर्मीहरूको उल्लेख्य उपस्थिति रह्यो, जसले धराने रङ्गमञ्च र रङ्कर्मीहरूलाई ऊर्जा थपिएको आभास मिल्यो । वरिष्ठ बुद्धिजीवी, भाषाविद् तथा समालोचक प्रा

    • प्रकाशित मितिः चैत्र १७, २०७५
    • ३४१ पटक पढिएको
    • गाेपाल देवान
  • साहित्यमा पहिचानको खोजी-१

    पहिचानकै पहिचान : प्ररम्भमा  पहिचान अस्तित्वको दाबा हो । वैयक्तिक, सामुदायिक जातीय, लैङ्गिक, वर्गीय तथा अन्तर्देशीय स्वप्रकाशनको सम्बोध हो पहिचान । वास्तवमा पहिचान पुनर्परिचय हो । अस्तित्वमा हुँदै नभएकाको त उत्पत्ति र परिचयको खोज हुन्छ, तर अस्तित्वमा रहेर पनि निकटतम व्यक्ति, समुदाय, जात, लिङ्ग, वर्ग तथा देश(शक्तिद्वारा दमितप्रायः सम्बद्ध पक्षको पुनर्परिचय पनि हो पहिचान ।   कुनै समुदाय वा जाति विशेषको धार्मिक सांस्कृतिक सत्ता दीर्घ परम्परातिर अघोषित रूपमा अन्य जाति तथा समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक अस्तित्वमाथि सूरसा छायाले एकप्रकारको मत्स्यन्याय कायम गरेको हुन्छ, हो त्यसैक

    • प्रकाशित मितिः चैत्र ३, २०७५
    • १,१०४ पटक पढिएको
    • डा.भीम खतिवडा
  • आफु जित्दा भन्दा अरु हार्दा रमाउनेहरु

    इमान्दारिताको फाइदा उठाइरहन्छन् सधैं । ढुकढुकीलाई मुटुबाट छुटाइरहन्छन् सधैं । ‘अनुशीलन’ मा कहिले काँही त के नै लेखौं र भन्ने लाग्छ । जति जे जे लेखेपनि मान्छेका कठोर मनहरु कति नै पग्लिएर भन्ने पनि सम्झन्छु । आफ्नो मनको कोमल हतियारले अरुको कठोर मनको पर्खाललाई भत्काउन ज्यादै गाह्रो हुन्छ । मेरो पत्रकारिताको २३ औं वर्षमा हजारौं लेख र लाखौं समाचार लेखें ।   कतिका मन पग्लिएका पनि छन्, कतिका झन कठोर भएका समेत छन् । राजनीतिक र क कस्को आडमा झन खतरनाक भएर निस्किनेहरु समेत केही छन् । कतिका प्रतिभा उजागर हुँदा उनीहरुले सम्भावनाको फराकिलो आकाशमा आफुलाई विचरण गराउन पाएका पनि छन् । असल क

    • प्रकाशित मितिः चैत्र ३, २०७५
    • ३१४ पटक पढिएको
    • भूपेन्द्र तिम्सिना
  • भवानी दाइप्रति स्मृतिका बिम्बहरू

    भवानी दाइलाई म राम्ररी चिन्दछु । जहिलेदेखि मैले साहित्यप्रति लगाव राख्न थालेँ, त्यो बेलादेखि भवानी घिमिरे सम्पादक भानु मासिक भनेर जान्न थालेँ । वास्तवमा भानु भनेकै भवानी दाइ हुन् । भवानी दाइ भनेकै भानु हुन् । भानु यो दुई शब्द अक्षर चिन्ने जो कोहीलाई थाहा भएकै कुरा हो । भानु अर्थात् आदिकवि भानुभक्त जसले रामायण काव्य नेपाली छन्दमा उल्था गरेर लोकप्रिय बनाए । अनि जसले नेपाली भाषाको श्रीवृद्धिमा यति ठूलो काम गरे कि अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीम्म नेपाली भाषाको धागोमा चार जात, छत्तीस वर्ण उनिए । आदिकवि भानुभक्तको निधनका बेला ३ वर्षे बालक मोतीराम भट्टले ३०

    • प्रकाशित मितिः फाल्गुन २६, २०७५
    • २०० पटक पढिएको
    • गिरिराज आचार्य
  • विश्व नेपाली साहित्य महासङ्घले पुस्तक प्रकाशन गर्ने

    धरान /  विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले संस्थासँग सम्बन्धित साहित्यकारहरुको रचना स.कलन गरेर पुस्तक प्रकाशन गर्ने भएको छ । समितिको हिजो बसेको बैठक यस्तो निर्णय गरेको हो । आगामी मार्च महिनाको २१ तरिक कविता दिवसको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मार शाखा र नेपाली राजदुतावास म्यान्मारको संयुक्त आयोजनामा नेपाली राजदुतावास म्यान्मारमा हुने वृहत्त कवि गोष्टीमा महासङ्घका केन्द्रीय सदस्य राहुल राई बोगिको मणिपुर भारतलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत भएको महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारी दिए । साइवरिय प्रविधिमा विश्वका अनेक देशमा

    • प्रकाशित मितिः फाल्गुन १८, २०७५
    • २८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपीको हिन्दी साहित्यमा प्रभाव

    नेपाली साहित्यका मूर्धन्य साहित्यकार उपन्यासकार, कथाकार डायरी लेखक, कवि, विश्वेश्वर प्रसाद कोइरालाका विषयमा धेरै लेखिए । नेपाली साहित्यमा वहाँलाई सूर्यविक्रम ज्ञवाजीले सर्वप्रथम दोषी चश्मा प्रकाशित गरी कथाकारका रूपमा परिचित गराए । बीपी कोइरालाको जन्म भारतमा, शिक्षा–दीक्षा भारतमा, राजनीतिक दिशा ग्रहण भारतमै भएकोले वहाँको प्रारम्भिक रचना फाटफुट हिन्दीमा लेखिन थाल्यो । वहाँको जन्म १९१४ प्रथम विश्वयुद्धताका भएको थियो । यो गणनाअनुसार १९२७ तिर अर्थात् १३ वर्षको उमेरमा वहाँले भारतमा हिन्दी पाठ्यक्रम पढ्दाताका कनीकुथी हिन्दीमा लेखन थाल्नुभयो । फाटफुट रूपमा हिन्दी कथाबाट

    • प्रकाशित मितिः फाल्गुन १२, २०७५
    • २९५ पटक पढिएको
    • गिरिराज आचार्य

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved