नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २ वटा जनाधार मजबुत भएको पार्टी एकता भएर बनेको देशको बहुमतप्राप्त पार्टी हो । पूर्ववत् पार्टीहरूको आ–आफ्नै विधान र दस्तावेजका आधारमा सञ्चालित थिए । २०७४ असोज १७ गते स्थानीय निर्वाचनको लागि सबै बामपन्थीको कार्यकर्ता एकताको लागि घोषणा भयो । त्यसको जगमा टेकेर पार्टी एकताको लागि उचित वातावरण तयार भयो । फलस्वरूप २०७४ फागुन ७ गते एकीकरणका प्रारम्भिक आधारहरूका विषयमा सात बुँदे सहमति भयो । फलस्वरूप २०७५ जेठ ३ गते दुई ठूला कम्युनिष्ट पार्टीहरू एकता भएको ऐतिहासिक घोषणा भयो । पार्टी एकीकरणको घोषणाले ६ दशक गणतन्त्र र सङ्घीयता प्राप्तिको आन्दोलनमा होमिएका नेतृत्व र असल
‘लघु’ भनेको ‘सानो’ र ‘वित्त’ भनेको ‘आर्थिक कारोबार’ अर्थात् सानोसानो आर्थिक कारोबारको चल्तीको नाम हो लघुवित्त । यहाँ चर्चा गरिएको लघुवित्तले यो व्यापक अर्थ पनि बोक्दैन । यसले त खाली विशेषगरी महिलाहरूको समूह बनाएर बिना धितो ब्याजमा पैसा लगानी लगाउने कारोवारलाई मात्र बुझिन्छ । यस्तो कारोबार गर्न नेपाल राष्ट्र बैङ्कले इजाजत दिने गरेको छ । इजाजत लिनका लागि पहिला लिमिटेड कम्पनी बनाउनु पर्ने र यस्तो कम्पनीले लघुवित्त कारोवार गर्न राष्ट्र बैङ्कले समय समयमा शर्त तोक्ने गर्छ । त्यो शर्तभित्र बसेर यस्ता कम्पनीले कारोवार गर्ने गर्छन् । यसका अतिरिक्त सहकारी
कोरोना भाइरस (कोभिड–१९) को कहरले विश्वलाई नै आक्रान्त बनाएको छ । विश्व अर्थतन्त्र नै डामाडोल बनाएको यस अवस्थामा नेपाल भने अछुतो रहन सकेको छैन । नेपालमा गत २०७६ चैत्र ११ गतेदेखि २०७७ साउन ६ गतेसम्म लकडाउन भएको थियो । आधिकारिक रूपमा साउन ६ गतेसम्म लकडाउन भए पनि जेठ २५ गतेदेखि धरान बजार खुलेको थियो । लकडाउनको अवस्थामा ज्यालादारीमा काम गर्ने मजदुर र विपन्न वर्गका मानिसहरू मात्र नभई मध्यम् वर्गीय मानिसलाई पनि दैनिक गुजारा गर्न हम्मेहम्मे परेको थियो । साउन ६ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले अन्तर जिल्लामा सवारी साधन चलाउने, होटलहरू खोल्ने र हवाई उडानको समेत मिति तय गरेको थियो र १ सय २० दिने ल
जुन मुलुकको सरकारका लागि बलात्कारपछि हत्यासम्मका आङै जिरिङ्ग पार्ने घटना सामान्य दैनिकीभन्दा बढी केही होइनन्, जुन मुलुकमा अपराधकर्मीलाई राजनीतिकर्मीका रूपमा स–सम्मान स्वागत गर्ने दल नै सत्तारुढ छ, जुन मुलुकमा जति निर्लज्जतापूर्वक ढाँट्न सक्यो, त्यति अब्बलकोटीको नेता बन्न सकिन्छ । जहाँ अनन्त चुट्किला सुनाएरै आकर्मण्यताको पिनासले पाकिसकेको नाक हाँसी–हाँसी जोगाउन पाइन्छ, त्यहाँ बुद्धिजीवीहरू बिनासित्ती कुनै नैतिकता र सरमको अपेक्षा गरेर सरकारको आलोचना गर्छन् ? किन उनीहरू बेकारमा आफ्ना शिरका रौं झर्ने गरी प्रधानमन्त्रीलाई कटाक्ष गर्छन् ? तर बौद्धिकहरू प्रतिक्रियात्मक नहुने समाजको कल्प
कुनै जाति वा वर्गको मातृभाषा अर्थात् मुखारविन्दबाट निस्केको शब्द, वाणी वा वचनलाई नै बोली भनिन्छ । सामाजिक तथा विवेकशील प्राणी भनेर मानिसलाई चिनिने हुँदा उसलाई मात्र बोध हुन सक्ने बोली बोल्न सक्छ । जन्मदादेखि नै उसले बोल्ने शैली र व्यवहार पक्कै सिकेको हुँदैन तर विस्तारै सिक्दै र बुझ्दै जाने कुरा पनि हुन् । हरेक मानिसलाई असल बन्ने नै इच्छा हुन्छ तर उसले कति कोशिस गर्दा पनि आफ्नो बोली, वचन र व्यवहारलाई परिवर्तन गर्न सकेको हुँदैन, त्यसको कारण हो, गलत सङ्गत र विचार परिवर्तन गर्न नसक्नु । प्रत्येक मानिसले आफूलाई सभ्य, शिष्ट र असल बनाउन उसले बोल्दा प्रयोग गर्ने शब्दमा भर पर्छ । शब्दमा यति ठूलो तागत
कोरोना भाइरसको पहिलो प्रहार पर्यटन व्यवसायमा परेको छ । यो क्षेत्र सबैभन्दा बढी सङ्क्रमण भएको क्षेत्र हो । कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रकोे २.०५ योगदान छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । भ्रमण वर्षलाई लक्षित गरी पर्यटन व्यवसायीहरूले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर होटल तथा रेष्टुराँ क्षेत्रमा ठूलो लगानी गरेका थिए । यो समय पर्यटकका लागि मुख्य सिजन मानिन्थ्यो । यही समयमा कोरोना भाइरसको महामारी फैलिएकोले पर्यटन व्यवसाय, होटल, रिसोर्ट, रेष्टुरेण्ट, हवाईसेवा, ट्राभल, ट्रेकिङ सबै क्षेत्र पूर्णरूपमा बन्द भएका छन् । यो क्षेत्रका ११ लाख मजदुरहरू बेरोजगार भएका छन् । व्यवसायीह
थाइल्याण्डको समुद्री किनारको पानी सन् २००४ को डिसेम्बर २६ मा स्वाट्टै घटेर गयो । अरूले खासै ध्यान दिएनन् । तर आफ्ना बाआमासँग रमाइरहेकी १० वर्षकी अङ्ग्रेज बच्ची टिल्ली स्मिथले आत्तिँदै भनिन्, ‘अब एकैछिनमा सुनामी आउँछ बाबा । उनका बाआमा चनाखो भए तत्काल सोधे, ‘कसरी छोरी ?’ उनले भनिन्, ‘भूगोल पढाउने सरले भन्नुभएको यसरी समुद्रको पानी स्वाट्टै घट्यो भने एकै क्षणमा सुनामी आउँछ रे ।’ तत्काल सुरक्षा गार्डलाई खबर गरियो । माइकिङ भयो । १ सय जनाको ज्यान बच्यो सानी बच्चीको ज्ञानका कारणले । जबकी थाइल्याण्डकै त्यस्तै अर्को ठाउँमा सम्भावित दुर्घटनाको अनुमान गरिदिने वा भनौँ जान्ने क
१. पृष्ठभूमिसंविधानसभाबाट २०७२ मा जारी भएको नेपालको संविधानले नेपालको राज्य संरचनालाई तीन तहको सरकारसहितको सङ्घीय संरचनामा परिणत गर्यो । सङ्घीयताको आवश्यकताको जे जसरी व्याख्या गरे तापनि यसको मूल भाव भनेको सम्पूर्ण नेपालीमा सेवा र सुविधा न्यायोचित वितरण गरी झन्झटरहित सेवा प्रवाह नै हो । संविधान जारी भएपश्चात् हालसम्म आइपुग्दा यथेष्ट सिकाइहरू भएका छन् । यस्ता सिकाइमध्ये आर्थिक, प्रशासनिक र राजनैतिक सिकाइहरूलाई यहाँ व्याख्या गर्न खोजिएको छ । सङ्घीय संरचनामा नयाँ रूपमा स्थापना गरिएका स्थानीय तह र नयाँ संरचना प्रदेश सरकारलाई व्यवस्थित र औचित्यपूर्ण व्यवस्थापनको उपायलाई यहाँ जोड दिइएको छ । नेपालमा स
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्
एमसीसी सम्बन्धी नेपालमा आजभोलि व्यापक बहस चलेको छ । एमसीसीको बहस चिया पसल, सामाजिक सञ्जाल, सञ्चारमाध्यम र संसद्मा जारी छ । राजनीतिक तह यसको पक्ष र विपक्षमा उभिएको छ । त्यस्तै नेपालका बौद्धिक वर्ग पनि दुई ध्रुवमा बाँडिएका छन् । एमसीसीका जानकार मानिएका बौद्धिक जमातमा ध्रुवीकरण बढ्नुले यो सम्झौता विरोधाभासपूर्ण छ भन्ने प्रष्ट हुन्छ । आर्थिक विकासका लागि सहयोग लिँदा देशको स्वतन्त्रता, सार्वभौमिकता, स्वायत्तता तथा शान्ति सुरक्षाको पनि ख्याल गर्नुपर्छ । हचुवाको भरमा सहयोग लिँदा देशले ठूलो क्षति व्यहोर्नु पर्ने सम्भावना पनि त्यतिकै टड्कारो रूपमा रहन्छ । एमसीसी र इण्डोप्यासिफिक रणनीतिबीचको सम्बन्ध, अन
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved