भारतीय विस्तारवादले नेपालको सीमा पटक–पटक अतिक्रमण गर्दै आएको छ । सीमाविद्हरूका अनुसार अहिलेसम्म भारतले नेपालसँग सीमा जोडिएको १७ सय ५१ किलोमिटर क्षेत्रफलमा पर्ने २८ जिल्लामध्ये २२ जिल्लाको ८७ स्थानमा सीमा मिचेको छ । २०७४ सालतिर नेपाल र भारतको संयुक्त सीमा सर्वेक्षण टोलीले नयाँ सीमास्तम्भ गाड्दा १३ नेपाली परिवारको ५० बिगाहाभन्दा बढी जमिन भारतीय भूमितर्फ पर्ने गरी सीमा मिचिएको छ । राजा महेन्द्रको निरङ्कुश शासनकालमा चीन र भारतबीच द्वन्द्व चलिरहँदा पञ्चायत टिकाउने नियतले भारतलाई खुशी पार्न सुरक्षाका दृष्टिले नेपालको भूमि कालापानीमा भारतीय अर्धसैनिक बल तैनाथ गरिएको थियो, जुन अहिले पनि त्यहाँ
आजको दिनमा निजी तथा संस्थागत स्कुलका सञ्चालक र अभिभावकबीच शुल्कको विषयलाई लिएर ध्रुवीकरण भएका छन् । यो धु्रवीकरण यहाँसम्म कि सामाजिक सञ्जालहरूमा पनि देख्न पाइन्छ । अभिभावकहरू पूर्णतः शुल्क तिर्ने पक्षमा देखिँदैनन् भने निजी तथा संस्थागत विद्यालयका सञ्चालक अर्थात् मालिकहरू पनि छुट गर्ने पक्षमा देखिँदैनन् । कोरोना महामारी सुरु भएयता नेपाल सरकारले चैत ११ गतेदेखि गरेको चरणबद्ध लकडाउनपछि स्कुलहरू अहिले पनि खुल्न सकेका छैनन् । झण्डै ६ महिनाको अन्तरालमा स्कुल खुल्न नसक्दा स्कुल मात्रै होइन, अभिभावक पनि मारमा परेका छन् । स्कुलसँग जोडिएका शिक्षक तथा कर्मचारीवर्ग पनि समस्यामा परेका छन् । कोरोनाको चपेटामा
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि हाम्रो देश नेपालमा पनि विगत ६ महिनादेखि कलकारखाना, उद्योगधन्दा, यातायात, होटल, पर्यटन व्यवसाय, देशका कर्णधार भनिएका बालबालिकाहरूले पढ्ने विद्यालय सबै बन्द रहेको र धेरै ज्यालादारी मजदुरी गरी खाने वर्गलाई बिहान बेलुका चुलो बाल्न मुस्किल परेको बेला कोरोनाले दिएका अवसर र फाइदाहरू भन्दा र सुन्दा धेरै जनालाई कोरोनाले के अवसर र फाइदा दियो भन्ने लागेर झ्वाँक चल्न सक्छ । यो स्वभाविक पनि हो । हामी मानवलगायत पृथ्वीमा भएका सबै प्राणीहरू प्रकृतिकै उपज हौं । हाम्रो अनुकूल प्रकृति रहँदा हामी बाँच्न वा अस्तित्वमा रहन सक्छौं, प्रकृति ह
सन् १९८५ मा भएको अन्तर्राष्ट्रिय युवा भेलाले १५ देखि २४ वर्ष उमेर समूहका मानिसलाई युवा भनी परिभाषित गरेको छ । संयुक्त राष्ट्र सङ्घ र विश्व बैङ्कले १५ देखि २४ वर्ष उमेर समूहका मानिसलाई युवा भनी परिभाषित गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले शारीरिक स्वास्थ्यको दृष्टिकोणबाट १५ देखि २९ वर्षको उमेर सम्मको मानिसको समूहलाई युवा भनी व्याख्या गरेको छ । राष्ट्रिय युवा परिषद् ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ मा युवा भन्नाले १६ देखि ४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीहरूलाई जनाउने उल्लेख छ । नेपालको पछिल्लो जनगणना २०६८ अनुसार नेपालमा १६ देखि ४० वर्षसम्मका युवाको सङ्ख्या १ करोड ६ लाख ९० ह
कोभिड–१९ को महामारीबाट अहिले विश्वसँगै नेपालले यसबाट मुक्ति कसरी पाइएला भनेर उपायहरू खोजिरहेछ । यसको परणामस्वरूप विश्वको आर्थिक सामथ्र्य मात्र होइन, राजनीतिक शक्ति सन्तुलनको अवस्थामा पनि फेरबदल हुनसक्ने आँकलन गरिँदैछ । यस्तो बेलामा महामारीबाट पीडित भएर चिन्ताग्रस्त अवस्थामा रहनुभन्दा यसबाट प्राप्त अवसरलाई कसरी उपयोग गर्नतिर लाग्न जरुरी छ । यस महामारीको कारण विश्वको अर्थतन्त्र र व्यवसाय ध्वस्तै भयो त?मास्क, स्यानिटाइजर, थर्मल गन, थर्मामिटर, पीपीई, फेस सिल्ड, पीसीआर जाँचका उपकरणहरू, साबुन अनि त्यससँगै इन्टरनेट, अक्सिजन सिलिण्डर, अस्पताल निर्माणका सामग्रीहरू, आयुर्वेदिक औषधिहरूको र अनलाइन
समाचारको छेउमा, स्वास्थ मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरुमा छेउमा बसेर हातको ईशाराले संझाइरहेका सांकेतिक भाषा दोभाषेहरुलाई संझना गरौं, याद आयो नि ? यीनै सांकेतिक भाषा दोभाषेहरुले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरु समावेशी हुन्छन् र हामी लगायत सुस्तश्रवणहरुले पनि यी कुराहरु सहजै बुझ्न सक्नुहुन्छ । हरेक औपचारीक र अनौपचारीक भिडियो सामाग्रीहरु अनि सार्वजनिक भेला र अपडेट अनि सम्वोधनहरुलाई यसरी सांकेतिक भाषाका दोभाषेहरुको प्रयोगले र विज्ञताले सबैका लागि सहज र समावेशी बनाँउदछ । विश्वभरि ७२ मिलियन अर्थात ७ करोड भन्दा बढि मानिसहरु सुस्तश्रवण छन् र यिनीहरु मध्य ८० पतिशत भन्दा बढि
नेकपाले अहिले पाएको राजनीतिक सफलता इतिहासमा कुनै पनि कम्युनिष्ट पार्टीले संसदीय निर्वाचनमा पाएको भन्दा ठूलो छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भूमिका पछिल्लो एक दशकभित्र सङ्कट सिर्जना गरेर आफ्नो नेतृत्वको प्रभावकारिता स्थापना गर्ने कुशल खेलाडीको रूपमा रहेको उनका समर्थकहरू बताउँछन् । प्रतिस्पर्धात्मक राजनीतिमार्फत् बहुदलको निर्वाचनमा सफलता तथा दुई प्रमुख वामपन्थी दलहरूबीचको एकता भई नेकपाको पुनर्गठनले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा विशेष मोड र कोसेढुङ्गाको काम ग¥यो । ओली दलको नेतृत्वमा हुन् वा सरकारको प्रमुख, उनीसँग सहमत वा असहमतहरू पनि स्वीकार गर्छन्, ‘अहिले ओलीको
पहिचानको मुद्दा राष्टिूय स्तरमा सेलाउँदै जाँदा नेपालको पूर्वी भागमा भने पहिचानको विषयलाई लिएर लिम्बू समुदाय स्पष्ट तीन धारमा विभाजित भएको छ । राज्य तथा अन्य समुदायले यो समुदायलाई लिम्बू भनेर चिने तापनि यो समुदायले आफूलाई याक्थुङ अथवा लिम्बू भनेर चिनाउने गर्दछ । पहिचानको मुद्दामा निकै संवेदनशील लिम्बू समुदाय यसरी विभाजित हुनु कुनै अनौठो कुरा भने होइन । सेनकालमा लिम्बुवान सेन अधिनस्त लिम्बुवान र स्वतन्त्र लिम्बुवानको रूपमा विभाजित थियो । नेपाल एकीकरण भई एकात्मक राज्य व्यवस्था स्थापना हुँदा लिम्बुवान सबैभन्दा अन्तमा नेपालमा समाहित भएको थियो । त्यस बखत समेत राजनैतिक हिसाबले सम्पूर्ण दश लिम्बुवान ए
विषय प्रवेश :राजनीतिक सङ्घर्षको इतिहास असमानता र विभेदमाथिको सङ्घर्षको इतिहास हो । विगत र वर्तमानमा भएका विभिन्न कालखण्डको क्रान्ति, सङ्घर्ष, आन्दोलन, जनआन्दोलनपछि शान्ति प्रक्रिया र संविधानसभाबाट संविधान निर्माणको सफलताले नेपाली राजनीतिक दृष्टिकोण अगाडि बढेको भए पनि केही तात्कालिक समसामयिक मुद्दाहरू सम्बोधन हुन नसकेकोे कुरालाई नकार्न सकिँदैन । संविधान जारी भएपछि यता बनेको सरकारबाट जनताको अपेक्षा पूरा हुने विश्वास थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा व्यक्तिको मौलिक अधिकारको स्वतन्त्रता हुन्छ । यही प्रक्रियाद्वारा पुँजीवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अधिकतम् लक्ष्य भएको बताउँछन् कम्युन
नेपाली काङ्ग्रेस गौरवशाली प्रजातान्त्रिक संसदीय इतिहास तथा चम्किलो र भरपर्दो भविष्य बोकेको पार्टी हो । सायद सबैभन्दा लामो समय प्रजातान्त्रिक समाजवादको अभ्यासमा लागेको र विभिन्न समयमा लामो सत्ताको अभ्याससमेत नेपाली काङ्ग्रेसले गरेको छ । विडम्बना चाहिँ यद्यपि २०१६ सालमा नेपाली काङ्ग्रेसले दुईतिहाई बहुमत ल्याएर सत्तामा पुग्यो तर, काङ्ग्रेस त्यतिबेला समेत आन्तरिक विवादमा थियो भनिन्छ । यस्तै गल्ती २०४६÷४७ को राजनीतिक परिवर्तनपछि बहुमत प्राप्त गरेको नेपाली काङ्ग्रेस आफूभित्रको आन्तरिक विवादकै कारण संसद् विघटन गरेर अन्तरिम निर्वाचनमा जानु प¥यो । नेपाली काङ्ग्रेसले ठूला–ठूला राष्ट्र
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved