बिचार

    Showing २१-३० of ७६७ items.
  • याक्थुङ मौलिकता भित्र ‘युमा’

    याक्थुङहरू प्राचीन जातिहरू हुन् । उनीहरूको आफ्नै मौलिक धर्म संस्कार, परम्परा रीतिरिवाज रहेका छन् । उनीहरूले परम्परागत रूपमा मान्दै आएका यिनै मौलिक संस्कार संस्कृति र परम्पराहरूको समष्टी रूप नै “युमा धर्म” हो । उनीहरूको सभ्यताको उत्पत्तिको कथा धेरै पुरानो छ । समय गणना गर्न सकिँदैन । उनीहरूको सृष्टिकाल देखिको बसोवास क्षेत्र याक्थुङलाजे हो । याक्थुङ लाजे भन्नाले हाल दक्षिण एशियाली देश नेपाल र भारत भित्रको अरुण सप्तकोशी नदी पूर्व टिष्टा नदी पश्चिम, तिब्बत दक्षिण र पटना तथा बंगलादेश उत्तर पर्दछ । यो भूमिबाहेक नेपालको गण्डकी नदी पूर्व, टिष्टा नदीभन्दा पश्चिमको भूभागलाई पनि याक्थुङलाजे दे

    • प्रकाशित मितिः चैत्र ६, २०७६
    • ८४४ पटक पढिएको
    • युमाहाङ पालुङवा याक्थुङ
  • राजनीतिमा नयाँ कोर्सको सम्भावना

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माग र प्रस्तुत प्रणालीले जनसमक्ष अनेक द्वन्द्वाभिमुख प्रश्न खडा गरेको छ । माग र प्रस्तुतिबीच तालमेल नरहेका कारण यसले “सङ्घीय लोकतान्त्रिक गणतन्त्र” का सरोकारवाला तथा प्रस्तुतकर्ता दुवैलाई असन्तुष्ट पारेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार नगर्ने कट्टर पन्थीहरूको विरोधको स्तर त्यसै पनि मुखरित भइरहेको छ । यस प्रणाली विरूद्ध असन्तुष्ट हुनुको प्रतिशत तीव्रगतिमा बढिरहेकोले औचित्यमाथि प्रश्न तेर्सिने खतरालाई नकार्न सकिन्न । विशाल आन्दोलन खडा गरेर सरोकारवालाले शासक समक्ष “सङ्घीय लोकतान्त्रिक गणतन्त्र” को माग राखी सामुदायिक बाहुल्यको आध

    • प्रकाशित मितिः चैत्र ५, २०७६
    • १५६ पटक पढिएको
    • उपेन्द्र झा
  • नेकपाको अभियान र उठ्नुपर्ने विषयहरू

    अभियान सन्दर्भनेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको ऐतिहासिक एकता प्रक्रिया मातहतका तल्ला कमिटीसम्म आएसँगै त्यही कमिटीको व्यवस्थापनमा नेकपाले ‘पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान’ मूल उद्घोषका साथ आसन्न २०७६ चैत्र १ गतेदेखि लागु हुने गरी ३ महिने राष्ट्रव्यापी अभियान सञ्चालन गर्न लागेको छ । ‘समृद्ध नेपाल र सुखी नेपालीको आधार ः सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ अभियानको मूल नाराअन्तर्गत चल्ने यो अभियान २०७७ असार मसान्तसम्म सम्पन्न हुनेछ । यसैको राजनीतिक वैचारिक प्रकाश र यसले ल्याउने सम्भावित ऊर्जाभित्र रहेर अहिले यतिखेर विभिन्न प्रदेश र

    • प्रकाशित मितिः चैत्र ४, २०७६
    • २६९ पटक पढिएको
    • युवराज बास्कोटा
  • नेकपामा तानातान, अस्थिरतामाथि प्रश्न ?

    नेपालमा “बहुमतको स्थिर सरकार, विकाश, समृद्धिको नारा” नारामा नै सीमित रह्यो । २०१५ मा काङ्ग्रेसले निर्वाचनमा बहुमत प्राप्त ग¥यो । तर, पार्टीभित्रको आन्तरिक कलहले २०१७ मा दरबारले पञ्चायती व्यवस्था घोषणा ग¥यो । ०४८ मा काङ्ग्रेसलाई बहुमतको बोझ भारी भयो थेग्न सकेन । परिणाम ०५१ मा मध्यवधि निर्वाचनमा गयो । ०७४ मा तीनै तहको निर्वाचनमा नेकपालाई झण्डै दुईतिहाईको अवसर मिल्यो । तर, इतिहासकै पुनरावृत्तिबाट नेकपा आक्रन्त देखिन्छ । यतिबेला नेकपा भित्रको लडाइँले पार्टी र सरकार सञ्चालनमा प्रश्न खडा गरिदिएको छ । प्रधानमन्त्री ओली पार्टीभित्र अल्पमतमा परेका छन् । पार्टीले सरकारको नेतृत्वबाट

    • प्रकाशित मितिः चैत्र ३, २०७६
    • ८८ पटक पढिएको
    • पारस काङमाङ राई
  • किन बढिरहेछ सडक दुर्घटना ?

    हामी दैनिक सडक दुर्घटनाका खबरहरू सुन्छौं । तथ्याङ्कहरूले नेपालमा सडक दुर्घटना बढिरहेको देखाउँछ । तर, दुर्घटना किन बढिरहेका छन् त ? भन्ने विषयमा गम्भीर अध्ययन अनुसन्धान भएको पाइँदैन । झट्ट हेर्दा दुर्घटनाका विविध कारणहरू देखिए पनि मुख्य कारण भनेको ट्राफिक नियमको पालना नगरिनु हो । ट्राफिक नियममा रहेर सवारी साधन चलाए दुर्घटना अवश्य कम हुन्छ । त्यसका लागि आम सर्वसाधारणमा सचेतना जगाउनु आवश्यक देखिन्छ । सवारीसाधनलाई चलाउँदा केही कुरामा ध्यान दिनु आवश्यक छ । जस्तो, आफ्नो सवारीसाधनमा पुग्नभन्दा पहिला कुनै क्षति पुगेको पो छ की भनि १० मिटर दुरीबाट हेर्नुपर्छ । त्यस्तै अतिरिक्त चक्का र ज्याक गाडीलाई एक

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
    • १९२ पटक पढिएको
    • विष्णुकुमार राई
  • प्रदेश १ को सांस्कृतिक ब्रान्डः ‘सिलाम साक्मा’

    सामान्य मान्छेले बुझ्ने भाषामा भन्नुपर्दा लिम्बू र राई समुदायले प्रेमपूर्वक छातीमा लाउने मौलिक ब्याचलाई सिलाम साक्मा भनिन्छ । सिलाम साक्मा प्रयोगको कोणमा हेर्दा लिम्बू र राईको सांस्कृतिक बिम्ब हो । यसको बहुआयामिक महŒवको कोणमा भने सिलाम साक्मा नेपालको अत्यन्तै अमूल्य सांस्कृतिक निधि हो । नेपाल भित्र पनि प्रदेश १ को विश्व स्तरीय सांस्कृतिक ब्रान्ड हो सिलाम साक्मा । दुनियाँमा धेरै संस्था, दलदेखि कार्यक्रमहरूका आफ्ना आफ्ना ब्याच हुन्छन् । सामान्यतया ती ब्याचको अर्थ औपचारिकताको लागि हुन्छ । सिलाम साक्मा ब्याचको अर्थ भने एउटा औसत ब्याचको भन्दा माथि छ । प्रयोगका विविधताका आधारमा सिलाम साक्माल

    • प्रकाशित मितिः फाल्गुन ३०, २०७६
    • १,७२७ पटक पढिएको
    • विराट अनुपम
  • विश्व शान्ति र अमेरिका

    विश्व आज युद्धमा मडारिरहेको छ । शक्तिको होडबाजीले संसार आक्रान्त छ । केही महिनाअघि अमेरिका र उत्तरकोरियाको शीत युद्धले विश्वलाई तरङ्गित तुल्यायो । तर, यो भिडन्तमा उत्तर कोरियाको जित भयो । आफूलाई विश्वको एक्लो बादशाह मान्ने अमेरिकालाई सबै क्षेत्रमा कोरियाले हराइदियो । अमेरिकाको आणविक धम्कीलाई कोरियाले पनि आणविक हतियारको धम्कीले नै जवाफ दियो । अमेरिकाले अफगानिस्तान र सिरियामाथि आक्रमण गरेजस्तो उत्तर कोरियामाथि आक्रमण गर्न सकेन । उत्तर कोरियालाई विनाशकारी युद्धको मनस्थितिमा बाँचिरहेको तानाशाहको देश भन्छन् पश्चिमाहरू । उत्तर कोरियाले त्यसलाई प्नि झुटो प्रमाणित गरिदियो । आजै मिसाइल हानिने हो कि भन्

    • प्रकाशित मितिः फाल्गुन २९, २०७६
    • ८७ पटक पढिएको
    • रोशन श्रेष्ठ ‘बेरी’
  • लिम्बुवान स्प्रिङ आन्दोलनलाई फर्केर हेर्दा

    प्रारम्भ नेपालको सङ्घीयवादी आन्दोलनमा सबैभन्दा धेरै पहिचानको मुद्दा बोकेर आन्दोलित भइरहने भूगोल हो तराई र सुदूरपूर्वी क्षेत्र । दक्षिणी समथल भूगोलमा मधेश र थरुहट आन्दोलन हाबी छ । सुदूरपूर्वी भूगोल भने लामो कालखण्डदेखि लिम्बुवान आन्दोलनले रङ्मगाएको छ । लिम्बुवान प्रदेशको मागलाई उठाएर आन्दोलन गर्ने सबैभन्दा पछिल्लो शक्ति हो – लिम्बुवान स्प्रिङ आन्दोलन । आन्दोलनको उठान नेपालको संविधान २०७२ जारी भएपछि पहिचानको आन्दोलन रक्षात्मक चरणमा प्रवेश र्गयो । खासगरी, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित (शिल्पी), पिछडिएको क्षेत्र, भूगोल र वर्गहरूले आफ्ना मागहरू संवैधानिक रूपमा बहिष्करण परेको महसुस गरे

    • प्रकाशित मितिः फाल्गुन २७, २०७६
    • ५१२ पटक पढिएको
    • अमित थेवे मिहाङ
  • अन्यौल ग्रस्त लिम्बू समुदाय

    नेपालको पूर्वी क्षेत्र हालको प्रदेश नं. १ मा बसोवास गर्ने मुख्य जातिहरूमध्ये लिम्बू समुदाय एक हो । जनगणना २०६८ अन्ुसार नेपालमा लिम्बूहरूको कुल जनसङ्ख्या ३,८७,३०० रहेको छ । विश्व भरि छरिएर रहेका लिम्बूहरूको कुृल जनसङ्ख्या लगभग सात लाख हाराहारी रहेको अनुमान छ । नेपाल रहेका लिम्बूहरूमध्ये जनगणना २०६८ अनुसार ३,४३,६०३ आफ्नो मातृ भाषाका रूपमा लिम्बू भाषा बोल्ने गरेको तथ्याङ्क छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रीय रूपमा यस समुदायलाई लिम्बू जाति भनेर चिनिए तापनि यस जातिले आफूलाई याक्थुङ जाति भनेर चिनाउने गर्दछन् । लिम्बू भन्ने शब्द राजनैतिक हिसाबले आफूले र राज्यले यो जातिलाई पहिचान गरे पनि यो जातिले आफूला

    • प्रकाशित मितिः फाल्गुन २७, २०७६
    • १,९५६ पटक पढिएको
    • देव इजम
  • थरी थरीका होलीको इतिहास

    फागु पूर्णिमा रङहरुको पर्वका रुपमा मनाइने होली पर्व पनि हो । बसन्त ऋतुको आगमनसँगै रङ खेलेर उल्लासपूर्ण रुपमा देशभर होली पर्व मनाउने गरिन्छ । असत्यमाथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आइएको पाइन्छ । आपसमा रङहरू दलेर खुशीयाली साटासाट गरेर मनाइने पर्वमा जसरी विभिन्न रङहरूको महत्व रहन्छ, त्यसरी नै समाजमा सबै जाति–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ । भातृत्व र आपसी सद्भावको पर्व–हालीको रौनक विभिन्न क्षेत्रमा सुरु भइसकेको छ । विभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव सुरु भएको छ । यस पर्वलाई मेलमिलाप, आपसी भाइचारा र सद्भावको सन्देश प्रवा

    • प्रकाशित मितिः फाल्गुन २६, २०७६
    • ६९६ पटक पढिएको
    • विमल लामिछाने

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved