यतिबेला सत्तारुढ राजनीतिक दल नेकपाको सङ्गठनात्मक जीवनमा आन्तरिक कलह चुलिएको छ । वर्तमान सत्ताभित्रै पक्ष–प्रतिपक्षको रूप–स्वरूप देखिएको छ । विकसित यो कलहसँगै साविक एमाले र माओवादीबीचको परस्पर कित्ताबन्दी पनि विघटन हुने देखिएको छ । राजकीय सेवा, सुविधा, लाभ आर्जन र सत्तास्वार्थबाट प्रेरित अहिलेको कलह सतहमा पोखिए पनि नेकपाको पक्षमा मतदान गर्ने आमजनमतलाई जुटेको र फुटेकोबीच केही अनुभूति नभएकोसम्म बजारस्तरमा व्यापक चर्चा छ । दशकौंयता राजनीतिक स्थायित्वको अनिवार्यतालाई स्वागत गर्दै आममतदाताले सूर्य चिन्हमा मतदान गरेका थिए । इतिहासका यी निर्णायक आममतदाताहरू यतिबेला यो राजनीतिक अस्थायित्वको
भोका छौं नाङ्गा छौं सबभोका नाङ्गा भन्न नपाउनु ?अकाल अशिक्षाले उत्पीडित छौंकिन विप्लव आज नगर्नु ?....................आफ्ना विचारहरु खुलेर व्यक्त गर्न समेत नपाईने पञ्चायतकालमा कृष्णप्रसाद श्रेष्ठले यस्तो क्रान्तिकारी कविता लेखेका थिए । उनको यो कविताको छोटो अंशले तत्कालिन समयमा जनताको गाँस, बास, कपास र शैक्षिक स्थितिको व्याख्या मात्र गर्दैन, जनता किन क्रान्तिमा होमिएका थिए भन्ने पनि बताउँछ । धरानमा पहिलोपटक स्नातक उत्तीर्ण गरेका कारण उनको नाम रह्यो, ‘बिए कृष्ण’ । तर उनको क्षमता पहिलो पटक बिए उत्तीर्ण गर्नु मात्र थिएन । उनी राजनीतिक विश्लेषक थिए, राजनीतिज्ञ थिए, कवि, साहित्यका
आजकाल हरेक दिनजसो बलात्कारका घटनाहरू सार्वजनिक भइरहेका छन् । अखबारका हरेकजसो पानाहरू बलात्कारजन्य घटनाका समाचारले भरिएका हुन्छन् । चार–पाँच वर्षदेखि पचास–साठीका महिलासमेत बलात्कृत हुनु र बलात्कारजन्य घटनाका कारण मारिनुले स्त्रीहरूमा यौनाङ्ग हुनु नै जीवनभरको लागि महाअभिसाप बोकेर बाँच्नुसरह भएको देखिन्छ । खासगरी बलात्कृत हुने महिलाको उमेर, बलात्कार गरिने स्थान र परिस्थितिलाई हेर्ने हो भने बलात्कारीले त्यस्ता व्यक्तिलाई निशाना बनाएको देखिन्छ, जो कम उमेर, शारीरिक अशक्त, एकान्त स्थान वा दलित हुनुको कारण बलात्कारको प्रतिरोध गर्न सक्दैनन् । विद्यालयमा परीक्षा दिन गएकी किशोरीमाथिको बलात्क
‘मान्छे अदालतमा चालिरहेको मुद्दा हो, जसको फैसला धारमा पुगेपछि हुन्छ ।’ यसै वाणीबाट आफ्ना कुराहरू पस्कन चाहन्छु । राजनीति पेशा होइन, सेवा हो । जसबाट आत्मा सन्तुष्टि हुन्छ भन्ने दृष्टान्त हाम्रो पूर्वीय शास्त्रहरूले दिएको पाइन्छ । जस्तैः राजा दशरथ, राजा जनक आदि तर, यसलाई राजनीतिको चासनीमा डुबाएर अन्य पेशासरह मानिआएका छन् । सुनसरीका केही बौद्धिक मित्रहरू हालसालै नेपाली काङ्ग्रेसको उपसमितिमा मनोनित भएको प्रचारबाजी भएको छ । यसबारे मैले (२०७७ असोज २८ गतेको ब्लाष्ट टाइम्स दैनिकमा केही प्रकाश पारेको थिएँ) केही थप कुराहरू राख्दैछु जो ज्ञात भएकै कुराहरू हुन् । तैपनि महाधिवेशन सँघारमा प्रवे
तत्कालीन एमाले र माओवादी दुई पार्टी चुनाव बेग्लाबेग्लै लडेर सरकार बनाइसकेपछि ‘पावर सेयरिङ’ मा सहमतिपछि मात्र पार्टी एकीकरणसम्म पुगेका हुन् । पाँचवर्षे स्थायी सरकारमा आधा समय प्रचण्डले नेतृत्व गर्ने सहमति पार्टी एकीकरण अगाडिकै पूर्वसर्त थियो । सत्तामा साझेदारी गर्ने गरी प्रधानमन्त्री ‘फिप्टी–फिप्टी’ मा भित्री सहमति गरियो । अर्कोतर्फ पार्टीमा पनि ‘पावर सेयरिङ’ का आधारमा केही सहमति भएको थियो । पार्टीको सत्ता भन्नाले केन्द्रीय समिति, विभाग, जनवर्गीय सङ्गठन लगायतका पार्टी संरचनामा अहिलेसम्म ‘वर्क आउट’ हुन नसकेपछि समस्या देखिएको हो । मुख्य कुरा भ
सामान्यतः गल्ती गर्नुलाई नराम्रो र अबाञ्छनीय मानिन्छ । त्यसैले अपेक्षा गरिन्छ–मान्छेले कुनै पनि गल्ती नगरोस् । सिकाइका क्रममा बालबालिकाले गल्ती गर्दा शिक्षक हैरान हुन्छन् । कतिपय शिक्षक आफ्नो हैरानी–असन्तुष्टि बालबालिकामाथि यसरी पोख्छन्–‘मूर्ख, यत्ति पनि आउँदैन, गोबर भरिएको ।’ तर, कतिपय शिक्षकहरू चाहिँ गल्ती गर्दागर्दै पनि बालबालिकाले सिक्छन् भन्ने मान्छन् र गल्ती गर्नेलाई फेरि सिकाउने–सम्झाउने काम गर्छन् । शिक्षाशास्त्रीहरूको विचारमा सिक्ने क्रममा स्वभाविक रूपमै गल्ती हुन्छन्, यस्ता गल्तीको उपयोग सिकाउनकै लागि गर्नु बढी बुद्धिमानी हुन्छ । सिकाइ र सिकाइको क
समाजमा अब्बल रुपमा छवि बनाएर योगदान गर्नेहरुलाई हङ्कङ सरकारले विशेष सम्मान दिने गरेको छ । यस्तो सम्मान हङ्कङ डायास्पोरामा रहेर त्यहाँ अल्पसङ्ख्यक समुदायका रुपमा क्रियाशील नेपालीहरुले पनि पाएका छन् । यो सम्मानको नाम हो, चिफ एक्जिक्युटिभ कमेण्डेसन फर कम्युनिटी सर्भिस् । यही नोभेम्बर १५ मा किसन राईले यो सम्मान ग्रहण गर्नुभयो । विशुद्ध कर्मबाट क्रियाशील रहँदा पनि यसको कदर हुन्छ भन्ने उदाहरणका रुपमा किसन राईलाई लिन सकिन्छ । बधाई छ, किसन सर ! नेपालमा पनि हरेक वर्ष विविध विभूषण वितरण हुन्छ । पहिले राजा र अहिले राष्ट्रपतिको हातबाट वितरण हुने यस्ता विभूषण पाउनेहरुको नाम पढ्न पाउँदा छुट्याउन गाहूो हुन्
चलचित्रको बारेमा प्रसिद्ध हलिउड अभिनेता रबर्ड रेडफोर्डले भनेका थिए, ‘चलचित्र आफैमा एक सशक्त विश्व भाषा हो । त्यसैले चलचित्रलाई अन्तर्राष्ट्रिय सांस्कृतिक दूत मान्न सकिन्छ ।’ विश्वमा इमेज प्रविधिमा आएको नयाँ विकासले चलचित्र (चल्ने चित्र) को जन्म गरायो । त्यसले विश्व मानव समुदायको चेतना र संस्कृतिमा नयाँ आयाम ल्यायो । मनोरञ्जनमात्रै नभएर चलचित्र ज्ञान र इतिहासको सजीव अभिलेखन पनि बन्दै गयो । चलचित्र जन्मिनुअघिसम्म मनोरञ्जन र युगचेतनाको एकमात्र माध्यमको रुपमा रहेको नाटक वा रङ्गमञ्चलाई उछिन्दै रेडफोर्डले भने जस्तै साँच्चै चलचित्रले सांस्कृतिक दूतकै रुपमा विश्वभरि आफ्नो एकछत्र प्रभुत्व क
असोज ७ । बिहानैदेखि बेहिसाबले टाउको रन्किएको छ । धेरै वर्षपछि यो रन्काइलाई अलिक निको मानिनँ । कोभिड–१९ अर्थात् नोबल कोरोना भाइरस सुरु भएको ११ महिनापछि ममाथि ‘अट्याक’ गरेको हो कि भनी लख काटेँ । एकोहोरो टाउको दुखाइसँगै एक्कासि शरीर कमजोर भएको महसुस गरेँ । कोरोनाका विभिन्न लक्षणबारे सुनेको, पढेको त थिएँ नै तर, पनि टाउको दुखाइ नै यसको प्रमुख लक्षण होला भन्ने अनुमान चाहिँ गरेको थिइनँ । त्यसदिन खाना पनि उतिसारो रुचि भएन । तर, पनि नियमित खुराकलाई कायमै राखेँ । जब कोरोना चीनको वुहान हुँदै पश्चिमा देशहरुलाई आतङ्कित पारिरहेको थियो । त्यहीबेलादेखि ‘कोरोना’ सँग कुनै न कुनै
शीतयुद्धको जीवित इतिहास बर्लिनको पर्खाल ढलेको हिजो सोमबार कात्तिक २४ गते अर्थात् नोभेम्बर ९ मा ठीक ३१ वर्ष पुग्यो । पुँजीवादी स्वतन्त्र विश्व र साम्यवादी विश्वबीच विभाजन र द्वन्द्वको बिम्ब बनेको उक्त पर्खाल युरोपमा पूर्वी जर्मनी र पश्चिमी जर्मनीलाई विभाजन गर्न तत्कालीन साम्यवाद केन्द्र सोभियत सङ्घले बनाएको थियो । पूर्वी जर्मनीमा स्टालिनवादी एकदलीय शासन प्रणाली थियो भने पश्चिमी जर्मनीमा उदार प्रजातन्त्रवादी शासन थियो । ४५ किलोमिटर लामो यो पर्खाल सन् १९६१ मा बनाइएको थियो । जसलाई पार गरेर भाग्न खोज्दा हजारौं मानिस गिरफ्तार भए भने कतिले मृत्युवरण गरे । साम्यवादी पूर्वीय जर्मनीमा स्वतन्त्र थिएन, दम
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved