पूर्वाञ्चलकै गहनाको रुपमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान एक माथिल्लो तहको उपचार केन्द्रको रुपमा स्थापित छ । यस केन्द्रमा प्रदेश १, ३ र ३ का केही जिल्लाका विरामीहरुलाई विशिष्ट उपचारका लागि अन्य साना अस्पतालबाट रिफर गर्ने गरिन्छ, फलस्वरुप प्रतिष्ठानमा बिरामीको चाप अत्याधिक छ । बिरामीहरु पनि आधुनिक प्रविधि मार्फत गुणस्तरीय विशेषज्ञ सेवा पाउने आशामा प्रतिष्ठानमा आउने गरेका छन् भने विद्यार्थीहरु गुणस्तरीय स्वास्थ्य शिक्षा र शीप विकासको पर्खाईमा रहने गरेका हुन्छन् । विगतका केही वर्षमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोचे अनुरुपको कुशल उपकुलपति नपाउँदा शिक्षाको प्राण
मेरा खुसीका सीमारेखाहरू के हुन्, कस्ता छन् ? मलाई नै थाहा छैन । म किन यस्तो छु, यस्तो भएँ, थाहा छैन । बाल्यकालका पानाहरू यस्ता थिएनन्, जतिजति उमेरले वयस्कता प्राप्त गर्दै गए, किन हो ? यी वयस्कता जटिल बन्दै आए, एक, दुई, तीन... गर्दै । थाहा छैन, भविष्य के हुन्छ, तर भूत पनि औधि सम्झन लायक थिएनन् । आम मान्छे हुँ, त्यसैले आम भएर नै बित्यो । बाल्यकालमा थाहा थिएन, के गर्छु, कहाँ जान्छु, के बन्छु ? यति थाहा थियो, मेरा बाल्यकाल वर्तमान हुन् । गुच्चा, खोप्पी, डण्डीबियो, रुमाल लुकाइ नै वर्तमान हुन् । यी खेल खेल्दा जति आनन्द केमा थियो र ! घरिघरि लुकीडुम खेल्थ्यौं । कसैले नदेख्ने ठाउँमा गएर लुक्नु आहा ! य
नसर्ने रोग विश्वव्यापी समस्या हो । नेपालमा ६० प्रतिशतको नसर्ने रोगबाट असामयिक निधन हुन्छ । निम्न र मध्यम आय भएका देशमा हुने मृत्युमा दुई तिहाइको नसर्ने रोगबाट निधन हुने गरेको अध्ययनले देखाएको छ।न्यून र मध्यम आय भएका देशका मानिस नसर्ने रोगबाट प्रताडीत हुनुका कारण विभिन्न छन् । तीमध्ये समयमै रोग पहिचान नहुनु र पहिचान भए पनि उपचार नहुनु मुख्य कारण हो । एक त रोग पहिचान नै नभएका कारण उपचार हुँदैन भने अर्कोतर्फ उपचारमा पहुँचको अभाव र आर्थिक अभावले पनि नसर्ने रोगबाट धेरै मानिस ज्यान गुमाउन वाध्य छन् । यस्ता रोगबारे पर्याप्त जानकारी नपाउनाले पनि नसर्ने रोगबाट मृत्युवरण गर्नेहर
हाम्रो बानी नै छ, केही समस्या नपरेसम्म चेकजाँच नगराउने। ‘मलाई के नै भएको छ र जाँच गराउन’ भन्ने एकथरि छन् भने अर्कोथरि चाहिँ ‘चेकजाँच गराउँदा केही भेटिएला र टेन्सन मात्र हुन्छ’ भन्ने किसिमका छन्। यही प्रवृत्तिले रोगहरुको समयमै पहिचान गर्न नसक्दा वा समस्यालाई सामान्य रुपमा लिँदा शरीरका अंगहरु कामै नलाग्ने अवस्थामा पुगेपछि मात्र बिरामी डाक्टरकहाँ पुग्ने गरेको देखिन्छ ।हिँड्दाहिँड्दै गरेको स्वस्थ देखिने मानिसको मृत्यु हुनुमा स्वास्थ्यका धेरै समस्या हुन सक्छन्। कतिपय अवस्थामा लक्षणहरु देखिन्छन्, कतिपय अवस्थामा कुनै लक्षण देखिँदैनन्। तीमध्ये मुटुका समस्याहरु मुख्य हुन्।
मेरो छिमेकी तल्लो घरको एउटा चञ्चले भतिजो छ, दीपेन्द्र । उसले एकदिन भन्यो ,– ‘ ठूलो बुवा , यो कोरोनाको दबाई चाही किन नभएको होला ?’ उसको प्रश्नको उत्तर के दिने असमञ्जसमा परे । एकछिन त नसुने जस्तो गरें । फेरि अलिक कड्केर भन्यो ,– ‘ सुन्नु भएन ? ’ उसको अनुमान के हो भने मसँग सबै प्रश्नको उत्तर हुन्छ । यो नयाँ रोग हो नि त , त्यही भएकोले यसको दवाई पत्ता नलागेको रे भन्ने उत्तर दिंदा उसले एकपछि अर्को प्रश्न थप्दै जाने स्थिति बन्यो । उसको दोस्रो प्रश्न थियो किन पत्ता नलागेको त ? म अनुत्तरित भएँ र आफैं घोरिन थालें । सन् २०१८ सेम्टेम्बर ताकाको कुरा हो , दुबईबाट न्यूयोर्
लकडाउनका कारण घर बाहिरकाे भौतिक सम्बन्ध रोकिए पनि इन्टरनेट, फेसबुक, वाट्सप ट्वीटर, रेडियो टेलिभिजन आदिबाट सूचना र जानकारीहरू प्राप्त गरिरहेकी छु। प्राप्त भएजति सबै प्रकारका उपयोगी र नीतिगत विषयहरूसँग निरन्तर अद्यावधिक सुसूचित भइरहेकै छु। जनस्वास्थ्य विज्ञ एवम् प्रसिद्ध कथाकार रबिन्द्र समिरद्वारा लिखित कोरोना विशेष लेखहरू नछुटाई पढ्ने गरेको छु। नगरभित्र हरेक दिन जसो आवश्ययकताअनुसार जुनसुकै समयमा पनि सबै ठाँउमा पुग्नुपर्छ पुगेकै छु । समय स्थान परिवेशअनुसार आफ्नो भूमिका निर्वाह गरिरहेकी छु। हामी यसबेला विचित्रको समय बाँचिरहेका छौँ। यो विचित्रासंगै व्यस्तता पनि भिन्न श
केही दिनदेखि नेपालमा पनि देखासिकीमा विभिन्न अनलाइन पोर्टलहरूमा तब्लीग जमातसम्बन्धी अनर्गल समाचारहरू अाइरहेका छन् । सामाजिक सञ्जालमा मिथ्या ढंगले विषयवस्तुलाई अन्यत्र मोड्ने गरी कुरा उठाइँदैछ । तसर्थ, यस लेख लेखमार्फत् यस सम्बन्धी केही भ्रम र अज्ञानताहरूलाई प्रष्ट्याउने प्रयास भएको छ । तब्लीग जमातको संक्षिप्त इतिहास सन १९२७ मा भारतको दिल्लीमा तत्कालीन प्रख्यात मौलाना इलियास कान्धल्वीले दिल्लीकै निजामुद्दीनमा आफ्नै निजी भवनलाई केन्द्र बनाई तब्लीगको काम गर्नका लागि तब्लीग जमातको सुरुवात गरे । चरम अशिक्षा र अन्धकारमा फसेको त्यो बेलाको समाजलाई इस्लामको बास्तविकताबाट अबगत गराउन त्य
नेपालमा जत्तिवटा कोरोनाको केस देखिएको छ । एउटा केस बाहेक सबै कि त भारत ट्रान्जिट हुँदै नेपाल आएका या त सोझै भारतका विभिन्न शहरबाट आएका नेपालीहरु हुन् । पछिल्लो पटक दुबईबाट भारतहुँदै नेपालको कैलाली आएका संक्रमित व्यक्तिबाट उनकै ३४ वर्षीया आफन्तमा कोभिड १९ सरेपछि नेपाल कोरोना भाइरसको केसमा दोस्रो चरणमा प्रवेश गरेको र अरु संकट पो थपिने हो कि भन्ने त्रास एकातर्फ उत्पन्न भएको छ भने अर्को तर्फ सरकारले झन कडाइका उपायहरु पनि अवलम्बन गरेको छ । लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्कोमा , एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेश निषेधको निर्णय शनिबार बसेको मन्त्रीपरिषदको बैठ
विश्व मानव समाज अहिले कोरोना भाइरस संक्रमणको संकटबाट गुज्रिरहेको छ । सारा विश्व शक्तिहरु यसको नियन्त्रणमा लागेका छन् । विश्वका धेरै देशहरु अहिले लकडाउनमा छन् । सिमानाहरु बन्द गरिएका छन । नेपाल पनि पुर्ण लकडाउनमा छ । नेपालमा कोरना भाइरस संक्रमित ५ जनाको उपचार जारी छ भने १ जना उपचार पश्चात घर फर्किसकेका छन । विश्वभरी ११ लाख भन्दा बढि संक्रमित भएका छन् । ६५ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । सोमलियाका पुर्वंप्रधानमन्त्री नुर हसन हुसेनको कोरोना भाइरस संक्रमणको कारणले मृत्यु भएको छ भने बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपचाररत छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न थाइल्याण्डका राजा महाभाजिरलोङकर्न
देश र जनता रक्षाका लागि उनीहरुको भूमीका महत्वपूर्ण थियो । यति बेला विश्वमा कोराना महामारी फैलिएको छ । विश्वका झण्डै १० लाख मानिसमा कोरोना संक्रमण फैलिएको छ भने ६० हजार मानिसको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले दोश्रो विश्व युद्ध पछिको भयंकर महामारी भएको घोषणा गरिसकेको अवस्थामा यो महामारीबाट देशका जनता बचाउने मुख्य भूमिका ती देशका चिकित्सकहरुको काँधमा आएको छ । सन् १९४५ मा भएको दोश्रो विश्व युद्धमा सम्बन्धित देशका शैनिक जिम्मेवार थिए । युद्धका शैनिक र कोरोना महामारीको बेलाका चिकित्सक जिम्मेवार भए मात्र युद्ध जित्न सम्भव छ । मानविय चेतना भएका चिकित्सकहरुबाट मात्र यो
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved