लामोसमयदेखि देशमा लकडाउन भएका कारण जनजीवन अस्तब्यस्त भएको छ । आउँदो वैशाख २५ पछि पनि लकडाउनकै क्रम जारी रहने÷नरहनेमा जनताले आआफ्नो अड्कल काट्न थालिसकेका छन् । कोरोना रोगभन्दा पनि लकडाउनको त्रासले जनता छटपटाईरहेका छन् । सञ्चारमाध्यमबाट प्राप्त भएको सूचना बमोजिम लकडाउन केही खुकुलो हुन्छ भन्नेमा जनता आशावादी भएका छन् । वैशाख २५ पछि लकडाउन खुकुलो बनाइने सरकारको रणनीति प्रभावकारी भएमा मात्र देश यस संकटको अवस्थाबाट बिस्तारै निस्कन सक्छ । जुन आवश्यक छ । कोरोना संक्रमित अन्य राष्ट्रहरूको तुलनामा हाम्रो देशमा संक्रमणको अवस्था फरक किसिमको छ । देशमा कोरोना संक्रमितहरू तथा संक्रमण हुन सक्ने मानिसह
होमीयोप्याथि ग्रिक शब्द हो । यसको अर्थ समानले समानको उपचार भन्ने बुझिन्छ । यो विश्वको दोस्रो ठुलो र सब भन्दा नवीनम् प्राकृति र वैज्ञानिक चिकित्साको समिश्रण (फ्यूजन)बाट बनेको उपचार पद्धति हो । यसमा विशेषतः लक्षणको आधारमा विरामीलाई उपचार गरिन्छ । जस्तै सिन्कोना अफिसिनालिस भन्ने औषधीय गुण भएको वनस्पतिको सेवन गर्दा स्वास्थ्य मानिसलाई ज्वरोलगायत अन्य स्वास्थ्य समस्याहरु आउदछन् र त्यै वनस्पतिको सुक्ष्म मात्रालाई शक्तिकृत गरेर प्रयोग गर्दा उक्त ज्वरोलगायत सम्पूर्ण स्वास्थ्य समस्याहरु निको भएर जान्छन् । आजभन्दा २ सय २४ बर्ष पहिले अर्थात सन् १७९६ मा यो जर्मनीका आधुनिक चिकित्सक डाक्टर क्रिश्चियन
नेपालमा लकडाउन २०७६ साल चैत्र ११ गतेदेखि कायम छ । यही वैशाख २५ गते लकडाउनको अवधि समाप्त हुँदैछ । फेरि लकडाउन थपिने हुन् कि भन्ने त्रासमा जनता छन् । कोही भने अझै लक डाउन थपोस् भन्ने चाहना राख्ने पनि होलान् । यस अवधिमा धेरै क्षेत्रमा तहसनहस भइसकेको छ । हुनत रोग लागेर औषधि खानुभन्दा रोगै लाग्न नदिनु राम्रो हो । कमाइ खाने, ज्याला मजदुरी गर्नेदेखि लिएर अन्य व्यक्तिहरू समेत आक्रान्त छन् । सरकारी कर्मचारीहरूलाई मात्र ढुक्कको अवस्था छ किनकि यस अवधिमा भएको लामो बिदाको पनि उनीहरूले तलब पाइहाल्छन् । विश्वमा फैलिएको कोरोना भाइरसले विश्वलाई आतंकित पारेको छ । यसले थुप्रै नकारात्मक अवस्थाको सृजना गरेको छ ।
बाथज्वरोले मुटुमा असर गर्छ । रोग लाग्नेबित्तिकै उपचार नभएको खण्डमा मुटुमा असर पर्न सक्छ। बाथज्वरो रोगले गर्दा मुटुका तीन तहहरू पेरिकार्डियम, मायोकार्डियम र इन्डोकार्डियम सुन्निएर मुटु दुख्ने, मुटुका भल्भहरू खराब गर्ने र मुटुको आकार ठूलो भएर जाने गर्छ। बाथज्वरो रोगको परीक्षण के हो ? बाथज्वरो भएको हो वा होइन भनेर थाहा पाउन रगत परीक्षण गर्नुपर्छ। रक्तपरीक्षणमा सेता रक्तकोषहरूको संख्या निकै बढी देखिन्छ। मुटुमा यस रोगले कुनै खराबी गरेको छ वा छैन भनेर थाहा पाउन इसीजी आदि गर्नुपर्छ। बाथ ज्वरोको उपचार के हो ? साधारणतया बाथ ज्वरो लागेको खण्डमा दुई–तीन हप्तासम्म आराम गर्नुपर्छ
सामान्यतया मृत्यु निकट बोध गर्ने मानिसमा कीर्ति राख्ने चाहना घनीभूत हुने विश्वास गरिन्छ र, केपी शर्मा ओली वर्तमानका एक मात्र त्यस्ता नेता हुन् जसले मृत्युलाई निकटबाट महसुस गरेका छन्, त्यसैले उनी बाँकी जीवनलाई राष्ट्रका नाममा सदुपयोग गर्न चाहन्छन् भन्ने विश्वास गर्न सकिन्छ । केपी ओलीले आफ्नो पूरै कार्यकाल व्यर्थ खेर फाल्न पनि सक्छन् र कुरैकुरामा पूरै समय गुजारिदिन पनि सक्लान् । तर, अहिले नै केपीले केही गरेनन्, गर्न खोजेनन् या सकेनन् भन्न समय पुगेको छैन, समय पुगेपछि परिणाम आफैँले उनको योगदान स्पष्ट गर्नेछ । केपीका शैलीमा शङ्का गर्न सकिन्छ, उनका विचार–दर्शनमा अनेक प्रश्न उठाउन पनि सकिन्छ,
इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र मानिने रमजान शनिबारबाट सुरु भएको छ । अरबी पात्रको अनुसार रमजान नवौं महिना हो । यस महिनामा इस्लाम धर्ममा आस्था राख्ने विश्वभरका मुस्लिम समुदाय एक महिने रोजा अर्थात व्रत बस्छन् । मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । यसै महिनामा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरआन अवतरण भएको मान्यता छ । यसै खुशीयालीमा मुस्लिम समुदायले एक महिने कठोर व्रत बस्ने गर्छन् । रमजान महिनामा एकमहिनासम्म प्रत्येक दिन १४ घण्टादेखि १५ घण्टासम्म पानी पनि नखाई व्रत बस्छन्, यहीँ यस पवित्र महिनाको नियम पनि हो । हरेक वालिग, सम्झदार महिला र पुरुषमाथि रमजान महिनाको रो
धरान / लामो समयदेखि नधुएको हाईनेक, त्यसमाथि मैलो सट अनि स्टिकोट, शिरमा मैलो ढाकाटोपी । उनी महेन्द्र विक हुन । पूर्वको कर्णाली अथार्थ ओखलढुगाको टारकेरावारीमा उनको झुप्रो छ । लिखुखोलाले बनाई दिएको टारमा उनको एउटा रातविरात भरअभर छेल्ने एउटा घर थियो, त्यही श्रीमतिका साथ सपनाहरु सझाउथे उनी । उमेरले बुढ्यौलीतिर धकेलिरहेको अनुभूति गर्न सकिन्छ । उनलाई आफ्नो उमेर थाहा छैन् तर १९९५ मा जन्मिएको कुरा थाहा छ । एउटा बर्षाको समय खानाको थालभरि त्रिपालबाट पानी चुहिएर त्यसैलाई दाल सम्झि पेट भरेर विताए । हिउदमा सीत थापेर खाए । सीत मै सुते । अव फेरी अर्को बर्षा आउदैछ । त्यो नियति फेरी नआईदिए हुन्थ्यो भन्
बिकास र शिक्षा व्यवस्था मानव सभ्यताको बिकाससँगसँगै नयाँ चिन्तन र व्यवहारहरु बिकसित भए ,जसको सैद्धान्तिक र व्यवहारिक प्रगतिलाई शिक्षा मानियो । बिकासक्रममा गरिएका अनुभब र तिनीहरुको निरन्तरताले जीवन भोगाईमा पारेको प्रभाव सहितको सामाजिक अन्तरघुलन शिक्षा हो ।स्थापित दार्शनिक दृष्टिकोणलाई आधार बनाउँदा बिकासवादी र रचनावादी मान्यताहरु प्रधान छन् । संरचनावाद वैज्ञानिक प्रयोग र भौतिक यथार्थतासँग भन्दा ईश्वरीय देनमा आधारित छ भने बिकासवाद विज्ञानले पुष्टि गरेका तर्क र प्रमाणहरुका आधारमा आधारीत मानिन्छ । शिक्षा परम्परा र वर्तमान विश्वको शैक्षिक इतिहास र वैज्ञानिक आविस्कारहरुलाई शुरुवात गराउने पद्धतिकारुप
कोरोनाले हामी सबैलाई अत्याएको छ । यो स्वभाविक हो । तर के आत्तिएर मात्रै हुन्छ र ? अहिलेसम्म छिमेकि मुलुक भारत, पाकिस्थान, बंगलादेश जत्तिको धेरै संक्रमित र कोरोनाको कारण मृत्यु हामीले व्योहोर्नु परेको छैन । युरोप, अमेरिका र अरु विश्वको त तुलना नै नगरौं अहिलेलाई । तर भविस्यमा के होला यसै भन्न सकिन्न । छिमेकि देश भारत सहित दुनियाँका बारेमा देखिएको र सुनिएको समाचारका आधारमा नेपाली जनताको अनुशासन र सरकारको प्रयास निकै उत्तम देखिएको छ । यो लेख तयार पार्दासम्म नेपालमा ३१ जना संक्रमित छन् । ३ जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् । संक्रमितहरु अस्पतालमा छन् तर सामान्य अवस्थामा । अहिले मान
विश्व समुदाय अहिले कोरोना भाइरस (कोभिड १९) का कारण आक्रान्त छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म १ लाख ६० बढी व्यक्तिले ज्यान गुमाएको छ भने लाखौं संक्रमित छन् र संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकोे छ । कोरोना संक्रमित भई उपचारपछि करिब छ लाख व्यक्ति पूर्णरूपमा निको हुँदै घर फर्किएका पनि छन् । जुन तपाईं हामीलाई कोरोना महामारीबाट लड्न प्रेरणादिने सकारात्मक खबर हो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब एक महिनायता देशैभर लकडाउन जारी राखेको छ । सरकारले लकडाउन गर्दा जो जहाँ थिए त्यहीँ फसेका छन् । राजधानी काठमाडौसहित देशका विभिन्न क
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved