औद्योगिकीकरणको विस्तारसँगै यसको सुरक्षामा ध्यान नदिँदा हुनसक्ने दुर्घटनाले जनधनको क्षति तथा वातावरणीय र जनस्वास्थ्यमा पार्ने असरको मूल्य निकै महंगो पर्न जाने गर्दछ । यसको पछिल्लो उदाहरण भारतको आन्ध्र प्रदेश राज्यस्थित भाइजाग, विशाखापटनममा एल.जी. पोलीमर्स उद्योगबाट स्टाइरिन ग्यास चुहिँदा भएको दुर्घटनालाई लिन सकिन्छ । यस घटनालाई विश्वका धेरै सञ्चार माध्यमहरुले पनि प्रमुखताका साथ प्रकाशन र प्रशारण गरेका थिए । यही मे ७ तारिखको बिहान करीब २.३० बजे भएको सो घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने एक हजार जनालाई अस्पताल भर्ना गरिएका थियो । बेहोस अवस्थामा अस्पतालमा भर्ना गर
नेपालीहरू बाहिरी बलमा मात्र होइन भित्री चूरमा नै बलिया रहेछन् भन्ने एउटा बिउले हाम्रो मनमा अंकुरण गरेको थियो । हो कि–हो कि भन्दै गर्दा कोरोनाका संक्रमित भटाभट देखिन थाले । देखिने गतिले तीव्र रूप लिएर अब त तेस्रो चरणमा कोभिड–१९ नेपालमा फैलियो भनेर विज्ञहरूले भन्न थालिसके । तथापि सरकारले दोस्रोमै भएको दाबी गरिरहेको छ । त्यसैले नेपालीको भित्री बल अर्थात् रोगप्रतिरोधात्मक क्षमताले थाम्न छोडेको हो कि जस्तो भो ! यसअघिदेखि नै क्षमतावान् बीसीजी खोपलाई पनि श्रेय दिइँदै आइएको छ । विश्वका विविध देशलाई हेर्दा यसमा पनि विश्वास गर्ने आधारचाहिँ नभएको होइन । अब त खुला जनजीवन साविक झैँ होला भन्ने
चीनको वुहान उद्गम स्थल मानिएको कोरोनाको प्रभाव आज विश्वभर सोचेभन्दा द्रुत गतिमा विस्तार भइरहेको छ । यस प्रकारको महामारी हाम्रो कल्पनाभन्दा पनि बाहिरको भएकोले के गर्ने र कसरी यसबाट मुक्ति पाउने भन्नेमा विषयमा विश्वका शक्ति सम्पन्न मुलुकहरूले समेत कुनै उपाय नपाइरहेको अवस्थामा हामीले पाउन सक्यौ भने त्यो कुनै अद्भूत चमत्कार भन्दा कम हुने छैन । हामीले शुरुमै यो रोगलाई महामारीको रूपमा आँकलन गर्न सकेर अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सकेको भए हामी पूर्णरूपमा सुरक्षित रहने थियौ, अनि देशभित्रको कुनै पनि क्षेत्र लकडाउन गर्न पर्दैन थियो, आर्थिक, शैक्षिक लगायत सम्पूर्ण क्षेत्रहरू सुचारू हुने थियो भन्न
यौनप्रति सकारात्मक र नकारात्मक धारणा विकास गर्न अभिभावकको बुझाइ, सोँचाइ, धर्म–सँस्कृति, वातावरण र साथीसंगतले महत्वपूर्ण भूमिका खेल्दछ । बालबालिकाहरु बाल्यकालमा आफ्ना यौनअंग छोएर खेल्ने वा अर्काको यौनअंग हेरेर रम्ने गर्दछन् । अभिभावकले यस्तो देखेर पिट्ने, गालीगलौज गर्ने, हप्काउने गरेमा बच्चाहरुमा यौन गलत वा गोप्य हो भन्ने नकारात्मक धारणाको विकास हुन पुग्छ । यस्तो धारणाले उनीहरु विपरीत लिङ्गीदेखि डराएर आपूmलाई खुलेर प्रकट गर्न सक्दैन । परिणामस्वरुप उनीहरुमा अन्तर्मुखी मनोविज्ञानको विकास हुन पुग्छ । यसअतिरिक्त बाल्यकालको यौनप्रतिको नकारात्मक भावले किशोर अवस्थामा विप
भनिन्छ, स्वरमा कमान्डिङ्ग गर्ने क्षमता हुनुपर्दछ । कमान्डिङ्ग स्वर भन्नुको अर्थ हो सबै श्रोताको ध्यान आफूतिर आकर्षण गर्ने सामथ्र्य हो । कुनै मानिसको आवाज सानो हुन्छ । कुनै मानिसको आवाज दमदार हुन्छ । कोही मानिस अनकनाउदै बोल्छन् त कोही धारा प्रवाह बोन्न सक्छन् । कसैको आवाज मीठो वा कर्णप्रिय हुन्छ । कसैको आवाज कर्कश वा अप्रिय लाग्ने हुन्छ । कसैले घण्टाैं बोलेको पनि पत्तै हुँदैन । सुनिरहुँ जस्तो लाग्छ । कसैले बोलेको एक छिन पनि सुन्न झर्को लाग्ने हुन्छ । यस्तो किन हुन्छ ? यो सबै तपाईंको आवाजमा भर पर्छ । आवज नै मानिसको पहिचान हो भाषण, उद्घोषण तथा कुनै पनि कुरा प्रस्तुतीकरण गर्दा वक्ताको आवाजले महत
“आज माघ १ गते । वर्षभरि ननुहाउनेहरूले नि पानी छर्कनुहोला है !” बिहान सुरु भयो मेरो फेसबुक स्ट्याटसबाट । मेरो सँधैको बिहानी टर्रो चियाबाट सुरु हुन्थ्यो । हरित चिया । मेरी पत्नी रुक्मिणी चिया दिएर आफ्नो दैनिक कामधन्दा र माघीको तयारीमा लागी । म भने फेसबुकका अन्य गतिविधि नियाल्दै बसेको थिएँ । चियाको टर्रो स्वादजस्तै एउटा टर्रो कमेण्ट आइहाल्यो रुस्मिताबाट । उसले अंग्रेजीमा लेखी -“ल शुभकामना तिमीलाई पनि ।” उसलाई सोधें च्याटमा,“के भयो ? नाम परिवर्तन एक्कासी ? कति दिन भो नबोलेको पनि । के भयो हँ ?” अस्मिताले प्रश्नको जवाफ दिई,“थुक्क…” लेखेर ।
लामोसमयदेखि देशमा लकडाउन भएका कारण जनजीवन अस्तब्यस्त भएको छ । आउँदो वैशाख २५ पछि पनि लकडाउनकै क्रम जारी रहने÷नरहनेमा जनताले आआफ्नो अड्कल काट्न थालिसकेका छन् । कोरोना रोगभन्दा पनि लकडाउनको त्रासले जनता छटपटाईरहेका छन् । सञ्चारमाध्यमबाट प्राप्त भएको सूचना बमोजिम लकडाउन केही खुकुलो हुन्छ भन्नेमा जनता आशावादी भएका छन् । वैशाख २५ पछि लकडाउन खुकुलो बनाइने सरकारको रणनीति प्रभावकारी भएमा मात्र देश यस संकटको अवस्थाबाट बिस्तारै निस्कन सक्छ । जुन आवश्यक छ । कोरोना संक्रमित अन्य राष्ट्रहरूको तुलनामा हाम्रो देशमा संक्रमणको अवस्था फरक किसिमको छ । देशमा कोरोना संक्रमितहरू तथा संक्रमण हुन सक्ने मानिसह
होमीयोप्याथि ग्रिक शब्द हो । यसको अर्थ समानले समानको उपचार भन्ने बुझिन्छ । यो विश्वको दोस्रो ठुलो र सब भन्दा नवीनम् प्राकृति र वैज्ञानिक चिकित्साको समिश्रण (फ्यूजन)बाट बनेको उपचार पद्धति हो । यसमा विशेषतः लक्षणको आधारमा विरामीलाई उपचार गरिन्छ । जस्तै सिन्कोना अफिसिनालिस भन्ने औषधीय गुण भएको वनस्पतिको सेवन गर्दा स्वास्थ्य मानिसलाई ज्वरोलगायत अन्य स्वास्थ्य समस्याहरु आउदछन् र त्यै वनस्पतिको सुक्ष्म मात्रालाई शक्तिकृत गरेर प्रयोग गर्दा उक्त ज्वरोलगायत सम्पूर्ण स्वास्थ्य समस्याहरु निको भएर जान्छन् । आजभन्दा २ सय २४ बर्ष पहिले अर्थात सन् १७९६ मा यो जर्मनीका आधुनिक चिकित्सक डाक्टर क्रिश्चियन
नेपालमा लकडाउन २०७६ साल चैत्र ११ गतेदेखि कायम छ । यही वैशाख २५ गते लकडाउनको अवधि समाप्त हुँदैछ । फेरि लकडाउन थपिने हुन् कि भन्ने त्रासमा जनता छन् । कोही भने अझै लक डाउन थपोस् भन्ने चाहना राख्ने पनि होलान् । यस अवधिमा धेरै क्षेत्रमा तहसनहस भइसकेको छ । हुनत रोग लागेर औषधि खानुभन्दा रोगै लाग्न नदिनु राम्रो हो । कमाइ खाने, ज्याला मजदुरी गर्नेदेखि लिएर अन्य व्यक्तिहरू समेत आक्रान्त छन् । सरकारी कर्मचारीहरूलाई मात्र ढुक्कको अवस्था छ किनकि यस अवधिमा भएको लामो बिदाको पनि उनीहरूले तलब पाइहाल्छन् । विश्वमा फैलिएको कोरोना भाइरसले विश्वलाई आतंकित पारेको छ । यसले थुप्रै नकारात्मक अवस्थाको सृजना गरेको छ ।
बाथज्वरोले मुटुमा असर गर्छ । रोग लाग्नेबित्तिकै उपचार नभएको खण्डमा मुटुमा असर पर्न सक्छ। बाथज्वरो रोगले गर्दा मुटुका तीन तहहरू पेरिकार्डियम, मायोकार्डियम र इन्डोकार्डियम सुन्निएर मुटु दुख्ने, मुटुका भल्भहरू खराब गर्ने र मुटुको आकार ठूलो भएर जाने गर्छ। बाथज्वरो रोगको परीक्षण के हो ? बाथज्वरो भएको हो वा होइन भनेर थाहा पाउन रगत परीक्षण गर्नुपर्छ। रक्तपरीक्षणमा सेता रक्तकोषहरूको संख्या निकै बढी देखिन्छ। मुटुमा यस रोगले कुनै खराबी गरेको छ वा छैन भनेर थाहा पाउन इसीजी आदि गर्नुपर्छ। बाथ ज्वरोको उपचार के हो ? साधारणतया बाथ ज्वरो लागेको खण्डमा दुई–तीन हप्तासम्म आराम गर्नुपर्छ
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved