तुलसीप्रसाद दुलाल अनलाइन शिक्षणमा वास्तविक समयको कक्षा तथा कुनै पनि समयमा विद्यार्थीले आफै सिक्ने पद्धतिको प्रयोग गरिएको हुन्छ । अनलाइन शिक्षणमा सिन्क्रोनस र असिन्क्रोनस दुइवटा पद्धति सँगसँगै अगाडि लैजानु अनिवार्य हुन्छ । शिक्षक सहजकर्ताको रुपमा रहेर सिकारु समक्ष भौगोलिक रुपमा फरक स्थानमा बसि कुनै खास तोकिएको समयमा कुनै खास तोकिएका विषयमा मात्र कक्षामा जस्तै पठनपाठन गर्ने गरी उपस्थित हुनु सिन्क्रोनस हो तरविद्यार्थीले आफुलाई अनुकूल हुँदा र मन लागेको समयमा मात्र पाठ पढ्ने वा तोकिएका कामहरु गर्ने असिन्क्रोनस विधि हो । ईण्टरनेट र सूचना प्रविधिको विकास हुनुपूर्व नै प्रत्यक्ष रुपमा विश्ववि
रामचन्द्र अधिकारी कोभिड १९ महामारी किन फैलियो भनेर कारण खोज्दा भेटिन्छ कि–प्रकृतिमाथि औधि दोहन हुनु । प्रकृतिमाथिको दोहनअन्तर्गत नै पर्छ–जैविक विविधताको क्षति । जैविक विविधताको एउटा अंग मानिस पनि हो । यो अंगलाई काम गर्न अरु अंगको साथ चाहिन्छ । अर्थात् मानवको अस्तित्व र क्रियाकलापका लागि जैविक विविधता आवश्यक हो । जैविक विविधतामा मानवीय गतिविधिले ठूलो असर पारेको छ । प्राकृतिक कारणले नै पनि जीवहरुको विनाश भइ नै रहेको छ । गत वर्षको अष्ट्रेलियाको जंगलमा लागेको आगोमा परी एक अर्ब वटा जीवजन्तु मरेका थिए भने एक करोड ५६ लाख एक्कड जंगलमा नाश भएको थियो
तुलसीप्रसाद दुलाल लगातार तीन बर्ष बजेट निर्माण गर्ने अवसर पाएको सरकारले यस बर्षपनि सत्तामा जानु अघि आफैंले गरेका प्रतिवद्धता पुरा नगरेर शिक्षा प्रतिको उदासिनतालाई निरन्तरता दिएको छ । घोषणा पत्रमा शिक्षामा कुल बजेटको कम्तिमा २० प्रतिशत तर्जुमा गर्ने प्रतिवद्धता थियो । त्यस यता तीन बर्ष लगातार बजेट निर्माण गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिन अघि संसदमा प्रस्तुत गरेको आगामी बर्षको बजेटमा शिक्षाका लागि कुल बजेटको जम्मा ११ दशमलब ६४ प्रतिशत मात्रै विनियोजन गरेका छन् । आगामी बर्षका लागि तर्जुमा गरिएको कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेटमा शिक्षाका लागि १ खर्ब ७१ अर्ब ७१ करोड मा
वर्तमान स्थितिमा लक्डाउन मात्रै महामारी फैलिन नदिन सफल अभ्यास प्रमाणित भएको छ । विश्व स्वास्थ्य संगठनले समेत यसै प्रकृयालाई सिफारिस गरीरहेको छ । तर यो नै सधैंका लागि विकल्प भने पक्का होइन । यद्यपी लामो समय ७१ दिन बितिसक्दा पनि महामारी फैलिन रोकिएको छैन्। अझ कोरोनाको संक्रमण बढ्दो छ । जति जति संक्रमणको संख्या बढ्दो छ आर्थिक गतिविधि झन तल झर्दै छ । संघीय प्रदेश तथा स्थानिय सरकारद्वारा दिइएको राहत सामग्रीहरू लिने लाभग्राही अति गरीवबाट गरिव हुदैँ निम्न वर्गीय जनतासम्म आइपुगेको छ । शुरुवाती समयमा गरीवलाई मात्र दिइएको राहत अब निम्न वर्गीय परिवारलाई दिन वाध्य भएको दैनिक श्रम बेच्ने श्रमिकहरूको कार्य
भनिन्छ साहित्य समाजको ऐना हो जसले समाजमा घटेका वा घट्न सक्ने घटनाहरुलाई प्रतिबिम्बन गर्दछ । यसै मेहरोमा लोकप्रिय कवि, कथाकार, गितकार तथा फिल्म स्क्रिप्ट लेखक उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ नेपाली कथा लेखन विधामा एक सशक्त प्रयोग हो जसले समकालीन बहुआयामिक परिवेशलाई यथार्थवादी शिल्प शैलीद्धारा लेखकीय वैशिष्यता प्रदान गर्दछ । स्थानीय परिवेश, वातावरण, संस्कृति, जातजातिका आचरण, बोलीचाली, पारिवारिक तथा सामाजिक समस्या, आदिलाई विशेष महत्व दिएर अति मिहिन रुपमा लेखिएको यस कथासंग्रहले पूर्वी नेपालको लिम्बूवानी परिवेशका कथा र व्यथालाई उजागर गर्दछ । यसैले यी कथाहरू स्थानिक चेतनाको माध्यमद्धारा वै
दिनभरि विद्यालय गएर अध्ययन गर्ने खेल्ने बालबालिका अहिले दिनभर घरमै बसिरहेका छन् । चैत्र ११ गतेबाट मुलुक लकडाउनमा छ । लकडाउन पहिलेदेखि नै बन्द रहेका विद्यालय र विश्वविद्यालयको शिक्षण सिकाइ कार्य सञ्चालन हुन नसकेका कारण सबै विद्यार्थी, शिक्षक, अभिभावकहरू सल्बलाउन थालेका छन् । यसका साथै सरकारले समेत आफ्नै गतिमा कार्य गरिरहेको छ । अनेक उपायहरू खोजिरहेको भए पनि सुझाउने मात्र देखिन्छन् । समसामयिक विषयमा निकै महत्त्वका साथ चर्चा गर्ने नेपाली बानी यसपालिको लकडाउन अवधिमा भर्चुुअल कक्षाको वकालतमा देखिएको छ । यसक्रममा विशेषगरी नेपाल शिक्षक संघ, प्रविधिमैत्री शिक्षक समाज, नेपाल अंग्रेजी भाषा शिक्षक संघ (
नरेन्द्र बस्नेत नेपाल सरकारले वि.सं.२००८ सालदेखि बजेट तर्जुमा गर्न थालेको हो । तत्पश्चात वर्षेनी सरकारले बजेट तर्जुमा गरी प्रस्तुत गर्ने गर्छ । यस वर्ष पनि आर्थिक वर्ष २०७७।०७८ को लागि बजेट तर्जुमा प्रकृया अन्तिम चरणमा पुगेको छ । नयां संविधानमा व्यवस्था भए अनुसा।र सरकारले जेष्ठ १५ गते बजेट पेश गर्नेे छ । राष्ट्रिय योजना आयोगले दिएको १८ खर्ब सिलिङ्ग अनुसार सरकार आगामी आर्थिक वर्षको बजेट तयारीमा व्यस्त छ । विभिन्न मन्त्रालयले भने यसपालि २० खर्ब भन्दा बढिको बजेट माग गरिरहेका छन् । आगामी आर्थिक वर्षमा १८ खर्ब हाराहारिको बजेट आउने अनुमान गर्न सकिन्छ । अहिले
संसार अहिले कोरोना कहरबाट अक्रान्त भइरहेको अवस्थामा हाम्रो छिमेकी जो आफुलाई नेपालको सबैभन्दा हितैसी मित्र ठानि ‘बढे भाइ’ ठानी टोपल्ने भारतले पीडा माथी थप पीडाको एपिसोडलाई निरन्तरता दिन अर्को कदम चालेको छ । कालापानी, लिपुलेक लिम्पुधुरा सहितको हाम्रो आफ्नो भूभागमा एकतर्फी रुपमा सडक बनाएर सो को उद्घघाटन नै गरिसकेको छ । सर्बे अफ इन्डियाले नेपालि भूभागसमेतलाई भारत तर्फ पर्ने गरि नोभेम्बर २०१९ यता दुइृ वटा राजनीतिक नक्सा प्रकाशन गरेपछी नेपालमा तेस्को चर्को बिरोध भैइरहेको छ । भने सहदा सहदा अचाक्ली नै भएर अहिले हाम्रो देशले पनि पहिला आफ्नो भएको र तत्पश्चातका राजा महाराजाहरुको बेवस्ताका
प्रहरी मेरो साथी भन्ने नारा सुनेको निकै लामो समय भयो । तर लाग्छ साथीको परिभाषा राम्ररी नखुट्याइ नारा बनाइएको हाे कि भन्ने भ्रम पर्न थालेकाे छ । साथी भनेको के हो ? एउटा साथीले अर्को साथीलाई कस्तो रूपमा हेर्छ, कस्तो काममा मद्दत गर्छ त्यो बुझ्न जरुरी छ । तर मजस्ता धेरै नेपालीले महसुस गरेको के हो भने हाम्रो प्रहरीले सर्बसाधारणलाई साथीको रूपमा हेरेका छैनन् । त्यो महसुससमेत गर्ने गरी प्रहरीले पनि काम गरेकाे छैन । यहाँ थोरै आफ्नै भोगाइ राख्ने अनुमति चाहे । देशब्यापी लकडाउन भइरहेको समयमै छोरी बिरामी परिन् । औषधिको खोजीमा हतारमा चोकतिर लम्किदै थिएँ, रोडको छ
नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ। करिब ६ दशक देखि भारतको अधिनमा रहेको लिपुलेक आदि भूखण्ड,हाल नक्सामा भएपनि नेपालको भनी देखाइएको छ। दिल्ली तिर लक्ष्य गरिएको झै देखिने (नयाँ नक्साको) हाम्रो पश्चिम-उत्तरी चुच्चोलाई यदि भारतले मान्यता दियो भने स्वभावत: भारतले पनि आफ्नो नक्सामा परिवर्तन गर्नुपर्ने हुन्छ। भारतीय प्रधानमंत्री मोदी र सबै भारतीयका लागि यो कुरो अयोध्याको रामजन्म भूमिलाई पुन: बावरी मस्जिदमा परिवर्तन गर्नु सरह नै हुनेछ। यता ओली, केपी ओली जी र अब सबै नेपालीका लागि पनि यस बिषयबाट सहज रूपमा पछि हटने अवस्था रहदैन। यसमा अब ओली र देउवा दुबै बाघको सवारीमा छन्। नेपाल र भारतका बीच बर्षौद
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved