राजेन्द्र रिमाल पञ्चायतमा हामीलाई भनियो– यो देश नबनेको पञ्चायती व्यवस्थाले गर्दा हो, हाम्रो गरिबीको कारण र समृद्धिको बाधक भनेको राजतन्त्रात्मक राजनीतिक प्रणाली हो । त्यसैले यसलाई हटाउने दिशातर्फ जीवन उत्सर्ग गर्नुपर्छ । सिक्ने र जान्ने उमेर भएको त्यसबेला हामीलाई पढाइयो– ‘सङ्घर्षमा नहिँडे, सामन्तलाई नगिँडे, आउँदैन है जनवाद छमछम नाचेर ।’ मैले ०३६ सालको विद्रोह देखेपछि राजनीतिको ‘र’ बारे बुभ्mन थालेको हो । उबेला हाम्रोतिर अखिलको पाँचौं र फेडरेसनको खुब चकचकी थियो । अनि प्रहरी प्रशासनको आडमा मण्डलेहरू पनि बेलाबेला फाइँफुइँ गर्थे । त्यहीबेला नै हो देशको ठूलो
उद्धव श्रेष्ठ ‘मकै’ उपभोक्ता सार्वभौम हुन्, त्यसैले उसले कुनै सामग्री रोजेर इच्छाले खरिद गर्न पाउने अधिकार छ । उपभोक्ता व्यापारीहरूका लागि भगवान् हुन्, व्यापार सञ्चालन गराउने आधार हुन् । उपभोक्ता बिना बजार र व्यापार सबै रित्तो हुन्छ । उनीहरूबाट जतिसक्दो मुनाफा लिनु पर्छ । जति सक्दो ठग्नु पर्छ भन्ने मान्यता नराखी व्यापारीहरूले सम्मान गर्न पनि सिक्नु पर्दछ । हुन त सबै व्यापारीहरू पनि उपभोक्ता हुन् । उनीहरू आफै पनि अरू व्यापारीहरूबाट ठगाइ भोगिरहेका हुन्छन् । उपभोक्ताहरूका हितमा सर्व प्रथम सन् १९६२ मार्चमा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले काङ्ग्रेसमा सम्बोधन गर्दै भनेका थ
पारस काङ्माङ राई विद्यमान विश्व अर्थतन्त्रमा कोभिड–१९ को धक्का लागिरहेको छ । विश्व मानव समुदायमा प्रभाव पारिरहेको कोरोना भाइरस नेपाल नछिर्दैदेखि अर्थतन्त्र र रोजगारीमा गहिरो दुष्परिणाम देखिन शुरु भइसकेको थियो । जसका प्रभाव नेपाली भान्छासम्मै पर्ने सङ्केत देखिएको थियो । वर्तमान अवस्थामा आइपुग्दा त्यो प्रभाव दिनदिनै बढिरहेको छ भन्ने कुरालाई ९ हजारमाथि सङ्क्रमित भेटिनुले पनि पुष्टि गरिदिएको छ । यसभन्दा अगाडि नै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा महामारी, भोकमारी र अनिकाल आउन सक्ने भनी चेतावनीसमेत दिएको थियो । विश्वका धनी र सम्पन्न राष्ट्रहरूमा यसको प्रभाव घनीभूत देखिएपछि गरिब
शेखर ढकाल कोरोना महामारी र लकडाउनका कारण समाजको सोच, कार्यशैली र दिनचर्या फेरिएको छ । सबै तह, तप्का र पेशाकर्र्ममा गम्भीर प्रभाव परेको छ । जिन्दगी कोरोनाअघि र पछि गरी दुई भागमा बाँडिएको छ ।उल्लेखित पृष्ठभूमिमा हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक तथा शिक्षा क्षेत्रमा लगानी गर्नेहरूको सोच र कार्यशैलीमा पनि निकै परिवर्तन आएको छ । शिक्षा क्षेत्रमा स्थापित निरन्तरता पनि क्रमभङ्ग भएको छ । र यो क्रम क्रमभङ्गतासँगै केही नवनीतम सिकाइ, फरक शिक्षण शैली र चुनौतीहरू एकसाथ देखापरेका छन् । यसका लागि हाम्रा शिक्षक, विद्यार्थी र अभिभावक मानसिक, व्यावहारिक तथा प्राविधिक रूपमा कति तयार छन् ? यसबारे सोधीखोजी,
एलिना मगर विश्वभर नै महामारीका रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) ले हामी सबैलाई आक्रान्त बनाएको छ । यसका कारण हाम्रो दैनिक जीवन असहज भएको छ । मानव स्वास्थ्यमा मात्र नभएर अर्थतन्त्रमा नै हलचल ल्याएको छ । विभिन्न रिसर्चका अनुसार यो रोग निर्मूल हुनेमा द्विविधा छ । यसैले अब हामी यसैसँग लडेर दैनिक जीवनलाई व्यवस्थित गर्दै सञ्चालन गर्नुपर्ने देखिन्छ । कोभिडले सबै व्यावसायिक क्षेत्रलाई असर पारेको छ । त्यसमध्ये पनि पर्यटनको क्षेत्रमा यसले दीर्घकालीन असर पार्नेछ । जसमध्ये पनि बास बसाउने होटल वा होम–स्टे व्यवसाय निकै मारमा परेका छन् । सरकारले वर्गीकरण गरेको कोरोनाको उच्च जोखिमपूर्ण
भोजराज श्रेष्ठ खुसी हुन ठूलो उत्सवको आवश्यकता पर्दैन । उत्सवले खुसी पनि ल्याउँदैन । खुसी हुनलाई सानै कुरा भए पुग्छ । खुसी क्षणिक हुन्छ । सन्तुष्ट भए खुसी मिल्छ । मानिसलाई सधैँभरि सन्तुष्टि प्राप्त हुँदैन । त्यो पनि क्षणिक नै हुन्छ । आउँछ–जान्छ । यदि सधैँभरि सन्तुष्ट भइन्थ्यो भने यो धर्तीमा विकास सम्भव थिएन । असन्तुष्टिकै कारण यो विकास सम्भव भएको हो । भनेपछि सन्तुष्ट हुँदा त विकास रोकिँदो रहेछ, बाधक हुँदो रहेछ तर, अन्तिम यथार्थ यो पनि होइन । उदाहरणको लागि कुनै मान्छेले पाँच वर्षभित्र कुनै काम गरिसक्ने योजना बनाएको छ । त्यो योजना उसले ४ वर्षमै पूरा गर्यो भने ऊ त्यतिबेला सन्तुष्ट हुन्छ
सपनाका बारेमा प्रसिद्ध केन्याली मेक्सिकन नायिका लुपिता न्योन्गोको एक प्रसिद्ध भनाइ छ । उनले भनेकी छन्, ‘तिमी जहाँबाट भए पनि तिम्रा सपनाहरू वैधानिक हुन् ।’ लुपिताले भनेजस्तै हाम्रा वैधानिक सपनाहरूलाई हामीले बहसमा ल्याउनुपर्छ । यस्तै बहस मैले गत हप्ता सामाजिक सञ्जालमा शुरु गरेको थिएँ । ‘इटहरी उपमहानगरपालिकाको नागरिक भएको हैसियतले तपाईंले चाहेका ड्रिम परियोजना के हुन्’ भन्दा आएका उत्तरमा म चकित भएँ । कसैले चक्रपथदेखि अस्पतालजस्ता बहुवर्षीय आवश्यक परियोजनाका कुरा आफ्ना ड्रिम परियोजना भएको भने । कसैले आजको भोलि गाडी खरिद गरेर सम्भव हुने नगरबसलाई ड्रिम प्राजेक्ट भने । आजको भ
बिना डि. तामाङ एसईई परीक्षाको तयारीमा जुटिरहेका धरान–११ स्थित लिवर्टी स्कुलका विद्यार्थी ट्रायुसन थापा मगर उत्कृष्ट स्थान ल्याउने योजनासहित तयारीमा थिए । लकडाउनको कारण सरकारले आन्तरिक मूल्याङ्कनको आधारमा उत्तीर्ण गर्ने घोषणा गरेपछि खिन्न भए । उनी भन्छन्,‘लकडाउनमा पनि अनलाइन क्लासहरू लिँदै पढाइ गरेको मेहनत काम लागेन । उत्तीर्ण गराउने यो तरिकाले सही मूल्याङ्कन हुँदैन ।’ धरान उपमहानगरपालिका शिक्षा शाखाका अनुसार ट्रायुसन थापा मगरजस्तै धरानका दस परीक्षा केन्द्रमा निजी तथा सामुदायिक विद्यालयका २ हजार ८ सय २८ जना परीक्षार्थीहरू एसईईको तयारीमा थिए । २०७६ चैत्र ६ गतेदेखि शुरु हु
हर्ष सुब्बा (२०५०/०५१ मा नेपाल पत्रकार सङ्घ र स्विडेनको गोथेनवर्ग युभिर्सिटी, आमसञ्चार विभागसँगको पत्रकारिता तालिम आदान–प्रदान कार्यक्रम अन्तर्गत एक महिने तालिममा सहभागी हुनका लागि बुझाइएको छलफलपत्रको रूपमा तयारी गरिएको लेख । २७ वर्षअघिको अप्रकाशित लेखले त्यस बेलाको नेपाली पत्रकारिताको स्थिति झल्काउँछ । लेखको अङ्ग्रेजी अनुवाद नरप्रसाद लिम्बू लुम्फुङ्वाले गर्नुभएको थियो ।) नेपाली प्रेसको इतिहास त्यति लामो छैन । नेपाली पत्रकारिताको इतिहास भनेको प्रजातन्त्र प्राप्तिका लागि गरिएको सङ्घर्षकै एउटा पक्षको रूपमा रहेको छ । यो छोटो इतिहासमा राजनीतिक विचारबाट प्रभावित रही नेपाली प्रेस तथा पत
सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान गर्छ । यसले सरकारी खर्च र राजश्वका उद्देश्यहरूलाई समेट्दछ । बजेटमार्फत् सरकारी कार्यालयहरू र विकास आयोजनाहरूमा रकम विनियोजन गरिन्छ । यसले करको दर निर्धारण गर्दछ । यसले आर्थिक परिसूचकहरूको प्रक्षेपण र आर्थिक वृद्धिको लक्ष्य निर्धारण गर्दछ । यसले सरकारको आर्थिक वर्षभरिकै गतिविधिलाई मार्गदर्शन गर्दछ । यसले राजनीतिलाई पनि मार्गनिर्देश र प्रभाव पार्छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षभन्दा १ अर्ब ३० करोड रुपैयाँ कमको बजेट ल्याएको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved