नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका प्रमुख तीन अङ्ग हुन् । यस्तै चौथो अङ्गका रूपमा प्रेस अर्थात् पत्रकारिताजगत्लाई व्यवहारतः स्वीकार गरिएको छ । नेपालको संविधानको प्रस्तावनामै स्वतन्त्र प्रेसलाई आत्मसात गरिएको छ । समष्टिमा भन्दा यही पत्रकारिताजगत् नै राज्यको चौथो अङ्ग हो । पत्रकारिता आफैमा खोजमूलक कार्य हो, आमजनताको सूचनाको हक प्रदान वा राज्यको स्वेच्छाचारिताको पर्दाफास गरेर मिडियाले जनतालाई सचेत बनाउने काम गर्दै आएको छ । स्वतन्त्र प्रेसको रक्षा र जनताको सुसूचित हुन पाउने हकका लागि जस्तोसुकै सङ्घर्षमा पनि लेखक–पत्रकार उत्रन तयार रहन्छ । यद्यपि नेपाली प्रेसलाई धम्की, दब
देश कोभिड–१९ महाव्याधिको सङ्कटमा गुज्रिरहेको बेला दुईतिहाई नजिकको केपी ओली सरकारले राजनीतिक दल सम्बन्धी ऐन संसोधनका लागि अध्यादेश ल्याएसँगै बिग्रिएको डबल नेकपाको आन्तरिक स्वास्थ्य अझै ठीक हुने छाँटकाट देखिएको छैन । पार्टीभित्र र बाहिरबाट व्यापक विरोध भएपछि सरकारले अध्यादेश फिर्ता लियो तर नेकपा भित्रको आन्तरिक किचलो भुसको आगोझंै फैलिँदै गयो । स्थायी कमिटीको बैठक बोलाउन स्थायी कमिटी सदस्यहरूले नेतृत्वलाई दबाव दिए पनि लामो समयसम्म बैठक बोलाइएन । नेकपाका २० जना स्थायी कमिटी सदस्यले स्थायी कमिटीको बैठक बोलाउन माग गर्दै गत वैशाख १० गते इमेलमार्फत पार्टीका दुवै अध्यक्षलाई पत्र बुझाएका थिए । नेक
प्रेम तुलाधर आज साउन पूर्णिमा । नुहाई धुवाई आज सप्तऋषिहरूलाई तर्पण दिने गरिन्छ । त्यसैले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ । आजको दिनलाई जनै पूर्णिमा पनि भनिन्छ । विशेषगरी हिन्दूहरूले मनाउने पर्व हो जनै पूर्णिमा । आज बिहानै खोला नाला वा पानीको स्रोत भएको ठाउँमा गई स्नान गरी, शुद्ध भई ब्राम्हणहरूले जनै फेर्ने गर्दछन् । जनै फेर्दा गुरु पुरोहितद्वारा मन्त्रोच्चारण गरी शुद्ध गरिएका जनै लगाउने गर्दछन् । आजै घरघर घुम्दै वा मन्दिर परिसरमा बसेर मन्त्र उच्चारण गर्दै कतिपय पुरोहितहरूले आम नागरिकहरूलाई रक्षा बन्धनका रूपमा रक्षा सूत्र (डोरा) बाँधी दिन्छन् । यी डोराहरू पूजापाठ गरी मन्त्रोच्चारण गरेर श
मोरङको पथरी शनिश्चरे नगरपालिकाको क्षेत्रअन्तर्गत २७ वटा सामुदायिक विद्यालय र ३४ वटा संस्थागत विद्यालयहरू क्रियाशील रहेको तथ्याङ्क पाइन्छ । तिनीहरूमा बढीमा विभिन्न कक्षा १२ सम्मको अध्ययन–अध्यापन हुने गरेको भेटिन्छ । कतिपय अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई शिक्षादीक्षा दिलाउने सन्दर्भमा अङ्ग्रेजीमोह जागेको अवस्था छ । यसका लागि संस्थागत विद्यालय नै अभिभावकहरूको रोजाइमा पर्ने गरेको थियो । तथापि, पछिल्लो समयमा सामुदायिक विद्यालय विकास, समग्र शैक्षिक विकास, पाठ्यक्रम विकास, शिक्षा–शिक्षण विधिको विकास, अनुशासन, आचरण र नैतिकवान शिक्षादीक्षा आदिका कारणले सामुदायिक विद्यालयहरूले संस्थागत व
१. परिचय ‘हाम्लाक्वा’ भन्नाले कारुणिक रुवाइको आवाज हो । यसको स्थायी भाव शोक हुन्छ । लिम्बुनीहरु आफ्ना प्रियजनहरुको मरणमा विलाप गर्र्दै रुन्छन् । जब हृदयबाटै रुन्छन् र मुखबाट लयबद्ध रुपमा आवाज निस्किन्छ । प्रकृति प्रदत्त हो, या त मीठो संयोग मात्र हुन पनि सक्छ । लिम्बुनीहरु रुँदा आफ से आफ छन्दमा रुन्छन् । महिलाहरु रुँदा सीमित शब्द, लय र भाकामा रुन्छन् । उनीहरुको रुवाइ अत्यन्तै मार्मिक र हृदयविदारक किसिमको हुन्छ । कसैको मृत्युमा वा अशुभ खबर सुनेपछि कुनै एकजना लिम्बुनी स्वर तानेर रुन थाल्छिन्, त्यसपछि अन्य महिलाहरु पनि स्वरबद्ध रुपमा रुन थाल्छन् । पुरुषहरु भने यसरी कहिले पनि रुँदैनन्
लोकराज निरौला अन्धविश्वासका विरोधी र तार्किक लेखक रामदेव पाण्डेले ‘विश्वासभित्रका अन्धविश्वासहरू’ नामक पुस्तकमा छुवाछुत, पशुपंक्षी, बलिप्रथा स्वास्थ्य, वर्षा, महिलासँग जोडिएका सामाजिक सञ्जाल चमत्कार, सपना, उखान, मृत्यु, भूकम्प, ग्रहण, ज्योतिष हस्तरेखा र कुण्डली विवाह, वनस्पति र अन्धविश्वास विविध अन्धविश्वास गरी २० वटा शीर्षकमा २ सय २० प्रकारका नेपाली समाजमा रहेका अन्धविश्वासहरूको वर्णन र चिरफार गरेको पाइन्छ । यीमध्ये महिलासँग जोडिएका अन्धविश्वासमध्ये एउटा विषय वा सन्दर्भ हो, साउनमा हरियो लगाउने प्रचलन । नेपालमा नेपालका हिन्दु धर्मावलम्बी महिलाहरू धर्म–कर्ममा पुरुषभन्दा
पारस काङ्माङ राई विषय प्रवेशःनेपालमा मुसलमानहरू तेह्रौं शताब्दीमा पहाडी जिल्लाहरूमा प्रवेश गरेको थियो । त्यही समयमा नै काठमाडौं उपत्यकामा मस्जिदहरू निर्माण भएका थिए । तराई÷मधेशमा भने त्योभन्दा पहिलादेखि नै मुस्लिमहरू बस्दै आएको हो । अनुमानका आधारमा के विश्वास गरेका छन् भने मदरसाहरूको स्थापना मल्लकालमा नै भएको हो । (मोहम्मद जाकिर हुसैन, २०७६, वर्ष २५, अङ्क १० मधुर सन्देश) । (भेटघाट संवाद) २०६२/६३ सालको जनआन्दोलनले राजनीतिक रूप ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ मा रूपान्तरण गरेको छ । ७ राजनीतिक दल, विभिन्न जातीय, भाषिक, सांस्कृतिक सङ्घ–संस्थाहरूको सो आन्दोलनमा मह&OElig
आदिवासीलाई केही मानिसले मूलवासी र भूमिपुत्र जस्ता शब्दहरू पनि प्रयोग गर्दछन् । विश्व बैङ्क सन् १९९१ अनुसार, आफ्नो पुख्र्यौली भूमि तथा प्राकृतिक स्रोतसाधनसँग नजिकको सम्बन्ध भएका, आफूलाई भिन्न समुदायको भनी दावा गर्ने तथा अरूले पनि सो को समर्थन गर्ने, राष्ट्रिय समुदायको भन्दा भिन्न भाषा भएका, आफ्नो परम्परागत सामाजिक एवम् राजनैतिक संस्थाहरू भएका तथा गुजारामुखी उत्पादन प्रणाली भएका समुदायहरू आदिवासी हुन् । खासमा यो अङ्ग्रेजीको ‘इण्डोजिनेश’ भनिने शब्दको नेपाली अर्थ र परिभाषा हो । नेपालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार आदिवासी भन्नाले आफ्नो अलग्गै सामूहिक, सां
आफू सत्तामा रहँदा र त्यसको नेतृत्व गरिरहँदा कहिलेकाहीँ आफ्नो प्रतिकूल परिस्थिति सिर्जना हुन्छ र कहिलेकाहीँ सरकारको स्थिरताकै लागि प्रतिकूल परिस्थितिमा सबैको ध्यान अर्कैतिर मोड्न सरकारबाट मुलुकमा घटना घटाउने या तिलस्मी कुराहरू सरकार प्रमुखबाट व्यक्त गरेर बहस भइरहेको कुरालाई क्रमभङ्ग गर्ने अर्थात् विषयान्तर गर्ने प्रचलन राजनीतिमा मौलाउँदै गएको छ । यस्तो प्रकारको राजनीतिले नेपालमा प्रवेश पाएको छ । पछिल्लो समय नेपालमा नेतृत्व गरिरहेको नेकपा सरकारको र त्यो सरकारको नेतृत्वको पार्टीभित्रबाट सरकार र पार्टीबीच मत मतान्तर, विरोध र फरक विचार सरकार विरुद्ध झाँगिदै र बाक्लिँदै गएको अवस्थामा यहाँनेर सरकारल
नेकपाका नेता घनश्याम भूसालका अनुसार हाम्रो दस्तावेजले दलाल पुँजीवादलाई राष्ट्रिय पुँजीमा रूपान्तरित गर्दै समाजवादमा जान्छौं भनेको ठीक छ । तर चरित्र र सङ्गठन कस्तो हुने ? म के गर्दा दलाल पुँजीवादको पेचकिला हुन्छु, के गर्दा राष्ट्रिय पुँजी निर्माणकर्मी हुन्छु । त्यसलाई परिभाषित गर्नुपर्दछ (नयाँपत्रिका, २४ भदौ ०७५) । जनताको चाहना एवम् अपेक्षा धेरै हुन्छन् । त्यसलाई मर्न दिनु हुँदैन । त्यो अपेक्षा नेकपा र उसको बहुमतको सरकारको भरोसामा पूरा हुने विश्वास आम नागरिकमा थियो । तर झण्डै दुईतिहाइ बहुमतको सकारको नेतृत्व गरिरहेका केपी ओली र अध्यक्ष पुष्पकमल दाहाललाई आफैले निम्त्याएको राजनीतिक सङ्कटको भारी
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved