पारस काङ्माङ राई विषय प्रवेशःनेपालमा मुसलमानहरू तेह्रौं शताब्दीमा पहाडी जिल्लाहरूमा प्रवेश गरेको थियो । त्यही समयमा नै काठमाडौं उपत्यकामा मस्जिदहरू निर्माण भएका थिए । तराई÷मधेशमा भने त्योभन्दा पहिलादेखि नै मुस्लिमहरू बस्दै आएको हो । अनुमानका आधारमा के विश्वास गरेका छन् भने मदरसाहरूको स्थापना मल्लकालमा नै भएको हो । (मोहम्मद जाकिर हुसैन, २०७६, वर्ष २५, अङ्क १० मधुर सन्देश) । (भेटघाट संवाद) २०६२/६३ सालको जनआन्दोलनले राजनीतिक रूप ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ मा रूपान्तरण गरेको छ । ७ राजनीतिक दल, विभिन्न जातीय, भाषिक, सांस्कृतिक सङ्घ–संस्थाहरूको सो आन्दोलनमा मह&OElig
आदिवासीलाई केही मानिसले मूलवासी र भूमिपुत्र जस्ता शब्दहरू पनि प्रयोग गर्दछन् । विश्व बैङ्क सन् १९९१ अनुसार, आफ्नो पुख्र्यौली भूमि तथा प्राकृतिक स्रोतसाधनसँग नजिकको सम्बन्ध भएका, आफूलाई भिन्न समुदायको भनी दावा गर्ने तथा अरूले पनि सो को समर्थन गर्ने, राष्ट्रिय समुदायको भन्दा भिन्न भाषा भएका, आफ्नो परम्परागत सामाजिक एवम् राजनैतिक संस्थाहरू भएका तथा गुजारामुखी उत्पादन प्रणाली भएका समुदायहरू आदिवासी हुन् । खासमा यो अङ्ग्रेजीको ‘इण्डोजिनेश’ भनिने शब्दको नेपाली अर्थ र परिभाषा हो । नेपालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार आदिवासी भन्नाले आफ्नो अलग्गै सामूहिक, सां
आफू सत्तामा रहँदा र त्यसको नेतृत्व गरिरहँदा कहिलेकाहीँ आफ्नो प्रतिकूल परिस्थिति सिर्जना हुन्छ र कहिलेकाहीँ सरकारको स्थिरताकै लागि प्रतिकूल परिस्थितिमा सबैको ध्यान अर्कैतिर मोड्न सरकारबाट मुलुकमा घटना घटाउने या तिलस्मी कुराहरू सरकार प्रमुखबाट व्यक्त गरेर बहस भइरहेको कुरालाई क्रमभङ्ग गर्ने अर्थात् विषयान्तर गर्ने प्रचलन राजनीतिमा मौलाउँदै गएको छ । यस्तो प्रकारको राजनीतिले नेपालमा प्रवेश पाएको छ । पछिल्लो समय नेपालमा नेतृत्व गरिरहेको नेकपा सरकारको र त्यो सरकारको नेतृत्वको पार्टीभित्रबाट सरकार र पार्टीबीच मत मतान्तर, विरोध र फरक विचार सरकार विरुद्ध झाँगिदै र बाक्लिँदै गएको अवस्थामा यहाँनेर सरकारल
नेकपाका नेता घनश्याम भूसालका अनुसार हाम्रो दस्तावेजले दलाल पुँजीवादलाई राष्ट्रिय पुँजीमा रूपान्तरित गर्दै समाजवादमा जान्छौं भनेको ठीक छ । तर चरित्र र सङ्गठन कस्तो हुने ? म के गर्दा दलाल पुँजीवादको पेचकिला हुन्छु, के गर्दा राष्ट्रिय पुँजी निर्माणकर्मी हुन्छु । त्यसलाई परिभाषित गर्नुपर्दछ (नयाँपत्रिका, २४ भदौ ०७५) । जनताको चाहना एवम् अपेक्षा धेरै हुन्छन् । त्यसलाई मर्न दिनु हुँदैन । त्यो अपेक्षा नेकपा र उसको बहुमतको सरकारको भरोसामा पूरा हुने विश्वास आम नागरिकमा थियो । तर झण्डै दुईतिहाइ बहुमतको सकारको नेतृत्व गरिरहेका केपी ओली र अध्यक्ष पुष्पकमल दाहाललाई आफैले निम्त्याएको राजनीतिक सङ्कटको भारी
अमेरिकी नयाँ विकास कार्यक्रम ‘मिलेनियम च्यालेञ्ज अकाउण्ट’ (एमसीए) अमेरिकामाथि सेप्टेम्बर ११, २००१ मा भएको अलकायदा आक्रमणको उपज हो । यसैलाई बहाना बनाएर बुस प्रशासनले सन् २००२ पछि एमसीएलाई गरिबी–सुरक्षा–विकास नामक नयाँ रणनीतिक विकास अवधारणाको रूपमा अघि सारेको पाइन्छ । राष्ट्रिय सुरक्षा सल्लाहकार यसका डिजाइनर हुन् । सन् २००१ को सेप्टेम्बर आक्रमणपछि बुस प्रशासनलाई सुरक्षा र कूटनीतिमाथि विकास उभ्याउन सजिलो भयो । विकसित देशले विकासोन्मुख राष्ट्रलाई आफ्नो जिडिपीको ०.७० प्रतिशत सहायता दिनुपर्ने अन्तर्राष्ट्रिय नियम छ । अमेरिका एकदमै कम मात्र सहायता गर्ने मुलुकमा दरिन्छ । राष
नेपाली राजनीतिक दलभित्रको अन्तर विरोध अहिले विपक्षी पार्टी र उनीहरूले नै आफ्ना दस्तावेजहरूमा किटान गरेका प्रधानशत्रुसँग भन्दा आफूभित्र नै कडा रहेको छ ।राजनीतिक दस्तावेजमा लेख्नै पर्ने भएकोले प्रधान अन्तर–विरोध र प्रधानशत्रुका बारेमा उल्लेख गरेका छन् तर त्यो प्रधानशत्रुु अहिले कहाँ छ, ऊ सँगको सम्बन्ध कस्तो भन्ने बारे न त आफू चासो राख्छन्, न त कार्यकर्तालाई नै कसैले सम्झाएका छन् । विगतमा कम्तिमा समुदायस्तरका कार्यकारी कमिटीमा बसेका नेताहरूले यो विषयमा आधारभूत जानकारी राख्ने र आफ्नो कार्यक्षेत्रमा सोहीअनुसार मित्रशक्ति र वर्ग दुश्मन पहिचान गरी आफ्ना राजनीतिक कार्यक्रमहरू तय हुने गर्दथे ।
निर्मल बराल कमरेड पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको नेतृत्व गर्नु हुने त्यस्तो व्यक्तित्व हुनुहुन्छ जसलाई वहाँका समकालीन, वर्तमान र भविष्यका कम्युनिष्टहरुले गहिरो श्रद्धा र आस्थाका साथ स्मरण गर्दै आएका छन् र गरिरहने छन् । आज हामी वहाँको ४२ औं स्मृति दिवस मनाइरहेका छौं । यस अवसरमा कमरेड पुष्पलाल सहित नेकपाका संस्थापक नेताहरु क. नारायण विलास जोशी, क. निरञ्जन गोविन्द वैद्य, क. नरबहादुर कर्माचार्यप्रति हार्दिक सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । कमरेड पुष्पलालको क्रान्तिकारी व्यक्तित्व, नेपालको कम्युनिष्ट एवं सामाजिक परिवर्तनको आन्दोलनमा
रामप्रसाद तिम्सिना १९ डिसेम्बर २०१९ मा चीनको वुहानमा कोरोना भाईरसको पहिलो बिरामीको पहिचान भएपछी बिश्वव्यापी महामारीको रुपमा सम्पूर्ण ब्रह्माण्ड नै आक्रान्त भैरहेको छ । नेपालमा पनि वुहान विश्वबिद्यालयमा अध्ययनरत एक जना ३२ बर्षिय युवक नेपाल फर्किए पश्चात २३ जनुअरी२०२० मा कोभिड-१९ पुष्टि भए सँगै यो प्रथम संक्रमणको रुपमा महामारीको शुरुवात भएको हो । जोन हप्किन्स युनिभर्सिटी एण्ड मेडिसिन कोरोना भाईरस रिसोर्स सेन्टरका अनुसारएक मानिस बाट अर्को मानिसमा सजिलै सर्न सक्ने यो सरुवा रोगले हाल सम्म बिश्वमा छ लाखभन्दा बढी मानिसको ज्यान लिईसकेको छ भने करिब डेढ करोडमानिसहरुमा संक्रमण फैलिसकेको
कछुवाहरू प्राचीन कालदेखि नै उत्पत्ति भएका एकदमै लजालु स्वभावका, चिसो रगत भएका, सरीसृप वर्गका मेरुदण्डीय जीव हुन् । यिनीहरूले फूल पार्छन् । यिनीहरू प्रायः सर्वहारी हुन्छन् । यिनीहरू कडा खबटा र नरम खबटा गरी दुई प्रकारका हुन्छन् । कडा खबटा भएका कछुवाहरू कडा आवरणभित्र सुरक्षित रहन सक्छन् भने नरम खबटा भएका कछुवाहरू बाक्लो प्रकारको छालाहरूले ढाकिएका हुन्छन् । केही प्रजातिका कछुवाहरू जमिनमा पनि बस्छन् भने धेरै प्रजातिका कछुवाहरू पानीमा बस्छन् । बाघ, हात्ती जस्ता जनावरहरू एउटा मात्र म¥यो भने पनि राष्ट्र र जनता सबैले त्यसतर्फ चासो देखाउँछन् तर यहाँ बर्सेनि हजारौं कछुवाहरू मरिरहेका छन्, त्यसतर्फ क
प्रकाश दिप्साली राई सायद २०६९ सालतिर हुनुपर्छ उत्तरवर्ती सोचका अभियन्ता सगुन सुसाराले भरौलको पूर्वाञ्चलव्यापी साहित्यिक जममघट कार्यक्रममा भनेका थिए– ‘हामी यो दावा गर्छौं की पान्थर नेपाली साहित्यको प्रयोगले अग्रणी स्थानमा छ । नेपाली साहित्यको राजधानी पान्थर हो ।’ यो कुराले निक्कै चिमोट्यो । त्यो बेला म साहित्यको रहरे जस्तै थिएँ । त्यसपछि भने पान्थरको बारेमा केही अध्ययन शुरु गरेँ । नेपाली साहित्यको तेस्रो आयामका विराट व्यक्तित्व वैरागी काइँला, पान्थरको लेखनको श्रीवृद्धिमा योगदान दिने डा. गोविन्दराज भट्टराई, प्रेम ओझा, सिर्जनशील अराजकका हाङ्युग अज्ञात, उपेन्द्र सुब्बा, रङ्
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved