Trending Tags

बिचार

    Showing १-१० of ९५५ items.
  • समृद्ध मुलुक निर्माणको संकल्पलाई ध्वस्त पार्ने पात्र र प्रवृत्ति चिनौं

     शेरधन राई मनमोहन अधिकारी निष्कलङ्कित, स्वच्छ, पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा परिचित हुनु भयो । उहाँ जनजनको मनमा, मुलुकका कुना काप्चामा, बालबालिका, युवा, वृद्धवृद्धाहरुका बीचमा प्रेरणादायी व्यक्तित्वका रुपमा रहनु भएको छ । कम्युनिष्टहरुले किसान, मजदुरहरु, सबै वर्ग, तह र तप्काको हितमा काम गर्छन् । मनमोहन अधिकारीले यो कुरा स्थापित गर्नु भयो । दुनियाँलाई बुझाउनु भयो । कम्युनिष्टहरुले समाज र विकासका सपना पूरा गर्न सक्दछन् । त्यसको विजारोपण र नेतृत्व गर्न सक्दछन् भन्ने अनुभूति उहाँले स्थापित गर्नु भयो । ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नाराका साथ गाउँगाउँमा कुनाकुनामा राष्ट्रिय व

    • प्रकाशित मितिः बैशाख १५, २०७८
    • १८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शिक्षामा कोरोना कहरः विद्यालय चलाइरहने कि बन्द गर्ने ?

    कोरोना महामारी फेरि फैलिन थालेपछि बढी भीडभाड हुने विद्यालयहरू यसरी नै सञ्चालन गरिरहने कि बन्द गर्ने ? भनेर बहस चल्न थालेको छ । कोरोना महामारीका कारण लकडाउन भएपछि  लामो समय विद्यालय बन्द भए । विद्यालयहरू खुलेको तीन महिना जति मात्र भएको छ । तर, फेरि विद्यालय बन्द गर्नुपर्ने आवाज उठ्न थालेपछि विशेषगरी निजी विद्यालयका सञ्चालकहरू झस्किएका छन् । उनीहरू विद्यालय बन्द नगर्ने बरु स्वास्थ्य सुरक्षा अपनाएर पढाइ निरन्तर गर्ने पक्षमा देखिन्छन् तर, स्वास्थ्य क्षेत्रका विज्ञहरू भने अहिलेको कोरोनाले विशेषगरी बालबालिका र युवाहरूलाई बढी असर गरेकाले  विद्यालयहरू बन्द गर्नु उचित हुने तर्क गरिरहेका

    • प्रकाशित मितिः बैशाख ५, २०७८
    • १७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सालिकै सालिकको सहर धरान

    विश्वका कुनै पनि देशमा कर्मयोगी, नेता, राष्ट्रिय विभूति, संस्कृति–उन्नायक, साहित्यकार, धर्तीका तारा हुन् । जनताका प्रतिनिधि हुन् र युगका निर्माता हुन् । देश, समाज र युगप्रति तिनको कम्ति दायित्व हुँदैन । त्यसैले समाज र राष्ट्रका लागि नक्षत्र तथा समाजका प्राण भएर बाँचिरहन्छन् सधैँ–सधैँ ।देवी–देवताहरूले बसोबास गरेको विजयपुर र विजयपुर पछिको नेपालको पूर्वी क्षेत्रमा अवस्थित बहुजातीय, बहुधार्मिक, बहुसांकृतिक, शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार पहाड र तराईको सङ्गम फाँट धरान उपमहानगरपालिकास्थित धरानका विभिन्न वडाहरूमा तिनै कर्मयोगी, राष्ट्रिय विभूति, संस्कृति–उन्नायक, नेता, साहित्यकारहर

    • प्रकाशित मितिः बैशाख १, २०७८
    • २८५ पटक पढिएको
    • हरेराम कर्माचार्य
  • हतुवागढी घुम्नै पर्ने गन्तव्य

    अन्य बेला ६ बजे भेला हुने हाम्रो टोलीका सबै शनिबार भने साढे ५ बजे नै भेला भयौं । नियमितजसो धरानको सिंहदेवी चोकमा भेला भएर गाडीमा कोशी पुल पुग्यौं । करिब साढे ६ बजेतिर कोशी पुलमा पुगियो । जेटबोट मर्मत गर्नुपर्ने भएकाले चियानास्ता गरेर एक घण्टा जति बसियो । हाम्रो टोलीमा २६ जना थियौं । एक घण्टाको बसाइपछि हामी जेटबोट चढेर हलडे, कोप्चे भन्ने ठाउँमा पुगियो । २० मिनेट जति लाग्ने भने पनि बोटमा झण्डै आधा घण्टा लाग्यो । कोप्चे र हलडे भोजपुर जिल्लाको पूर्वी दक्षिणको अन्तिम बोर्डरमा पर्ने रहेछ । त्यहाँसम्म मात्रै जेट बोट जाने रहेछ । जान–आउनका लागि एक हजार रुपैयाँ लिने भए पनि सप्तकोशी वाटर एण्ड टुरिजम

    • प्रकाशित मितिः चैत्र ३१, २०७७
    • २९७ पटक पढिएको
    • राजीव हलुवाई
  • बजेटका लक्ष्य र प्रगतिबीच गहिरो अन्तर

    २०७७ साल पौष महिनादेखि देशको राजनीतिक क्षेत्रमा मात्र होइन, प्रायः सबै क्षेत्रमा धेरै उथलपुथल भएको छ । यसले सरोकारवाला सबैलाई चिन्तित तुल्याएको छ । राजनीतिक क्षेत्र सबैको चासोको विषय भएकोले विगत तीन महिनाको राजनीतिक गतिविधिले सम्पूर्ण देशलाई नै तताएको थियो र अझ पनि यो निरन्तर छ । नेपाल सरकारको एउटै मात्र निर्णयले सम्पूर्ण देशवासीलाई राहत दियो, त्यो हो कोरोना खोपको सुरुवात । सायद हामी उत्पादक नभए पनि विश्वका एक सयवटा देशहरूलाई उछिन्दै सीमित मात्रामा भए पनि सर्वसाधारणलाई कोरोना खोपको सेवा उपलब्ध गराउनेमा हामी अग्रणी राष्ट्रकै श्रेणीमा आउँछौं । सहायता अन्तर्गत प्राप्त खोप ल्याएर होस् वा खरिद गरेर

    • प्रकाशित मितिः चैत्र २३, २०७७
    • १६९ पटक पढिएको
    • –कृष्णकुमार अग्रवाल
  • ‘ढुक्कले काम गर्न पाए दुई दशकमा हामीले भनेजस्तो देश बनाउन सक्छौं’

    -  शेरधन राई आदिवासी जनजाति आयोग बनेको छोटो समयमै एउटा व्यवस्थित कार्ययोजना घोषणा गरेर आयोगले आफ्नो परिचय दिएको छ । भावी कार्यक्रम प्रस्तुत गरेको छ । काम सुरु गरेको छ । म शुभकामना दिन्छु । आयोगका अध्यक्ष र अन्य सदस्यलाई बधाई पनि भन्छु । खुसी व्यक्त गर्छु । हामीले संविधानसभाबाट संविधान जारी गर्दै गर्दा हामीले लामो छलफल र बहस गरेका थियौं । संवैधानिक आयोग बनाउनु पर्छ कि पर्दैन भन्ने विषयमा लामो बहस भएको थियो । छलफलपछि आयोग बन्यो । संविधानसभामा मस्यौदा समितिको सक्रिय सदस्यको हैसियतले यो संविधानको आवश्यकता र औचित्यको बारेमा बोल्ने र यसको व्यवस्था गर्नुपर्छ भन्ने कुराको वकालत गर्नेमध्ये म

    • प्रकाशित मितिः चैत्र १९, २०७७
    • २२० पटक पढिएको
    • ब्लाष्टखबर
  • तराई होली

    जोगिरा सरररररररर,कुन तालमे ढोलक नाचे कुन ताल मजीराकुन तालमे नटुवा नाचे कुन ताल नजाराके वोलो साराराराराराराराराराराके वोलो साराराराराराराराराराराराजोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्याशंले तराईको जिवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनैपनि शुभकार्य या चाडवाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्दछ । ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ तथापि जोगीरा त्यो हो जो रंग र भाङ्गको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा

    • प्रकाशित मितिः चैत्र १६, २०७७
    • १८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • देशको आर्थिक अवस्था कसरी सबल होला ?

    सरकार गठन भएको तीन वर्ष नाघिसक्यो । नेपाली राजनीतिको इतिहासमै दोस्रो पटक दुईतिहाइ बहुमतको सरकार छ । देशले विकासको गति लिन्छ कि भन्ने आम जनसमुदायको आशा कति दिन टिक्ने ?देश सङ्घ प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घात्मक प्रणालीमा गइसकेको छ । केन्द्रीकृत शासन प्रणालीका संरचनाहरूलाई प्रदेश र स्थानीय तहमा विकेन्द्रीकरण गर्दा एकातिर अन्योल भई गति लिन सकेको छैन भने अर्कोतर्फ तत्तत् निकायहरूलाई आवश्यक पर्ने ऐन, नियम, कानूनको निर्माण हुन नसक्दा अन्योल बढेको छ । पुरानो राज्यसत्ता परिवर्तन भई देश सङ्घात्मक प्रणालीमा जाँदा केही असहज हुनु स्वभाविक हो । जनप्रतिनिधि र कर्मचारीहरूमा आफूहरूलाई मालिक र जनतालाई

    • प्रकाशित मितिः चैत्र १०, २०७७
    • १९२ पटक पढिएको
    • रोशन श्रेष्ठ ‘बेरी’
  • धन्न मनमा आगो लागेन

    निन्द्राबाट भर्खरै ब्युँझँदा केही कल्याङमल्याङ आवाज सुनेँ । राति अबेरसम्म लेखपढमा व्यस्त भएकोले बिहान अबेर मात्र निन्द्रा खुल्यो । कानमा ठोक्किएका आवाज त्यति शुभ थिएनन्, घरमा केही दुर्घटना भएको सङ्केत मिलिरहेको थियो । सोचेँ, घरमा कुनै न कुनै दुर्घटना भएको भए मेरा आफन्त शुभचिन्तकहरूबाट पक्कै पनि फोन आउनु पर्ने हो । तर, घरमा कुनै न कुनै प्रकारको दुर्घटना भइसकेको सङ्केत मिलिसकेको आधारमा सामाजिक सञ्जालको सहयोग लिनु जरुरी हुन पुग्यो । त्यसैले फेसबुक खोलेँ । फेसबुकको म्यासेञ्जरमा एउटा डरलाग्दो सन्देश र भिडियो आइसकेको रहेछ, अकल्पनीय तीतोसत्यका रूपमा । मेरा मित्र सञ्चारकर्मी सन्तवीर लामाको सन्देश

    • प्रकाशित मितिः चैत्र १०, २०७७
    • ३५४ पटक पढिएको
    • – राजकुमार दिक्पाल
  • युवा पुस्तामा हराउँदै गएको डम्फू र टुङ्गना

    धनकुटा / पुस्तामा हराउँदै गएको तामाङ जातिको मौलिक साँस्कृतिक सुरवाजा टुङ्गना र ताल वाजा डम्फूको संरक्षण, सम्वद्र्धन एवं प्रवद्ध्र्रन गर्न नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले अभियान संचालन गरेको छ ।  यसै विच नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले हिले वजारमा आयोजना गरेको सात (७) दिने तामाङ मौलिक बाजा टुङना, डम्फू र सम्भोटा लिपि सम्वन्धि प्रशिक्षण सोमवार सम्पन्न भएको छ । तालिमको प्रमुख प्रशिक्षक एवं तामाङ मौलिक संस्कृति सम्वन्धि ज्ञाता एवं तम्वा संघ संघिय समिति काठमाण्डौका अध्यक्ष धावावाङ्गेल मोक्तान तामाङले सहजीकरण गरेका थिए ।  सात दिनसम्म संचालन भएको तालिममा तम्बा

    • प्रकाशित मितिः चैत्र ९, २०७७
    • ३३७ पटक पढिएको
    • सन्तवीर लामा

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved