वि.सं. १९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरु लिपिवद्ध छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरु तपाई हामीमध्ये धेरैले हजुरबुवा-हजूरआमा, जिजूबुवा-जिजूआमाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आईनैरहेक
नेपालमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । चाडपर्वहरूले स्फूर्ति प्रदान गर्ने गर्दछ भने सबै परिवारजन तथा आफन्तजनहरू एकै ठाउँमा बसेर एकापसमा भलाकुसारी गर्दै चाडपर्व मनाउनु तथा रमाइलो गर्नुको अलग्गै मजा हुन्छ । हरेक चाडपर्वको आ–आफ्नो विशेषता छन् । आज माघे सङ्क्रान्ति । यस दिन विभिन्न फलफूलका साथै तरुल, घ्यू, चाकु, तिलको लड्डु, सखरखण्ड तथा अन्य परिकारहरू बनाएर खाने प्रचलन छ । यी खाद्यान्नहरूले शरीरमा बल, पौष्टिकता तथा ताप पनि प्रचुर मात्रामा प्रदान गर्दछ, जसले गर्दा चिसोसँग लड्ने क्षमताको अभिवृद्धि गर्न सकिन्छ । यसरी हामी यिनै शुद्ध खाद्यान्नहरूको उचित मात्रामा सेवन गरेर आफ्नो स्वास्थ्यको रक्षा गर्न
विदेश नीति भन्नाले कुनै पनि देशले अन्य देश र अन्तर्राष्ट्रिय संस्थाहरूप्रति लिने नीति र गर्ने व्यवहारलाई जनाउँछ । यसलाई परराष्ट्र नीति पनि भनिन्छ । प्राचीनकालदेखि हालसम्म राज्यहरूले आफ्नो राजनीतिक, सामाजिक अवस्था र अन्य राष्ट्रले आफूप्रति गर्ने व्यवहार हेरेर विदेश नीति अँगाल्ने गर्दछन् । प्राचीन र मध्यकालमा नेपाल स–साना राज्यहरूले घेरिएको एक सानो राज्य भएकोले त्यसै प्रकारको विदेश नीति लिनुपर्ने थियो भने विश्वयुद्धकाल र शीतयुद्धकालमा फरक परराष्ट्र नीति लिनुपर्ने अवस्था आयो । वर्तमान विश्व परिवेशमा देखिएको शक्ति सन्तुलन र विशिष्ट भौगोलिक अवस्थितिले नेपालको परराष्ट्र नीतिमाथि चुनौती थपिदिएको छ ।
तिहारपछिको कुरा हो, सामाजिक सञ्जालमा हामीले भोगेको माओवादी कालखण्डको बारेमा नयाँ पुस्तक आएको थाहा पाएँ । त्यो किताबको नाम ‘जोर बन्दुकको छायाँ’ र लेखक श्रीभक्त खनाल रहेछन् । किताबको एउटा च्याप्टर कान्तिपुर दैनिकको अनलाइन संस्करणमा पनि आएको थियो । त्यो च्याप्टरमा लेखकले नाम नखुलाइएको डाँडोमा गएर माओवादीकालमा मारिएका मानिसको बारेमा गरेको अनुसन्धान थियो । अत्यन्तै मीठो भाषामा शिष्ट तरिकाबाट लेख लेखिएको थियो । लेख पढेपछि म धरानमा किताब कहिले आउला भनेर प्रतीक्षा गर्न थालेँ । काठमाडौंमा भएका साथीहरुले किताब राम्रो छ भन्दै फेसबुकमा राख्न थाले । भानुचोकमा रहेको पाथीभरा स्टेशनरीमा गएर किताब सोधेँ ।
याक्थुङ मुन्धुममा आधारित चासोक तङ्नाम मनाउनु भनेको आदिम कृषि युगको स्मृतिलाई ताजा बनाउनु हो । हुन त कृषियुग अझै पनि जारी छ । खेतबारीमा अन्नबाली उत्पादन गर्ने र त्यसलाई खाद्यान्नको रूपमा प्रयोग गरिरहेका छौं । तर, याक्थुङ लिम्बू समुदायले परम्परागत रूपमा मनाउँदै आएको चासोक तङ्नाम भने करिब ५ देखि १० हजार वर्षअघिको आदिम कृषि युगको अवशेष हो । खोरिया फाँडेर अन्नबालीको बिउ छरपोख गरेपछि फलेको (उत्पादन भएको) खाद्यान्नलाई सबैभन्दा पहिले सिवेरा याक्थुङ्मा ९इष्ट देवी या कुलदेवी युमा रु० लाई चढाएर हार्दिक कृतज्ञता प्रकट गरे ।अन्नबालीको बिउ संरक्षण गर्दै खेती गर्न र फलेको बाली आगोमा पकाएर खान सिकाउने आदिम स्
केही क्षणअगाडि अचानक म रहस्यमय अन्तरिक्षमा, सौर्यमण्डलमा, आकाशगङ्गामा, ब्रह्माण्डमा या कतै झिल्को भएर विचरण गर्दै थिएँ । मैले के महसुस गरेँ भने म एउटा बिशाल ब्रह्माण्डमा कतै हराइरहेको महŒवहीन या अर्थहीन कण हुँ, जो शून्य बराबर छ । मलाई लाग्यो म शून्यताको महाशून्यमा कतै छु र त्यहाँबाट आफूलाई नियाल्दैछु । अचानक मैले पहिला शून्य थिएँ, शून्य छु र शून्यतामा बिलाउनेछु भने अनुभूत गरेँ । शेक्सपियरले भनेजस्तै शून्यबाट शून्य नै निस्कन्छ । कणले मबाट शून्य नै निस्कँदै गरेको देख्यो । रिक्तता निस्कँदै गरेको देख्यो । अचम्मसँग आफ्नो अनुपस्थितिलाई आफैले हेर्दैछ । रित्तो देखिँदैछ । फगत् रित्तो । त्यहीक्षण
इतिहासलाई आ–आफ्नो सुविधा अनुसार आ–आफ्ना फुटनोटका साथ सार्वजनिक विमर्शमा ल्याइँदै छ, यतिखेर । विश्वेश्वरप्रसाद कोइराला नेतृत्वमा बनेको निर्वाचित मन्त्रीमण्डल र संसद्का दुवै सदनलाई २०१७ पुष १ मा राजा महेन्द्रले विघटन गरे, बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाको निर्मम हत्या गरे । अनि ‘पञ्चायत’ का नाममा नेपाली राजनीतिमा नयाँ अध्याय शुरु गरे, जसलाई जनताको राजनीति गर्नेहरूले ‘अँध्यारो काल’ भन्छन् । पञ्चायतले सत्ताको अति केन्द्रीकरण, निरङ्कुशता, व्यक्ति पूजा र चाकरीलाई आफ्नो चरित्र बनायो । पञ्चायतले आफ्नो अनुहार उज्यालो देखाउन आलङ्कारिक रूपमा विभिन्न समुदायबाट चा
१. पृष्ठभूमिःआज डिसेम्बर १० तारिखका दिन विश्वभर ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (International Human Right Day) मनाउन गइरहेका छौं । सन् १९४८ डिसेम्बर १० मा मानव अधिकारको विश्वव्यापी घोषणा–पत्र (Universal Declaration of Human Rights) संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । हुन त मानव अधिकारको मान्यताहरूको प्रारम्भ सन् १२१५ को म्याग्नाकार्टादेखि नै भएको थियो भनिन्छ । सन् १९१४ जुलाई २४ मा भएको प्रथम विश्वयुद्धको नरसंहारकारी कार्यले धेरै धनजनको क्षति भई मानव व्यक्तित्व र समुदायको सर्वतोमुखी संरक्षण आवश्यकक छ भन्ने क
कुनै व्यक्तिगत वा समुहगत लाभ प्राप्त गर्ने निहित उद्देश्यले समाजमा भय,डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो उद्देश्य प्राप्त गर्नुलाई नै अपराध वा हिंसा भन्ने बुझिन्छ । यसरी अपराध वा हिंसा व्यक्तिगत वा सानो समुहगत स्वार्थ सिद्धीको लागि गरिने गैर मानवीय तथा गैर न्यायिक आतंकवाद हो । नेपालका महिलाहरु अहिले घरेलु, पारिवारिक र अन्य प्रकारका हिंसा वा अपराधका आतंकद्वारा पिल्सिएका छन । महिला माथि हुने यस्ता हिंसाका स्वरुप विविध छन । घरझगडा, बहुविवाह, चेलीबेटी बेचबिखन, श्रमशोषण, यौनशोषण, छर-छिमेकमा हुने स- साना कलह, गरिबी, बोक्सीको वा आधारहीन आरोपहरू, सम्पत्तिगरगहना लुट
यतिबेला सत्तारुढ राजनीतिक दल नेकपाको सङ्गठनात्मक जीवनमा आन्तरिक कलह चुलिएको छ । वर्तमान सत्ताभित्रै पक्ष–प्रतिपक्षको रूप–स्वरूप देखिएको छ । विकसित यो कलहसँगै साविक एमाले र माओवादीबीचको परस्पर कित्ताबन्दी पनि विघटन हुने देखिएको छ । राजकीय सेवा, सुविधा, लाभ आर्जन र सत्तास्वार्थबाट प्रेरित अहिलेको कलह सतहमा पोखिए पनि नेकपाको पक्षमा मतदान गर्ने आमजनमतलाई जुटेको र फुटेकोबीच केही अनुभूति नभएकोसम्म बजारस्तरमा व्यापक चर्चा छ । दशकौंयता राजनीतिक स्थायित्वको अनिवार्यतालाई स्वागत गर्दै आममतदाताले सूर्य चिन्हमा मतदान गरेका थिए । इतिहासका यी निर्णायक आममतदाताहरू यतिबेला यो राजनीतिक अस्थायित्वको
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved