Trending Tags

भिडीयो

    Showing ३१-४० of ४३५ items.
  • पानी नपरेपछि पर्यटकीय क्षेत्र बीपी पार्कमा चहलपहल घट्यो

    पूर्वको सुन्दरी नगरी धरान यतिबेला पानी विवादमा फसेको छ । धरानेका घरमा दिन बिराएर पानी आउँछ । त्यो, पनि एकै छिनमात्रै । पानी नपाएकै कारण धरानवासी आन्दोलित छन् भने पानी नभएकै कारण पर्यटकीय क्षेत्रमा पनि सुखा लागेको छ । पछिल्लो समय धरानमा आन्तरिक पर्यटकको चहलपहल हुँदै आएको ओशो साधना केन्द्र अर्थात् बीपी स्मृति पार्क सुनसान बन्न पुगेको छ । 

    • प्रकाशित मितिः चैत्र ३०, २०७७
    • ८९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • खानेपानी माग्दै धरानेः सडकमै नाचगान र नाराबाजी, महशुल काउन्टरमा धर्ना

    खानेपानी वितरणको जिम्मा धरान खानेपानी संस्थानलाई दिनुपर्ने माग गर्दै आन्दोलनरत दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिको आन्दोलन एक साता पुगेको छ । आन्दोलनले महसुल केन्द्र छेकेर आन्दोलन गरिरहेको छ । एकहप्तादेखि स्थानीयले पानीको महसुल बुझाउन पाएका छैनन् । खानेपानीको सहज आपूर्ति नभएसम्म पानीको बिल नतिर्ने र तिर्न नदिने आन्दोलनरत धरानेले बताएका छन् । पानी माग्दै धराने नाचगान र नाराबाजीमा उत्रिएका छन् । हर्क साम्पाङ राईको नेतृत्वमा भइरहेको आन्दोलनले पानीको दीर्घकालीन रुपमा व्यवस्थापन नहुञ्जेलसम्म अनिश्चित कालीन आन्दोलन गरिरहने बताएको छ ।भिडियो हेर्नुहोस्ः युट्युबमा Blast Khabar तलको

    • प्रकाशित मितिः चैत्र २९, २०७७
    • ९९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा 'विद्यालय' काे पर्याय 'युरेका '

    धरानमा 'विद्यालय' काे पर्याय 'युरेका 'युरेका स्कुल धरानको पुरानो निजी तथा संस्थागत विद्यालय हो । तीन दशक लामो यात्रामा विभिन्न आरोहअवरोह विद्यालयले खेपेको छ । तर उत्कृष्ट शैक्षिक क्रियाकलाप र नतिजाले विद्यालयको गरिमा उँचो बनाएको छ । इन्टरनेश्नल स्कुल अवार्डबाट सुशोभित यो विद्यालय धरानको स्कुलको पर्याय जस्तै बनेको छ । धरान भन्ने बित्तिकै पूर्वको सुन्दर नगरी र स्कुल भनेपछि युरेका स्कुल । अवसरहरूको सिर्जना, जीवन परिवर्तन साथै कडा मिहिनेत तथा अन्तर्राष्ट्रिय स्तरको सिकाइ प्रदान गर्नु युरेका स्कुलको विशेषता हो । विद्यालयले आफ्ना विद्यार्थी तथा शिक्षकलाई विश्वबारे नयाँ दृष्टिकोण प्रदान गरी

    • प्रकाशित मितिः चैत्र २८, २०७७
    • १,०२७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • 'एचएम र व्यवस्थापन विषय अध्ययनका लागि प्रदेश १ कै उत्कृष्ट कलेज युएन नवाेदय '

    धरानस्थित युएन कलेजलाई होटल म्यानेजमेन्ट (एचएम) र व्यवस्थापन विषय अध्ययनका लागि प्रदेश १ कै उत्कृष्ट कलेजका रुपमा लिइन्छ ।शिक्षा नै परिवर्तनको मूल संवाहक हो भन्ने मूल मन्त्र लिएर एक दशक अघि स्थापना भएको नवोदय, युएन कलेजले आफ्नो स्थापनाको छोटो समयमै आफूलाई प्रदेश १ को नमूना कलेजका रुपमा स्थापित गरेको छ ।नवोदय, युएन कलेजमा प्लेग्रुपदेखि स्नातक सम्म अध्यापन हुन्छ । कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट (एचएम) र म्यानेजमेन्ट (व्यवस्थापन) तथा स्नातक (ब्याच्लर) तर्फ चारवर्षे बीएचएम र बीबीएस कार्यक्रम सञ्चालनमा छन् ।बीएचएमका लागि विद्यार्थीहरुले काठमाडौं नै धाउनु पर्ने बाध्यात्मक अवस्थालाई नवोदय युएन कल

    • प्रकाशित मितिः चैत्र २०, २०७७
    • ७६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मुख्यमन्त्रीले भनेः मुलुक ‘समृद्धिको ६ लेनको हाइवे’ मा अघि बढेको छ

    लामो समयदेखिको संघर्ष, उत्पीडन र आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने क्रममा मुलुक अब समृद्धिको ६ लेनको फराकिलो सडकमा अघि बढेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  बताएका छन् ।मुख्यमन्त्री राईले यतिबेला कुनै पनि प्रकारको अलमल र अन्योलको अवस्था नरहेको जिकिर गरे । ‘विगतमा लामो समयसम्म हाम्रो नेपाली समाज र नेपाली राजनीति एउटा अन्योल र अनिश्चयको अवस्थाबाट गुज्रियो, तर त्यो अवस्था अहिले छैन, हामी विकास र समृद्धिको एउटा फराकिलो यात्रामा सहभागी भइरहेका छौं ।’ मुख्यमन्त्री राईले मूलबाटो कुन हो ? ६ लेनको राजमार्ग कुन हो ? कुन बाटो हिंड्ने आज कुनै द्विविधाको अवस्था नरहेको बताए । उनले

    • प्रकाशित मितिः चैत्र १८, २०७७
    • ६५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • खुवालुङक्षेत्र पुगेपछि मुख्यमन्त्रीको प्रतिबद्धता

    अरुणसँगै ६ कोशी र तमोर नदीको संगमस्थल त्रिवेणी अहिले ‘खुवालुङ’ का नामले चर्चामा छ । कोशी नदीमा जलयात्राका लागि अवरोधहरु हटाउने प्रारम्भिक अध्ययनका क्रममा नदीको बीचमा भीमकाय ढुङ्गो के गर्ने भन्ने प्रश्न उठेपछि किरात सम्प्रदाय सशङ्कित बने । किरात राई जातिले मान्दै आएको मुन्धुमी शक्ति केन्द्र ‘खुवालुङ’ को विनाश हुने पो हो कि भन्ने शङ्काले विभिन्न भ्रमहरु सतहमा आए । किरात राई जातिको अधिकारवादी संस्था किरात राई यायोक्खाले ‘खुवालुङ’ मास्न नहुने भन्दै मुख्यमन्त्री शेरधन राईसमक्ष ज्ञापनपत्र समेत बुझायो । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीका अवरोध पन्छाउने विषयमा ढुङ्गाहरु फुटाउने भनेपछि ‘खुव

    • प्रकाशित मितिः चैत्र १८, २०७७
    • ८१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सियोन स्कुल धरानको नमूना विद्यालय

     धरान–१६ जोरसखुवामा २०६२ सालमा स्थापना भएको सियोन स्कुलले छोटो समयमा अत्यन्तै उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । यो नतिजा अध्ययन अध्यापनमा मात्र होइन, सिर्जनात्मक र अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट छ । कोरोना संक्रमणको विषम परिस्थितिमा मुलुक लकडाउनको अवस्थामा गयो । सबै विद्यालयले वैकल्पिक शिक्षाअन्तर्गत अनलाइन कक्षा सञ्चालन गरे । सियोन स्कुलले पनि ७० प्रतिशतसम्मको अनलाइन उपस्थितिमा अध्ययन अध्यापन जारी नै राख्यो । यो अवधिमा विद्यालयले शुल्क उठाएन तर आफ्ना शिक्षकशिक्षिकालाई भने तलब सेवा, सुविधा प्रदान गर्यो । अहिले परिस्थिति केही सजह भएको छ । विद्यालयहरु खुल्न थालेका

    • प्रकाशित मितिः चैत्र १४, २०७७
    • ३८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • समृद्धि र विकासकाे दिशामा वेलका नगरपालिका

    बाँझो जमिन उपयोग गर्ने नीतिअनुसार कोशी नदीउकास जग्गामा उदयपुरको बेलका नगरपालिकाले मुलुकमै पहिलो पटक ६ हजार हेक्टरमा कृषि फार्म विस्तार गर्ने दीर्घकालीन लक्ष्यसहितको योजना शुरु गरेको छ । नगरपालिकाले नमूना आधुनिक कृषि फार्म विस्तार परियोजना कार्यक्रमअन्तर्गत ७ करोडको लगानीमा परियोजना शुरु गरेको हो । ‘तत्काल १०० हेक्टर जग्गामा परियोजना शुरु भएको छ, आगामी वर्ष १ हजार हेक्टरमा उन्नत चक्लाबन्दी खेती शुरु गर्ने योजनामा छौं,’ बेलका नगरपालिकाका कृषि इञ्जिनियर बुद्धिनाथ तिम्सिनाले भने, ‘६ हजार हेक्टर जमिनमा खेती गर्ने नगरको दीर्घकालीन योजना छ ।’बेलका नगरपालिकाले १०० हेक्टर जग्गामा उन्नत जातको भुइँ घा

    • प्रकाशित मितिः चैत्र ९, २०७७
    • ८५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भिम आचार्य कुन गतिल्लो मान्छे हो र ? –रेवतिरमण भण्डारी

    भिम आचार्य कुन गतिल्लो मान्छे हो र ? –रेवतिरमण भण्डारी

    • प्रकाशित मितिः फाल्गुन २४, २०७७
    • ७४२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सामुदायिक फुटबल प्रशिक्षकलाई व्यावसायिक बनाउन एन्फाको ‘कोचिङ कोर्स

    फुटबल खेलको विकासका लागि सामुदायिक स्वयम् सेवकका रुपमा धेरै युवाहरुले आफ्नो मिहिनेत र पसिना बगाइरहेका छन् । व्यवसायिक रुपमा उभिन नसकेका तर फुटबलको विकासका लागि अहोरात्र खटिएका युवाहरु गाउँगाउँमा छन् । सुनसरी जिल्ला फुटबल संघले सामुदायिक प्रशिक्षकहरुलाई व्यवसायिक रुपमा उभ्याउने प्रयासका साथ एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु गरेको छ । यो व्यावसायिक रूपमा अघि बढ्नका लागि प्रशिक्षकहरुको पहिलो खुड्किलो हो । उदयपुर, खोटाङ, सोलुखुम्बु र सुनसरी जिल्लाका विभिन्न स्थानमा रहेर फुटबल खेलको विकासमा अहोरात्र खटिरहेका सामुदायिक प्रशिक्षकहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले धरानस्थित टेक्निकल सेन्टरमा एन

    • प्रकाशित मितिः फाल्गुन २४, २०७७
    • ७२० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved