Trending Tags

भिडीयो

    Showing २१-३० of ४३५ items.
  • धरानमा युवा संघको राँके जुलुशः परमादेशको विरोध, प्रधानन्यायाधीशको पुत्ला जल्यो

    सुनसरीको धरानमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाइएको छ । नेकपा एमालेको भातृसंगठ राष्ट्रिय युवा संघ नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जारी गरेको परमादेशविरुद्ध राँके जुलुस प्रदर्शन गर्दै प्रधानन्यायाधीशको पुत्ला दहन गरेको हो । युवा संघले नेकपा एमालेको पार्टी कार्यालय छाता चोकदेखि मुख्य बजार भानुचोकसम्म राँके जुलुश गरेको थियो । राँके जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो । युवाहरुले नाराबाजी गर्दै निकालेको राँके जुलुश प्रहरीले निभाउन खोजेको थियो । प्रहरी हस्तक्षेपपछि युथफोर्सले छाताचोकदेखि भानुचोकसम्म निकालेको राँके जुलुशलाई

    • प्रकाशित मितिः असार ३०, २०७८
    • ३८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • वराहक्षेत्रमा शुरु भयो औद्योगिक क्षेत्र निर्माण (भिडियो सामग्री)

    सुनसरीको वराहक्षेत्र नगरपालिका ८ स्थित रामधुनी सामुदायिक वन सालवनी क्षेत्रमा प्रदेश सरकारको अनुमतिमा औद्योगिक क्षेत्र निर्माण शुरु भएको छ । ७ बिघा क्षेत्रफल छुट्याइएको औद्योगिक क्षेत्रका लागि घरेलु तथा साना उद्योग मन्त्रालयबाट ९२ लाख रुपैयाँ विनियोजन भएर काम शुरु भइसकेको छ । इबिडिङमार्फत् अशोक कन्स्ट्रक्सनले ठेक्का पाएपछि हाल कम्पाउन्ड वालका काम भइरहेको छ । वाल ७ सय मिटर बन्ने वडाध्यक्ष फडिन्द्र भट्टराईले जानकारी दिए ।वडाध्यक्षका अनुसार तत्काल कम्पाउन्ड वाल, प्रशासनिक भवन, पालेघरको संरचना निर्माण हुने छ । यस औद्योगिक क्षेत्रभित्र ठूला, मझौला र साना उद्योग गरी तीन भागमा वर्गीकरण

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • १,८५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वराहक्षेत्रका मेयर र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी एम्बुलेन्सका रूपमा प्रयाेग गरिने

    सुनसरीको वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले चढ्दै आएको गाडीलाई एम्बुलेन्सको विकल्पका रुपमा प्रयोग गरिने भएको छ । नगरप्रमुख खनालसँगै प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पाेखरेल चढ्ने गाडी पनि एम्बुलेन्सका रूपमा प्रयाेग गरिने निर्णय गरिएकाे छ । तीव्र रुपमा बढिरहेको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नगरमा आइपरेको खण्डमा नगर प्रमुखको गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने नगर प्रमुख खनालले जानकारी दिएका छन् । सङ्क्रमितको उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेको खबर आएपछि यस्तो निर्णय गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ । ‘नागरिकले एम्बुलेन्स नपाएको

    • प्रकाशित मितिः बैशाख २३, २०७८
    • ३६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भानुचोकको तरकारी बजार ‘हटस्पट’ बन्ला है (भिडियो र तस्बिरहरु हेर्नुहोस्)

    कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा सुनसरी प्रशासनले आंशिक निषेधाज्ञालाई खारेज गर्दै पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ । शहर सुनसान प्रायः छन् तर भित्री बजारहरुको भीड नियन्त्रण हुन सकेको छैन । विशेषगरी कृषि बजार र तरकारी बजारको भीड नियन्त्रण गर्न र सहज बिक्री वितरण गर्न स्थानीय प्रसाशन उदासिनजस्तै देखिएको छ । धरानस्थित भानुचोकमा रहेको तरकारी बजार कोरोना संक्रमणको केन्द्र (हटस्पट) बन्ला कि भन्ने त्रास उत्पन्न भएको छ । प्रशासनले अत्यावश्यक वस्तु खरिद गर्नका लागि बिहान १० बजेसम्मको समयसीमा दिएको छ । तर, यही समयमा तरकारी बजारमा भीडभाड बढेको देखिएको छ । स्वास्थ्य सुरक

    • प्रकाशित मितिः बैशाख २२, २०७८
    • १,०३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • 'धरानमा हजुरको मास्क खोइ ? (भिडियाेसहित)

    इलाका प्रहरीका कार्यालय धरानको व्यवस्थापन र धरान ७ वडा कार्यालयको आयोजनामा धरानको भानुचोकमा ‘हजुरको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत ५ सय वटा मास्क वितरण गरिएको छ ।कोरोना भाइरसको विश्व भर फैलिएको नयाँ भेरियन्टको कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र धरान ७ नं. वडा कार्यालयको आयोजनामा मास्क नलगाई हिंड्ने सर्वसाधारण यात्रु, चालकलाई निःशुल्क मास्क वितरण गरिएको हो । आज मास्क वितरण गर्दै सचेतना गरिएको र भोलिदेखि मास्क नलगाई हिंडे जरिमाना र सजाय दुवै हुने इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीले बताए । सुनसरी जिल्ला प्रशासन

    • प्रकाशित मितिः बैशाख १७, २०७८
    • १,८५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फौजी कीराको प्रकोप नियन्त्रण गर्दै वराहक्षेत्र, बिउ र विषादी निःशुल्क वितरण (भिडियोसहित)

    वराहक्षेत्र वडा नं. ६ का कृषक भेषराज गिरीले १ बिघा २ कट्ठा जमिनमा मकैबाली लगाएका छन् । गिरी परिवारको कृषिबाट हुने आम्दानीको मुख्य स्रोत मकै बाली हो । तर केही दिनदेखि जरा ‘मरेजस्तो’ देखिन थालेपछि उनले नगरपालिकाको कृषि शाखामा सम्पर्क गरे । वराहक्षेत्रकै ८ नम्बर वडाको ‘सैनिक’ गाउँमा सुजन राईले ७ कट्ठामा मकै बाली लगाएकी छन् । अगुवा मकै भएकाले बाली सप्रिएको छ । ‘मकै सानो हुँदा, समस्या देखिएको जस्तो भएको थियो, अगुवा मकै भएकाले अलिक सप्रिएकोजस्तो छ,’ सुजनले भनिन्,‘फौजी कीरा लाग्ला कि भनेर विषादी लिन नगरपालिका आएकी हुँ ।’ अमेरिकन फौजी कीराको प्रकोप नियन्त्रणका लागि वराहक्षेत्र नगरपालिका

    • प्रकाशित मितिः बैशाख १६, २०७८
    • ९०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काेराेना संक्रमण बढेपछि नाकामा हेल्थ डेस्क राख्ने वराहक्षेत्रको निर्णय

    कोरोना संक्रमणको दोस्रो लहर देशविदेशमा भयावह रुपमा देखिइरहेका बेला सुनसरीको धार्मिक, पर्यटकीय क्षेत्र वराहक्षेत्र नगरपालिकाले हेल्थ डेस्क सञ्चालन गर्ने, आइसोलेसन निर्माण गर्ने हाटबजार र धार्मिक क्षेत्रमा नियमन गर्ने निर्णय गरेको छ । नगरको विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले वराहक्षेत्र नगरपालिकाभित्र विभिन्न स्थानमा लाग्ने हाटबजार ०७८ वैशाखभरी बन्द गर्ने निर्णय गरेको छ ।कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै आइसोलसन सञ्चालन गर्नका लागि छिमेकी नगरपालिका रामधुनीसँग सहकार्य गर्ने निर्णय गरिएको छ । वराहक्षेत्र १ चतरामा अवस्थित पुरानो होल्डिङ सेन्टरसमेत सञ्चालित रामानन्दाचार्य सेवा पीठक

    • प्रकाशित मितिः बैशाख १६, २०७८
    • ४४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानमा इन्टरनेटमा चरम घोटालाः गुणस्तरीय सेवा नपाउँदा विद्यार्थी आन्दोलित (भिडियोसहित)

    इन्टरनेट सेवा प्रदायक कम्पनीको बारम्बारको गुणस्तरहीन सेवाका कारण अध्ययनमा कठिनाइ भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी आन्दोलित भएका छन् । विद्यार्थीले इन्टरनेट पीडित संघर्ष समिति निर्माण गरी चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । आज मंगलबार विद्यार्थीले इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको प्रतिष्ठानस्थित कार्यालयमा तालाबन्दी गरेका छन् । साथै इन्टरनेटसम्बन्धी प्रतिष्ठानको नियामक निकाय ‘कम्प्युटर सेक्सन’मा समेत तालाबन्दी गरेका छन् । कोभिड संक्रमणको परिस्थितिमा अनलाइन क्लासहरु लिनुपर्ने बाध्यता भएका बेला इन्टरनेट सेवाको सामान्य उपभोग समेत गर्न नपाएको भन्दै विद्यार

    • प्रकाशित मितिः बैशाख १४, २०७८
    • १,०४६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु

    भूमिसम्बन्धी विद्यमान समस्या समाधानका लागि नेपाल सरकारले माग गरेको निवेदन फाराम आज आइतबारदेखि धरानमा वितरण सुरु भएको छ ।  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको निवेदन फाराम धरानको २० वटै वडा कार्यालयमार्फत् टोलटोलमा सहजीकरण समितिले वितरण गरिरहेको छ । सहजीकरण समिति टोलटोलमै पुगेको र कोभिड संक्रमणको परिस्थितिमा निश्चित व्यक्तिहरुलाई फाराम वितरण स्थानमा बोलाएर सहजीकरण गरिरहेको धरान १५ की वडा सदस्य जानुका कार्कीले बताइन् ।बिहान ढिलो गरी सुरु गरिएको फाराम वितरण कार्य अपरान्हसम्ममा ५० भन्दा केही बढीले भरेको वडा सदस्य कार्कीले बताइन् । ‘सुरुमा त आफैं पनि अल्मलियौ

    • प्रकाशित मितिः बैशाख १२, २०७८
    • १,१०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गोर्खा भर्तीका विसङ्गतिबारे समाचार लेख्ने पत्रकार सम्मानित

    गोर्खा भर्तीका विसङ्गतिबारे समाचार लेख्ने पत्रकारहरुलाई धरानमा सम्मान गरिएको छ । वीर गोर्खा पत्रकारिता र नवप्रतिभा पत्रकारिता पुरस्कार धरानका तीन सञ्चारकर्मीलाई प्रदान गरिएको छ । वरिष्ठ पत्रकार हर्ष सुब्बा वीर गोर्खा पत्रकारिता पुरस्कारसहित नगद २५ हजारले सम्मानित र पुरस्कृत भए । उनलाई धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले सम्मान पुरस्कार हस्तान्तरण गरे । यस्तै धरानबाट प्रकाशित दिव्यरोशनी साप्ताहिककी प्रकाशक, सम्पादक मनिता चाम्लिङ पनि सोही पुरस्कार वीर गोर्खा पत्रकारिताबाट सम्मानित भइन् । उनले नगद २५ हजार प्राप्त गरिन् । गोर्खा भर्ती लगाइदिने भन्दै सोझा साझा युवाहरुलाई ठगी

    • प्रकाशित मितिः बैशाख १, २०७८
    • ६२० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved