banner

    Showing ६१-७० of १७४ items.
  • घुरबाट सल्केको आगोले ६ घरसहित २६ वटा पशुचौपायाकाे मृत्यु

    राजविराज / सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ वेल्ही सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर २० लाख मूल्य बराबरको क्षति भएको छ ।  विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिँदा उनको गोठ घरसहित ४ वटा पशुचौपाया जलेर मरेका छन् । आगलागीबाट रायका छिमेकीहरू नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यदेवी रायको १/१ वटा घर तथा २२ वटा पशुचौपाया, नगद, अन्नपात, गरगहना, लत्ताकपडा, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा ४ घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको

    • प्रकाशित मितिः पुष २, २०७५
    • ५९२ पटक पढिएको
    • शिवहरिप्रसाद भट्टराई
  • धर्म निरपेक्षमाथि प्रहार भएको कुमार लिङ्देन नेतृत्वको मञ्चको बुझाइ(भिडियाेसहित)

    धरान / गोरु काटेको अभियोगमा पक्राउ गरिनुलाई संघीय लिम्बुवान मञ्च नेपालले धर्म निरपेक्षमाथिको प्रहार भएको दाबी गरेको छ । कुमार लिङ्देन नेतृत्वको मञ्चले नेपालको संविधानको भाग १ (४) मा उल्लेखित भएको धर्म निरपेक्ष, समावेशी, लोकतान्त्रिक राज्यको भावना विपरीत पक्राउ गरिएको दाबी गरेको छ । मञ्चका जिल्ला अध्यक्ष अमर इजमले यसलाई एकल धर्मको संकेतका रूपमा बुझेका छन् । ‘धर्म निरपेक्ष कोटेट भइसकेको अवस्थामा पक्राउ गरिनु संविधानमाथि नै प्रहार हो ।’ उनले सोमबारको पत्रकार सम्मेलनमा भने,–‘यो केही नभएर एकल धर्म हावी भएको संकेत हो ।’ तर, भदौं १ गते आएको मुलुकी अपराध संहिताको परिच्छ

    • प्रकाशित मितिः पुष २, २०७५
    • २,०१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • पानीमा ब्रम्हलुट

    दमक/प्रशोधित पानीमा सरकारले तोकेको मापदण्ड विपरीत व्यापारीहरूले एक सय २० प्रतिशतभन्दा बढी शुल्क असुल्ने गरेका छन् । उत्पादक कम्पनीले १० रुपैयाँ ४० पैसादेखि १२ रुपैयाँ ५० पैसा प्रतिबोतल व्यापारीलाई पानी दिए पनि व्यापारीले दुई गुणा मूल्य राखेर बिक्री गर्ने गरेका हुन् । उपभोक्तालाई २० देखि ३० रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । पानीको मूल्य महँगो भए पनि गुनासो गर्ने निकायबारे बेखबर बन्दा उपभोक्ता मारमा परेका छन् । उपभोक्ता संरक्षण ऐनमा उत्पादक वा व्यापारीले उत्पादन मूल्य वा खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी मुनाफा राख्न नपाउने प्रावधान छ । तर पानीमा भने व्यापारीले मनपरी मूल्य राखेर कालोबजारी

    • प्रकाशित मितिः पुष २, २०७५
    • ६५२ पटक पढिएको
    • भूमिराज पराजुली
  • इन्जिनियर कलेजमा नयाँ प्रविधिको प्रर्दशन (भिडियाेसहित)

    विजयपुर । त्रिभुवन विश्व विद्यालयको मातहतमा रहेको पूर्वाञ्चलका एक मात्र इन्जिनियर कलेजका विद्यार्थीहरुले नया नया कुराको आविस्कार गर्दै वैज्ञानिक युगमा असम्भव केही हुदैन भन्ने कुरा देखाएका छन् । शनिबार यस क्याम्पसमा  आर्केटेचर, सभिल इन्जिनियरिङ्ग , इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिटी, कम्प्युटर, मेकानिकल र एग्रकल्चर विषयमा अध्ययनरत विद्यार्थीले आ–आफ्नो विषयमा खोज अनुसन्धान गरी नयाँ प्रविधिको प्रर्दशन गर्ने गरेका छन् । विगत केही बर्ष अगाडिदेखि थालनी गरेका यहाका विद्यार्थीहरुले यस पटक भने एग्रीकल्चरका विद्यार्थीहरुले सोलार डष्ट, जिन्जर क्लिनर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिटी संक

    • प्रकाशित मितिः मंसिर २९, २०७५
    • ८६९ पटक पढिएको
    • गोविन्द बस्नेत
  • सप्तरीमा आगलागी हुँदा ८ घर जलेर नष्ट

    राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित बभनगामा टोलमा आगलागि हुँदा ८ घर जलेर जलेका छन् । विन्देश्वर साफीको घरबाट सल्केको आगोले उनीसहित मन्नु साफी, प्रसाद साफी, अनन्दा साफी र प्रयाग साफीका ८ घर जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए । राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागिमा करिव २५ लाख क्षती भएको प्रारम्भिक अनुमान छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७५
    • ४६८ पटक पढिएको
    • शिवहरीप्रसाद भट्टराई
  • ६ दिनअघि मारिएका डाँकाको पहिचान खुल्यो, विभिन्न अपराधमा संलग्न भएकाे खुलासा

    धरान / मंसिर २३ गते राति सुनसरीको कोशी गाउपालिका–७ मुसहरी टोलमा प्रहरीसगको मुठमेडमा मारिएका डाँकाको पहिचान ६ दिनपछि खुलेको छ । सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका–१३ का ४० वर्षीय नसरुल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाचको क्रममा ४–५ जनाको समूहमा आएकामध्ये मियाको मुठभेडका क्रममा मारिएका थिए । सो समयमा पहिचान नखुलेपछि पोष्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको थियो । उनीसगै रहेका अन्य अझै फरार छन् । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको छ । उनी हाल हनुमान

    • प्रकाशित मितिः मंसिर २८, २०७५
    • ६७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • देशको नाम राख्ने खेलकुद ओझेलमाः मुख्यमन्त्री राई

    भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक अस्थिरताको कारणले खेलकुद ओझेलमा परेको बताएका छन् । भद्रपुर नगरपालिका–२ पृथ्वीनगरमा भएको प्रथम मुख्यमन्त्री कराँते प्रतियोगिताको विहीबार उद्घाटन गर्दै राईले अब सङ्घीय प्रणालीअनुरूप खेलकुदको विकास हुने दाबी गरेका छन् । खेलकुदमा सङ्र्घष र बलिदान गर्दा देशको नाम संसारभर उच्च राख्न सकिएको उनको भनाइ छ । ‘स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गरिएको प्रदेश स्तरीय प्रतियोगितामा कराँतेको क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो । प्रदेशसभा सदस्य बसन्त बनियाँ, झलकसिंह दर्लामी, भद्रपुर नगर

    • प्रकाशित मितिः मंसिर २७, २०७५
    • ५४३ पटक पढिएको
    • उत्तम नेपाल
  • हतियारसहित आत्मसमर्पण

    विराटनगर/अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहका चार जनाले हतियारसहित सरकारी वर्ता टोलीसमक्ष यहाँ आज आत्मसमर्पण गरेका छन् । नेपालको संविधानको मूलधारमा रही काम गर्ने र समान्य जीवनयापन गर्ने उद्देश्यका साथ रामु कामैत भन्ने रामनन्दनकुमार कामैत, विनायककुमार यादव, विनोदकुमार यादव र जयप्रकाश लिचपुरिया छन् । उनीहरूले तीन थान पेस्तोल वार्ता टोलीका संयोजक सोमनाथ पाण्डेललाई बुझाए । अन्य बाँकी हतियार पुसको पहिलो सातामा बुझाउने भनिएको छ । गएको भदौ ८ गते सरकारले गठन गरेको वार्ता टोलीको संयोजक पाण्डेसहित सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी र गृह मन्त्रालयका उपसचिव विश्वराज न्यौपाने

    • प्रकाशित मितिः मंसिर २७, २०७५
    • ५६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ब्रिटिश प्रधानमन्त्री अविश्वास प्रस्ताव सामना गर्न तयार

    बीबीसी । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले बुधवार संसद्मा अविश्वासको प्रस्तावमाथिको मतदानको सामना गर्नुपर्ने भएको छ । डाउनिङ स्ट्रीटमा दिएको एउटा वक्तव्यमा मेले भनिन, ‘म त्यो मतदानको पूर्ण क्षमताका साथ सामना गर्नेछु ।’ नया प्रधानमन्त्रीले ब्रिटेनलाई आगामी मार्च २९ मा युरोपेली संघ (इयू) बाट अलग्याउने आर्टिकल फिफ्टी भनिएको ५० नम्बरको बुदालाई खारेज गर्नुपर्ने अथवा त्यसको समयसीमा बढाउनुपर्ने मेको भनाइ छ । कन्जरभेटिभ पार्टीका सांसदहरूले ब्रिटेनको स्थानीय समयअनुसार साझ ६ बजेदेखि ८ बजेको बीचमा मतदान गर्नेछन् । अनिश्चितता प्रधानमन्त्री मेले कन्जरभेटिभ पार्टीको नेतृत्व परिवर्तनले &lsquo

    • प्रकाशित मितिः मंसिर २६, २०७५
    • ५८३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • योगी आदित्यनाथ जन्ती बनेर आइपुगे जनकपुर

    जनकपुर । रामजानकी विवाह महोत्सवमा जन्ती बनेर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आइपुगेका छन् । उनलाई प्रदेश २ सरकारले भव्य स्वागत गरेको छ । भारतको अयोध्याबाट जन्तीका रूपमा योगी आइपुगेका हुन् । उनको भव्य स्वागत गरिएको छ । कार्यक्रम स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । उत्तरप्रदेशको राजधानी लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गरेका थिए । प्रदेश २ का डीआईजी हरिबहादुर पालका अनुसार जनकपुरधाम विमानस्थलबाट उनी जानकी मन्दिरमा पूजा गर्नेछन् । त्यसपछि प्रदेश २ सरकारको मधेश भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक भएपछि विवाह महोत्सवमा सहभागी भएका थिए । बाह्रबिघा मैदानमा आय

    • प्रकाशित मितिः मंसिर २६, २०७५
    • ६५९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved