मधुमल्ला/ नेपाली कांग्रेसका केन्दीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोइरालाले बर्तमान सरकार संघियता कार्यान्यवन नगर्ने तर्फ उन्मुख भएको आरोप लगाएका छन् । शनिबार मोरङ मिक्लाजुङमा नेपाली कांग्रेस मिक्लाजुङले आयोजान गरेको वृहत कार्यकर्ता भेला तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन् । नेपाली कांग्रेस जनताको पार्टी भएकाले सधै जनताका पक्षमा लागि पर्ने बताए । निरन्तर जनताको सेवा गर्ने बताए । बर्तमान सरकारले भ्रष्टचार लाई संस्थागत गर्दै जनताको ढाड सेक्न लागि परेको बताए । बर्तमान सरकार ८० प्रतिसत किशान रहेको मुलुकमा किशानका लागि आवस्यकताहरुको समेत प्रवाह नगरी किशानला
भाइबहिनी हो आज हामी प्रा.डा. भोलानाथ पोखरेलको सानो छदा पस्किने प्रयास गरेका छौं । आधुनिक नेपाली सामाजिक यथार्थवादी उपान्यासको पात्र विधानमा पिएचडी गरेका डा. पोखरेलका विद्यार्थी कालका कष्टलाई तपाइहरू सामू पस्किने प्रयास गरेका छौं । उनको विद्यार्थी काल आम मानिसभन्दा फरक रह्यो । बुबा संस्कृत पढाउन चाहान्थे । संस्कृतमा विद्वान बनाउन चाहान्थे । अङ्ग्रेजीलाई गाई खाने भाषाको रूपमा चित्रित गर्थे । तर, अन्तत्वोगत्वा त्यही बुबाको छोराले संस्कृत पढ्ने अवस्था रहेन । २०१२ साल साउन १७ गते धर्तीमा पाइला टेकेका धनकुटा डाँडागाउ नाम्फूका पोखरेल संस्कृत पढ्नका लागि भारतको वनारससम्म पुगे । तर, विविध कारणले एक व
ताप्लेजुङ । पूर्वी हिमाली जिल्ला ताप्लेजुङको तापक्रम शनिबार यस वर्षकै कम मापन भएको छ । पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार, ताप्लेजुङको शनिवार बिहानको तापक्रम १ डिग्री छ । यसअघि शुक्रवार ४ दशमलब ८ डिग्री मापन गरिएको थियो भने दिउँसोको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । सदरमुकाम फुङ्लिङमा नै १ डिग्री सेल्सियस मापन गरिँदा माथिल्लो क्षेत्रको तापक्रम माइनसमा झरेको छ । यस अघि शुक्रवार दिउँसो जिल्ला सदरमुकामको सुकेटार क्षेत्र सम्म हिमपात भएको थियो ।
धरान/३६ होलको समाप्तिमा प्रो. रवि खड्का सूर्य नेपाल इस्र्टन ओपन टुरमा प्रो. शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा उक्लिएका छन् । धरानको निर्वाणा कन्ट्री क्लब तथा गल्फ रिसोर्टमा बिहीबार दोस्रो दिनको खेलमा एक ओभर ७१ कार्ड बनाएका रविले नेपालमा नम्बर वन प्रो. शिवराम श्रेष्ठलाई एक स्ट्रोकले पछि पारे । समग्र ३६ होलको समाप्तिमा पनि १ स्ट्रोकले नै पछि पारेका हुन् । शिवराम दोस्रो दिन २ ओभर ७२ कार्ड बनाए । रविले ३६ होलको समाप्तिमा ३ अण्डर १३७ खेल्दा श्रेष्ठले २ अण्डर १३८ खेलेका हुन् । घरेलु एमेच्योर शुक्रबहादुर राईले दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै प्रो. रवि र शिवरामलाई १ र २ स्ट्रो
उर्लाबारी / उर्लाबारी–७ स्कुलडाँडाका रामबहादुर थापाको घरमा आगलागी हुँदा आगोले जलेर ४५ वर्षीया बुहारी रिना थापाको सोमबार साँझ मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाका अनुसार आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिनामात्रै रहेका थिए । रामबहादुरलाई स्थानीयबासी र प्रहरीले उद्धार गरे पनि बुहारी कोठामा चुक्कुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा जलेर मृत्यु भएको उनले बताए । घरमा ससुरा रामबहादुर र बुहारी रिनासँगै २५ वर्षीय नाति हेमन्त थापा बस्दै आएका थिए । आगलागीको समयमा हेमन्त भने घर बाहिर रहेका थिए । आगलागीबाट फुस र बासको टाटीले बार
धरान । भेडेटार फुड फेष्टिवलको तीन दिन भेडेटारको आकाशमा सिम्रिक एयरको हेली उड्ने भएको छ । सातौं फेष्टिवलको आर्कषणको रूपमा आयोजक होटल एसोसिएसन भेडेटारले ‘भेडेटार हेली टुर’ प्याकेज ल्याएको हो । एक जना बराबर चार हजार ९ सयको यो प्याकेजमा झण्डै २६ किलोमिटरको पेरिफेरिमा आकाशमा रमाउन सक्ने भएका हुन् । एक पटकमा ६ जना उड्न सक्ने प्याकेज दैनिक १० भन्दा बढी उडान गर्ने तयारीमा आयोजक छ । ‘सिम्रिक एयरसँग त्यही किसिमको सहमति भइसकेको छ ।’ आयोजक होटल एसोसिएसन भेडेटारका निर्वतमान अध्यक्ष लीलाराज लावती भन्छन्,–‘प्याकेजको अग्रिम बुकिङसमेत भइसकेको छ ।’ वर्षेनी पूर्वको पर
धरान । प्रतिनिधिसभाका सांसद् राजेन्द्र राई चढेको जीप धनकुटाको पाख्रिबास–७ मुगामा दुर्घटना भएको छ । बा १ झ ५८७१ नम्बर निजामति आवासीय माविको जीप दुर्घटना हुँदा सांसद् राईसहित ५ जना घाइते बनेका छन् । राईलगायत सबै सामान्य घाइते बनेको प्रहरीले जनाएको छ । सांसद् राईसहित नेकपाका जिल्ला नेता अर्जुन राई, नैन विक, शान्तिराम गौतम, सरोज राई घाइते बनेका हुन् । सांसद् राईको घुँडामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरूङले जनाए । अन्य नेताको अवस्था सामान्य छ । पाख्रिवासमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दुर्घटना भएको थियो । जीप सडकबाट झण्डै ५० मिटर
सुनौलो लालीमा हुँदै डाँडापाखा सवै डुली ।कविता हो कि झैं लाग्यो मलाई यो चुलाचुली । ‘इलामले हेपेको र झापाको नदेखेको’ उपमाबाट पटक पटक स्थानीयले लिने गरेको नाउँ ‘चुलाचुली’को रौनक यस पटक फरक थियो । राजनीतिक र प्रशासनिक हिसावले सदरमुकाम इलामबाट हेपिएको र नजिकैको शहर झापाको दमकले नदेखिएको पीडाले पिरोलिएर भौगोलिक जटिलताको शिकार बनेको अवस्था हो । तर ०७५ पुस ६ गतेको चुलाचुलीमा भएको सर्जकको जमघटले चुलाचुलीले हेपेको र नदेखेको नियतिलाई चिर्न चेतनाले निकै माथि उठेको महसुस हुन्थ्यो । स्थानीयहरुको चासोपूर्वकको ठूलो जमघटले चुलाचुली भनेको त कविता झैं लागेको अनुभूति माथिको कवितांसबाट
धरान । इण्डोनेसियामा आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १६८ जना पुगेको छ । शनिबार राति ज्वालामुखी बिस्फोटपछि पानी मुनी पहिरो जाने क्रममा आएको सुनामीले इण्डोनेसियाको दुई आइल्याण्ड टापु सुमात्रा र जाभा क्षेत्र प्रभावित बनेको छ । जसमा ज्यान गुमाउनको संख्या १६८ पुगेको विपद् व्यवस्थापन एजेन्सीलाई उदृत गर्दै इण्डोनेसियाको अनलाइन द जाकार्ता टाइम्सले जनाएको छ । कम्तिमा ७५० जना घाइते भएको जनाइएको छ । अहिले प्रभावित क्षेत्रमा उद्धारका लागि १० भन्दा बढी एम्बुलेन्सलगायतका बाहान तैनाथ राखिएका छन् । शनिबार राति आएको ज्वालामुखीपछिको सुनामीले क्षतिग्रस्त क्षेत्रका मानिसहरूको उद्धारमा जोडिएका छन् । आ
धरान । मिस पूर्वाञ्चलको नवौं संस्करण चलिरहेको छ । पुष १४ गते ग्राण्ड फाइलनमा सहभागी हुनुपूर्व आफ्ना प्रतिभाहरू देखाइरहेका छन् । यसक्रममा शनिबार मिस पूर्वाञ्चलका १४ सुन्दरीले ‘पेप्सी मिस ट्यालेन्ट’ मा बलात्कारप्रति तीव्र आक्रोस पोखे । सरकारलाई उनीहरूले ‘कण्डम होइन, सेक्स टोय’ वितरण गर्नका लागि सुझाव दिए । १४ सुन्दरी स्पर्धीमध्येकी एक रुसाली केसीले सरकार यहा एचआइभी बढिरहेको छैन, यहा बलात्कार बढिरहेको छ, त्यसैले कण्डम हैन यहा सेक्स टोय वितरण गर् भन्दै व्यङ्ग्य गरिन् । मिस उर्लाबारीसमेत रहेकी केसीले ट्यान्लेन्टमा मन्तव्य दिदै निर्मला बलात्कारीहरूलाई यस्तो कारबाही गर कि भो
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved