banner

    Showing ३१-४० of १७४ items.
  • जग्गा खण्डीकरण फुकुवा, भूमाफियालाई मालामाल

    धरान । सरकारले करिब डेढ वर्षदेखि रोक लगाएको जग्गा खण्डीकरण फुकुवा गरेको छ । सरकारले २०७४ साउन २६ गतेदेखि जग्गा खण्डीकरण रोक्न निर्णय गरेको थियो । उक्त निर्णय फुकुवा गरिएको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जमिन नभएको भनेर सिफारिस गरेको आधारमा कित्ताकाट फुकुवा गरिएको अर्यालले बताइन् । जग्गा कित्ताकाट रोके पनि विभिन्न बाटोबाट भूमाफियाहरूले खण्डीकरण गर्दै आएका थिए । रोक्का गर्दा व्यवहारिक कठिनाइ भएकाले पनि खुला गर्नुपरेको उनको भनाइ छ ।

    • प्रकाशित मितिः पुष २७, २०७५
    • ५७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • संसद् तताउने केराबारीको क्रसर व्यवस्थित हाेला ?

    केराबारी / क्रसरका कारण संसद्मा समेत बहसको विषय बन्ने केराबारी गाउँपालिकाकाे लागि क्रसर टाउँकाे दुखाइकाे विषय बन्ने गरेकाे छ । जनप्रतिनिधिहरूकै क्रसर भएकाले पनि दीगो व्यवस्थापनकाे प्रश्न टड्काराे रूपमा उठ्ने गरेकाे छ ।  सरकारले क्रसर उद्योगको हकमा बनाएको पछिल्लो मापदण्ड कार्यान्वयन तहमा बहस भइरहेको छ । क्रसरका कारण उत्खनन् तथा चोरी निकासी बढेको भन्दै सबत्र आलोचना हुने गरेको यथार्थ लुक्न सकेकाे छैन । ससंदको प्राकृतिक स्रोत साधन समितिले २०६७ मा क्रसरसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ । लागू भएको २ वर्षभित्र सम्पूर्ण क्रसर उद्योगहरूलाई मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिएको थियो । समिति

    • प्रकाशित मितिः पुष २४, २०७५
    • ५७६ पटक पढिएको
    • भाेजराज श्रेष्ठ
  • गरिब गल्फरकाे गल्फ घर

    धरान/सायद उनी पहिलो व्यक्ति हुन् । जसले गल्फ घर प्राप्त गरे । क्याडी ब्वाइबाट एमेच्योर गल्फर बनेको वर्ष २०१४ मै सूर्य नेपाल इष्र्टन ओपन गल्फ टुरमा एमेच्योरतर्फ विजेता बनेका थिए, धरानका शुक्रबहादुर राई । समग्रमा उनी टप ३ मा परेका थिए । जसले प्रोफेसनल गल्फरहरूलाई पनि पछाडि पारेका थिए । त्यही वर्षबाट ‘विनर’ को ट्याग लागेका शुक्रको यात्रा जारी छ । देशविदेश गरी आठवटा उपाधि जितिसकेका छन् । गल्फका यी उम्दा एमेच्योर अहिले २१ वर्षका छन् । सन् २०१२ उनी क्याडी व्बाइमा प्रवेश गरे । घर नजिकै गल्फ कोर्ष भएकाले उनको गल्फप्रति लगाव बस्यो । स्कुल छुट्टि हुनेबित्तिकै झोला फुत्त फालेर उनी क्याडी बन्

    • प्रकाशित मितिः पुष २३, २०७५
    • १,०७० पटक पढिएको
    • भोजराज श्रेष्ठ
  • पाँचथरबाट समृद्धिको ढोका खोल्यौं : प्रम ओली

    पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुगम नेपाल निर्माणमा सरकार प्रतिबद्व भएर लागेको बताएका छन् । शुक्रबार पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबीमा प्रधानमन्त्री ओलीले सबै दुर्गम क्षेत्रमा विकासका पूर्वाधारहरु पु¥याएर सुगम नेपाल बनाई छाड्ने ढृडता ब्यक्त गरे । भेंडेटार–रबी–राँके सडक कालोपत्रेको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दुर्गम क्षेत्रलाई यातायात, पर्यटन, स्वास्थ्य र शिक्षाले जोडेर सुबिधा सम्पन्न बनाइने बताए । एकताबद्ध भएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार गम्भीर रहेको उनले बताए । मुलुकलाई सुगम बनाउने अभियानकै क्रममा भेंडेटार–रबी–राँके सडकलाई काल

    • प्रकाशित मितिः पुष २०, २०७५
    • ६७० पटक पढिएको
    • सन्देश सुब्बा
  • टड्कारो रूपमा उठ्यो पत्रकार सुद्धीकरणको आवाज

    धरान / सुनसरीमा पत्रकार सुद्धीकरणको आवाज टड्कारो रूपमा उठ्न थालेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीको ११ औं वार्षिक साधारणसभाका क्रममा वक्ता पत्रकारहरूले पत्रकारको सुद्धीकरण अपरिहार्य रहेको बताएका हुन् । सुनसरी उद्योग बाणिज्य सङ्घ धरानको सभाहलमा बिहीबार सम्पन्न सभामा अग्रज पत्रकारसहित विभिन्न युनियन आवद्ध नेता पत्रकारहरूले सुद्धीकरण अहिलेको आवश्यकता भएको औल्याए । यसक्रममा प्रेश चौतारी नेपालका सुनसरी अध्यक्ष शेखर ढकालले पत्रकार सुद्धीकरण गर्न आवश्यक रहेको औल्याए । उनले क्रियाशील पत्रकारहरू भन्दा केही प्रलोभनमा लागेका पत्रकारका कारण बद्नामी बन्दै गएको बताए । ‘त्यसका लागि पनि सुद्धीकरण आवश

    • प्रकाशित मितिः पुष १९, २०७५
    • ५५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेक्सिकोको टलजिओका मेयरमाथि सपथ लिएको दुई घण्टामै हत्या

    धरान । मेक्सिकोमा एक मेयरलाई सपथ लिएको दुई घण्टापछि नै हत्या गरिएको छ । मेक्सिकोको ओलास्का राज्यको टलजिकोका मेयर अलेजेन्ड्रो अप्रिसिओलाई सपथ लिएको दुई घण्टापछि नै हत्या गरिएको हो । उनले स्थानीय समयअनुसार बिहीबार सपथ लिएको केही समयपछि आफ्ना समकक्षीसँगको छलफलमा जाने क्रममा हत्या गरिएको हो । हत्या किन र के कारणले गरियो भन्ने हालसम्म खुल्न नसकेको विदेशी सञ्चारमाध्यमले जनाएको छ । उनी सोही सहरको एक हलमा छलफलमा लागि जाने क्रममा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्द चलाएको गोलीका कारण उनी गम्भीर घाइते हुन पुगेका थिए । मेयर अप्रिसियोसहित तीनजनामाथि गोली लागेको छ । उनीहरूलाई तत्कालै स्थानीय अस्पतालमा उपच

    • प्रकाशित मितिः पुष १९, २०७५
    • ५४७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • यसकारण पराजित बनिरहेकाे छ धरान

    धरान । बुढासुब्बा गोल्डकपको रोचक पक्ष के भने शुरुवाती संस्करणहरूमा आयोजक धरान फुटबल क्लब दाबेदार टिममा दरिन्थ्यो । तर, जब–जब बुढासुब्बाको संस्करण अगाडि बढ्दै गयो । तब–तब आयोजक कमजोर टिम साबित बन्दै गयो । अहिले पनि त्यही अवस्था छ । बुढासुब्बा गोल्डकपको २१ औं संस्करण सङ्घारमा छ । तर, पनि टिम सेट अझै भइसकेको छैन । यही कारण नै आयोजक हरेक वर्षको फुटबल प्रतियोगितामा गतिलो उपस्थिति जनाउन नसकिरहेको फुटबलका जानकारहरू बताउछन् । धरान मिनि ब्राजिलको मानक बनाएको छ । तर, हरेक वर्षको फुटबल गतिविधि सुस्ताउदो छ । वर्षमा एकाध फुटबल प्रतियोगिताबाहेक धरानमा फुटबल प्रतियोगिता हुन छाडेका छन् । धरान फुट

    • प्रकाशित मितिः पुष १९, २०७५
    • १,४४२ पटक पढिएको
    • भोजराज श्रेष्ठ
  • १९ अैां संस्करण गोधुली फुटबल शुक्रबारदेखि

    धरान / उन्नाइसौं अन्तर वडास्तरीय रेडबुल गोधुली फुटबल रनिङ कप शुक्रबारदेखि धरानको एन्फा एकेडेमीको खेल मैदानमा शुरु हुँदै छ । प्रतियोगितामा धरानका २ र ७ नम्बर वडाबाहेक अन्य वडा सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेल धरान–१४ र ५ नम्बर वडाबीच हुने आयोजक गोधुली क्लबका अध्यक्ष देशकुमार राईले बताए । विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै व्यक्तिगततर्फ बेष्ट प्लेयर, राइजिङ प्लेयर, बेष्ट डिफेन्स, म्यान अफ दी म्याच, बेष्ट गोलकिपर, बेष्ट कोच र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको फाइनल माघ ५ गते हुने छ

    • प्रकाशित मितिः पुष १८, २०७५
    • ५१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • सिरहामा मापदण्ड विपरीत सञ्चालित पानी उद्योगमा शिल

    सिरहा । सिरहामा मापदण्ड विपरीत सञ्चालित चार पानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरेका सिरहाका चार उद्योगमा शिलबन्दी गरेको छ । सिरहाको गोलबजार–७ चोहर्वाका इन्दिरा जल, आनन्द जल, गोलबजार–६ का कमलामाई पानी उद्योग र गोलबजार–६ को सीता हेल्दी कुलिङ वाटर इण्डष्ट्रिजमा मापदण्ड विपरीत सञ्चालित उद्योगमा शिलबन्दी गरिएको हो । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराज, घरेलु उद्योग कार्यालय लहान र उपभोक्ता हित संरक्षण मञ्च सिरहाका प्रतिनिधीहरुले अनुगमनको क्रममा मापदण्ड विपर

    • प्रकाशित मितिः पुष १७, २०७५
    • ९७७ पटक पढिएको
    • गणेशकुमार ठाकुर
  • बाझिएका कानून परिमार्जन गर्न सभामुख प्रदीप भण्डारीको सरकारलाई आग्रह

    धरान । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले ३३९ वटा बाझिएका कानून परिमार्जन नगरिए सरकारलाई नै अप्ठ्यारो पर्ने बताएका छन् । सभामुख भण्डारीले धरानमा सोमबार भएको नव वर्ष तथा ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै बाझिएका कानून परिमार्जन गरेर सबै जातजाति, धर्मालम्बीले अपनत्व ग्रहण गर्ने किसिममा बनाउनु पर्ने बताएका हुन् । उनले कानून नबनिञ्जेलसम्म अप्ठ्यारो पर्ने बताए । उनले संविधानको धारा २६ मा प्रत्येक नागरिकलाई आफूलाई मनपर्ने धर्म अवलम्बन गने, संरक्षण गर्ने अधिकार स्पष्टस“ग किटान गरेकाले कार्यान्वयन पनि त्यहीअनुसार गर्न सरकारलाई सुझाव दिए । उनले आफूलाई सबैले सरकारको&

    • प्रकाशित मितिः पुष १६, २०७५
    • ४८५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved