नेदरल्याण्डमा विशेषज्ञहरूको सहभागितामा सञ्चालनमा रहेको पियुएम (PUM) संस्थाले विभिन्न देशमा विगत ४० वर्षअघिदेखि आर्थिक तथा सामाजिक उन्नतिमा स्वयम् सेवकको रूपमा सहयोग गर्दै आएको छ । कृषी, अस्पताल, उद्योग, शिक्षालगायतका क्षेत्रमा रहेको जनशक्तिलाई तालिम र सेमिनारमार्फत् थप ज्ञान प्रदान गर्दै आएको सो संस्थाकी विशेषज्ञ एल्स रोयस्ट डी–वेकर यसै सिलसिलामा इटहरी आएकी छन् । स्किल कलेज इटहरीको निमन्त्रणामा इटहरी आएकी एल्सले यहाँका उद्योगी व्यवसायी, इटहरी उपमहानगरपालिका कर्मचारी, जनप्रतिनिधिलगायतसँग पनि भेटघाट एवम् छलफल गरेकी छन् । संस्थाको विषयमा तथा हालसम्म सामाजिक क्षेत्रमा संस्थाले गर्दै आएको काम
उर्लाबारी / उर्लाबारी नगरपालिका ७ स्थित वरगाछीमा मंगलबार दिउँसो लागेको आगलागीबाट एक करोड बराबर क्षति पुगेको छ । उर्लाबारी नगरमा दमकल नहुदा बढी क्षति हुन पुगेको स्थानीयले बताए । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार भक्तराज अधिकारीको किराना पसलसहित घर पूर्णरुपमा जलेको छ । इलेक्ट्रिक सर्ट भएर आगलागी भएर अधिकारीको पक्की घर जलेर पुर्णरुपमा नष्ट भएको प्रहरी निरीक्षक तिम्सिनाले बताए । ‘घर, किराना पसलको सामान, २ तोला सुन, १२ हजार नगद पनि सबै जलेर नष्ट भएको परिवारले जनाएको छ । घरको ६० लाख र किरानाको सामान ४० लाख बढी क्षति भएको पीडितले बताएका छन् । उर
विजयपुर/ धरान सुन्दर शहरभित्र पर्दछ । यहाँ विकास निर्माणका कार्यहरु अन्य स्थानीय तह भन्दा बढी छन् । यसको प्रमुख श्रेय यहाँका बासिन्दालाई जान्छ । त्यसमा पनि लाहुरेको शहर भनिएर चिनिएको धरानको विकासमा लाहुरेहरुको सबै भन्दा ठूलो देन छ भन्दा फरक पर्दैन । यहा बसोबास गर्ने लाहुरेहरू प्राय. बेलायती सेनामा काम गरेर अवकाश पाएका बढी छन् । हुन त सिंगापुर, हङकङलगायतका देशहरूमा समेत सेनामा काम गरेका ७५ प्रतिशत भन्दा बढी लाहुरे गोर्खा बेलायती सेना नै छन् । अहिले उनीहरु आवासीय रुपमै बेलायत बस्न थालेपछि धरानका हरेक क्षेत्र प्रभावित बन्न थालेका छन् । पछिल्लो समय गोर्खा भूपू सैनिकहरुले बेलायती सेना सरह पेन्सनल
धनपालथान (मोरङ) / काँधमा कोदालो, हातमा प्लास्टिक झोला, बोरा र आँगो बाल्ने सलाइलगायतका अन्य आवश्यक समाग्री लिएर मोरङको धनपालथान गाउँपालिका – ६ कदमाका एक हुल युवा धान खेत तर्फ निस्किए । ठूलै जनावरको सिकार गर्न निस्किए जस्तै थियो उनीहरुको तयारी । ७ जना युवाको समूह शनिबार दिउँसो धनपालथान गपाको ६ स्थित धान खेतमा पुगे । धानबाली काटेपछिको जमिन बाँझो थियो । सबै जना खेतखेत चहार्न थाले । उनीहरू योजना मुसाको शिकार गर्ने रहेछ । सबै मुसाको दुला खोज्न जुटे । यसरी मारिन्छन् मुसाठूलो मुसाको दुलो पत्ता लगाएपछि युवाले घेरा हाले । कोदालो र सलाइ बोक्नेलाई बोलाए । मुसा छिरेको मुख्य दुलो पत्ता लगाए पछि त्य
धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशुति विभागमा गर्भवती महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृत्युपछि आइतबार साँझ प्रशुति विभाग केही समय तनावग्रस्त बन्यो । बीपी प्रतिष्ठानमै विगत ६ महिनादेखि नियमित चेकजाँच गराउँदै आएकी धनकुटा साँगुरीगढी गाउँपालिका–२ बुढीमोरङकी मनिषा लिम्बूको मृत्यु भएको हो । मृककका आफन्तले चिकित्सकहरूले समयमा चेकजाँच नर्गदा सुत्केरीको मृत्यु भएको बताएको छ । चिकित्सकले भने मृतक लिम्बूको ‘एम्युनेटिक फ्ल्युड इम्बोलिजम’ का कारण मृत्यु भएको मृत्यु प्रमाण पत्र थमाएको छ
धनपालथान (मोरङ) / काँधमा कोदालो, हातमा प्लास्टिक झोला, बोरा र आँगो बाल्ने सलाइलगायतका अन्य आवश्यक समाग्री लिएर मोरङको धनपालथान गाउँपालिका – ६ कदमाका एक हुल युवा धान खेत तर्फ निस्किए । ठूलै जनावरको सिकार गर्न निस्किए जस्तै थियो उनीहरुको तयारी । ७ जना युवाको समूह शनिबार दिउँसो धनपालथान गपाको ६ स्थित धान खेतमा पुगे । धानबाली काटेपछिको जमिन बाँझो थियो । सबै जना खेतखेत चहार्न थाले । उनीहरू योजना मुसाको शिकार गर्ने रहेछ । सबै मुसाको दुला खोज्न जुटे । यसरी मारिन्छन् मुसाठूलो मुसाको दुलो पत्ता लगाएपछि युवाले घेरा हाले । कोदालो र सलाइ बोक्नेलाई बोलाए । मुसा छिरेको मुख्य दुलो पत्ता लगाए पछि त्य
धेरैलाई इतिहास भनेको त राजा महाराजा र सत्ता शक्तिको रक्तरंजित कथाहरुमात्र हुन् भन्ने लाग्न सक्छ । किनकि अहिलेसम्म जे जति राष्ट्रहरुले आफ्नो राष्टूको वा विश्वपरिवेशको इतिहास भनेर लेख्ने गरेका छन् ति मात्र राजनैतिक सत्ताको खेल र त्यसको सीमानाहरुमा हुने गरेको खिचलोहरु मात्रै उल्लेख गरिएको पाइन्छ । जुन इतिहास होइन । जित्नेहरुको कथा मात्र हो । एउटा समाज, एउटा राष्टूको सन्तुलित अंगहरु त्यहाँ भित्रको आर्थिक (औद्योगिक र व्यापारिक),साँस्कृतिक, शेक्षिक (वैचारिक), राजनैतिक, धार्मिक, कानूनी आदि समुन्नत परिचालन हुँदा स्थिर उन्नति र कुनै एक विधाले मात्र प्राथमिकता पाई सो मात्र उन्नत हुनु भनेको कुनै पनि बेल
गिरिराज आचार्यद्वारा लिखित निरजा आचार्यद्वारा प्रकाशित ७५ जना महान दाताहरूको आर्थिक सहयोगमा २०६५ साल पौषमा १००१ प्रति हारती माँ अफसेट प्रेस धरानबाट मुद्रित वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति प्रकाशित भएको केही वर्ष वितेको छ । यो पुस्तक ३८२ पृष्ठमा मोटो आकारमा छ । आवरण पृष्ठमा वीपी कोइरालाको भाषण गर्दै गरेको फोटो छ । पछाडी अन्तिम आवरणमा प्रकाशकबाट लेखकको फोटोसहितको परिचय पनि छ । मूल्य ने.रु. ५०० राखिएको छ । झट्ट हेर्दा पुस्तकको मूल्य रु. ५०० हामीजस्ता साधारण पाठकहरूका लागि महङ्गो पर्ने भए पनि यस पुस्तकमा लेखकको श्रम, लगनशीलता, अध्ययन सामग्रीहरूको संकलन दुर्लभ फोटोह
यासोक / पाँचथरको फाल्गुनन्द गाउँपालिकामा सडक निर्माणको नाममा प्राकृतिक सम्पदाको दोहन भएको छ । उन्नती परियोजनाले उपभोक्ता समिति मार्फत प्राकृतिक सम्पदाको दोहन गरेको हो । डेनमार्क सरकारको सहयोगमा उन्नति परियोजनाले कुम्मायक गाउँपालिका हुदै फाल्गुनन्द गाउँपालिकाको उत्तरेसम्मको १६ किलोमिटर सडक निर्माणको काम गर्दै आएको छ । चार ओटा उपभोक्ता समितिले १६ किलोमिटर सडकलाई ४ खण्डमा बिभाजन गरी काम गर्दै आएका छन् । फाल्गुनन्द गाउँपालिकादेखि कुम्मायकका–१ सम्मको ४ किलोमिटर सडकमा यस्तो बेथिति देखिएको हो । समितिले प्राकृतिक सम्पदाको ख्यालै नगरी स्काभेटर मिसिनको प्रयोग गरेर सडक निर्माण गर्दै आएको छ । फ
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved