दुहवी / दुहबीका फिदा हुसेनको हत्याको विरोधमा उत्रिएका आफन्त र प्रशासन वीच सहमती भएको छ । बिहीबार दिनभर भएको वार्तामा परिवार,आफन्त, स्थानियबासी, प्रशासन र सांसदहरु वीचको वार्ता सहमतीमा पुगेको हो । सहमती भएसँगै सडकबाट शव उठाएर पोस्र्टमार्टमका धरानस्थित बिपि कोईराला विज्ञान प्रतिष्ठान पठाइएको छ । आफन्तले राखेका गृहमन्त्रिको राजिनामा बाहेकका विषयमा सहमति भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए । आफन्तहरुले हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत संस्थामा छोरालाई जागिरको व्
गाईघाट । उदयपुर जिल्लाको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भीर क्षेत्रमा लामो समयदेखि बस्दै आएका दुर्लभ पक्षी गिद्धको संरक्षण अभियान शुरु भएको छ । नगरपालिकाका अनुसार उक्त भीर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लाहरूमा घुमन्ते गिद्धहरूको लामो समयदेखि आश्रयस्थल रहेको र अहिले झण्डै ६०० गिद्ध बस्दै आएका कारण यसको संरक्षणमा अभियान नै शुरु गरिएको छ । दिनको समयमा सुगाचरी भीरमा बस्ने गिद्धहरू पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस
इनरुवा / बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताउनुभयो । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाउँदै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको हो । सुनसरी दुहबी, सदरमुकाम इनरुवा, जमुवा नहर, भोक्राहासहितको स्थानमा आज बिहानैदेखि स्थानीय राजमार्गमा टायर बालेर राजमार्ग अवरोध गरेका छन् । हत्या गरिएका हुसेनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारा पक्राउ गरी कडा कारवाही गर्नुपर्
सुनसरी/ दुई महिनाअघि असोज ४ गते सुनसरीको हरिनगरा–२ भुटाहामा भएको खुर्सिद आलमको हत्याकै शैलीमा दुहबीमा फिदा हुसेनको हत्या भएको छ । बुधबार बिहानै मर्निङवाक गर्दै गरेका हुसेनलाई अज्ञात समूहले गोली हानी गम्भीर घाइते बनाएको थियो । एकपछि अर्को मुस्लिम समुदायको हत्या भएपछि मुस्लिम अगुवाहरूमा तरङ्ग पैदा भएको छ । सुनसरीको दुहबी नगरपालिका–९ स्थित छाताबेलीमा हुसेन उपचारमा लाने क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले जयबाबा इँटा उद्योगको अगाडि उद्योगका व्यवस्थापक हुसेनमाथि गोली चलाएका थिए । गोली हानेको क्षेत्रमा तीन खोका गोलीसमेत फेला परेको छ&nbs
विजयपुर / धरानमा गतबर्षबाट शुरु भएको दोस्रो विद्यालय ओलम्पिक मेयरकप बुधबारबाट शुरु भएको छ । धरान १६ रंगशालामा आयोजना भएको मेयर कपको उद्घाटन संघीय सांसद जयकुमार राईले पानसमा बत्ती बालेर उद्घाटन गरे । धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले शान्तिका प्रतीक परेवा उडाएर मेयर कप विधिवत रुपमा शुरु भएको घोणणा गरिएको थियो । १७ गतेसम्म सञ्चालन हुने सो कार्यक्रमको उद्घाटन पश्चात संघीय सांसद जयकुमार राईले धरानलाई पर्यटकीय, धार्मिक पर्यटनको क्षेत्रमा मात्र हैन खेलकुदको उर्वर भूमि बनाउन संघीय सरकारसंग बजेट माग गरेको बताए । उनले ४ कराड बजेट माग गरे
धरान । आधुनिक जीवनशैलीका कारण मानव स्वास्थ्यमा विभिन्न किसिमका रोगहरु लाग्ने क्रम बढ्दो छ । यी रोगका अचुक उपायहरु चिकित्सा विज्ञानले आविष्कार पनि गर्दै आइरहेका छन् । चिकित्सा विज्ञानसँगसँगै घरेलु उपचारका नयाँ विधिहरु पनि खोज र अन्वेषण भइरहेका छन् । पछिल्लो समय विभिन्न रोगको समाधानमा जमराको जुस उपयोगी हुने खबर फैलिरहेका छन् । धरानमा जमराको जुस बिक्री गर्न चोकचोकमा घुम्ती पसल खुलेका छन् । ब्लाष्ट खबरले त्यस्ता घुम्ती पसल गर्नेहरु, जमराको जुसका पारखी र चिकित्सकसँग जमराको जुसका फाइदा र प्रयोगका बारेमा खोजी नीति गरेको छ । जमराको जुस सेवन गर्ने लहड चलिरहेका बेला रोगीले मात्र नभएर निरोहीहरुले पनि यस
धरान / प्रशासनकाे हेलचेक्र्याइँका कारण मुस्लिम समुदाय असुरक्षित भएकाे स्थानीय मुस्लिम समुदायले गुनासाे गरेका छन् । घटनामा संलग्नलार्इ यथासिघ्र पत्ता लगार्इ कारबाही गर्न माग गर्दै अान्दाेलनरत स्थानीयले सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका राजनीतिक दलका नेतृत्व र सुरक्षा प्रमुखहरूसँग अाफूहरू असुरक्षित रहेकाे गुनासाे गरेका हुन् । हत्या गरिएका व्यक्ति फिदा खानको घर दुहबीमा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दल, स्थानीय र अाफन्तबीच भएकाे वार्ताका क्रममा स्थानीय र अाफन्तले असुरक्षित महसुस भएकाे गुनासाे गरे । मृतकका अाफन्तले घटना स्थलमा गृहमन्त्री अाउनु पर्ने माग गरिरहेका
इटहरी । सुनसरीको दुहबी नगरपालिका–९ स्थित छाताबेलीमा अज्ञात समूहले गोली हानी एकको हत्या भएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले जय बाबा इँटा उद्योग अगाडि स्थानीय फिदा हुसेनको हत्या पछि दुहबी तनावग्रस्त भएको छ । हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मेहेदी हुसेनका भाइ हुन् । उनी बिहान मर्निङ वाक गरिरहेको अवस्थामा बिहान ६ ः३० को समयमा गोली प्रहार भएको थियो । हत्यापछि जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरीसँग स्थानीयको वार्ता असफल भएको छ । वार्तामा स्थानीयवासीसँगै सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रक
धरान/ ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उद्याेगमा अाबद्ध केही कामदारलार्इ साेधपुछका लागि नियन्त्रणमा लिएकाे छ । प्रहरी नियन्त्रणमा लिइएका कामदार जय बाबा इँटा उद्योगमा कार्यरत रहेकाे सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार सुनसरी जिल्लाका नाकाहरू सिल गरी अनुसन्धानलार्इ तीव्र बनाइएकाे छ । प्रहरीले उद्याेगमा कार्यरत कामदारले हत्या गरेकाे हुनसक्ने अाशंकामा निगरानी बढाएकाे छ ।
धरान / वराहक्षेत्र नगरपालिकाका थारू कल्याणकारिणी नगर सभाका सभापति विजय मार्थी चौधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । उनी वराहक्षेत्र–५ निवासी हुन् । चौधरीको रामधुनी नगरपालिकास्थित जनता मावि सिंगियामा कोचिङ पढाउन जाने क्रममा आफैले चलाएको मोटरसाइलक अनियन्त्रित भई दुर्घटना हुँदा ज्यान गएको हो । स्थानीय दयाराम चौधरीका अनुसार बिहान ६ः३० बजेको समयमा उनी दुर्घटनामा परेका थिए । उनको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि सुनसरी इनरुवास्थित इनरुवा अस्पतालमा लगिएको छ । पोष्टमार्टमका क्रममा उच्च रक्तचापका कारण मोटरसाइकल दुर्घटना हुन पुगेको रिपोर्ट आएको दयारामले
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved