banner

    Showing १४१-१५० of १७८ items.
  • बलात्कृत २० बालिकाको कथा: घरमै असुरक्षा, आफन्तबाटै पीडित

    काठमाडाैं / २०७१ साल साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’ मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि शुरू भएको थियो । त्यो सिलसिला करीब ६ महीना चल्यो । विदेशमा रहेका बाबु फर्केपछि उनले बाबुलाई त्यो कुरा सुनाइन् । बाबुले ‘त्यति बूढो मान्छेले पनि त्यस्तो गर्छ र !’ भने । उनका बाबुका चार श्रीमती थिए । उनी माइलीपट्टिकी जेठी छोरी थिइन् । १३ वर्षकी हुँदा बाबुले नै उनलाई बलात्कार गरे ।

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ९२१ पटक पढिएको
    • लक्ष्मी बस्नेत, खोज पत्रकारिता केन्द्रका लागि तयार रिर्पाेट
  • अागलागीमा ३ महिनाकाे शिशुसहित एकै परिवारका चार सदस्यकाे मृत्यु

    झापा/ झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लाल्झोड़ामा एकै परिवारका चार सदस्यको घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको छ । राती १०:१५ बजेको समयमा उक्त आगलागी भएको हो , भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिलझिले प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिए । मृत्यु हुनेमा ३६ वर्षिय लक्ष्मन खनाल, ३० वर्षिय राधिका खनाल, ४ वर्षिय सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन् । आगलागी के कारणले भएको हो भन्ने प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • १,०९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रभावहीन अभियान

    महिला हिंसाविरुद्धको १६ दिने अभियानमा वर्षेनी लाखौं बजेट सिद्धिए पनि उक्त बजेट ‘बालुवामा पानी’ हाले झैं भएको छ । एक रिपोर्ट :  आइतबारदेखि देशव्यापी रूपमा महिला हिंसाविरुद्धको १६ दिने अभियान शुरू भएको छ । तर, तथ्याङ्क केलाउने हो भने वर्षेनी महिलामाथि हुने हिंसा बढेको बढ्यै छ । अभियान औपचारिकतामै सीमित छ । बजेट सक्नका लागि मात्रै अभियान गरेको भान हुन्छ । महिला हिंसासम्बन्धी प्रहरीको तथ्याङ्क केलाउने हो भने वर्षेनी हिंसा घट्नुको सट्टा बढिरहेको छ । देशभरको तथ्याङ्कले यस्तै देखाउँछ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयको आर्थिक वर्ष २०७४/७५ को तथ्याङ्कअनुसार देशभर महिला तथा

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ५९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पुलमा मोटरसाईकल ठोक्किएर दुईको ज्यान गयो

    धरान / उदयपुरको बेलका नगरपालिका ६ मा अर्काको मोटरसाईकल सिक्दै गर्दा पुलको पोलमा ठोक्किए दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराह–६ का शैलेस माझी र सोही वडाका जितेन राई रहेका छन् । पश्चिमबाट पूर्व आउदे गर्दा बेलका ९ स्थित खोरिया पुलमा को २२ प २३४३ नं. को मोटरसाईकल ठोक्किदा शैलेसको घटनास्थलमै मृत्यु भएको थियो । राईको भने उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतबार राती मृत्यु भएको स्थानीय सरद कोईरालाले जानकारी दिए ।शैलेसले हाकेको मोटरसाईकल एक्कासी पुलमा ठोक्किएको थियो । चन्दमणी ज्यवलरीमा मिस्त्री काम गर्दै अाएका सुवाेद चाैधरीकाे मोटरसाईकल विहान कसैलाई नस

    • प्रकाशित मितिः मंसिर १०, २०७५
    • ७१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानबाट १२ केजी गाँजासहित दुई पक्राउ(भिडियाे समाचार)

    धरान /  १२ केजी लागूऔषध गाँजासहित शनिबार राती एक युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ३३ वर्षिय बिष्णु राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । धरान–२० बिष्णुपादुका स्थित भन्ज्याङबाट राती साढे १० बजे ‘सप्राइज चेकिङ’को क्रममा को ३० प ७३५५ नम्बरको रातो पल्सर मोटरसाइलमा पछाडी बसेर ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक अशोककुमार जबेगूले जानकारी दिए । मोटरसाइलक चालक भने फरार रहेको उनले बताए । अहिले गाँजाको सिजन भएकोले पहाडी क्षेत्रबाट आउनेलाई विशेष निगरानी राखिएको प्रहरीले जनाएक

    • प्रकाशित मितिः मंसिर ९, २०७५
    • १,०३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • निर्मला हत्या र १६ दिने महिला हिंसा अभियान

    आजबाट १६ दिने महिला हिंसाविरुद्धको अभियान प्रारम्भ भएको छ । ठिक यही बेला हामी एउटा यस्तो कहाली लाग्दो घटनाबाट गुज्रिरहेका छौं । जसको न्याय हाम्रो लागि भारी परिरहेको छ । हो, कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डको गुत्थी सुल्झिन सकेको छैन । यही पेरिफेरिमा हामी १६ दिने अभियान हाेमिएका छाैं । यो अभियान निर्मला जस्ताका लागि व्यङ्ग्यात्मक बन्दै छ । निर्मलाका परिवारको लागि प्रश्नैप्रश्नले जेलिएको अभियान बन्दै छ । चार महिनाको अवधिमा निर्मलाको परिवारले न्याय पाउनु त कता–कता ? उल्टै परिवार मानसिक अवस्थाबाट गुज्रिदै छ । निर्मलाका बुबा यज्ञराज पन्त न्यायका लागि अनिश्चितकालीन धर्नामा बसिरहेकै बेला स्व

    • प्रकाशित मितिः मंसिर ९, २०७५
    • ५२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पश्चातापबाट प्राप्ति

    गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पथ्र्याे । जसरी जान्ने विद्यार्थीमा माया वर्षिन्छ, त्यसैगरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षकलगायत घरपरिवारको उत्तिकै गाली वर्षिन्थ्यो । एकदिन डाँडागाउँबाट उसको घरमा मामा आउनुभएको थियो । उहाँले उसलाई माया गरेर भन्नुभयो, ‘ओहो १ भान्जाबाबू त लाठे भइसकेछन्, अनि पढाइ कहाँ पुग्यो ?’ मामाको स्वर एकाएक उसकी आमाको कानसम्म पुगेपछि आमाको क्रोध वर्षिन थाल्यो, ‘यसको के कुरा गर्नु, भुस छ भुस, यसको पढाइको कुरा नसोध भाइ । यसलाई खेल्न पाए पुग्छ । दोस्रो त्रैमासिक परीक्ष

    • प्रकाशित मितिः मंसिर ९, २०७५
    • ६२९ पटक पढिएको
    • रमेश भट्टराई ‘सहृदयी’
  • नभेटिएको उपहार

    कुन पुरुषको शुक्रकीट कुन महिलाको पाठेघरमा पुगेर म जन्मिएँ मलाइ थाहा छैन । सन्तानको रहरले जन्मिएको हुँ वा जवानीको रहरले? मैंले कहिल्यै यो प्रश्नको जवाफ पाइन । मातृदूधको स्वाद कस्तो हुन्छ भनेर कसैले मलाइ सोधेन । कसैले त्यो नसोधेरैे ठीक ग¥यो । सोधेको भए उत्तर पाउँदैनथ्यो होला । सायद उत्तर पाएको भए पनि बजारमा बट्टामा पाइने पाउडरको दुधजस्तोे पाउने थियो होला, नमीठो । नसोध्ने त्यो कसैप्रति आभारी छु । मलाइ हुर्काउने आमा कुमारी थिइन । अर्थात उनको विवाह भएको थिएन । मेरी आमा घरकी एक्ली छोरी थिइन् । आमा सुन्दर थिइन्–दुधकोशीको वगरमा हुर्केकी जस्ति । आमाकी आमा अर्थात मेरी हजुरआमाले मलाइ साह्रै माय

    • प्रकाशित मितिः मंसिर ९, २०७५
    • ६२५ पटक पढिएको
    •  देवेन्द्र चिनार
  • सप्तरीका स्थानिय तह आज बन्द

    राजविराज / बस दुर्घटनामा पाँच जना तिर्थयात्रीको मृत्यु भएको शोकमा आईतवार सप्तरीका सवै स्थानिय तह बन्द गरिने निर्णय भएको छ । मृतक परिवारलाई क्रिया खर्च वापत २÷र२५ हजारको दरले उपलब्ध गराउने निर्णय समेत भएको डाक्नेश्वर नगरपालिकाका मेयर शिवनारायण साहले जानकारी दिए । सुनसरीको वराह क्षेत्रधाम दर्शन गरेर फर्केका यात्रु वोकेको को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत इनरुवा नजिकै रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो । शुक्रवार राति भएको दुर्घटनामा परि डाक्नेश्वरी नगरपालिका वडा नं। ५ की ७० वर्षीया वेचनी देवी यादव, २ की ६० वर्षीया शिकिला देवी साह, ४ का ५

    • प्रकाशित मितिः मंसिर ९, २०७५
    • ६३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बोरा उत्पादन गदैं जुटमिल्स(भिडियो)

    विराटनगर  /  विराटनगर जुटमिल्सले जुटको ‘सुतली’ पछि बोरा उत्पादन गर्न सुरु गरेको छ । जुटमिल्स सञ्चालनमा आए पछि सुतली उत्पादन गरेर निर्यात गरेकोमा अहिले जुटको बोरा उत्पादन गर्न सुरु गरेको विराटनगर जुट मिल्सका अध्यक्ष बसन्त वनले जानकारी दिए । सुतली प्याकिङ्ग गर्न एक सय केजीको बोरा उत्पादन गरेको जुटमिल्सका गुणस्तर नियन्त्रक सुचेन्द्र झाले जानकारी दिए । अहिले दुई प्रकारको बोराहरू उत्पादन गर्न सुरु गरेको जुटमिल्सले जनाएको छ । १ सय केजी तौल र ५० केजी तौल क्षमताको बोरा उत्पादन गर्न सुरु गरेको हो ।बोरा उत्पादन गर्न अहिले २ वटा मेसिन चलिरहेको भए पनि विस्तारै सबै मेसिन संचालनमा आउने

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • ६५७ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved