भद्रपुर / यतिवेला महिला हिंसाविरुद्धको अभियान चलिरहेको छ । महिलाको क्षेत्रमा काम गर्ने भनेर कम्मर कसेर लागेका महिला सञ्जालको १६ दिने अभियानलाई भने कृही पुरुषहरुले भने चुनौती दिई रहेका छन् । साविक जलथल गाविस ४ हाल हल्दीबारी गाउँपालिका ३ मा रहेको एउटा परिवारमा श्रीमानको कुटाईले श्रीमति प्राताडितछन् । सधै मादक पदार्थ सेवन गरेर दिनहुँ श्रीमतीलाई विगत १० बर्षदेखि यातान दिदैआएको पाइएको छ ।मादक पदार्थ सेवनका कारण सहन नसकेर जेठी श्रीमतीले झुण्डीएर र विवाहित छोराले समेत आफनै शरीरमा आगो लगाएर आत्महत्या गरेको घटना पीडित ती महिलाले सुनाइन् । तीन छोरीमध्ये एउटीलाई जवरजस्ती करणी गरेको आरोपमा वावुले कर
विराटनगर /प्रहरीले एक साताको बिचमा विराटनगरबाट चारजना भरियासहित एकजना हतियारको कारोबार गर्नेलाई पक्राउ ग¥यो । विराटनगरको छुट्टा छुट्टै स्थानबाट भरियासहित २ थान पेस्तोल र लागूऔषधसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबैलाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । हतियारको कारोबार गर्ने मुख्य मान्छेलाई पक्राउ गर्न र यसको संजाल पत्ता लगाउन औपचारीक रुपमा प्रहरीले पक्राउ परेकाको नाम गोप्यमा राखेर अनुसन्धन गरिरहेको छ । कसरी भित्राउछन् भित्रयाउँछन् पेस्तोल खुल्ला सिमाको फाइदा उठाउँदै हतियारको कारोबार गर्ने गिरोहले नेपालमा पेस्तोल भित्रा
चतरा/ वराहक्षेत्रकाे चतरास्थित सप्तकाेशी नदीमा स्थानीय सरकारकाे प्राेत्साहनमा नयाँ निजी कम्पनीले अत्याधुनिक जेटबाेट र रिसाेर्ट सञ्चालन गर्ने भएकाे छ । नगरकाे पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले निजी कम्पनीलार्इ प्राेत्साहन गरिएकाे नगर प्रमुख निलम खनालले जानकारी दिए । वराहक्षेत्र नगरपालिकाले निजी संस्था, व्यक्ति वा व्यवसायिक फर्मलार्इ वराहक्षेत्रमा उद्याेग, पर्यटनमा लगानी गर्न अाह्वान र प्राेत्साहन गर्ने कार्यपालिका बैठकले निर्णय गरेकाे छ । त्यसैकाे कदम स्वरूप नगरले पर्यटन क्षेत्रकाे विकासका लागि नयाँ उद्यमीलार्इ प्राेत्साहन गरेकाे नगर प्रमुख खनालले बताए ।&nb
विजयपुर। महेन्द्र बहुुमुखी क्याम्पस धरानको नाममा धरान उपमहानगरपालिका वडा नं. ११ पानी ट्याङ्कीमा भएको जग्गामा ४१ वर्षपछि मोहियानी हक दाबी गर्ने एक व्यक्ति निस्किएसँगै अहिले सर्वत्र चर्चाको विषय बनको छ । धरान १६ का यज्ञबहादुर घिमिरेले धनीपूर्जा प्रमाणपत्रको स्रेस्तामा मोही बाबु डम्बरबहादुर घिमिरेकोे नाम उल्लेख भएकोले आफ्ना हक दाबी लाग्ने भन्दै धरान उपमहानगरपालिका ११ नं. वडासमितिबाट भूमिसुधार कार्यालयलाई मोही नामसारीका लागि सर्जिमिन मुचुल्कासहित नाता प्रमाणित गरी मोही नामसारीका लागि भूमि सुधार कार्यालय सुनसरीमा सिफारिस पठाएपछि भने यसमा भूमाफियाका ठूलै चलखले भएको सर्वसाधारणले आशङ्का गरेका छन् । अ
वराहक्षेत्र/अहिले देशभरी महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला वराहक्षेत्रकी एक महिला वर्षौदेखि पीडित छिन् । वराहक्षेत्र नगरपालिकाकी एक महिला कान नसुनेकै बहानामा श्रीमानले छाडे । डेढ दशक बितिसक्दा पनि श्रीमान फर्किएका छैनन् । उनीहरूबीच विहे दर्ता भएको छैन । जसले गर्दा छोरीहरूको नागरिकता नबन्लाकी भन्ने चिन्ता उनमा थपिएको छ । अहिले ठेला चलाएर जीवन गुर्जादै आएकी महिलालाई धनकुटा मुलघाट सापटिङ्गका मेहरमान श्रेष्टले २०५९ सालमा विहे गरे । तात्कालीन समयमा ललाइफकाइ बिहे गरे । तर, कान नसुन्ने भएको बाहानामै विहे गरेको दुई महिना नबित्दै बिचल्ली बनाइदिएको पीडितकी बहिनी बताउँछिन् । दुई महिना
विजयपुर / इटहरीको ब्यस्त बजारमा बुधबार दिउँसो एक्टिभ मनि ट्रान्सफरमा लुटपाट भएको छ । प्रतिकारमाउत्रिएका संञ्चालक सविन दाहालमाथि ती लुटेराले छुरासमेत प्रहार गरेका छन् ।छुरा प्रहारबाट घाईते भएका दाहालको धरानस्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुई जनाको समुहमा मुखमा माक्स लगाएर आएका व्यक्तिले छुरी देखाएर लुटपाट गरेका थिए । प्रतिकार गर्दा दाहाललाई छुरी हानेका थिए । घाईते दाहालका अनुसार दुई जना आएको र पैसा लिनु छ भनेका थिए । नंम्बर गोजीबाट झिके जस्तो गरेर र एक्कासी छुरी देखाएर पैसाले भनेको थियो । पैसा दिन नमान्दा छुरी हानेर काउन्टरको पैसा लिएर मोटरसाईकलमा
विराटनगर / नक्कली विद्युत्त परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउँदै आएका गुणराज ओझालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको लेटाङ्ग नगरपालिका–३ का ५३ वर्षीय ओझालाई प्रहरीले मंगलबार राती विराटनगर–५ जामुनगाछी स्थित ससुराली घरबाट पक्राउ गरेको हो । विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली कम्पनी खोलेर ओझाले ठगी गरेको कुर्तत ब्लाष्ट खवरले निरन्तर प्रकाशित गर्दै आएको थियो । ओझाबाट ठगीएका ५० भन्दा बढी कर्मचारीले जिल्ला प्रहरी कार्यालय मोरङमा भेला भएर मंगलबार ठगी मुद्दा अन्तर्गत उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको हो । अदालतमा ७ दिनको म्यात थप गरे पछि अनुसन्धान हुने भएक
तेह्रथुम / तेह्रथुम र संखुवासभाको संगमस्थलमा रहेको पाथीभरा भगवतीको मन्दिर जिल्ला कै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । तीनजुरे, मिल्के र जलजले क्षेत्रको प्रवेशद्धारमा रहेको यो मन्दिरमा टाढा टाढाबाट पर्यटक तथा दर्शनार्थीहरु आउने गरेको स्थानीयले बताएका छन् । तेह्रथुमको लालीगुँरास नगरपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाको सिमानामा रहेको यस मन्दिरमा पुजा आजा गर्न तथा यस आसपासका रमणीय क्षेत्रहरुको दृष्यावलोकन गर्न पर्यटकहरुको मुख्य रोजाई हो । जिल्लाको चर्चित धार्मिक स्थलहरुमध्ये अध्ययन भ्रमण, वनभोज स्थल र बिशेष चाडपर्वमा निकै ठूलो जमघट हुने गरेको स्थानीय दिलबहादुर सुवेदीले बताए । पाथीभरा मन
सिरहा / नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र लहानले विद्युत चुहावटको लागि हुंकिङ गर्ने ५३ जनालाई नियन्त्रणमा लिएको छ । लहान नगरपालिकामा हुकिङ गरी बिद्युत चुहावट गर्ने करिब चार दर्जन भन्दा बढी व्यक्तिलाई बिद्युत प्राधिकरण बितरण केन्द्र लहानले पक्राउ गरी जरिवाना तिराएको हो । बिद्युत प्राधिकरण बितरण केन्द्र लहानबाट खटिएको बिद्युत चुहावट नियन्त्रण टोलीले गत सोमबार र मंगलबार गरी ५३ जना पक्राउ गरेको हो । बिद्युत चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी बिद्युत प्रयोग गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बिद्युत प्राधिकरण लहानका प्रमुख बिष्णुप्रसाद यादवले जानका
धरान / प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशमा रहेका धार्मीक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको दिगो विकाशकगर्न सरकार लागि सकेको बताएका छन् । झापाको शिवसताक्षी स्थित धार्मिक तथा पर्यटकिय स्थल सताक्षीधाममा सोमबारबाट शुरु भएको गौ महोत्सव तथा शिव महापुराणको उद्घाटन पछि मुख्य मन्त्री राईले यस्तो बताएका हुन । प्रदेश १ मा रहेका धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको दिगो विकाशकालागि योजना बनाएर काम गरिने उनले बताए । गोलोक गोर्वद्र्धन गौसाला र शिवसताक्षी नगरपालीकाले महोत्सव तथा शिवमहाप’राणको अयोजना गरिएको हो । धार्मिक पर्व बालाचतरर्दशीको अवसर पारेर ११ दिवसीय शिवमहापुराण तथा संगितमय ग
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved