धरान । अफगानिस्तानको काबुलमा विद्रोही समूह तालिबानको आक्रमणमा परी ९ जना नेपाली घाइते बनेका छन् । त्यसमध्ये ३ जनालाई गोली लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ३ जना सामान्य घाइते छन् भने ६ जनाको अवस्था गम्भीर रहेको अफगानिस्तान प्रहरी स्रोतलाई उल्लेख गर्दै नेपाली मिडियाहरूले उल्लेख गरेका छन् । सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार शक्तिसाली आत्मघाती कार हमला गरिएको थियो । जसमा १० जनाको मृत्यु भएको थियो भने २९ जना घाइते भएका थिए । जसमध्ये ९ जना नेपाली रहेको जनाइएको छ । गोली लागेका तीन नेपालीमध्ये एकजनाको पेटमा अर्काको देब्रे तीघ्रामा गोली ल
सिरहा । सिरहाको सुखिपुर नगरपालिका–२ (छजना) सामूहिक बलात्कार घटनाका दोषीलाई चाडो नियन्त्रणमा लिई कडा कारबाही गर्न स्थानीयले माग गरेका छन् । दुईसाता बितिसक्दा पनि प्रहरीले दोषीको खोजी गर्न नसकेको भन्दै आक्रोशित स्थानीय र अधिकारकर्मीको समूहले इलाका प्रहरी कार्यालय पतारीमा शुक्रबार धर्ना दिएको हो । गाउँमा छैठको उपलक्ष्यमा नाटक भइरहेको बेला गत कात्तिक २७ गते राति घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मियाँ, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए । मुखमा कालोपट्टि बाँधेर आएका उनीहरूले महिलालाई निर्घात रूपमा कुटप
धरान/ न्याय कुर्न कति सकस छ, धरान–५ का बलात्कृत पीडित तथा परिवारलाई नै थाहा होला । तर, पनि १६५ दिनदेखि न्याय कुर्न बाध्य छन् पीडित परिवार । ठिक यतिबेला देशभर महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । तर पीडित न्यायको पहुँचभन्दा बाहिर छ । अधिकारकर्मी कोठे बैठक, र छलफलमा मस्त छन् । पीडितका पक्षमा वकालत नहुँदा पीडक धरान–५ साउनेका झमक बस्नेतजस्ता अपराधी खुलेआम हिडिरहेका छन् । पीडक पक्षका आफन्त बारम्बार मिल्नका लागि लाखौंको प्रलोभन देखाउँछन् । तर पीडित न्याय चाहान्छ । ‘हामीलाई न्याय चाहिएको छ । अपराधीलाई कारबाही भएँ हामीलाई केही चाहिदैन ।’ पीडित बालिकाको बुबा भन्छन्
काठमाडौं / काठमाडौंमा एकबालकको अपहरणपछि हत्या भएको छ। गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउसका सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको विहीबार हतत्या भएको छ । उनी मंगलबारदेखि हराएका थिए । उनको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताउका छन् । एसएसपी सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव म्हैपी नजिकैको पुलमुनि फेला पारेको थियो । घटनामा संलग्न रहेको आशंकामा प्रदिप कुँवरको गाडी चालक महेन्द्र सार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।बालकको अपहरणपछि उनले फिरौती वा अन्य कुनै माग राखेको नभए पनि प्रहरी स्रोतका अनुसार मालिकले निकालि
काठमाडौँ / नेपाली सेनामा विभिन्न पदको भर्ना प्रक्रियामा भएको अनियमितामा संलग्न १९ अधिकृतसहित १७३ जनालाई कारबाही गरिएको छ । विसं २०७३ र २०७५ सालमा सेनामा खुलेको भर्ना प्रक्रिया सैनिक अधिकृतसहितले व्यापक अनियमिता गरेको पुष्टि भएपछि १७३ जनालाई सैनिक ऐनअनुसार कारबाही गरिएको छ भने आरोपित चारजना अधिकृतसहित १४ जनालाई सफाई दिएको छ । त्यसैगरी प्रमुख सेनानीसँग स्पष्टीकरण लिइएको बुझिएको छ । अनियमितामा संलग्नबाट रु तीन करोड २२ लाख ७५ हजार बिगो भराउनसमेत सैनिक अदालत (कोर्ट मार्शल) ले आज फैसला गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अन्य दुई दर्जालाई छ वर्ष कैद,
मोरङ/ आफ्नो बसमा आफै आगो लगाएको आरोपमा इलाका प्रहरी कार्यालय बेलवारीले २ जनालाई पक्राउ गरेको छ । गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर-५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो । अज्ञात समुहले बसमा आगजनी गरेको र मोवाइल तथा अन्य धनमाल समेत लुटि लगेको भन्ने खवर इलाका प्रहरी कार्यालय हरैचामा प्राप्त भए पछि इलाका प्रहरी कार्यालय बेलवारी र इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएकाे प्तरहरीले स्थानीयवासी र दमकलको सहयोगमा अागाे निभाएकाे थियाे । राती ११ः३० बजे नियन्त्रमा लिएकाे संघीय प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ । उक्त आगजनी कसले र के कारणले गरेको भन्न
भद्रपुर / यतिवेला महिला हिंसाविरुद्धको अभियान चलिरहेको छ । महिलाको क्षेत्रमा काम गर्ने भनेर कम्मर कसेर लागेका महिला सञ्जालको १६ दिने अभियानलाई भने कृही पुरुषहरुले भने चुनौती दिई रहेका छन् । साविक जलथल गाविस ४ हाल हल्दीबारी गाउँपालिका ३ मा रहेको एउटा परिवारमा श्रीमानको कुटाईले श्रीमति प्राताडितछन् । सधै मादक पदार्थ सेवन गरेर दिनहुँ श्रीमतीलाई विगत १० बर्षदेखि यातान दिदैआएको पाइएको छ ।मादक पदार्थ सेवनका कारण सहन नसकेर जेठी श्रीमतीले झुण्डीएर र विवाहित छोराले समेत आफनै शरीरमा आगो लगाएर आत्महत्या गरेको घटना पीडित ती महिलाले सुनाइन् । तीन छोरीमध्ये एउटीलाई जवरजस्ती करणी गरेको आरोपमा वावुले कर
विराटनगर /प्रहरीले एक साताको बिचमा विराटनगरबाट चारजना भरियासहित एकजना हतियारको कारोबार गर्नेलाई पक्राउ ग¥यो । विराटनगरको छुट्टा छुट्टै स्थानबाट भरियासहित २ थान पेस्तोल र लागूऔषधसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका सबैलाई मोरङ प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । हतियारको कारोबार गर्ने मुख्य मान्छेलाई पक्राउ गर्न र यसको संजाल पत्ता लगाउन औपचारीक रुपमा प्रहरीले पक्राउ परेकाको नाम गोप्यमा राखेर अनुसन्धन गरिरहेको छ । कसरी भित्राउछन् भित्रयाउँछन् पेस्तोल खुल्ला सिमाको फाइदा उठाउँदै हतियारको कारोबार गर्ने गिरोहले नेपालमा पेस्तोल भित्रा
चतरा/ वराहक्षेत्रकाे चतरास्थित सप्तकाेशी नदीमा स्थानीय सरकारकाे प्राेत्साहनमा नयाँ निजी कम्पनीले अत्याधुनिक जेटबाेट र रिसाेर्ट सञ्चालन गर्ने भएकाे छ । नगरकाे पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले निजी कम्पनीलार्इ प्राेत्साहन गरिएकाे नगर प्रमुख निलम खनालले जानकारी दिए । वराहक्षेत्र नगरपालिकाले निजी संस्था, व्यक्ति वा व्यवसायिक फर्मलार्इ वराहक्षेत्रमा उद्याेग, पर्यटनमा लगानी गर्न अाह्वान र प्राेत्साहन गर्ने कार्यपालिका बैठकले निर्णय गरेकाे छ । त्यसैकाे कदम स्वरूप नगरले पर्यटन क्षेत्रकाे विकासका लागि नयाँ उद्यमीलार्इ प्राेत्साहन गरेकाे नगर प्रमुख खनालले बताए ।&nb
विजयपुर। महेन्द्र बहुुमुखी क्याम्पस धरानको नाममा धरान उपमहानगरपालिका वडा नं. ११ पानी ट्याङ्कीमा भएको जग्गामा ४१ वर्षपछि मोहियानी हक दाबी गर्ने एक व्यक्ति निस्किएसँगै अहिले सर्वत्र चर्चाको विषय बनको छ । धरान १६ का यज्ञबहादुर घिमिरेले धनीपूर्जा प्रमाणपत्रको स्रेस्तामा मोही बाबु डम्बरबहादुर घिमिरेकोे नाम उल्लेख भएकोले आफ्ना हक दाबी लाग्ने भन्दै धरान उपमहानगरपालिका ११ नं. वडासमितिबाट भूमिसुधार कार्यालयलाई मोही नामसारीका लागि सर्जिमिन मुचुल्कासहित नाता प्रमाणित गरी मोही नामसारीका लागि भूमि सुधार कार्यालय सुनसरीमा सिफारिस पठाएपछि भने यसमा भूमाफियाका ठूलै चलखले भएको सर्वसाधारणले आशङ्का गरेका छन् । अ
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved