सिरहा / नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र मिर्चैयाले विद्युत चुहावटको लागि हुंकिङ गर्ने ९ जनालाई नियन्त्रणमा लिएको छ । मिर्चैया,कल्यानपुर, कर्जनाहा नगरपालिकामा हुकिङ गरि बिद्युत चुहावट गर्ने ९ जना व्यक्तिलाई नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र मिर्चैयाले पक्राउ गरि जरिवाना तिराएको छ । चोरीमा संलग्न १६ बर्षे युवादेखि ६० बर्षे वृद्धसम्म रहेका छन् ।नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र मिर्चैयाबाट खटिएको बिद्युत चुहावट नियन्त्रण टोलीले आईतवार ९ जनालाई मिर्चैया,कल्यानपुर, कर्जनाहा नगरपालिकाको बिभिन्न स्थानबाट पक्राउ गरेको हो । बिद्युत चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुक
इनरुवा /सुनसरीमा प्रहरीको विशेष सुरक्षा दस्ता परिचालन गरेको छ । दुई महिनाको अवधिमा गोली प्रहारबाट दुईजनाको हत्या भएपछि सुरक्षा रणनीतिमा फेरबदल गरेको प्रहरीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा दस्ता परिचालन गरेको छ । एकपछि अर्को हतियार बरामद हुँदै जानु र गोली हानी हत्या गरिने जस्ता घटना दोहोरिनुले जिल्लामा सुरक्षा थ्रेट महसुस समेत गरेको प्रहरीले सुनसरीमा विशेष सुरक्षा दस्ता परिचालन गरेको जनाएको हो । विशेष तालिमप्राप्त दस्तामा हतियार सहित सादा पोसाकका सुरक्षाकर्मी सुनसरीको हकमा परिचालित गराइएको प्रहरीको भनाइ छ । सुनसरी प्रहरीले दिएको जानकारीअनुसार आवश्यक परेको खण्डमा विशेष दस्ताले गोली चला
इटहरी/ महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला विराटनगरका खेम लोहनी चार वर्षदेखि श्रीमतीबाट पीडित बनेपछि न्यायको लागि भौंतारिरहेका छन् । आफ्नै श्रीमतीबाट घरेलु हिंसामा परेको उनको आरोप छ । श्रीमती र छोराछोरीले घरबाट निकालिदिएकाले न्यायको पर्खाइमा छन् । घरनिकाला भएका उनी अहिले आफन्तको आश्रयमा बस्दै आएको उनी बताउँछन् । ‘पैसा हुँदा श्रीमती र परिवार राम्रो हुँदा रहेछन् मसँग पैसा नहुँदा छोरा र श्रीमतीले नै घरनिकाला गरिदिएँ’ –उनले भने । विराटनगरको एक निजी बोर्डिङको प्रधानाध्यापकसमेत रहेका उनी आफ्नै घरबाट अपहेलित भएर आफन्तकोमा बस्दै गरेको बताउँछन् । विराटनगर महानगरपालिकाको
इटहरी/निर्मला पन्तको बलात्कारपछि हत्याका दोषीहरू पत्ता लाग्न नसकेको भन्दै चौतर्फी विरोध भइरहेको बेला इटहरीका सामाजिक कार्यमा सक्रिय युवाहरूले भने भित्ते पेन्टिङ गरेर सचेतना जगाउन थालेका छन् । बलात्कार विरुद्ध उनीहरूले भित्ते अभियान चलाउन थालेका हुन् । महिला हिंसाविरुद्ध सचेतना जगाउन कलात्मक वाल पेन्टिङ शुरु गरेका हुन् । समयमा हिंसा रोक्न र सचेतना जगाउन विभिन्न अभियान र कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । निर्मला पन्त हत्याका दोषीहरू पत्ता लगाऊ भन्दै उनको फोटो अङ्कित पोष्टर टाँसेर सरकारलाई दबाव दिन उनीहरूले साङ्केतिक विरोध स्वरूप भित्ते पेन्टिङ थालेका हुन् । महिला हिंसा, बलात्कार जस्ता घटना बढे
रङ्गेली / ‘पोल पोलमा सरकार,टोलटोलमा बलात्कार’ नारा लगाउदै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्माला पन्तलाई बलात्कार पछी हत्या गर्ने अभियुक्तलाई पक्राउको माग गर्दै विराटनगरका युवाहरुले शनिबार बिरोध प्रदर्शन गरेका छन । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सरकार र मानवअधिकारवादी संघ संस्थाले चलाइरहेकाे अवस्थामा पीडीतले न्याय नपाएकाे भन्आदै उनीहरूले विराेध गरेका हुन । निर्मलाको बलात्कार पछि हत्या भएको ४ महिना विति सक्दा पनि सरकारले दोषीलाई पक्राउ र कारवाही गर्न सकेको छैन । विराटनगरमा निर्मला हत्याका दोषीलाई कारवाहीको माग गर्दै युवाहरुले निकालेको विरोध -याल
विजयपुर । एक अबोध बालक गाउघरमा पिठाे कुट्न प्रयोग गरिने ओखलमा कपडाको डोरीले बाधिएर प्लाष्टिकमा खाना खाएका हृदयविधारक घट्ना जोकोहीलाई सुन्दा कथा झै लाग्नन सक्छ । तर पाचथरको मिक्लाजुङ गाउपालिका वडा नं. ५ कुरुम्बाका ५ बर्षीय बालकको नियति हो यो । अवोध ती बालक दुई बर्षको उमेरदखि यसरी नै विताइरहेका थिए । तर केही सहयोगी हातलहरुले तीन बर्षपछि अहिले उनको उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बच्चा ओपिडीमा उपचार गराउन सफल भए ।ती पाचबर्षीय अवोध बालक हुन् मित्रहाङ सम्हाङ्फे । जसले यो नियति भोग्नुपर्यो । पीडित बाबु अभिनन्दन सम्हाम्फे गरिबीका कारण पैसा कमाउन ०७१ साल माघमा मलेसिया गए । मल
भाइबहिनी हो, गोरखा दक्षिण बाहु चौथोबाट पुरस्कृत केशव नेपाली धरानका शिक्षा क्षेत्रमा अग्रणी हुन् । भौतिक शास्त्रमा उनले स्नातकोत्तर गरेका छन् । त्यति मात्रै हैन, उनले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अध्यापनसमेत गरे । धरानको विजयपुर स्कुलका संस्थापकसमेत हुन् । धरानको निजी शिक्षाको क्षेत्रका एक हस्तीसमेत हुन् । उनको स्कुले अनुभवः नेपालीले १८ फेब्रुअरी १९४६ धर्तीमा पाइला टेके । विराटनगर-१४ मा जन्मिएका उनी त्यो बेला अहिलेको जस्तो विराटनगर थिएन । खाली ठाउहरू धेरै थिए । सानोमा जता डुले पनि हुने खाल्को खाली-खाली थियो । ६ वर्षको उमेर भएपछि हजुरआमा, आमाले स्कुल पठाउनुभयो । त्यो बेला अहिलेको जस्त
विराटनगर/सरकारले गत साउनदेखि यातायातको सेण्डिकेट खारेज गरेपछि त्यहाँ कार्यरत कर्मचारीहरूलाई उपदान र सेवा सुविधाबिनै अवकास दिएर अन्याय गरेको पीडित कर्मचारीले बताएका छन् । पूर्व नेपाल यातायात व्यवसायी सङ्घमा आवद्ध ५६ जना कर्मचारीहरू अन्यायमा परेको बताएका हुन् । सेण्डिकेट खारेज भए पनि सङ्घमा आवद्ध ५६ जना कर्मचारीहरूले पाउनु पर्ने उपदान र सेवा सुविधासहितको १ करोड ६५ लाख रुपैयाँ अझै पाउन सकेका छैनन् । सङ्घ खारेज भएको भन्दै पन्छिदा उनीहरू बिचल्ली परेका हुन् । सङ्घले सरकारबाटै सेवा सुविधा लिनु भन्दै अवकास दिएको छ । सरकारले सेण्डिकेट खारेज गरे पनि कर्मचारीहरूलाई सेवा सुविधा दिलाउन र सम्पत्ति जिम्मा
ताप्लेजुङ/भौगोलिक हिसावले विकट मानिएको ताप्लेजुङका सबै स्थानीय तहमा यातायातको पहुँच पुगेको छ । भारत र चीनसँग जोडिएको हिमाली जिल्ला ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सवारी साधन पुगेसँगै जिल्लाका ९ वटै तहका नागरिकले गाडीबाटै सदरमुकाम आवतजावत गर्न सक्ने भएका हुन् । फुङलिङ नगरपालिकासँग जोडिएको मिक्वाखोला गाउँपालिकामा तमोर नदीबाट सवारी साधन तारिएसँगै जिल्लाको सबै स्थानीय तहमा सडकको पहुँच पुगेको छ । फुङलिङ नगरपालिका–९ हाङ्देवावाट तमोर तरेर मिक्वाखोला–२ को थुम्वावेँसीमा गाडी पुगेका हो । तमोरमा १२ वटा ह्युम पाइप राखेर तारिएको मिक्वाखोला–२ का वडाध्यक्ष सुरेश थापाले जानकारी दिए ।
इटहरी/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक नम्बर प्रदेशको नाम लिम्बुवान–किरात–खम्बुवान राख्न दवाव दिने भएको छ । मञ्चले रिपोर्टस क्लब इटहरीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेश १ को नामका लागि दबाव दिने जनाएको हो । दुई तिहाईको सरकारले साना पार्टीहरूलाई पेल्दै प्रदेशको नामकरण र राजधानी तोक्न खोजेकाले विरोधका शसक्त कार्यक्रम गर्ने जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय महासचिव असोक चेम्जोङले लिम्बुवान–किरात–खम्बुवान नाम राख्नका लागि संसद भवन अगाडि धर्ना दिने, अनिश्चितकालीन धर्नालगायतका कार्यक्रम गर्ने जनाए । मञ्चका महासचिव चेम्जोङले प्रदेश १ को भन
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved