यासोक/सुभद्रा बुढाथोकी दैनिक भातको माड र पानी खाएर दिन कटाउँथिन् । उनको दैनिकी निकै कष्ठकर थियो । बचे कुचेका तीन वटा दाँत पनि फुकालेपछि उनलाई झन समस्या भयो । मन लागेको खान नपाएकी उनी दात लगाउँन पैसाको जोहो गर्दै थिइन् । तर गाउँमै दाँत लगाउँने शिविर आएको छ भन्ने सुनेकी उनि छोराको साहारामा गाउँपालिकासम्म पुगिन् । स्वास्थ्यकर्मीले उनको दाँतको नाप लिए । निशुल्क दाँत पाउँने भएपछि दंग भइन् । “गाउँमा अनुहार चाउरी पार्दै हिड्नु पथ्र्यो । अब भरिलो अनुहार हुने भयो पाँचथरको कुम्मायक गाउँपालिकाको दन्त शिविरमा भेटिएकी ६८ बर्षिय सुभद्राले ठट्टा गर्दै भनिन् ।उनि एक प्रतिनिधि पात्र मात्रै हुन । शिविरमा धेरै ज
तीन कृषि कानूनको विरोधमा आज भारतीय किसानहरुले भारतभर ‘रेल रोको अभियान’ आह्वान गरेका छन् । यो अभियान स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनरत किसानहरु एकातिर भारत सरकारसँग निरन्तर वार्तामा छन् भने अर्कातिर आन्दोलनलाई सशक्त बनाउन समेत लागि परिरहेका देखिन्छन् । आन्दोलनका क्रममा आज संयुक्त किसान मोर्चाका तर्फबाट भारतभरी ‘रेल रोको’ आन्दोलन गरिएको छ । भारतका अंबाला, पटना, जम्मू–कश्मीर, पलवल र रांचीमा यो अभियानको असर देखिएको संचारमाध्यमले जनाएका छन् । अमर उजालाका अनुसार जयपुरमा प्रदर्शनकारी रेल्वेको ट्र्याकमा बसेर आन्दोलन गरिरहेका छन
रुसका वैज्ञानिकहरुले प्रागऐतिहासिक कालका जनावरका भाइरस निकाल्न लागेको तथ्य सार्वजनिक भएको छ । जैविक पद्धतिबाट त्यस्ता पुराना भाइरस निकाल्न लागिएको हो । विगत केही वर्ष अघि रुसी वैज्ञानिकहरुले हिउँमा पुरिएको अवस्थामा त्यस्ता अवशेषहरु भेट्टाएका थिए । ती अवशेषहरुमा रहेका भाइरसहरुको अध्ययनमा रुसी वैज्ञानिक लागि परेको ‘द एमोसोभ नर्थ इस्टर्न फेडेरल युनिभर्सिटी’ ले तथ्य सार्वजनिक गरेको छ । डेलीमेलका अनुसार रुसी वैज्ञानिकहरुले प्रागऐतिहासिक कालका कुकुर, घोडा, मुसा र अन्य जनावरका अवशेषको अनुसन्धान सुरु गर्दैछन् । सबैभन्दा पुरानो जनावरको अवशेष ५० हजार वर्ष पुरानो रहेको बताइएको छ ।रुसस्थित भेक्टर स्ट
सुनसरी जिल्लामा सम्भावना बोकेका नेताका रुपमा उदयीमान रेवतीरमण भण्डारीलाई तत्कालीन एमालेमा उठ्न नसक्ने गरी लडाएको आरोप लाग्ने गरेको छ नेकपा माधव प्रचण्डका नेता भीमप्रसाद आचार्यलाई । वि.सं. २०७० सालको संविधान सभाको निर्वाचनपछि पार्टीभित्र रेवतीरमण भण्डारीलाई उठ्ने मौका नदिएको आरोप भीम आचार्यले खप्नु परेको छ । आम निर्वाचनका बेला टिकट बिक्री गरी अनियमितता गरेको आरोपसमेत खेप्ने गरेका सुनसरी क्षेत्र नं. १ ख बाट प्रदेशसभामा विजयी सांसद् भीम आचार्यमाथि मंगलबार सुनसरीे नेकपा (ओली समूह)का नेताले उछितो काढेका छन् । सांसद् आचार्यमाथि वराहक्षेत्रमा पूर्व सांसद् तथा नेकपा ओली समूहका सुनसरी अध्यक
अखिल नेपाल महिला संघ (अनेम संघ) वराहक्षेत्रले नगरस्तरीय अगुवा महिला भेला गरेको छ । नेकपामा विवाद भइरहेका बेला तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछिको पहिलो नगरस्तरीय भेला आयोजना गरिएको हो । भेलामा नेकपाकी नेता भगवती चौधरी, प्रदेश १ का वनमन्त्री जगदीश कुसियत, नेकपाका नेता खेमराज पोखरेल, वराहक्षेत्र नगर प्रमुख निलम खनाल, अनेम संघकी नेता देउमाया थापा मगर, इन्दु गौतम, इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम, धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीलगायतको सहभागितामा भेला गरिएको हो । एक औपचारिक कार्यक्रमका बीच चक्रघट्टीस्थित जनहीत क्लबमा भेला गरिएको छ । भ
भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गांधीले अनुच्छेद ३७० (जम्मूकश्मीर विभाजन) माथि केन्द्र सरकारको निर्णयको आलोचना गर्दै यसलाई सत्ताको दुरुपयोग भएको बताएका छन् । राहुल गांधीले निर्णय भएको एकदिनपछि ट्वीट गर्दै भनेका छन्, ‘राष्ट्रिय एकताको विस्तार जम्मूकश्मीरको एकतर्फी विभाजन गर्नाले हुँदैन, निर्वाचित प्रतिनिधिलाई जेलमा बन्द गर्नु संविधानको उल्लङ्घन हो, यो राष्ट्रको निर्माण यहाँका स्थानीयबाट भएको हो न कि धर्तीको विभाजनबाट, यो कार्यकारी शक्तिको दुरुपयोग हो र यो हाम्रो राष्ट्रिय सुरक्षाका लागि चिन्ताजनक विषय हो ।’ राहुल गांधीको प्रतिक्रिया आउनुअघि अनुच्छेद ३७० को मामिलामा कांग्रेस
धरान । मोरङको लेटाङ ६ स्थित घुम्तीमा मङ्गलबार बिहान ४ः३० बजे आगलागी भएको छ । आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । स्थानीयले सामाजिक सञ्जालमा भिडियो तस्बिर सार्वजनिक गरेका छन् । उनीहरुले राहतका लागि बजेट विनियोजन गर्नेभन्दा पनि स्थानीय सरकारको दमकल किन्ने बुद्धि पलाओस् भन्दै आपतको घडीमा सबै जुटेर सहयोग गर्न माग गरेका छन् । तस्बिर र भिडियो सामाजिक सञ्जालबाट प्राप्त गरिएको हो । प्रहरीका अनुसार स्थानीयवासीले बिहान ५ बजे खबर गरेपछि आर्मी, प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । स्थानीय मेखबहादुर बिकको काठको भान्साघरबाट विद्युत सर्ट भई आगलागी भएको लेटाङ प्रहरीक
रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको सूचना जारी गरेको छ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपाली महिलाले पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएकोलगायत गुनासो गरेपछि दूतावासले नेपाली महिला कामदारको अवस्थाका बारेमा सर्वेक्षण गरेको थियो । सर्वेक्षणका क्रममा न्यूनतम पारिश्रमिकसमेत नदिइएको, समयमा महिलासम्बन्धी रोगको औषधोपचार नपाएको, बिमा नगरेको, विभिन्न बहान
भारत सरकारले जम्मू कश्मिरलाई विशेष दर्जा दिइएको भारतीय संविधानको अनुच्छेद ३७० खारेज गरिदियो र राज्यलाई दुई भागमा विभाजन गरिदिएको घोषणा गर्यो । यसअन्तर्गत दुई केन्द्र शासित प्रदेश बनाइने छ । जम्मू कश्मिर र लद्दाख । जम्मू कश्मिरमा विधायिका हुनेछ भने लद्दाखमा विधायिका हुनेछैन । केन्द्र सरकारको यो निर्णयलाई लेह–लद्दाखमा ऐतिहासिक मानिएको छ । नेताहरु र धार्मिक संस्थाहरुले पनि यसलाई स्वागतयोग्य भनिरहेका छन् । वास्तवमा यो माग लद्दाखको धेरै समयअघिको हो । सन् १९८९ मा छुट्टै राज्य बनाइएपछि त्यहाँ आन्दोलनसमेत भएको थियो । जसको आधारमा लद्दाखलाई स्वायत्त हिल डेभलपमेन्ट काउन्सिल दिइएको थियो । निशङ
धरान । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गरी संसदलाई प्रभावकारी बनाउने सहमति भएको छ । सभामुख कृष्णबहादुर महाराले बोलाएको सर्वदलीय बैठकले संसदको अवरोध हटाउने सहमति गरेको हो । सोमबार संसद भवनमा बसेको सर्वदलीय बैठकले फेरि यस्तो गतिरोधको उत्पन्न हुन नदिन आवश्यक अध्ययन गरी सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा रहने सांसदको नाम सभामुखले संसद बैठकबाटै पढेर सुनाउने सहमति भएको छ । विपक्षी नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएका थिए । सहमतिपछि संसदको गतिरोध हटाउन दल सहमत भएका छन् । संसदीय छानविन समिति गठनको क
Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved