भाेजपुर / जिल्ला प्रहरी कार्यालय भोजपुरलाई मंगलबार नै विप्लवका कार्यकर्ता हतियारसहित भोजपुर बजार छिरेको पुगेको थियो । उक्त सूचना लगत्तै भोजपुरका प्रहरी प्रमुख डिएसपीले उनीहरुको निगरानीका लागि प्रहरी खटाएका थिए । बुधबार बिहानैदेखि सिभिल प्रहरीसहित परिचान गरिएको थियो । प्रहरीलाई प्राप्त सूचना अनुसार १०÷१२ जनाको समुहमा विप्लव कार्यकर्ता भोजपुर बजार छिरेको भन्ने आएको प्रहरी श्रोतले जनाएको छ । प्रहरी जवान सञ्जिव राई सादा पोशाखमा हिड्ने घुमुवा हुन । उनीसहित ५ जनाको सिभिल टिम बनाइ बुधबार बजारमा गस्तीका लागि पठाइएको थियो । सोही क्रममा एक होटल नजिक पुग्न साथ संजिव माथि गोली प्रहार भएको प्रहरील
धरान / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो समय कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर)सहित २ जना पक्राउ परेका छन् । श्रेष्ठसँगै आकाश शर्मा मोरङबाट पक्राउ परेको बताइएको छ । श्रेष्ठ र शर्मा पक्राउ परेको बारे प्रहरीले सावैजनिक गरेको छैन्र । । यसअघि प्रहरीले नेकपाको मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई पक्राउ गरिसकेको छ । घनश्याम श्रेष्ठ माओवादी जनयुद्धका बेला ब्यूरो सदस्य थिए । शान्ति प्रक्रियामा आएपछि उनले मिर्मिरे एफएमको प्रशासनिक जिम्मेवारी
काठमाडौँ / सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार सधैँ तयार रहेको बताए । विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउने सरकारको नीति हो भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा उनले बमबारुदसँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि समाधानका निम्ति वार्तामा आउन आग्रह गरे । “हतियार कुनै समस्याको समाधान होइन, बु
भोजपुर/ जिल्ला अदालत भोजपुरले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित १६ जनालाई सफाइ दिएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रचार–प्रसारको समयमा भोजपुरमा बम विस्फोट गराएको आरोप खेपिरहेका महासचिव विप्लव, पार्टी प्रवक्ता प्रकाण्डलगायतलाई अदालतले सफाइ दिएको हो । निर्वाचनको बेला जिल्लाको ३ ठाउँमा बम विस्फोटको आरोप लागेका २० मध्ये महासचिव विप्लव, पार्टी प्रवक्ता प्रकाण्ड, पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पदमबहादुर राईसहित १६ जनाले सफाइ पाएका हुन् । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले उनीहरूलाई सफाइ दिएको हो । उनीहरूमाथि टेम्केमैयुङ
Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved