उपनिर्वाचन

    Showing १-३ of items.
  • स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी

    धरान / आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, हिजो ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ ।स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ । उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ ।  

    • प्रकाशित मितिः कार्तिक २८, २०७६
    • ६७ पटक पढिएको
    • रासस
  • नेकपाले थाल्यो चुनावी अभियान

    धरान / धरान उपमहानगरपालिकामा उपनिर्वाचनको चहल पहल शुरु भएको छ । २०५ सालको निर्वाचन देखि धरानमा वाम उम्मेद्वारले जित्दैं आएको धरानमा नेकपाले जिल्ला सदस्य प्रकाश राईलाई उम्मेद्वार बनाएको छ । नेकपाको केन्द्रीय सचिवालय बैठकले आइतबार साँझ मेयरको उम्मेद्वारमा प्रकाश राईलाई बनाउने निर्णय गरे पछि सोमबार नै निर्वाचन परिचालन कमिटी तथा उम्मेद्वार घोषणा कार्यक्रम भएको छ । धरान–७ स्थित चुम्लुङ सभाहलमा नेकपाको केन्द्रीय सदस्य तथा सुनसरी पार्टी इञ्चार्ज धर्मराज निरौलाले जिल्ला सचिव रमेश बस्नेतको संयोजकत्वमा २ हजार १ सय सदस्यीय मुल निर्वाचन परिचालन कमिटी घोषणा गरेको हो । यसै गरि विभिन्न उपसमितिहरु

    • प्रकाशित मितिः कार्तिक १८, २०७६
    • ७१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उपनिर्वाचन आचारसंहिता जारी, शुक्रबारदेखि कार्यान्वयन हुने

      काठमाडाैं / निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले आज यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ । यही कात्तिक १३ गतेबाट लागू हुने

    • प्रकाशित मितिः कार्तिक ७, २०७६
    • १०८ पटक पढिएको
    • रासस

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved