८ वर्षपछि सम्पन्न भवन हस्तान्तरण

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ मा निर्माण सुरु भएको ८ वर्षपछि मात्र स्वास्थ्य चौकी भवन सम्पन्न भएको छ । १४ महिनामा सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदार पक्षको लापरबाहीका कारण ८ वर्षमा मात्र निर्माण सम्पन्न भई बिहीबार भवन हस्तान्तरण भएको छ । शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय मोरङका डिभिजन इञ्जिनियर श्यामकिशोर सिंहले स्वास्थ्य चौकी […]

उर्लाबारीमा रक्तसञ्चार सेवाको उद्घाटन

उर्लाबारी । बिहीबारदेखि उर्लाबारीमा नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको छ । नेरेसो उर्लाबारीद्वारा निर्मित भवनमा सेवा शुरु भएको हो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सो नवनिर्मीत भवनको अनावरण गरे । रक्तसञ्चार सेवाको आगमनले यस क्षेत्रको मानवीय सेवामा सहज भएको बताएका छन् । यसैगरी नेरेसोका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले रक्तसञ्चार […]

कोशी अञ्चल अस्पतालमा एमडीको कक्षा

रङ्गेली । प्रदेश १ सरकारले विराटनगरस्थित कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने भएको छ । प्रदेश सरकारले काठमाडौंको वीर अस्पतालसँग सहकार्य गरी यसै वर्षदेखि एमडीको कक्षा सञ्चालनको तयारी गर्न लागेको हो । सामाजिक विकास मन्त्रालयले बिहीबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले साउनको अन्तिम साताबाट एमडीका लागि विद्यार्थी भर्ना लिएर […]

प्रतिष्ठानकाे प्रवेश परिक्षा प्रभावित पार्न चलखेल

पानवारी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले शिक्षाध्यक्ष नभएको मौका पारेर ‘पोष्ट ग्रयाजुएट’ को प्रवेश परिक्षा प्रभावित पार्ने कोशिस गरेका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल विदामा बसेको मौका पारेर उपकुलपति रौनियारले नियम विपरीत प्रतिष्ठानका डिन प्रा.डा. चन्द्रभूषण झालाई शिक्षाध्यक्षको जिम्मेवारी दिएर ‘पोष्ट ग्रयाजुएट’ को पुनः हुन लागेको प्रवेश परिक्षा प्रभावित पार्न खोजेका […]

ग्लुटेन शरीरको लागि घातक

तपाईंलाई थाइराइड हुनसक्छ, छालाको एलर्जी हुनसक्छ, आन्द्रा वा पेटसँग सम्बन्धित समस्या हुनसक्छ, मिर्गौलामा केही गडबडी हुनसक्छ । के कारण होला ? अहिले यसको एउटा कारण फेला परेको छ, ग्लुटेन । भनिन्छ, यसैको कारण शरीरमा अन्य जटिलता थपिने गरेको छ । जबकी हामीलाई यसबारे खास हेक्का छैन । सामान्य स्वाथ्य जाँचमा पनि यसबारे परीक्षण हुँदैन । त्यसैले ग्लुटेनको समस्या छ भन्ने […]

कोशी अञ्चल अस्पतालमा एमडिका कक्षा

रंगेली/प्रदेश १ सरकारले विराटनगरस्थित कोशी अञ्चल अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने भएको छ । प्रदेश सरकारले काठमाण्डौको विर अस्पतालसंग सहकार्य गरी यसै वर्ष देखि एमडीको कक्षा संचालनको तयारी गर्न लागेको हो । सामाजिक बिकास मन्त्रालयले विहिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा सामाजिक बिकास मन्त्री जीवन घिमिरेले साउनको अन्तिम साताबाट एमडीका लागि विधार्थी भर्ना लिएर अस्पतालमा […]

असार २८ गतेको व्यानरलाई केरमेट गरेर साउन २ गते बनाउँदै पत्रकारसँग अन्तरक्रिया

विर्तामोड । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले असार २८ गतेको व्यानरलाई केरमेट गरेर साउन २ गते बनाउँदै पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । गत आर्थिक बर्षभित्रमा गर्नुपर्ने कार्यक्रम बजेट अपचलनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका हेल्थ एसिस्टेन्ट लीला पोखरेलको नेतृत्वमा उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा झापाका करिब […]

डाक्टर गाेविन्द केसी काठमाण्डाैं अाउन तयार : अनसनरत स्थानमा गाेली चल्याे

जुम्ला । अनसनरत डाक्टर गाेविन्द केसी काठमाणडाैं अाउन तयार भएका छन् । जुम्लाकाे खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डाक्टर केसीकाे स्वरस्थ गम्भीर भएपछि उनलार्इ काठमाण्डाैं ल्याउन भनि गएका प्रहरी तथा  विद्यार्थी र त्यहाँ स्थित केसीका समर्थक  बिच झडप भएकाे थियाे । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । उनलाई नेपाली […]

विपिमा आकष्मिक बाहेकका सेवा ठप्प

पानवारी/ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा सरिक भएपछि विपिमा आकष्मिक बाहेकका सेवा ठप्प भएका छन् । डा. गोविन्द केसी चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरी प्रतिस्थापन विधेयक ल्याउन खोजेको भन्दै केसी १९ दिनदेखि जुम्लामा अनसनरत छन् । केसीको जीवन रक्षाको माग गर्दाै विपि प्रतिष्ठान स्थित जुनियर रेसिडेन्सीयल वेलफेयर सोसाइटी आन्दोलनमा उत्रिएको छ । सोसाइटीले […]

जनस्वास्थ्यले बजेट कुम्ल्याउन साउनमा गर्याे कार्यक्रम

विर्तामोड ।  जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बजेट कुम्ल्याउनका लागि अघिल्लो आर्थिक वर्षमा सक्नु पर्ने कार्यक्रम चालु आर्थिक वर्षमात्रै सम्पन्न गरेको छ । असार २८ गतेको व्यानरलाई केरमेट गरेर बुधबार कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारहरुलाई भत्तासमेत दिएको छ । गत आर्थिक बर्षभित्रमा गर्नुपर्ने कार्यक्रम बजेट अपचलनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको प्रष्ट भएको छ । […]

1 2 3 182
ताजा अपडेट