सामुदायिक वन दिवसमा वृक्षारोपण

पथरी । कानेपोखरी गाउँपालिका–७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समितिले वृक्षरोपण कार्यक्रम गरेको छ । वनले बिहीबार तेस्रो सामुदायिक वन दिवस–२०७५ को अवसरमा चालिस बिघेमा रहेको वनको खाली १० हेक्टर जग्गामा विभिन्न जातका विरुवा रोपेको हो । प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र विशेष अतिथि जिल्ला वन कार्यालय मोरङका अधिकृत डा. विनोद देवकोटाले टिक, […]

अधिकृतमाथि कांग्रेस कार्यकर्ताद्वारा हातपात

पथरीशनिश्चरे । नेपाली कांग्रेसका कार्यकर्ताहरुले शुक्रवार दिउँसो झापाको दमक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवम् उपसचिव शालिकराम काफ्ले र विद्यालय निरीक्षक गणेश पौडेलमाथि हातपात गरेका छन् । हिमालय माध्यमिक विद्यालयमा विद्यालय ब्यवस्थापन समिति गठनका लागि भएको भेला शुरु हुनु अघि काफ्ले र पौडेलमाथि हातपात भएको हो । आफुहरुको माग विपरित नगर शिक्षा नियमावलीको जारी गरिएको भन्दै […]

विराटनगरमा बालिका सम्मेलन हुँदै

रङ्गेली । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बालविवाह र बालबालिका विभिन्न समस्यालाई लिएर प्रदेश स्तरीय ३ दिने बालिका सम्मेलन गर्ने भएको छ । भदौ १ देखि ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रदेश १ का १४ जिल्लाका १ सय ५० जनाको सहभागिता हुने आयोजकले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । बढ्दो बालविवाह र विभिन्न […]

नगरको लापरबाहीले परिवार विस्थापित

विर्तामोड । कन्काई नगरपालिकाको लापरबाहीका कारण एक परिवारले नगरबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ । नगरपालिकाले सडक निर्माण गर्दा खनेको नालीका कारण पर्खाल ढलेपछि कन्काई–१ दुर्गापुरका व्यवसायी रामआशिष महथाको परिवार विस्थापित हुने अवस्था सिर्जना भएको हो । ‘नगरपालिकाले पर्खाल लडाएका कारण मेरो मिल र गोदाम सुरक्षित भएन’ पीडित महथाले भने, ‘यस्तो असुरक्षाका बीच यस स्थानमा उद्योग […]

झापामा पन्ध्रसय हेक्टर वन अतिक्रमण

भद्रपुर । झापामा १५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणको चपेटामा परेको छ । वन कार्यालय झापाका अनुसार १५ सय ५२ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटमा परेको हो । त्यसमध्ये आर्थिक वर्ष २०७४÷०७५ मा ५ दशमलव १ हेक्टर वन क्षेत्र खाली गराइएको हो । यो एकदमै न्यून संख्या हो । आ.व. २०७३÷०७४ मा १५ सय ५७ दशमलव १ हेक्टर वन […]

विषादीयुक्त पानीले थप ३ सिकिस्त

पथरी । विषादी हालिएको पानी पिउँदा थप तीनजना विद्यार्थी सिकिस्त बिरामी बनेका छन् । लेटाङ नगरपालिका–९ स्थित श्रीमाविका कक्षा ७ मा अध्ययनरत प्रतिमा लिम्बू, कक्षा–३ का चेतन खड्का र कक्षा ५ का सिर्जना निरौला सिकिस्त बनेका हुन् । बिरामी विद्यार्थीलाई बिहीबार नै उपचारको लागि अस्पताल भर्ना गरिएको वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले बताए । प्रतिमा र चेतनको नोबेल अस्पतालमा उपचार […]

धरानको भौतिक निर्माण प्रगती उत्साहजनक

पानवारी । धरान उपमहानगरपालिकाले गत आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणमा उत्साहजनक उपलब्धी हाँसिल गरेको विवरण सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले बिहीबार सदन सभाहलमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ मा सञ्चालन गरेको एकसय ४२ पूर्वाधार निर्माणका योजनामध्ये ८१ वटा […]

धरानकाे भाेटेपुलमा दुर्घटना, दुर्इजना घाइते

धरान । सुनसरी जिल्लालको धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा बुधबार दिउँसो १२:१५ बजे को १ क २६१६ नम्बरको टिपरले को ७ प २३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका-२० बस्ने वर्ष २० को ठिम बहादुर भुजेल र पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ३१ की सुशिला भुजेल घाइते भएका छन् । घाइते […]

काेशिटप्पुबाट लगेकाे अर्नाले चितवनमा पाडी जन्मायाे

चितवन ।  काेशिटप्पुबाट चितवन लगेकाे अनार्ले बिहीबार पाडी जन्माएकाे छ । चितवन राष्ट्रिय निकुञ्जकाे खुल्ला खाेरमा राखिएकाे अर्नाले पाडी जन्माएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । अर्नालार्इ २०७३ सालमा चितवन पुर्याइएकाे थियाे । अर्यालले भने ‘बुधबार अनुगमनमा जाँदा नौ वटा अर्ना देखिएका थिए, बिहीबार अनुगमनमा जाँदा आठ वटा मात्रै देखिए […]

राउण्ड टेबल नेपालकाे बाल मन्दिर विद्यालयलाई ४० हजार मूल्य बराबरकाे सहयाेग

रङ्गेली । राउण्ड टेबल नेपाल अन्तर्गतको विराटनगर सेन्ट्रल राउण्ड टेबल नं. १५ ले विराटनगरस्थित बाल मन्दिर विद्यालयलाई विभिन्न ४० हजार मूल्य बराबरको सरसफाइका सामान हस्तान्तरण गरेको छ । विद्यालयमा क्लबले एक कार्यक्रमको आयोजना गरी सामान हस्तातरण गरेको हो । राउण्ड टेबल अन्तर्राष्ट्रियका अध्यक्ष यान ट्रेवेनियर, राष्ट्रिय अध्यक्ष जयन्त अग्रवाल र टेवल १५ का अध्यक्ष रवि साहेवालाले संयुक्त […]

1 2 3 203