जलवायुमैत्री पानी व्यवस्थापन सम्बन्धि गोष्ठी सम्पन्न

धरान/बढ्दो सहरीकरण र जलवायु परिवर्तनले धरान जस्ता सहरहरुमा निम्त्याउने जोखिम, दिगो पानी व्यवस्थापनका चुनौति र अवसरहरु विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा सम्पन्न भएको छ । क्यानाडाको अन्तराष्ट्रिय विकास तथा अनुसन्धान केन्द्रको साझेदारी र नेपाल, भारत र अष्टे«लियाका अनुसन्धानकर्ताहरुको सहकार्यमा साउथ एशिया इन्स्टिच्युट अफ एड्भान्स स्टडिज (सियास) ले गोष्ठीको आयोजना गरेको हो । सहरीकरण र जलवायु […]

सिभिल इञ्जिनियरिङ भ्वाइसकाे भाेल्युम–२ विमाेचन

धरान / पूर्बाञ्चल इञ्जिनियरिङ क्याम्पस धरान अन्तर्गतकाे सिभिल इञ्जिनियरिङ विद्रार्थी समाजले सिभिल इञ्जिनियरिङ भ्वाइसकाे भाेल्युम–२ बजारमा ल्याएका छन् । मङ्गलबार धरानमा एक कार्यक्रम गर्दै समाजले पत्रिका विमाेचन गरेकाे हाे । धरान उपमहानगरपालिका याेजना शाखाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले विमाेचन गरेका छन् । प्रशान्त अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्याम्पस प्रमुख जितेन्द्र चाैधरीसहित विभिन्न संकायका प्राध्यापकहरू सहभागी रहेका […]

पोषणका विद्यार्थीद्वारा जनचेतनामूलक र्याली

धरान/विश्व स्तनपान सप्ताहको अवसरमा मङ्गलबार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका न्युट्रिसन एण्ड डाइट्रिसियन स्टुडेन्ट कमिटीले जनचेतनामूलक र्याली निकालेको छ । धरान–१४ स्थित हात्तिसार क्याम्पस परिषरबाट निकालेको र्याली धरानको भानुचौकमा आई कोणसभामा परिणत भएको थियो । अगष्ट १ तारिखदेखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान दिवश मनाइने गरिन्छ । जसमा आमाको दुध नै बच्चाको लागि पोषण हुने […]

चन्दाका भरमा विद्यालय

सल्यान/यहाँको एक विद्यालय सात वर्षदेखि चन्दाका भरमा सञ्चालन भइरहेको छ । कालागाउँ–७ मा रहेको निमाविमा आवश्यकतानुसारका दरबन्दी स्वीकृत नभएपछि विद्यालयले समुदायमा चन्दा उठाएर सञ्चालन गरिरहेको छ । विसं २०४६ मा स्थापित विद्यालयमा दुई जनाको मात्र दरबन्दी रहेकाले बाँकी पाँच शिक्षकका लागि चन्दा उठाउनुपरेको विद्यालयले जनाएको छ । शिक्षकको तलबका लागि विद्यालयमा अर्को कुनै भरपर्दो स्रोत […]

सिपका सिपालु

‘नमस्कार ! यहाँलाई हाम्रो रिसोर्टमा स्वागत छ ।’ इटहरी बजार नजिकैको एउटा रिसोर्टका वेटर अमर लिम्बू आफ्ना अतिथिहरूलाई अभिवादन गर्छन् । ग्राहकको आँखाको चालमा केही अर्डर आयो, आएन बुझ्ने अमर ग्राहकलाई पुनः सोध्छन्, ‘हजुरलाई केही थपौं कि ?’ तेह्रथुम मूल घर भई हाल मोरङको सुन्दरदुलारी नगरपालिकामा बसेर त्यहीको गोकुलम रिसोर्टमा काम गर्ने लिम्बूले ग्राहकलाई बोलेर होइन, इसारा […]

भर्ना नभएका विद्यार्थीलाई ८ कक्षाको प्रमाणपत्र

जाजरकोट/ यहाँको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ । जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएको हो । निमित्त प्रधानाध्यापक बलदेव साहका दुई छोरा जयप्रकाश साह, ओमप्रकाश […]

हङकङ तरहरा मञ्चद्वारा विद्यार्थीलाई पुरस्कृत

धरान । हङकङ तरहरा मञ्च इटहरीले यसवर्षको प्रवेशिका परीक्षामा त्यस ठाउँबाट सर्वोकृष्ट अङ्क ल्याउने एक विद्यार्थीलाई नगदले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा राष्ट्रिय उच्चमाविका कुमार राउत छन् । उनलाई २१ हजार रुपैयासहितले पुरस्कृत गरिएको हो । हासपोसा क्षेत्रका सामुदायिक स्कुलहरुबाट सर्वोकृष्ट अंक ल्याउने राउतलाई पुरस्कृत गरिएको हो । तरहरा जेसिजले एक कार्यक्रम गर्दै प्रमाण […]

सुनाखरीको साधारण सभा सम्पन्न

विजयपुर/सुनाखरी एकेडेमी धरान–१२को प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन ब्लाष्ट टाईम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्किले गरेका थिए । साधारणसभामा बोल्दै प्रमुख अतिथी कार्किले धरानलाई शैक्षिक पर्यटनको केन्द्रको रुपमा बिकाश गर्न सुनाखरीले अझ सशक्त भुमिका खेल्नुपर्ने बताए । बिद्यालय स्तरमा दिइएको असल शिक्षाले नै भबिष्यको जनशक्ति निर्माण हुने बताउदै उनले सुनाखरीले […]

विश्वविद्यालयको बेथिति र भ्रष्टाचार

चियागफमा एकदिन साथीहरूसँग सोधेँ– विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय) का बेथिति र भ्रष्टाचारमाथि लेख्दा कस्तो होला ? तिनले एकैसाथ जवाफ दिए– हत् ! आपैंmले काम गरेको संस्थाको के धज्जी उडाउनु ? लाग्यो– हो त । आफ्नै आङ कन्याएर के छारो उडाउनु ? दुःखको कुरा त्रिवि परिसरमा सल्केको डढेलो आजसम्म पनि निभेन, बरु भुसको आगोभैंm सल्किएको त्रिविभित्रको भ्रष्टाचार, […]

कक्षा ९ मा पढ्ने अमनले बनाए पानी र ब्याट्रीबाट चल्ने रोबोट

काठमाडौ/ हिमालय उच्च माध्यमिक विद्यालय पर्वत खुर्कोट बगँैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई प्रयोगात्मक अभ्यासका लागि परिणत गर्नका लागि पेट्रोल, डिजलको सट्टा अमनले पानी र ब्याट्रिबाट चल्ने आधादर्जन विज्ञान सामग्री बनाएका छन् । विज्ञानका पास्कल र न्युटनको सिद्धान्तमा आधारित […]

ताजा अपडेट