हात्तीबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति

कञ्चनपुर/वन कार्यालय कञ्चनपुरले जङ्गली हात्तीको झुन्डबाट बालीनालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराएको छ । गत वर्ष हात्तीले बालीनालीमा क्षति पु¥याएका त्रिभुवनबस्ती, परासन, रैकवार विचवा र वाइसेविचवाका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । पहिलो चरणमा ८४ र दोस्रोचरणमा ६५ जनालाई क्षतिको मूल्याङ्कनका आधारमा रु पाँच हजार र रु १० हजारका दरले यस वर्ष क्षतिपूर्ति […]

बराहको वार्षिकोत्सवमा प्रधान सम्पादक कार्की सम्मानित

पाँचकन्या/ धरान–५ स्थित प्रतिष्ठित व्यापारिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको २२ औं वार्षिकोत्सवमा अग्रज पत्रकारसहित दर्जन बढी सम्मानित भएका छन् । दुईजना अग्रज पत्रकारहरुलाई इन्द्र–बराह स्मृति पत्रकारिता सम्मान तथा एकजना पत्रकारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्की र कान्तिपुर दैनिकका हर्ष सुब्बालाई इन्द–बराह स्मृति पत्रकारिता प्रदान गरियो भने लक्ष्मी […]

बराहको रक्तदान हुँदै

धरान । बराह ज्वेलरी इण्डष्ट्र्रिज प्रालिको २२ औं वार्षिकोत्सवको अवसर पारेर चार स्थानमा रक्तदान कार्यक्रम भइरहेको छ । धरानको भानुचौक, पिण्डेश्वर चौक, जिरोपोइन्ट र रेल्वेमा रक्तदान कार्यक्रम राखेको हो । रक्तदानमा यस पटक बराहले १ हजार पिन्ट रगत संकलन गर्ने विश्वास लिइएको छ । बराहले २२ औं वार्षिकोत्सवमा धरान ८ को सभागृहमा कार्यक्रम गर्दै छ […]

टीकाको साइत पौने नौ बजे

धरान । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यसवर्षको दशैंको टीकाको साइत पानै ९ बजे उत्तर रहेको बताएको छ । टीकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो । विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको समितका अध्यक्ष प्रा‌.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

तीन वर्षमा विद्यालय पुनःनिर्माण हुन कठिन

काठमाडौँ/ पर्याप्त बजेट नहुँदा तीन वर्षभित्र विद्यालय पुनःनिर्माण गर्ने सरकारको लक्ष्य पूरा हुन कठिन देखिएको छ । क्षतिग्रस्त विद्यालयमा नयाँ पक्की भवन निर्माणका लागि ढाँचा तयार भए पनि रकम निकासा हुन बाँकी रहेको तथा त्यस्ता भवन बनाउन केही वर्ष लाग्ने भएकाले त्यस अवधिमा अस्थायी सिकाइ केन्द्र (टिएलसी) मै विद्यार्थीले पढ्नुपर्नेछ । अन्य क्षेत्रमा जस्तै शिक्षा […]

नारायणी नदीमा बालक बेपत्ता

चितवन/नारायणी नदीमा पौडी खेल्न जाँदा शुक्रबार दिउँसो बेपत्ता भएका एक बालक अझै फेला पर्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भारतको पश्चिम चम्पारण घर भई हाल भरतपुर उपमहानगरपालिका–२ पोखरा बसपार्कमा बस्दै आएका मनोज ठाकुरका १२ वर्षीय छोरा सुदीप ठाकुर बेपत्ता भएका हुन् । दिउँसो ३ बजे पोखरा बसपार्क नजिकै नारायणी नदीमा पौडी […]

सीमामा हुने अपराध रोक्न सामूहिक प्रतिबद्धता

झापा /  सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका सुरक्षा अधिकारीले सामूहिक प्रतिबद्धता जनाएका छन् । लखनपुरस्थित सशस्त्र प्रहरी बल पाथीभरा गणमा भएको बैठकमा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने सबै प्रकारका अपराध निस्तेज पर्दै पूर्वी नेपालको पहाडी जिल्ला र भारतको सिक्किम, गान्तोकसँग जोडिएको सिमानामा हुने आपराधिक क्रियाकलाप दुवै देशका सुरक्षा अधिकार सहमत […]

आयो चाडबाड, खै बजार अनुगमन ?

नेपालीका ठूला चाडपर्व दशैँ, तिहार, छठलगायत नजिकिँदै छन् । आम उपभोक्ताले सरल र सहज रूपमा गुणस्तरीय वस्तु उपभोग गर्न पाउनुपर्छ । हरेक वस्तुको मूल्य र परिमाण उचित हुनुपर्छ । चाडपर्वमा कालोबजारी र नाफा कमाउन खोज्नेहरुले उपभोक्ताहरुलाई ठगी गर्न सक्ने हुँदा समयमै सरोकारवाला निकायले आफ्नो रणनीति तय गर्नुपर्छ । चाडपर्वमा बजारमा चहलपहल हुने गर्छ । बजारमा […]

घुन्सा हेलिकोप्टर दुर्घटनाको दश वर्ष पूरा

ताप्लेजुङ /ताप्लेजुङको घुन्सामा श्री एयरलाईन्सको हेलिकोप्टर दुर्घटना भएको आज दश वर्ष पुगेको छ । २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी डा. हर्क गुरुङ लगायतका संरक्षणविद्हरुको दुखःद निधन भएको थियो । उक्त दुर्घटनाको सम्झनामा आज ताप्लेजुङ सदरमुकाम, दुर्घटना भएको स्थान घुन्सा लगायत देशभर स्मृति कार्यक्रमहरु गरिँदैछ । दुर्घटनामा तत्कालीन वन […]

सर्पको डसाइबाट चारवर्षीय बालकको मृत्यु

पर्सा/विषालु सर्पको डसाइबाट आज बिहान वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ४ वर्षीय बालकको मृत्यु भएको छ । बारा जिल्लाको गढीमाई नगरपालिका–१५ डुम्मरवाना नयाँ बस्ती निवासी ध्रुव दुलालको ४ वर्षीय छोरा श्याम दुलालको मृत्यु भएको हो । घरमा सुतिरहेका श्यामलाई बिहान १ बजेको समयमा विषालु सर्पले डस्दा गम्भीर बिरामी भई उपचारका लागि उप–क्षेत्रीय अस्पतालमा ल्याउँदा उनको उपचारकै […]

ताजा अपडेट