भद्रपुरमा सकियो तीज महोत्वस

भद्रपुर/हिन्दु महिलाहरुको मुख्य चाड तीजको आगमनसगै भद्रपुरमा बृहत्त तीज महोत्सव सम्पन्न भएको छ । नेपाल महिला संघ क्षेत्रीय समिति क्षेत्र नम्बर २ र ३ झापाको संयुक्त आयोजनामा विविध सांकृतिक कार्यक्रम तथा ट्यालेन्ट शो सहित विषेश तीज महोत्सव सम्पन्न भएको हो ।कार्यक्रमलाई नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले विरुवामा पानी हालेर उद्घाटन गरेका थिए । नेपालमा […]

एकल महिलाको घरमा मध्य राती जाने युवक फन्दामा

धनकुटा / जिल्लाको महाभारत –४ की एक महिलामाथि दुव्र्यावहार गर्न खोज्ने स्थानिय एक युवालाई प्रहरीले पक्राउ गरि सार्वजानिक मुद्धा दायर गरेको छ । ओखलढुङ्गा स्थायी घर वताउने ३५ बर्षीय नगेन्द्र राईले गत वुधवार राती ३ वजे ती महिलाको घरमा पसी दुव्यवहार गर्ने प्रयास गरेका थिए । नराम्रो नियतले महिलाको घरमा मध्य राती पसी अभद्र व्यावहार […]

त्रिशूलीको सुसाइसँगै मानिसको चित्कार …

धरान  / अन्धकार थियो, नदी सुसाइरहेको थियो, कोही रोइरहेका थिए, कोही कराइरहेका थिए । मेरो शरीर थिचिएकाले बोल्न मिलिरहेको थिएन । पानीमाथि म थिएँ । जब म निद्राबाट ब्युझिएँ, मैले यो दृश्य देखेँ ।” चितवन मेडिकल कलेजमा श्रीमती, छोरा र छोरीसँगै उपचार गराइरहेका २८ वर्षीय राजेश गुप्ताले बिस्तारै घटना सुनाइरहनुभएको थियो । साँझ ५ः३० बजेतिर गौरबाट बस […]

आकाशबाट ढुङ्गा वर्षियो

भद्रपुर/ झापाको ज्यामिरगढी–९ गोमन सारी निरौला डाँडामा रहेका तीनवटा टिनको घरमा एक सातायता लगातार आकाशबाट ढुङ्गा वर्षिन थालेको छ ।स्थानीय नरबहादुर बुढाथोकी, खड्गबहादुर निरौला र दीपक निरौलाको घरको छानोमाथि एक पाउदेखि आधा किलोसम्मका ढुङ्गा, इँटा, मसिना सिमेन्टका टुक्राहरु खस्ने गरेको तुलसा बुढाथोकीले बताइन् । एक्कासी ढुङ्गा आएर बुधबार दिउँसो टाउकोमा लागेका कारण चोट लागेर मुखबाट रगत समेत […]

फेसबुक अभियानवाट दश लाख सङ्कलन

फलेवास (पर्वत)/आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डाँडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन गरेको अभियानका क्रममा एक हप्तामा नै रु १० लाखभन्दा बढी सङ्कलन भएको हो । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी […]

महाकाली नदीमा बालिका बेपत्ता

भीमदत्तनगर/कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ प्रधानटोलकी एक बालिका आज बिहान महाकाली नदीमा बेपत्ता भएकी छन् । स्थानीय खिमलाल रानाकी १० वर्षीया छोरी सविना राना महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार बिहीबार भएको श्रीकृष्णजन्माष्टमीको फलफूललगायतका व्रत बसेको सामान महाकाली नदीमा बगाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् । तीमध्ये १६ […]

धरानका होटलमा यौन ब्यबसाय

धरान/महिला र युवती समूहको कब्जामा परेका यौन व्यापारमा संलग्न दुई युवतीलाई प्रहरीले तीन दिनअघि आप्नो नियन्त्रणमा लिएपछि धरानको जिरोपोइन्ट क्षेत्रमा यौन व्यापार फस्टाएको सार्वजनिक भएको छ ।धरानको मङ्गलबारे क्षेत्रकी एक महिलाले जिरोपोइन्टमा यौन व्यापारमा संलग्न युवतीको साथमा आप्mनो पतिलाई रङ्गेहात फेला पारेकी थिइन् । ती महिलाका आफन्त र साथीहरुको समूहले राति ११ बजेतिर युवतीहरु बसेको प्mलाटबाट उनीहरुलाई […]

अपडेट–त्रिशुलीमा मृत्यु हुनेको संख्या २१,घाईते १७ जनाको अबस्था गम्भिर,(हेर्नुहोस् यात्रुका नामावली)

धरान/करिब ४० जना यात्रु लिएर रौतहट सदरमुकाम गौरबाट पोखरातर्फ गइरहेको रात्री बस शुक्रबार बिहान त्रिशुली नदीमा खस्दा २० जनाको मृत्यु भएको छ ।   अन्य यात्रुको उद्धारकार्य भईरहेको छ । १७ जना घाईतेलाई उद्धागरीएको प्रहरीले जनाएको छ । ग १ ख ३७०९ नम्बरको सो बस दुर्घटना भएको मध्यमाञ्चल प्रहरीले जनाएको छ । नारायाणगढ मुग्लिंग सडक […]

मापदण्ड उल्लङन गर्दै घर धनि

धरान/ स्थानीय भवन निर्माण संहिताले लागू गरेको ‘एम–२० ग्रेड’ मापदण्डलाई धरानका अधिकाङ्श घरधनीले उल्लङ्घन गर्ने गरेको पाइएको छ । घरनक्सा पास गर्दादेखि नै घरधनीहरुले कङ्क्रिटको ग्रेड ‘२० किलो न्युटन पर एमएम’ मापदण्डलाई उल्लङ्घन गर्ने गरेका हुन् । अहिले पनि धरानका अधिकाङ्श घर एम–१५ ग्रेडको मापदण्डमै निर्माण हुने गरेका छन् । बालुवा, सिमेन्ट र गिट्टी प्रयोग गरेर ढलाइ गरेको […]

बुबाको स्मृतिमा ६२ दलित बृद्धबृद्धालाई सम्मान

ताप्लेजुङ/केहिले बुबा आमाको स्मृतिमा पाटि चौतारो बनाउने गरेका छन् भने केहिले दान दक्षिणा दिएर आमा बुबालाई सम्झने गरे पनि ताप्लेजुङका एक परीवारले भने गाउँभरका ६२ दलित बृद्ध बृद्धालाई भेला परेरर लगाउने कपडा सहित सम्मान गरेको छ । ताप्लेजुङ चाक्सिबोटे गाविसका तारामान साम्सोहाङले उनका स्वर्गिय पिता भक्त बहादुर साम्सोहाङको स्मृतिमा बुधबार पचिस बृद्ध, अपाङ्ग दलित पुरुषलाई […]

ताजा अपडेट