दाहिने हात भाँचियाे, प्लाष्टर चाही देब्रे ?

कालिकाेट । जिल्ला अस्पताल कालिकोटमा डाक्टरको चरम लापरबाही देखिएको छ । एक बालिकाको दायाँ हात प्लास्टर गर्नुपर्नेमा बायाँ हात प्लास्टर गरिएको छ । साबिक राम्नाकोट ४ हाल पचालझरना गाउँपालिका वडा नम्बर ५ निवासी ४ वर्षीया दैनाकुमारी बमको बायाँ हात प्लास्टर गरिएको छ । डाक्टरले आकस्मिक कक्षमा लगेर चेकजाँच गर्दा दायाँ हात फ्याक्चर भएको पुष्टि भए […]

तमोर लिफ्टको प्रगति सन्तोश जनक बन्दै ।

 पाँचथर ब्लाष्ट। राष्ट्रिय गौरवका आयोजना निर्माण कम्पनीको ढिला सुस्तीका कारण अलपत्र बन्दै गईरहेका छन । सरकारले ठेक्का लिएर लामो समयमा पनि काम नगर्ने ठेकेदारलाई कारभाही गर्ने बताउदै आएको समयमा पाँचथरको सुःखा ग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी आयोजनाले भने तिब्रता पाएको छ । देशकै लिफ्टटिङ प्रबिधिको एक मात्र ठुलो तमोर लिफ्ट खानेपानी आयोजनाले सन्तोश […]

शसस्त्रका डीएसपी भण्डारी सहित चार निलम्बित

धनकुटा(ब्लाष्ट) । सशस्त्र प्रहरी वल अरुण गुल्म चैनपुरको सवारी साधनमा सखुवाको काठ तस्करी गरिएको घटनाका मुख्य व्यक्ति डीएसपी रामप्रसाद भण्डारी सहित तीन जवानलाई निलम्बन गरिएको छ । संखुवासभाको चैनपुर स्थित् अरुण गुल्मको बा.१ झ १६६९ नंबरको सशस्त्र प्रहरीको ट्रकमा राखेर धनकुटा हुदै विराटनगरतर्फ करिब सात लाख मुल्य पर्ने ९२.९८ क्यू. फिट बढि सखुवाका काठ तस्करी […]

प्रदेश ३ को ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

हेटाैँडा रासस । प्रदेश नं. ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५–०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आव ०७५–०७६ का लागि पूँजीगत खर्चतर्फ रु २१ अर्ब ७५ करोड २० लाख तथा चालूतर्फ रु […]

प्रदेश नम्बर ७ मा २५अर्ब छ करोडको बजेट सार्वजनिक

धनगढी, रासस। प्रदेश नं ७ को प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारले आव २०७५्।०७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्दै कुल विनियोजितमध्ये चालुतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख एक हजार अर्थात […]

सरकारका कारण चिया उद्योग धरासयी

बिर्तामोड । झापाका चिया उद्योगीले सरकारका कारण चिया उद्योग धरासयी हुन लागेको बताएका छन् । सरकारले चिया उद्योगलाई अन्य उद्योगको सुचीमा राख्ने निर्णय गरेपछि उद्योगीहरु उद्योग धरासयी हुनेमा चिन्तित भएका हुन् । उद्योगीहरुले चिया उद्योगलाई पहिलेको जस्तै कृषिजन्य उद्योगको रुपमा सुचिकृत गर्न माग गरेका छन् । उनीहरुले अन्य उद्योग सरह ब्यवहार गरे चिया उद्योग बन्द […]

६८ औँ लोकसेवा आयोग दिवस इलाममा सरसफाई गरी मनाइयो

इलाम । लोकसेवा आयोगको प्रतिबद्धता योग्यता,स्वच्छता र निश्पक्षता भन्ने मूल नाराका साथ ६८ औँ लोक सेवा आयोग दिवस इलाममा पनि मनाइएको छ । सुशासन र सदाचार निजामति सेवाको आधार भन्ने मूल नारासहित मेची अञ्चल कार्यालय इलामद्धारा आयोजित सरसफाई कार्यक्रम सम्पन्न गरी उक्त दिवस मनाइएको हो । निजामति सेवाको एक आधार लोकसेवा आयोगको वि.सं २००८ साल […]

मेयरले डाेजर चलाएर उद्घाटन गर्न खाेज्दा डाेजरले लागेर पाँच जना घाइते

पोखरा । पोखराको फिर्के खोलामा पैदलमार्ग उद्घटन गर्न पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाउँदा पाँच जना घाइते भएका छन्। पैदलमार्गको मेयर जिसी आफैंले डोजर चलाएर शुरु गरेका थिए। डोजर चलाउँदा फोटो खिच्न तयारीमा रहेका पत्रकार एवं सर्वसाधारण खोलामा खसेर घाईते हुन पुगेका हुन्। पर्स्याङको पुलको रेलिङमा अडेस लगाई फोटो खिच्न लाग्दा हतारमा मेयर […]

भाजपाका नेता माथि गोली प्रहार, विपि प्रतिष्ठानमा उपचार हुदै

  पानवारी । भारतीय जनता पाटीका नेता पप्पु पटेल माथी गोली बिहीबार दिउँसो गोली प्रहार भएको छ । नेपालको सिमावर्ती बजार जोगवनी इन्द्रनगर–९ मा पटेलमाथी लागुऔषध कारोबारीले गोली प्रहार गरेको बताइएको छ । उनलाई जोगवनीको रेल्वे स्टेशन अगाडी गोली प्रहार भएको प्रहरीले बताएको छ । उनलाई लागुऔषध कारोबार गर्नेहरुले गोली प्रहार गरेको खुलेको छ । […]

प्रधानमन्त्रीको चीन भ्रमणका कार्यसूची निर्धारण

काठमाडौँ, रासस । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रित रहने यो भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त […]

ताजा अपडेट