वडाध्यक्षबाट असुरक्षित

बिर्तामोड ब्लाष्ट। झापाको बिर्तामोडका एक ब्यक्तिले जनप्रतिनिधीबाट आफु असुरक्षित भएको भन्दै ज्यान, धनको रक्षाका लागि प्रहरीमा उजुरी हालेका छन् । बिर्तामोड २ का तीर्थराज अधिकारीले वडाध्यक्ष नगेन्द्र संग्रौलाबाट आफु असुरक्षित भएको भन्दै बिर्तामोड प्रहरीमा उजुरी हालेका हुन् । अधिकारी र उनकी श्रीमती राधिका सुवेदीबीच अंश मुद्दा जिल्ला अदालतमा बिचाराधिन रहेको छ । अदालतले अंशबण्डा नगरुन्जेलसम्मका […]

विपन्न वर्गिकरण गरेर प्रभावकारी कार्यक्रमको योजना बनाउँदै छौं ’ (नगर प्रमुख रोमनाथ ओली, दमक)

  दमक ब्लाष्ट । झापाको दोस्रो पुरानो नगरपालिका ‘दमक’ विकासको गतिमा तीव्रतर रुपमा अगाडि बढीरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरका रुपमा रहेको १० वटा वडामा विभाजित दमकमा केन्द्रस्तरका महत्वपूर्ण योजनाहरु समेतले नगरलाई विकासको गतिमा तीव्रतर बनाउँदै १ नम्वर प्रदेशमा प्रभावशाली नगर वन्दैछ । विश्वकै अग्लो बुद्ध प्रतिमा, विभिन्न देशको लगानीमा वन्ने औद्योगिक […]

इदुल फित्र मनाइयो

धरान । नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ शनिबार इद उल फित्र पर्व मनाएका छन् । मुस्लिम धर्मालम्बीहरुले मस्जिदमा भेला भई इदको नामाज पढेर एक आपसमा इद मुबारक (शुभकामना) आदनप्रदान गर्दै महान पर्व मनाएका हुन् । नमाज पढिसकेपछि मुस्लिम दाजुभाइबीच एकअर्काबीच गला मिलाउँदै शुभकामना साटसाट गरेका छन् । नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास […]

पथरीशनिश्चरे नगर कार्यपालिकाको दुइवटा कार्यविधि पारित

शनिश्चरे, (ब्लाष्ट) । नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि छलफलमा जुटिरहेको मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको शनिवारको वैठकले २ वटा कार्यविधि पारित गरेको छ । योजनाविद् तारानाथ निरौलाको सहजिकरणमा छलफल गरी ‘कर तथा राजस्व कार्यविधि’ र ‘योजना तर्जुमा अनुगमन्, मुल्यांकन कार्यविधि’ पारित गरिएको नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाईंले जानकारी गराए । नगर प्रमुख दिलीपकुमार राईको […]

थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

काठमाडौँ, रासस । भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन सहमत भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलका क्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भएको द्विपक्षीय छलफलमा सहमति भए पनि केही विषयमा […]

जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

काठमाडौँ, रासस । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई बाँझो रहन र खण्डीकरण हुनबाट रोक्न गोप्य […]

ताप्लेजुङमा पहिरोले एक घर पुर्यो, ६ घर उच्च जोखिममा

 ताप्लेजुङ। ताप्लेजुङको सिरिजंघा गाउँपालिका– खेवाङमा पहिरोले एक घर पुरेको छ । शुक्रबार रातीको वर्षापछि शनिबार बिहान सात बजे पहिरो जाँदा मान बहादुर लिम्बुको घर पूर्ण रुपमा पुरोको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । बिहान घरमा कोहि नभएको समयमा पहिरो आएकाले मानविय क्षति भने भएको छैन । १० मिटर माथिबाट पहरो झरेको थियो । भाडा […]

वडा अध्यक्षले निवेदन दर्ता नगरेको प्रति स्थानीयको आक्रोस

भद्रपुर(ब्लाष्ट) । वडा कार्यालयले सर्वसाधरणको निवेदन दर्ता नगरेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् । झापा हल्दीबारी गाउँपालिका अन्र्तगत रहेको ३ नम्बर वडा कार्यालयले निवेदन नलिएको विषयमा गुनासो गरेका हुन् । वडा कार्यालय स्थापनाको लागि गाउँपालिकाले डम्फु खोलालाइ केन्द्र पारेर रमाइलो चोक आसपासमा हुने गरि एक महिनाको समय राखेर पुस २९ गते सूचना प्रकाशित गरि जग्गा दातालाई […]

मिस नेपाल नर्थ अमेरिकाको सल्लाहकारमा जोली अमात्य

वाशिंगटन डीसी । आगामी अगस्त ११ तारिखका दिन बिश्व कै सम्राट राज्यमा हुने लागेको प्रथम मिस नेपाल नर्थ अमेरिकामा सयुक्त राष्ट्रसंघ यूवा सम्मेलनकि यूवा अध्यक्ष जोली अमात्य सल्लाहकारमा राखिएको छ । राष्ट्र संघको इतिहासमै नेपाली समुदायको प्रतिनिधित्व गर्दै युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल बनेकी जोली अमात्य आयोजक समिति को सल्लाहकारमा […]

सुनसरीमा साडे चार हजार अपराधी अझै फरार

इटहरी । अदालतको फैसला पछि सुनसरीमा ३४ भारतीय नागरीक सहित ४ हजार ५ सय २३ जना अपराधीहरु कानुनलाई चुनौती दिदै अझै फरार छन । उनीहरुबाट राज्यले ९ करोड ९६ लाख ९६ हजार ६६ रुपैया जरीवना र ४ हजार ८५ वर्ष १० महीना १४ दिन कैद फछ्यौट हुन बाँकी छ । अदालतसँग फरारहरुको स्पष्ट पहिचान खुल्ने […]

ताजा अपडेट