सन्दीप आईपीएल बलिङको शीर्ष स्थानमा

काठमाडौं/ इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियनमाथि ११ रनको जित दर्ता गरेको छ । १९.३ ओभरमाा मुम्बईलाई अल आउट गर्दै दिल्लीले जित आफ्नो पक्षमा बनाएको हो । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा १६३ बनाएर अल अाउट भएको हो । दिल्लीका लागि सन्दीप लामछिाने, अमित मिश्रा र हर्षल पट्टेलले समान तीनतीन […]

पूर्व डिआईजी सिलवाललाई ‘क्लिन चिट’ दिने तयारी

काठमाडौं/ सरकारी कागजात कीर्ते गरेको अभियोग लागेका पूर्व डिआईजी नवराज सिलवालको अनुसन्धान प्रतिवेदन फेरि प्रहरी समक्ष पठाउने तयारी भएको छ । महान्याधिवक्ताको कार्यालयले चासो देखाएपछि सरकारी वकिल कार्यालयमा थन्किएको अनुसन्धान प्रतिवेदन फेरि काठमाडौं प्रहरी परिसरमै फिर्ता पठाइन लागिएको हो । काठमाडौं प्रहरीले २ फागुनमै सिलवालको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो । तर, […]

अनुसन्धानमा उत्कृष्ट प्रहरी हवल्दार बिष्ट

विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार भक्त बहादुर बिष्ट अनुसन्धानमा उत्कृष्ट ठहरिएका छन् । मोरङमा पछिल्लो समय घटेको अपराधिक क्रियालपहरुमा सुष्मा रुपमा अनुसन्धान गरी प्रहरी हवल्दार बिष्टको सक्रियतामा अपराधि पक्राउ गर्न मोरङ प्रहरी सफल भएको थियो । मोरङमा घटेको अपराधिक गतिविधीहरुमा सफल अनुसन्धानपछि अभियुक्तहरु पक्राउ गर्न सफल भएको भन्दै प्रहरी हवल्दार बिष्टलाई १ […]

दुई पार्टीको सम्पत्ति ३ अर्ब, रात्रिभोज खर्च दुई पार्टीले व्यहोर्ने

काठमाडाै । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब २ अर्बको चल–अचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् । माओवादी केन्द्रको चल–अचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब १ अर्ब बराबरको सम्पत्ति रहेको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको […]

कम्युनिष्ट पार्टीको हाइकमाण्डमा ९ जना, नारायणकाजी बने प्रबक्ता

काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार नारायणकाजी श्रेष्ठलाई प्रवक्ता तोकिएको छ भने विष्णु पौडेल महासचिव बनेका छन् । हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल […]

मदन भण्डारीको स्मृतिमा कवर्ड हल

मोरङ/बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको स्मृति दिवशका अवसरमा मोरङको बेलबारी ८ स्थित राधानगरमा १ नम्बर प्रदेशकै व्यबस्थित कवर्ड हल र पार्क निर्माणको शिलान्यास भएको छ । एम्रियो क्लबको अगुवाईमा एम्रियो खेल मैदानमा बिहीबार आयोजित एक कार्यक्रम बीच बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कवर्ड हल र त्यस बाहिर बन्ने पार्कको शिलान्यास गरेका छन् । शिलान्यासपछि बोल्दै […]

निर्माण मजदुरमाथि गोली प्रहार

रुपन्देही । रुपन्देहीमा एक जना मजदुरमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा घर निर्माणमा कार्यरत कोटइमाई–४ रुपन्देहीका रामकेश धबलमाथि बुधबार राति गोली प्रहार भएको हो । खाना पकाउदै गरेका धवललाई नचिनेका मान्छेको समूहले गोली प्रहार गरेको हो । गोली लागेर गभ्भीर घाइते भएका धवलको भैरहवा […]

भारतीय दूताबासले राखेको थियो स्वरुप बिग्रिएको झण्डा

काठमाडाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा जानकी मन्दिर परिसरको मञ्चमा स्वरुप बिग्रेको नेपालको झण्डा नेपाल प्रदेश सरकारले नभएर भारतीय राजदूतावासले राखेको खुलेको छ । नयाँ पत्रिका दैनिकका अनुसार भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झण्डा राखेका थिए । जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टी भारतको र उत्तरपट्टी […]

मोत्तानको अन्तिम संस्कार शुक्रबार मात्रै गरिने

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष भुवन मोत्तानको अन्तिम संस्कार भोली शुक्रबार गरिने भएको छ । मोत्तानका दाजु वंशी मोत्तान तथा एक छोरा समेत देशबाहिर भएकोले उनीहरु आएपछि मात्र अन्तिम संस्कार गरिने तथा पार्टीले पनि सोही दिन श्रद्धाञ्जली कार्यक्रम राख्ने एमाले धरान नगर राजमणी निरौलाले जानकारी दिएका छन् । मोक्तान विगत ६ महिनदेखि […]

भारतीय राष्ट्रिययता सिकाउने दमकको विद्यालयमा ताला

 मोरङ/झापाको दमकस्थित सूर्योदय पाठशालाले भारतीय पाठ्यपुस्तक पढाएर राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने काम गरेपछि युवा संघ झापाले बुधबार विद्यालयमा तालावन्दी गरेको छ । युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको टोलीले प्रीन्सिपल सिस्टर म्यागडिलिङ सिंहको कक्ष र प्रशासन कक्षमा ताला लगाउनुका साथै प्रिन्सिपल सिंहलाई राष्ट्रिय झण्डा दिंदै नेपालको स्वभिमानमा आक्रमण नगर्न चेतावनी दिएको छ । […]

1 2 3 426
ताजा अपडेट