कुम्मायकमा परिवार नियोजन बिषयक गोष्ठी सम्पन्न

पाँचथर  । पाँचथरको कुम्मायक गाउँपालिकाकोकेन्द्र यासोक बजारमा आज परिवार नियोजन सम्बन्धी सुक्ष्म योजना गोष्ठी सम्पन्न भएको छ । परिवार नियोजनको अबस्था कुम्मायक गाउँपालिकामा कम्जोर अबस्थामा भएकाले यो किसिमको गोष्ठी संञ्चालन गरिएको आयोजक संस्थाले बताएको छ । लक्षित समुदाय, पिछडिएको बर्गका समुदायले परिवार नियोजन कर्म गर्नुका कारणहरु पत्तालगाई सो अनुसारको सेवाको प्रयोगमा अभिबृद्धि गर्नुपर्नेमा गोष्ठीका सहभागीहरुलाई जानकारी […]

भू-उपयोग नीति नहुँदा स्थानीय सरकारमा अन्याैलता

शनिश्चरे । कुनै पनि पालिकाको नीति, कार्यक्रम तथा वजेट बनाउनु अघि त्यहाँका कुन कुन ठाउँमा के के गर्ने भनेर छुट्याउनु पर्ने हुन्छ । तर यसबेलासम्म धेरैजसो पालिकाहरुले यसखाले ‘भूउपयोग नीति’ बनाएकै छैनन् । आफ्नो क्षेत्रको भूमिलाई कसरी उपयोग गर्ने भन्ने नीति नवनाई त्यसमाथि गरिने कार्यक्रम विना योजनाको अवैज्ञानिक काम मात्र हुने योजनाविदहरुको बुझाई छ । […]

अर्जुनधारा नगरपालिकाकाे सार्वजनिक सुनुवाई

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालन गरेको योजना, कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले सोमवार शनिश्चरेमा कार्यक्रमको आयोजना गरी नगर भित्र भए गरेका कार्य विवरणका विषयमा जानकारी गराएको हो । कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले खानेपानीबाट बञ्चित हुँदै गरेकालाई खानेपानी पुर्याउन सफल भएको दाबी गरे […]

ग्राभेल सडक भत्किन थालेपछि नेपाल–भारत आवत जावतमा समस्या

भद्रपुर । वर्षायाम शुरु भएसगै झापाको भद्रपुर स्थित मेचीनदी हुदै भारत जान समस्या हुन थालेको छ । सीमावर्ती नाकामा जोड्ने मेची नदी पुलको दुवै तर्फ अस्थायी रुपमा बनाइएको ग्राभेल सडकको गिट्टी र बालुवा पानीले बगाउन शुरु गरेपछि वारीपारी गर्न समस्या हुने भएको हो । केही दिनदेखि मनसुन शुरु भएपछि नदीमा पानीको सतह ह्वतै बढेको छ […]

वर्षाको नाकावन्दी टार्न झोलुङ्गे पुल बन्ने

शनिश्चरे । मोरङको पथरीशनिश्चरे ३ र ५ को सिमाना सुन्दरीचोकबाट मौलीवारी जोड्ने वक्राहा खोलामा झोलुङ्गे पुल निर्माणका लागि विस्तृत परियोजना सर्भे थालिएको छ । नगरपालिकाले स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) मा माग गरेको आयोजना अनुरुप त्यहाँ पुल निर्माण गरिने भएपछि सर्भे थालिएको नगर प्रमुख दिलीपकुमार राईले जनाए । सो आयोजनाका लागि समीक्षा नेपाल […]

एक नम्बर प्रदेश स्तरीय युवा महोत्सव इलाममा हुने

इलाम । एक नम्बर प्रदेश स्तरीय तीन दिने युवा महोत्सव इलाम सदरमुकाममा सम्पन्न हुने भएको छ । “सम्वृद्ध नेपालका लागि स्वास्थ,कर्मठ र उद्यमी युवा ” भन्ने मूल नाराका साथ एक नम्बर प्रदेशका युवाहरुहरुको विकास दृष्टिकोणको घोषणापत्र तयार गर्ने उद्देश्यका साथ आगामि असार १४,१५ र १६ गते युवा महोत्सब हुदैँछ । असार १४ गते विहान युवाहरुको […]

धरानमा प्रतियोगितात्मक बाल नाटक महोत्सव हुने

पानवारी । धरान प्रज्ञा प्रतिष्ठानको आयोजनामा धरानमा प्रतियोगितात्मक बाल नाटक महोत्सव गरिने भएको छ । प्रतिष्ठानेका चौथो कार्यक्रममा रुपमा यही असार ८ गते धरानको सभागृहमा हुने नाटक प्रतियोगितामा धरानका विभिन्न विद्यालयका विद्यार्थीहरुले सहभागित जनाउने भएका छन् । ‘साहित्य, कला, संस्कृति, संगितका साथै रंगमञ्चको दृष्टिले उर्वरभूमि धरानमा रंगमञ्च क्षेत्रमा उभार ल्याउने र विद्यालयहरुमा रहेका रंग प्रतिभाहरुको […]

अलिबदा डा. देवकाेटा

धरान ब्लाष्ट । वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटाको अाज सोमबार अपरान्ह ५ बजेर ३४ मिनेटमा निधन भएको छ । देवकाेटालार्इ पित्त्तथैलीसम्बन्धी क्यान्सर भएको थियो। जसलार्इ मेडिकलको भाषामा कोलान्जिओकार्सिनोमा भन्ने गरिन्छ। उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएपछि शल्यक्रिया गर्न नसक्ने अवस्था रहेको शल्यक्रिया सम्भव नभएमा केमोथेरापी गरार्इरहेका थिए । पछील्लाे समय उनकाे श्वाशस्थ्य निकैनै […]

डा उपेन्द्र देवकोटाको निधन

काठमाडौं/ एसियाकै चर्चित न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा आज साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो। उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उनी त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल फर्किएका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि […]

सुरुङ भित्र ३९ घण्टा, बाहिर मृत्युको खबर

संखुवासभा ब्लाष्ट ।  असार ४ –सुरुङमा पहिरो खसेपछी केही सञ्चार माध्यमले उनीहरुको मृत्युको खबर पनि लेख्न भ्याए । श्रद्धाञ्जली र समवेदनाका अक्षरहरुले सामाजिक सञ्जाल फेसबुकका भित्ताहरु भरिएका थिए । तर आयोजनाका केही कर्मचारीहरु, घटना स्थल पुगेकाहरु र पहिरोका प्रत्यक्ष दर्शीहरुले भने उनीहरुको आशा मारेका थिएनन् । सोँचे जस्तै साबित पनि भयो । भाग्यले बाँचेकाहरु भने […]

ताजा अपडेट