लागुऔषधसहित दुई पक्राउ

सुनसरी । सुनसरीको धरान ८ तिनकुनेबाट प्रहरीले सोमबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको टोलीले धरान-५ बस्ने २८ वर्षीय बाबु बोहरालाई ७४ पिस नाइट्रोसन ट्याब्लेट र धरान-१३ बस्ने ३५ वर्षीय कान्छा राईलाई एभिल ८ एम्पुल, डाईजेलाप ८ एम्पुल, लुपिजैसीक ८ एम्पुल गरी जम्मा २४ एम्पुल टिडिजेसिकसहित सोमबार साँझ पक्राउ गरेको […]

चोरीको मोवाईल र ल्यापटपसहित तीन पक्राउ

धरान । सुनसरीको ईटहरी ४ बाट प्रहरीले चोरीको ल्यापटप र मोवाईलसहित सोमबार तीन जनालाई पक्राउ गरेको छ। ईटहरी-४ का बिशाल परियार चोरीको एक थान मोवाइलसहित पक्राउ परेपछि उनका दुई जना साथीलाई मोवाइल र ल्यापटपसहित पक्राउ परेका हुन। ईटहरी स्थित मेडिकल अगाडीबाट जेष्ठ २० गते चोरी भएको सामसुङ जेसेभेन प्राइम मोवाइलसहित परिया सोमबार राती बुढीखोलाबाट पक्राउ […]

उदयपुरमा छुरा प्रहारबाट महिला घाइते

उदयपुर । उदयपुरको बेलका नगरापलिका ९ कमलाबारी बस्ने अमर दर्जीकी ३० वर्षीया श्रीमती लक्ष्मी परियारमाथी धारिलो हतियार प्रहार भएको छ। अपरिचित व्यक्तिहरुको समुहले सोमबार राती परियारलाई चक्कुले प्रहार गरी फरार भएका हुन। परियारको देब्रे कोखामा चक्कुले लागेको छ। उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ। पति अमर दर्जी बैदेशीक रोजगारका लागी साउदीमा […]

रोनाल्डोले ट्रफि उचालेको हेर्न मन छ

प्रकाश बुढाथोकी विंगर, संकटा क्लब काठमाडौ रसीयामा सुरु भएको विश्वकप फुटबलको रौनक नेपालसम्म फैलिएको छ । खेलप्रेमीहरु आ–आफुले समर्थन गरेको टिमको कित्तामा बाडिएका छन् । धरान–१७ पटनालीका प्रकाश बुढाथोकी नेपाली फुटबलमा उदयीमान फुटबल खेलाडी हुन् । उनी नेपालको राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य समेत हुन् । उनी विश्वकप २०१८ पोर्चुगलले जितोस भन्ने चाहान्छन् । उनी भन्छन् […]

भेडेटार–रवि–राँके सडक विस्तार विवादमा

धनकुटा (नाम्जे) । भेडेटार–रवि–राँके सहायक राजमार्गमा विवाद उत्पन्न भएको छ । बाटो फराकिलो बनाउने वा घटाउने भन्ने विषयमा स्थानीय विभाजित भएका छन् । सरकारी मापदण्डमा सडकको केन्द्र देखि १५–१५ मिटर चौडाई बढाउनु पर्ने भनिएको छ । तर सरकारी मापदण्डअनुसार सडक निर्माण गर्दा हाल भएका अधिकांश भौतिक संरचना हटाउनु पर्ने हुँदा स्थानीयले विरोध गरिरहेका छन् । होटल […]

नाम्जे जाने बाटो जीर्ण, पर्यटक घट्दै

धनकुटा (नाम्जे) विश्वको उत्कृष्ट १२ गन्तव्य सूचीमा परेको धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र नाम्जे पुग्ने बाटो जीर्ण छ । भेडेटारदेखि नाम्जेसम्मको बाटो पूर्ण रुपमा जीर्ण हुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या भएको छ । ०६५ सालमा कालोपत्रे गरिएको सडक ०६८ सालमै भत्किएको थियो । यतिका वर्षसम्म पनि पर्यटकीय स्थलसम्म पुग्ने बाटो निर्माण हुन […]

वाइसिएलले संकलन गर्यो ६३ पिन्ट रगत

पानवारी (ब्लाष्ट) वाइसिएल नेपाल सुनसरी जिल्ला कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको छ । वर्षायाममा प्राकृतिक प्रकोपमा परेकाहरुलाई रगत अभाव भएको भन्दै सो अभावलाई पूर्ति गर्ने उदेश्यले रक्तदान कार्यक्रम राखिएको वाइसिएलका सुनसरी अध्यक्ष भुवन याक्खाले बताए । वाइसिएल सुनसरीको आयोजनामा सोमबार इनरुवामा आयोजना गरिएको रक्तदान कार्यक्रममा रेडक्रस सुनसरीको प्राविधि सहयो तथा […]

मिस भइन साक्छी, मिस्टर भए भुपेन्द्र

विराटनगर । मन्जिना मुभिज क्रीएसनको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस टिन पूवाञ्चल २०१८ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको मिस्टर एण्ड मिस टिन फूर्वाञ्चलको उपाधि भूपेन्द्र भट्टराई र साक्छी शाक्यले जितेकी छिन् । प्रतियोगिताको फस्ट रनरअप कविता बुढाथोकी, सौरभ कर्ण घोषित भए भने सेकेण्ड रनरअप समि कार्की, रोमन बस्नेत घोषित भएका छन् । मिस एण्ड […]

तरहरामा ‘पेगन रेष्टुरेन्ट’ सञ्चालनमा

विराटनगर । सुनसरीको तरहरामा नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ । तरहराको मुख्य चौकमा ‘पेगन रेष्टुरेन्ट एण्ड बार’ सञ्चालनमा आएको हो । विदेशबाट फिर्किएर आएका युवाले स्वदेशमै लगानी गरी करिब ३० लाख लागतमा उक्त रेस्टुरेन्ट सञ्चालनमा आएको हो । हालै सञ्चालनमा आएको रेष्टुरेन्टमा विभिन्न परिकारहरु पाइने सञ्चालक प्रविन थापाले जानकारी दिए । ‘अन्य होटलमा भन्दा फरकपन […]

धान खेतीतर्फ कृषककाे आकर्षण

भद्रपुर । इँटा उद्योग स्थापना भएको गाउँपालिकामा नेपाल सरकारले धान सुपरजोन क्षेत्र घोषणा गरेको दुइ वर्षको अवधिमा गाउँपालिकाभरि चैते तथा हिउँदे धान खेतीमा आर्कषण बढेर गएको छ । नेपालकै सवैभन्दा होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिकामा स्थानीय कृषकले अरु बाली भन्दा धान खेतीमा ध्यान दिएका कारण त्यसतर्फ आकर्षित हुन थालेका हुन् । साविक वनियानी,पाठामारी,पथरिया ,केचना,घेराबारी […]

ताजा अपडेट