काङ्ग्रेसमा देखिएको सङ्क्रमण

माओवादीको सशस्त्र द्वन्द्वकालमा मुलुक गहिरो सङ्क्रमणकालमा थियो । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले १२ बुँदे समझदारी गरेर त्यो सङ्क्रमणकाल समाप्त गरे र अर्को सङ्क्रमण शुरु भयो । संविधानसभा र संविधान निर्माण क्रममा, त्यो पनि तात्कालीन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले संविधान घोषणा गरेर त्यो सङ्क्रमणकाल पनि समाप्त गरे । मुलुकमा जब–जब सङ्क्रमण आउँछ, तब त्यसको निराकरण […]

प्रदेश १ को नामाकरणका सवाल

नेपालमा राज्यको पुनर्संरचनामा संविधानले निर्दिष्ट गरेका सात प्रदेशका नाम र तिनको राजधानी निक्र्याैल गर्ने विषय संवेदनशील विवाद बनिरहेको अवस्था छ तर यसका बीचमा पनि ४ नम्बर र ६ नम्बर प्रदेशको निर्णय जनचाहना अनुरुप कम विवादित भएर निरुपण र निक्र्यौल भइसकेको देखिन्छ । तापनि बाँकी प्रदेशहरुको निर्णय प्रक्रिया छलफल, अध्ययन एवम् अनुसन्धानमार्फत् चलिरहेकै छ । प्रदेश नं. १ […]

साउन २२ र लालमोहर

स्वास्ती श्री गिरी राज चक्र चुडामणी नरनायेणेत्यादि विविध विरुद्धा बली विर्जमान मानोन्त श्रीमान महाराजाधिरज श्री श्री श्री महाराजा पृथ्वी नारायण शाह बहादुर शम्शेरजङ् देवा नाम सदा समर विजयी नाम स्वस्ती श्री आगे राज भार समर्थ श्री सुन राय श्री कुम राय श्री जङ्ग राय, अरु सबै गैह्र लिम्बु रायके पूर्ण मोहोरको पत्र यथोचित- उपान्त…मिल… मिलन्तम […]

दृश्य अदृश्य समस्याहरू र सरकारको अग्निपरीक्षा

सतहमा देखिएका दृश्यहरुकै आधारमा वास्तविकता पत्ता लगाउने प्रयास गरियो भने कहिलेकाहीँ समस्याको समाधान होइन, समस्या अरु बल्झन बेर लाग्दैन । कहिलेकाहीँ सामान्य रुघाखोकीमात्र ठानिएको रोग गम्भीर रोगको रूपमा प्रकट हुन्छ र बिरामीको ज्यान लिन पनि सक्छ, नभए पनि अपेक्षाकृत उपचारखर्चको भार बढ्न जान्छ । ख्याल–ख्याल गर्दागर्दै कहिलेकाहीँ गम्भीर अवस्था निम्तिन पुग्छ । समय छँदै विचार नपुर्याउँदा कहिलेकाहीँ समाधानका […]

धनकुटे यात्रा !

‘जीवन यात्रा हो, जन्मेदेखि प्राण नत्यागेसम्मको यात्रा’ यस्तै सुन्छु अधिकांश अग्रजहरूबाट । यात्राको अर्थ यतिमै सीमित छैन । वस्तुवादी भएर हेर्ने हो भने यात्रा नयाँ चिजको आश्वासदन गर्नु मात्रै हैन, त्यहाँका पर्यावरणीय वस्तुको प्रत्यक्ष अनुभव गर्नु पनि हो । नजिकबाट हेर्नु पनि हो । त्यसलाई वस्तुवादी भएर सोच्नु पनि हो । म यात्राप्रेमी मान्छे । यात्रा गर्न रुचाउँछु । तर सबै यात्रा […]

बच्चामा अटिजम समस्या

समय धेरै नै गतिशील छ । सूचना र प्रविधिको समय छ । डिजिटल समय छ । सबै मानिसहरू यही डिजिटल एप्समा व्यस्त छन् । समयले ल्याएको प्रविधिसँग साक्षात्कार हुनु पनि आवश्यक पनि छ । होइन भने डाइनोसरजस्तो अस्तित्व नै सकटमा पर्दै जानेछ । तर व्यस्तताका बावजुद पनि एउटा अभिभावकको हैसियतले आफ्नो परिवारको देखभाल गर्ने जिम्मेवारीलाई कहिले पनि नकार्न सकिँदैन । यस्तै मध्येका […]

किन हुदैछ लिम्बू समुदायमा धर्मको बहस ?

नेपालको संविधान २०७२ ले राज्य धर्मनिरपेक्ष रहनेछ भनी राज्यको मत राखेको छ । साथै नेपालमा कुनै खालको लोभ, लालच, प्रलोभन तथा दबावमा कसैको धर्म परिवर्तन गर्ने गराउने कुरालाई गैरकानूनी कार्यको रूपमा व्याख्यासमेत गरेको छ । यो संविधान अन्तरिम संविधान २०६३ को जगमा निर्माण गरिएको संविधान हो । अन्तरिम संविधान २०६३ जारी हुनुअगाडि नेपालमा लागू संविधान २०४७ ले नेपाललाई […]

बलात्कारीलार्इ फाँसी !

बलात्कारका हृदयविदारक र दर्दनाक घटना सार्वजनिक हुँदा सधैँ चर्चा र मागको विषय बन्छ– बलात्कारीलाई मृत्युदण्ड (फाँसी) । तर, फाँसीको माग केही दिन चर्चाको विषय बनेर बिलाएर जान्छ । फाँसीबारे गम्भीर बहस पनि हुँदैन र राजनीतिक नेतृत्वले यो मामिलालाई निर्णायक तहसम्म पु¥याउँदैनन् । फाँसीको विषय क्षणिक चर्चा र सतही बहसको विषयमै सीमित हुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीया बालिका […]

बुढासुब्बादेखि गाेरखपुरसम्म

धरान विजयपुरस्थित प्रसिद्ध बुढासुब्बा भगवानको समाधी मन्दिर प्रसिद्ध छ । यस क्षेत्रमा दर्र्शन गर्न आउने धार्मिक तीर्थयात्रीहरुले दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिरपछि बुढासुब्बा मन्दिरको दर्शन गरी पञ्चकन्या मन्दिरको दर्शन गर्ने गर्छन् । यिनैमध्ये बुढासुब्बा मन्दिरको किंवदन्ती इतिहास रोचक रहेको छ । भगवान बुढासुब्बाको चर्चा प्रसिद्ध इतिहासकार ज्ञानमणि नेपालले ‘नेपाल निरुक्त’ भन्ने इतिहास कृतिमा पढ्न पाइन्छ । यिनले लेखे जति इतिहास […]

मन्टेश्वरी शिक्षा भ्रम र यथार्थ

पछिल्लो समयमा राजधानीभित्र र बाहिर छ्यास्छ्यास्ती रुपमा खोलिएका मन्टेश्वरी अर्थात् प्रि–स्कुल यतिबेला सफल व्यवस्थापनको अभावमा उद्देश्य अनुरुपको कार्य गर्नबाट टाढा हुँदै गएका छन् । बच्चाबच्चीहरुलाई स्कुल जाने बानीको विकास हुन्छ भनेर पहिले–पहिले रहरको आधारमा बुबाआमाले भर्ना गरे पनि छोटो समयमै राम्रो नहुने निष्कर्ष उनीहरुले नै दिने गरेका छन् । स्कुलको आधार तयार गर्ने भन्दा पनि बढी देखावटी […]

1 2 3 45
ताजा अपडेट