आज पूर्वका शक्तिपीठहरुमा घुइँचो(तस्विरसहित)

धरान  / विजया दशमीको अवसरमा सुनसरीको धरानस्थित दन्तकाली, सप्तरीको छिन्नमस्ता, कंकालिनी सहितका शक्ति पीठहरुमा दैनिक पूजाआजा गर्न श्रद्धालु भक्तजनको व्यापक भींड बढेको छ । दन्तकाली मन्दिरमा विहानैदेखि प्रत्येक दिन नौरथा मेला लागिरहेको छ । आज महाअष्ठिमीको पूजा आराधाना भईरहेको छ । विहानैदेखि पशुबली दिनेहरुको भीड लागेको छ ।         सुनसरीको धरान उपमहानगरस्थित विजयपुर डाँडामा […]

विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि

स्याङ्जा / यहाँ प्याराग्लाइडिङ विश्कप प्रतियोगिता हुने भएको छ । भीरकोट नगरपालिका–५ स्थित स्वरेक मैदानमा नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेञ्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा हुने प्रतियोगिता आगामी कात्तिक १५ देखि १८ गतेसम्म सञ्चालन गरिनेछ । नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले […]

इथियोपिया मन्त्रिपरिषदमा अाधा महिला

आदिस अबाबा / इथोयोपियाका प्रधानमन्त्री अबिय अहमदले मन्त्रिपरिषदको आकार साना बनाउने घोषणा गर्नुभएको छ । तर उहाँले मन्त्रिपरिषदका आधा सदस्य महिला राखेका छन । बीस सदस्यीय मन्त्रिपरिषदका मुख्य मन्त्रालयहरुमा महिलालाई जिम्मेवारी दिइएको अबियका प्रमुख अधिकृत फिटसम आरिगाले बताए । उनले नयाँ सिर्जना गरिएको शान्ति मन्त्रालयको साथै सङ्घीय प्रहरी र गुप्तचर निकायका मुख्य जिम्मेवारी महिलालाई दिएकाे बताए […]

बलात्कारीकाे अण्डकाेशमा हान्ने तालिम लिदै किशाेरीहरू

सोवेतो, दक्षिण अफ्रिका / दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको अण्डकोश हो,” प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन् । एउटी ११ वर्षीया बालिका त्यस प्याडलाई हात र कुहिनाले बेस्सरी हिर्काउँछिन् । थाबिसाङ स्कुलमा […]

सिकागोमा ट्रम्प विरुद्ध हजारौंले प्रदर्शन गरे

सिकागो / अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले “निलोलाई मतदान” लेखेका ठूला ब्यानर पनि फहराएका थिए । प्रदर्शनकारीहरुले ट्रम्पलाई “महिला विरोधी एजेण्डा” बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका थिए […]

आफ्नो शुक्रकिट बेच्ने एउटा केटाे

एजेन्सी / पहिलो पटक मैले निकै असहज महसुस गरिरहेको थिएँ। आफ्नो कोठाभित्र हस्तमैथुन गर्नु र शुक्राणू(शुक्रकिट) बेच्नका लागि त्यो गर्नुबीच धेरै फरक हुँदोरहेछ। शौचालयमा एउटा प्लास्टिकको भाँडामा मेरो नाम लेखिएको थियो। हस्तमैथुनपछि मैले शुक्राणू त्यही छाडेँ र त्यस बापत चार सय भारु पाएँ। हाल म २२ वर्षको छु र म इन्जिनियरिङको विद्यार्थी हुँ। यो उमेरमा केटीसाथीको चाहना हुनु […]

काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

श्रीनगर /  भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ । भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो […]

भारतलाई ट्रम्पको धम्की– मूल्य चुकाउन गाह्रो होला

रुससँग एस–४०० मिसाइल सिस्टमबारे डिल– अमेरिकी एक्ट ‘काटसा’ अन्तर्गत कारबाही गर्ने ट्रम्पको चेतावनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन गत हप्ता भारत आएका थिए, त्यहाँ ४० हजार करोड भारुको डिल भएको थियो । वाशिङ्टन/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतले रुससँग गरेको डिल (सहमति) ले ऐन उल्लङ्घन भएको बताएका छन् । ट्रम्पले भारतको यो ठूलो गल्ती भएको भन्दै […]

अमेरिकाकाे फ्लोरिडामा आँधीको विध्वंस(तस्विर हेर्नुहाेस्)

अमेरिका / अढाई सय किलोमिटर प्रतिघण्टा सम्मको वेग भएको हावाहुरी फ्लोरिडाका तटमा चलेका छन्।  ठाउँठाउँमा तीव्र आँधीले सामुद्रिक छाललाई उचालिदिँदा बाढीको खतरा बढेको छ।  विनाशको खतरा आँधीको शक्ति मापन गरिने मापदण्ड अनुसार निकै शक्तिशाली क्याटगोरी फोरमा राखिएको उक्त माइकल नाम दिइएको आँधीले फ्लोरिडा राज्यको प्यानह्याण्डल भनिने उत्तरपश्चिमी क्षेत्रमा सबभन्दा धेरै प्रभाव पार्ने ठानिएको छ। आँधीको […]

साउदी शासनमा डरको जड के हो ?

साउदी अरबका पत्रकार जमाल खाशोज्जी साउदीको शाही शासनका विरुद्धमा डटेर आलोचन गर्दथे । अरबीबाट उनको लेख र रिपोर्टको अनुवाद वाशिङ्टन पोस्टमा प्रकाशित हुन्थ्यो । उनी दुई अक्टुबरमा इस्तान्बुलस्थित साउदीको वाणिज्य दूतावासमा दिउँसो डेढ बजे गएका थिए । त्यसपछि उनी हालसम्म देखिएका छैनन् । साउदीमा लोकतन्त्र छैन त्यसैले प्रेसको स्वतन्त्रता पनि छैन । जमाल साउदीमा बस्दैनथे […]

1 2 3 46
ताजा अपडेट