बजार अनुगमनमा गाउँपालिकाको सकृयता ।

यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले बजार अनुगनम गरेको छ । यसअघि जिल्ला प्रसाशन कार्यालय पाँचथरले बजार अनुगमन गर्दै आएको थियो । स्थानीयतहमा जनप्रतिनिधि निर्वाचित भएपछि भने बजारको नियमनकारी निकाय गाउँपालिका नै हुने भएकाले बजार अनुगमन सुरु भएको हो । यासोक बजारमा आज गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ सहितको जनप्रतिनिधिको टोलिले बजार अनुगमन गरेको छ । अनुगमनको […]

चाैतर्फी बिराेधपछि महानगरले घटायाे कर

विराटनगर । जनस्तरबाट चौतर्फी विरोध भएपछि विराटनगर महानगरले वृद्धि गरेको कर घटाउने भएको छ । महानगरको मङ्गलबार बसेको बोर्ड बैठकले दोस्रो नगरसभाले वृद्धि गरेको कर घटाउने निर्णय गरेको हो । आर्थिक ऐन २०७५ मा संशोधन गरी विभिन्न करको दर, महसुल घटाउने निर्णय गरेको छ । उक्त बैठकले ऐन संशोधनको प्रस्ताव अघि सारेर विभिन्न शीर्षकमा कर परिमार्जन गर्ने निर्णय […]

बाढीपीडितकाे रकम जनप्रतिनिधिद्वारा झ्वाम !

इटहरी । बाढी पीडितको रकम आफन्तको नाममा जनप्रतिनिधिहरूले नै कुम्ल्याएको स्थानीयको आरोप छ । गतवर्ष साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥याएको क्षेत्रका लागि आएको बाढीपीडितको रकम जनप्रतिनिधिले नक्कली बाढीपडित बनाई रकम कुम्ल्याएको पाइएको हो । जनप्रतिनिधिले आफन्तलाई नै नक्कली बाढीपीडित बनाई रकम कुम्ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा मङ्गलबार उजुरी परेको छ । बाढीपीडितको नाममा […]

मेची सहकारीद्वारा वासलात सार्वजनिक

दमक । यहाँस्थित मेची सहकारी संस्थाले आर्थिक वर्ष ०७४÷७५ मा ठूलो आर्थिक कारोबार गरेको देखाउँदै करिब सवा अर्बको वासलात सार्वजनिक गरेको छ । समुदायमा सञ्चालित देशभरकै उत्कृष्ट मानिने मेचीले १ अर्ब १७ करोड ८७ लाख ७ हजार ७ सय २७ को वासलात सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । यो वासलात अघिल्लो वर्षको तुलनामा ३२.९८ प्रतिशत धेरै हो । […]

मेची सहकारीको ३ करोड बढी खुद मुनाफा

पथरीशनिश्चरे/१ नम्बर प्रदेशमै उत्कृष्ठ सहकारीमा पर्ने झापाको दमकस्थित मेची सहकारी संस्थाले पछिल्लो वर्ष १ अरब १७ करोड ८७ लाख ९७ हजार ७ सय २७ रुपिया वासलत र ३ करोड बढी खुद मुनाफा कमाएको छ । संस्थाको भाद्र १२ गते २२ औ वार्षिकोत्सव तथा २४ औ साधारणसभाका सन्दर्भमा जानकारी गराउन प्रकाशन तथा सञ्चार उप समितिद्धारा सोमबार […]

मूल्य तोक्न पाउनुपर्ने कुखुरापालक किसानको माग

मधुमल्ला । कुखुरापालक व्यवसायीले आफ्नो उत्पादनको मूल्य आफैं तोक्न पाउनु पर्ने माग गरेका छन् । शनिबार बेतना सिमसारमा कुखुरापालक किसानको जिल्ला भेलालाई सम्बोधन गर्दै नेपाल कुखुरापालक किसान सङ्घका केन्द्रीय अध्यक्ष झनक पौडेलले खुल्ला सिमानाका कारण भएको अवैध पोल्ट्रीजन्य पदार्थको खुल्ला आवागमनलाई नियन्त्रण गर्नु पर्ने बताए । दाना र चल्ला उत्पादन गर्ने संस्थाहरूले उनीहरूको लागत अनुसार मुनाफासहित किसानलाई […]

१९ लाख झ्वाम पार्ने कर्मचारी कारबाहीमा

इनरुवा । बैङ्क दाखिला नगरी आफूखुसी लाखौं रकम कुम्ल्याउने इनरुवा अस्पतालका कर्मचारीलाई कारबाही गरिने भएको छ । अस्पताल काउण्टरका कर्मचारीले आफूखुसी चलाएको रकम असुल्न अस्पताल प्रशासनले कारबाही थाल्ने भएको हो । हिनामिना गर्ने कर्मचारीलाई कारबाही गरिने अस्पताल प्रशासनले जनाएको छ । इनरुवा अस्पतालकी मेसु डा. विना शाक्यले सरकारी रकम हिनामिना गर्नेहरु विकेश श्रेष्ठसहितका कर्मचारीलाई कारबाहीको प्रक्रियाअघि बढाइएको छ । […]

प्राधिकरणले क्षतिपुर्ति दिएन

धरान/ताप्लेजुङको सिरिजंघा गाउँपालिका–८ युम्फुदिनका सुरेन्द्र राईको छोरा साजन राईको चार वर्ष अघि करेण्ट लागेर मृत्यु भयो । सडकमा झरेको बिद्युतलाइनको तारबाट कण्रेण्ट लाग्दा १३ वर्षिय छोरो गुमाएका सुरेन्द्रले अहिलेसम्मत्यसको क्षतिपुर्ति पाएका छैनन् । सुनसरीको साविक हाँसपोसा–२ स्थित सेउतिखोला छेउमा खानेपानी ट्याङ्कीको लागिको विस्तार गरिएको ११ के.भि लाइनको पोलबाट चुट्टिएको तारबाट २०७१ बैसाख ३१ गते दिउँसो […]

बाख्रापालनबाट मनग्गे आम्दानी

तेह्रथुम । आठराई–२ खाम्लालुङका विनोद चोङबाङले बाख्रापालन व्यवसायबाट मनग्गे आम्दानी गर्दै आएका छन् । वर्ष दिनसम्म कतार बसेर कमाइ नभएपछि नेपाल आएका चोङबाङले गाउँमै बसेर बाख्रा पालनबाट राम्रो आम्दानी गर्दै आएका हुन् । ‘बाख्रापालन व्यवसायबाट मनग्गै आम्दानी हुन्छ भनेर कल्पनासमेत गरेको थिइनँ, तर अहिले राम्रो आम्दानी भएको छ ।’ उनले भने । गाउँमै सम्भावना देखेर एउटा बाख्राबाट सुरु गरेको […]

उखुको जुस बेचेरै लाखौ आम्दानी

पथरी । मोरङको कानेपोखरी–६ का ४२ वर्षीय युवा कमल धिमाल उखुको जुस बेचेरै लाखौँ आम्दानी गर्छन् । धिमालले आफ्नो घरछेउ रमाइलो चोकमा ८ वर्ष अघिदेखि उखुको जुस पेल्दै आएका छन् । धिमालको दिनचर्या अहिले उखुमै बित्ने गरेको छ । खेतबारीमा गयो । उखु काटेर ल्याएर केलायो अनि बजारमा बेच्न गयो । उनी एक गिलास जुसको २५ रुपैयाँ लिन्छन् । उखुको जुस […]

1 2 3 215
ताजा अपडेट