घुस सहित इटहरी १० का सचिव पक्राउ

 इटहरी । सेवाग्राहीबाट घुस लिदै गर्दा इटहरी १० का वडासचिव नायब सुब्बा विदुर रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीबाट  घुसलिने क्रममा इटहरी स्थित रोजरक मःम हाउसबाट रेग्मीलाई टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई विभिन्न बहानामा पैसा लिदै गर्दा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलयले जनाएकाे छ […]

अधिकृतमाथि कांग्रेस कार्यकर्ताद्वारा हातपात

पथरीशनिश्चरे । नेपाली कांग्रेसका कार्यकर्ताहरुले शुक्रवार दिउँसो झापाको दमक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवम् उपसचिव शालिकराम काफ्ले र विद्यालय निरीक्षक गणेश पौडेलमाथि हातपात गरेका छन् । हिमालय माध्यमिक विद्यालयमा विद्यालय ब्यवस्थापन समिति गठनका लागि भएको भेला शुरु हुनु अघि काफ्ले र पौडेलमाथि हातपात भएको हो । आफुहरुको माग विपरित नगर शिक्षा नियमावलीको जारी गरिएको भन्दै […]

धरानबाट नक्कली नागरिकता बनाउने चारजना पक्राउ

पानवारी । मिक कम्प्युटर प्रालिका सञ्चालक राजकुमार थोप्रा (लिम्बू) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमाले सुनसरीका १ नं. क्षेत्रीय सदस्य राम सेवा, मिक कम्प्युटर प्रालिका सञ्चालक समेत रहेका नेपाली कांग्रेसका महासमिति सदस्य राजकुमार थोप्रा र मिक कम्प्युटरमा कार्यरत थोप्राका सहयोगी कर्मचारी वीरध्वज लिम्बू र सरोज योङहाङ रहेका छन् । उनीहरुलाई विभिन्न […]

विषादीयुक्त पानीले थप ३ सिकिस्त

पथरी । विषादी हालिएको पानी पिउँदा थप तीनजना विद्यार्थी सिकिस्त बिरामी बनेका छन् । लेटाङ नगरपालिका–९ स्थित श्रीमाविका कक्षा ७ मा अध्ययनरत प्रतिमा लिम्बू, कक्षा–३ का चेतन खड्का र कक्षा ५ का सिर्जना निरौला सिकिस्त बनेका हुन् । बिरामी विद्यार्थीलाई बिहीबार नै उपचारको लागि अस्पताल भर्ना गरिएको वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले बताए । प्रतिमा र चेतनको नोबेल अस्पतालमा उपचार […]

घुस माग्दामाग्दै पक्राउ

काठमाडौँ ।  १४ हजार घुस लिएको अभियोगमा नापी कार्यालय रौतहटका नापी अधिकृत धीरेन्द्रकुमार लाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पक्राउ गरेको छ । अंशबण्डा गर्ने सिलसिलामा जग्गा रेखाङ्कन तथा कित्ताकाट प्रयोजनका क्रममा घुस माग्दामाग्दै आयोगको टोलीले आज कार्यालय परिसरबाटै पक्राउ गरेको हो । आरोपी लालको थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ । रासस

बेपत्ता किशोरको शव फेला

मोरङ । मङ्गलबार पौडी खेल्ने क्रममा मोरङ र सुनसरी जिल्लाको सिमानामा पर्ने केसलिया खोलामा डुबेर दुई दिनअघि बेपत्ता भएका एक किशोरको शव आज दिउँसो फेला परेको छ । सुनसरीको दुहवी नगरपालिका घर भई विराटनगर महानगरपालिका–१ मा बस्दै आएका १६ वर्षीय सजेश रौनियारको शव फेला परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा […]

झापामा २७ सय ९७ जना फरार , करोडौं कैद जरिवाना बाँकी

भद्रपुर । झापा जिल्ला अदालतबाट मुद्दा फैसला भएका मध्ये २७ सय ९७ जना अभियुक्त अझै फरार रहेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहरिएका उनिहरुलाई आर्थिक वर्ष ०७४।०७५ को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको छ । उनिहरुलाइ तोकिएको कैद तथा दण्ड जरिवानाको फैसाला भइसकेको छ । फरार रहेका अभियुक्तबाट करोडौ रुपैँया जरिवाना समेत असुल गर्न […]

मुद्दा दायर गर्न ढिलाइ

विराटनगर/मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने ‘कोलिफर्म’ जीवाणु भेटिएको पानी उद्योगलाई मुद्दा दायर गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ढिलाइ गरेको छ । खाद्यले ल्याव परीक्षणपछि ११ वटा पानी उद्योगमा ‘कोलिफर्म’ र तीनवटा पानी उद्योगमा पि.एच. कम भेटिएको दुई साता बढी भएको छ । पानी उद्योगले उत्पादन गर्ने प्रशोधित पानीमा ‘कोलिफर्म’ भेटिएपछि क्षेत्रीय खाद्य तथा […]

नक्कली औषधी कारोबारी अग्रवाल जेल चलान

विराटनगर/ औषधी पसलहरुमा नक्कली औषधीको बिक्री वितरण गर्ने मुख्य गिरोह धरान ४ का ३८ वर्षिय जीवन अग्रवाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङले अग्रवाललाई बुधबार पुर्पक्षको लाथि थुनामा राख्न आदेश दिएको हो । अन्य चार जना फार्मेसीका सञ्चालकहरु धरौटिमा छुटेका छन् । जिल्ला अदालतका न्यायधीश महेन्द्रप्रसाद पोखरेलेको आदेश अनुसार गोल्डेन फार्मेसीका संचालक पाण्डब राजवंशीलाई […]

काठ तस्करीमा ३३ प्रक्राउ

भद्रपुर/एक वर्षको अवधिमा जिल्ला वन तथा प्रहरीले काठ तस्करीमा संलग्न भएको आरोपमा ३३ जना पक्राउ गरेको छ । उनीहरूबाट वन कार्यालय झापाले ५ सय ९६ दशमलव ३६ क्यूविक फिट काठसमेत बरामद् गरेको छ । काठ तस्करीमा प्रयोग भएका ट्रयाक्टर र पिकअप भ्यान गरी नौवटा सवारी साधनसमेत नियन्त्रणमा लिएको छ । झापासँग सीमाना जोडिएको इलामका वन जङ्गलबाट चिरान वा […]

1 2 3 266