अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रेमी देवांश राणासँग स्क्रिन शेयर गरेकी छन् ।

साम्राज्ञीले देवांशसँगको फोटो इन्स्टाग्राममा शेयर गर्दै खुशी व्यक्त गरेकी छन् । देवांशसँग म्युजिक भिडियोमा अभिनय गरेको साम्राज्ञीले जनाएकी छन् ।

इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘हामी अनस्क्रिन जोडीका रूपमा रहेको म्युजिक भिडियोको फस्टलुक भिडियो चाँडै आउँदैछ । अनुमान गर्नुस् त, गायक को होला ?’

केही समययता साम्राज्ञी देवांशसँग गहिरो प्रेममा छिन् । सार्वजनिक कार्यक्रममा होस् या बिदा मनाउन उनीहरू सधैँ सँगै भइरहेका हुन्छन् । देवांश नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाका छोरा हुन् ।