विराटनगर / स्कूल कलेजमा गएर यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा किशोर, किशोरीहरूमा पैरवी गराउन स्वास्थ्य क्षेत्रका युवाहरुलाई दुई दिने प्रशिक्षण दिइएको छ । लयान्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलको आयोजनामा लियो क्बलका आवद्ध भएका स्वास्थ्य क्षेत्रका किशोर किशोरीहरुलाई प्रशिक्षण दिएको हो । यो प्रशिक्षण शनिबारदेखि विराटनगरमा सुरु भएको लयान्स क्लब अफ विराटनगरका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।

‘असुरक्षित गर्भपतनले अहिले देशमा वार्षिक ७ प्रतिशत मातृ मृत्यदर रहेको स्वास्थ्य संगठनको तथ्याङ्गहरूले देखाएको छ,’ डा साहले भने, ‘मातृ मृत्युदरमा न्यूनिकरण गरि सुरक्षित गर्भपतनको गुण्स्तरमा पुहच पुर्याउन स्वास्थ्य क्षेत्रमा आवद्ध भएका युवालाई प्रशिक्षण दिएका हौं ।’ प्रशिक्षण लिएकाहरूले स्कूल, कलेज र सामुदायहरुमा गएर सुरक्षित गर्भपतनको बारेमा जानकारी गराउनुको साथै स्वास्थ्य क्षेत्रको बारेमा जानकारी पनि गराउने बताइएको छ । प्रशिक्षण लिएका एक जनाले पाँच वटा विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउनेछन् ।

स्वास्थ्य क्षेत्रमा आवद्ध भएका युवाहरुलाई प्रसूती तथा स्त्री रोग विशयज्ञ डा. बालकृष्ण साह, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान बहादुर बस्नेत, आइपास नेपालका १ नम्बर प्रदेशका प्रमुख केदार भण्डारीले प्रशिक्षण दिएका छन् । यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षणमा दुई दर्जन युवाहरुको सहभागिता रहेको छ । आइतबार प्रदेश १ का सामाजिक विकसा मन्त्री जीवन घिमिरको प्रमु्ख अतिथिमा यो प्रशिक्षण समापन हुने बताइएको छ ।