झापा / रोटरी क्लवले ४४ लाख ४६ हजार रुपैयाँ मूल्य वरावरको दुईवटा अत्याधुनिक अल्ट्रासाउण्ड मेशिन परिवार नियोजन संघ झापालाई प्रदान गरेको छ ।
रोटरी डिस्टिूक्ट ३२९२ को ग्लोबल ग्राण्ड प्रोजेक्ट अन्तर्गतको सामाजिक कार्यक्रम अनुसार पोर्टेबल अल्टूासाउण्ड मेशिन संघलाई उपलब्ध गराएको रोटरी क्लव अफ बिर्तामोडकी अध्यक्ष निकिता गिरीले जानकारी दिइन् । विपन्न महिलाहरको स्वास्थ्यलाई ध्यानमा राख्दै शुक्रवार भद्रपुरस्थित संघको कार्यालयमा रोटरी कलव अफ बिर्तामोडले सो मेशिन हस्तान्तरण गरेको हो । रोटरीका डिस्टिूक्ट एसिस्टेन्ट गभर्नर भैरव रिजालले ती मेशिनी संघका अध्यक्ष केदार गिरीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रोटरियन आमोद आचार्यले ग्लोबल ग्राण्ड प्रोजेक्ट बारे जानकारी दिएका थिए । गाउँ(वस्तीका विपन्न महिलाहरुको प्रजनन् स्वास्थ्यलाई ध्यानमा राखेर प्रदान गरिएको अल्टूासाउण्ड मेशिन बढी रुपमा गाउँ(वस्तीमै उपयोग गरिने संघकी प्रवन्धक सुजन काफ्लेले बताइन् । संघलाई मेशिन उपलब्ध गराउन रोटरियन समेत रहेका संघका अध्यक्ष केदार गिरीले १० हजार अमेरिकी डलर सहयोग गरेका छन् भने, नेदरल्याण्डको हिन्स्टेड बेनब्रुक रोटरी, रोटरी डिस्टिूक्ट ३२९२ र विर्तामोडका रोटरियनहरुले पनि आर्थिक सहयोग गरेको रोटरी विर्तामोडकी अध्यक्ष गिरीले बताइन् । उनले निकट भविष्यमै विर्तामोड नगरपालिकाको सहकार्यमा स्थानीय स्वास्थ्य चौकीलाई मिगौलासम्बन्धी उपचारको लागि केही डाइलासिस मेशिन उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् ।